केहि भासिएका इच्छाहरु
केहि थान हराएका सपनाहरु
केहि बिछुडीएका पदचापहरु
केहि पीडाका पलहरु
हुरी बतासका पलहरु
कयौ प्रयत्नका प्रयासहरु
कयौ बाटाका काँडाहरु
केहि उल्झन र झनझटहरु
केहि काला रातहरु
केहि रोग र औषधीहरु
केहि छटपटी, औडाहाहरु
केहि पाएका केहि गुमाएका कुराहरु
केहि बेकाम र बेढंग बिचारहरु
अनि
केहि आशाका किरणहरु
केहि मन्द मुस्कानहरु
केहि खुशीका पलहरु
केहि सिमसिमे बर्सादका आनन्द
सून्यबाट शुरु भै सून्य मै खतम हुने
बस यहि त रहेछ
जिन्दगीका हिसाब किताबहरु