आकस्मिक दुर्घटनाले

 निम्त्याएको ,

यो तिम्रो जीवन मरणको क्षण 

भेन्टिलेटरले भरेको अक्सिजनले 

कतिन्जेल थाम्ला ? 

त्यो तिम्रो प्राण !

विवश मेरा आँखाहरु 

झिमिक्क नगरी चौकीदार भएर बसेका छन् ।

भेन्टीलेटरमा जीवन मरणमा छटपटिएको !

जसरी मलाइ तिमीले हेरेकी थियौ, 

ठिक बारह बर्षपछि 

मृत्यु संग जुददै म जस्तै र उस्तै छौ ।

तिम्रो विश्वासले म उठेको थिए ।

 मेरो बिश्वासले   

तिमी अबस्य उठने छौ 

तिम्रो मुटुको धडकनले 

मेरो मुटुलाई जोडेको छ । 

यो मनको अन्तरसम्बन्धले जोडने छ 

आत्मबललाई 

मेरो आत्माले तिम्रो मनलाई आदेश दिएको छ । 

तिमि मलाइ छोडेर जान पाउन्नौ !

तिमीले पक्कै सुनेकी छौ ?  

सुनेको हुनु पर्छ ! 

उमेरमा मेरी पत्नी बन्यौ,

 प्रियशी बन्यौ,

रथका दुइ पांग्रा मधे,

 एउटा मजबुत पाङ्ग्रा 

बनेर गुड्यौ ।

बेला भएकै छैन !

मेरी  सन्ध्या कालिनकि सखी

अझै घाम डुब्ने समय छ । 

उज्यालो रहे सम्म |

तिमिसंगैको यात्रा कायमै रहोस !

त्यो मेरो दृढ इच्छा हो । 

तिमीले सुन्ने पर्छ ! 

तिमीले छोडेर जाने अनुमती 

मेरो आत्माले देको छैन ! 

दिदा पनी दिने छैन ।

सायद मेडिकल प्रयासले मात्रै नभ्याउला ?

तिम्रा पछाडिका सत्कर्मले 

अदृश्य शक्तिले तिमीलाई पक्कै मर्न दिने छैन ।

 

०१्/१५  /२०२३ 

बेलोर हस्पिटल, मिकेनी डालस