चार टुक्रा
१.
भाग्यका रेखा आफ्नै हातमा हुदा पनी
किन बन्न सकिन्न यहाँ आफु भाग्यमानी ?
आफ्नै बलमा उठन खोज्छ स्वाभिमानी
कोइकोइ यहाँ पालिन्छन परजीबी बनी

२.
अचम्मैको लालचमा फसेको छु
धन दौलत मान सबै बटुलेको छु
सबै छोडी खाली हात जानलाइ
कती पो चाहिन्थ्यो र जीउनलाइ

३.
फाइदा जती निज काम मै हुन्छ
र त मानिसले यो उठाई रहन्छ
इमानको धन काँ पुगिसरी हुन्छ ?
हरामको धनले के इज्जत रहन्छ ?

४.
के ग्यारेन्टी छ र लुटेको धन लुटेरासंगै रहन्छ ?
यहाँ त शेर माथी सवाशेर छन के भरोशा हुन्छ
जसले अरुको मन दुखाइ रुवाउन खोजी रहन्छ
जस्तो कर्म उस्तै फल भोग्नलाइ आफैसंग रहन्छ

०९/२६/२०२०

Leave a Reply