एक जना मेरो मित्रले साहित्य समाजका पदाधिकारीहरुको आतिथ्यमा दिनुभएको एक पारिबारिक भोज आयोजना गर्नु भएको थियो । मलाइ त्यो जमघट खानपिनमा  मेरो परिवारलाई समेत बोलाइएको थियो । म मेरी पत्नी छोरा बुहारीहरु समेत पुगेका थियौ । त्यहि किसिमको निम्ता थियो, मलाइ । मैले त्यहि साहित्यिक भोजको जमघटमा भेटेको थिए, देवी प्रसाद्जी लाई । वहाँ नेपालको बिश्वबिद्यालयबाट गोल्ड मेडल प्राप्त गरेको मान्छे । अन्तराष्ट्रिय साहित्य समाज, प्रवासीहरुका साहित्यिक गतिविधिलाई प्रबन्धन र संरक्षण र बिकाश गर्ने हेतुले स्थापना भएको हुनाले  आगामी दिनमा यसलाई कसरि अगाडी बढाउने भन्ने कुरा र नेपाल देखि अमेरिकासम्मका साहित्यिक र राजनैतिकका कुरा भयो । एक आपसमा परिचय गर्ने कार्यक्रम भयो । त्यो साहित्यिक जमघटमा मैले पनी लेख्छु भन्दै आफुले लेखेको पुस्तक इच्छुक व्यक्तिलाई दिए । देबी प्रसाद्जीको पत्नी शुशिला समेत आउनु भएको रहेछ, भर्जिनियाबाट । कुरा मिल्ने बिचमा एक किसिमको निकटता हुनु स्वभाविक थियो । 

खानपिन पछि सबै आ आफ्नो ग्रुपमा गफ हुन् थाल्यो । मेरी पत्नीसँग शुशिलाजी को गफ मिलेछ । उनीहरुको क्षणिक भेटघाट हाम्रो परिवारको गाँठो खोलि हालिए छ । मेरा दुइ छोरा बुहारी मसंगै बसेका छन । भन्ने कुरा थाहा पाएपछि, शुशिलाको अनुहार अलिक मलिन देखिन थाल्यो र उनि टोलाउन थालिन । शुशिलालाइ हेर्दा लाग्थ्यो उनको मनमा ठुलो पिडा छ, कतै उनि डिप्रेसनमा गइकि त छैनन भन्ने मैले अनुमान लगाइसकेको थिए । शुशिलाको आँखामा आँशु  टलपलिए, शुशिलाले आश्चर्य मान्दै अमेरिकामा पनी यसरी परिबार मिलेर संगै बस्छन र ? भन्दै प्रश्न गरिन । उनले दुवै बुहारीलाई हात समातेर आफ्नो नजिक टासिन । बुहारिहरुले नमस्ते गरेर वहाँसंग बिदा मागेर गए । 

मेरी पत्नीले उनलाई भनिन, तपाइँ अलि सन्चो नभएको जस्तो देखिनु हुन्छ नि ? हिदाइको धपडी पनी होला भनेर सोधिन । तपाइँ बसेको ठाउमा के कति मिल्ने नेपाली परिवार छन ? कहिले काँही मनका कुरा खोलेर कुरा कानी गर्न मिल्ने साथी  भए भने मन हल्का हुन्छ, भनिन । म नजिकै थिए । उनले आफ्नो मनको पिडा बिस्तारै भन्न लागिन। हेर्नुस न मैले नेपालमा कलेजमा पढ़ाउथे । मेरो श्रीमानले कलेजमा पढाउनु हुन्थ्यो । म नेपाली पढ़ाउथे, वहांले अंग्रेजी पढाउनु हुन्थ्यो । वहाँले पीएचडी गर्नको लागी अमेरिकामा स्कलरशिप पाउनु भयो । त्यतिबेला मेरा भुइमा खुट्टा थिएनन । म आफैले त्यो स्कलरशिप पाएँ जस्तो भएको थियो । अब मेरा छोरा छोरी पनि अमेरिकाका स्कुल कलेजमा पढेर बहुतै ठुला मान्छे बन्ने छन् । भनेर गमक्क परेकी थिए । अरुहरुसंग कुरा गर्दा पनी म यहाँका मान्छे भन्दा अलि माथि कै जस्तो ठानेर कुरा गर्थे । भित्रै देखि म परिबर्तन भए जस्तो लाग्थ्यो ।  माइतीमा पनी धाक लगाउन पछि परिन । अब त अमेरिका जस्तो संसारकै विशिष्ट देशमा जादै छु सपरिवारसंग । कलेजका प्राध्यापकसंग पनी धाक लगाएरै कुरा गर्थे । साच्चै भन्ने हो भने मेरो श्रीमान त्यति खुशी हुनु भएको थिएन । सायद यहाँ आइसकेपछिका अफ्ठ्याराहरु लाइ बुझ्नु भएको थियो होला ! 

वहांले तिमि अलि बढी उत्साहित भैकी छौ, सोचे जस्तो भएन भने फेरी थचारिन पर्ने छ भनेर सम्झाउनु हुन्थ्यो । तर मलाइ त्यस्तो लाग्दैनथ्यो, अमेरिका गएका कम पढेकाले पनी कस्तो राम्रो उन्नति गरेका छन् । पिएचडी गरेपछि त घरमै ग्रिनकार्ड दिन्छ, नोकरीको लागि त फालाफाल हुन्छ भन्ने थियो । अब त अमेरिकामा नै सेटल भइन्छ, भनेर मेरो भुइमा खुट्टा थिएनन । अमेरिका प्रस्थान गर्ने समय जति नजिक आउथ्यो । म अझ उत्साहित थिए । मैले पहिलो पटक जेट प्लेन चढ्दै थिए । कति रोमान्चक हुन्छ होला बादल माथि माथी उदिरहदा मलाइ यस्तै लाग्थ्यो । हुन् त म पर्बतको पहाडमा जन्मेको मान्छे, बिहे भएपछी डिग्री गर्न काठमांडू आएका थियौ पति पत्नी दुवै, हाम्रो मेहनतले उच्च शिक्षा हाशिल गरेर, नोकरी समेत पाउन सफल भयौ । काठमांडूमा नै धेरै संघर्ष गरेर घर बनाएका थियौ । छोरा छोरीको भबिश्य अझ उज्ज्वल बनाउनको लागि नै मेरो श्रीमानले अमेरिकामा पिएचडी गर्न आबेदन दिनु भएको थियो । 

अमेरिका आउनुभन्दा अगाडी नेपालको घर पनी बेच्यौ, सपरिवार अमेरिका आयौ । भर्जिनिया युनिभर्सिटीमा वहाले पढन पाउनु भएको थियो । वहाँले पिएचडी सिध्दाएपछि त्यहि कलेजमा पढाउन  पाउनु भयो । कलेज छुट्टी भएको बेला छोरा छोरीलाई लिएर अमेरिकाका महत्वपूर्ण ठाउहरुमा घुम्न जान्थ्यौ । धेरै जसो स्टेट घुमिसकेका पनी छौ । समुन्द्र छेउमा पौडी खेलेका, ठुला महल अगाडी बसेर खिचेका तस्बिर र महंगा रेष्टुरेन्टमा गएर खाएका तस्विर आफ्नो फेसबुक टास्न मैले कहिले चुक्दिनथे । ति तस्विरले नेपालमा भएका मेरा आफन्तले त कति भाग्यमानी रहिछस । मोज गरेर अमेरिकन लाइफ बिताएकि छेस भन्दा मलाइ सारै आनन्द आउथ्यो । मेरा संग साथिहरुले पनि मेरो इर्श्या गरेर केहि न केहि कमेन्ट लेखिरहन्थे । मलाइ यी सब कुराले खुब मज्जा आउथ्यो ।  मेरा छोरा छोरीले अमेरिका बाटै हाइस्कुल पास गरे । 

मेरो श्रीमान् आफ्नै काममा व्यस्त हुने, मैले केहि कुरा गरे पनी सुने झैँ गर्नु हुन्छ । छोरा छोरीहरु बिस्तारै हामीबाट टाढा हुदै गैरहेका थिए । उनीहरुलाइ अमेरिकाको संस्कारले छोईसकेको थियो  । मेरो श्रीमानले पनी छोरा छोरीको पढाइ र खान पिनमा ख्याल गर भन्नु हुन्थ्यो । राहुल छोराको नाम हो । उसले हाइस्कुल पास गरेपछि पार्ट टाइम काम शुरु गरिसकेको थियो । राहुलले कलेजमा भर्ना भए पछी उसले कोठा लिएर उतैबाट पढछ । जबकी कलेज हाम्रो घरबाट एक आध घन्टाको बाटो छ गाडीबाट । उसले भन्छ अब बाउ आमासँग बसेर पढ्नु भनेको त लाछी हुनु हो । मेरा कुनै साथी  पनी आमा बाउसँग बस्दैनन । उ घरमा आउदा जादा नेपालीमा बोल्दा पनि बोल्दैन ।

 दुइ चार जना अमेरिकन साथी लिएर आउछ र हाए ड्याड मम हाउ आर यु, मात्रै भन्छ । मलाइ त कहिले काही लाग्छ उ मेरो छोरो होइन कि क्या हो ? एकदम पराइ जस्तो ब्यबहार गर्छ । अब न त मैले उसको बिबाह नै गर्दिन पाउछु । खै गोरी काली के ल्याउछ कुन्नी ? अचेल महिना दिनमा उसको अनुहार देख्न पनी हम्मे भैसक्यो । यता छोरी हाइस्कुल पढदा पढ्दै दुइदिन छुट्टीमा पार्ट टाइम काम गर्न थालिकी छ । स्कुल नजिकको डंगकिन डुनटमा । त्यहा काम गर्न थालेसके पछि उ पनि आत्मनिर्भर भए भनेर फुइ गर्न थालिसकेकी छ । एक दिनको कुरा हो । उ राति अबेर गरेर आइ मैले उसलाई कुरेरै बसेकी थिए । घरै अगाडी कार रोकियो । एउटा काले केटोले कारको ढोका खोलिदियो । बाहिर आएर दुबैले अँगालो हालेर केहि बेर टासीइ रहे । अनि छोरी ढोका खोलेर घर भित्र गुनगुनाउदै  पसी । मैले यो सबै दृश्य देखेर मैले मेरो श्रीमान् संग भने छोरीको निको चाल छैन । त्यस दिन केहि रात धेरै भैसकेको थियो । वहाँले भन्नु भयो, भोलि उसंग कुरा गरौला भनेर हामि सुत्यौ ।  

छोरीलाई बोलाएर सोधपुछ गर्दा उसले निर्धक्क भएर भनि जसले मलाइ पुर्याउन आएको थियो त्यो मेरो ब्याए फ्रेन्ड हो । मेरा साथीहरुको सबैको व्यय फ्रेन्ड छन् । उ मेरो धेरै पछि लाग्यो अनि मैले उसलाई फ्रेन्ड बनाए । उ अमेरिकन बर्थ सिटिजन हो । बंगाली भएर भएर के भो त ? मुसमान भएर के भो त ? हेर्दा अलि कालो छ उसले मलाइ माया गर्छ । अमेरिका आइसके पछि जात धर्म कालो गोरो भन्न मिल्छ ? यस्तो कन्जरभेटिभ कुरा नगर्नुस है ड्याड ममी । उसलाई यसो बुझ्न खोजेको त उसले केहि बाँकी नराखी सबै भनेर गइ । हामी बुढाबुढी टवा परेर हेरेको हेर्यै भयौ । 

अनि म छाँगाबाट खसे जस्तो भए । मेरा सबै नौ नाडी गलेर गए ।  छोरा छोरीको भविष्य सुधार्न अमेरिका पसेका हामी आज बुढाबुढी मात्र घरमा छौ । छोरी त्यसै केटासिट गइ । न त छोरा छोरीको बिबाह गर्न पाइयो ! न  त हामीसंग उनीहरु बस्छन । अब म नेपालमा फर्किन पनी मन छैन । के मुख लिएर जाउ । छोरा छोरीलाइ त राम्रै भए होला आफूखुशी गर्न पाएकोमा । तर मलाइ एकदम पिडा छ,  आफ्नै मुटुका टुक्रा सन्तान आफूबाट टाढा भएका छन् । म उनीहरुको लागी अनाडी र कन्जरभेटिभ भए । म त आमा हुँ, सहन असाध्य गारो हुदो रहेछ । यसले गर्दा मेरो मन जहिले पनी तडपिन्छ । म यो तड़प सहन नसकेर डिप्रेसनको औषधी खाने गरेकी छु । त्यसैले पनि मेरो श्रीमानले आफु घर छोडेर जहाँ जानुहुन्छ, मलाइ संगै लैजानु हुन्छ । भन्दै गर्दा उनको आँखाबाट आँशु झरीरहेका थिए । मेरी पत्नीले उनलाई हग गरेर, बि स्ट्रोंग, समयले आफुलाई मजबुत बनाउछ । भनेर उनीसंग बिदा मागेर हामि घर गयौ । उनि भित्र जलिरहेको जलन र तड़पको रापले हामी  पनी रात भरि राम्रोसंग सुत्न सकेनौ । 

 

०४/१३/२०२०

 

Leave a Reply