“ संसारको इतिहासमा करोना भाइरस आज मृत्युको कहर बनेर मानव सभ्यता बिनास गर्न उद्दत भैरहेको छ । पृथ्बीको कुनै कुना छैन होला यसले आतंकित नबनाएको होस् ! मानव सभ्यताको अदृश्य सत्रु को रुपमा खडा छ, आजका बिकशित मानवको आमने सामने, उसले चुनौती दिई रहेछ हे मान्छे सक्छन भने मलाइ हराएर देखा ? महान मानवहरु यस भाइरसको उपचार खोजिरहेका छन तर भेट्टाई रहेका छैनन । कोशिस जारी छ, सजिलो पनि छ, अन्त्यन्त मुश्किल पनि छ । यो महामारी बिमारीले कतै मानव सभ्यतालाई नै उलट पुलट पार्ने त होइन ?   यो भाइरस एक किसिमको फ्लू जस्तै हो । पहिला यस्तो फ्लू नभएको पनि होइन । भएको थियो मलाइ । चीनमा यस भाइरसबाट हताहत हुनेको संख्या र यो रोग लागेर अस्पतालमा पुगेको भिडलाई टिभीमा देखिरहेको थिए पनी । यो भाइरस लागेको लक्षण पनि फ्लुको जस्तै हो भनिएको थियो । यसको औषधि नभए पनि रोगलागेको मान्छेसंग तर्केर नजिक नपरे केहि हुदैन भन्ने कुरा थाहा पाएको थिए । मलाइ लाग्थ्यो, म अमेरिकामा छु, सानो तिनो रोगलाई त याँहाको अस्पाताल र डाक्टरले सजिलै निको पार्छन । शुरुका दिन सम्झन्छु, नेपालको ताप्लेजुङ्ग जील्ला जन्मेको मान्छे म, न भाषा मिल्छ, न भेष न त नेपालको पढाईले न त मैले जागिर नै पाउछु अमेरिकामा । त्यसैमा पनी न्युयोर्क शहर ! 

अमेरिका आएदेखि धेरै  कुरासंग संघर्ष गर्न परेको थियो । शुरुमा कोठा डेरा पाउनु नै महाभारत थियो मलाइ । साथीसंग मिलेर एउटा अपार्टमेन्ट बस्न पाउदा घरै किनेर बसे जस्तो  लागेको थियो । काम नपाएर यहाको होटेलमा भाडा माझने काम बाट शुरु गरेको थिए । कहिले वेटर भए , कहिले ग्यास टेसनमा तेल भरे । जुनदिन मैले ड्राईभिंग लाइसेन्स पास गरे, कम्ताको खुशी भएको थिइन, मैले अमेरिकाको ग्राजुएट पास गरेजस्तै भएको थियो । मेरा धेरै साथीहरु टेक्सी चलाउथे । मैले पनी टेक्सी चलाउन थालेको थिए । न्यु योर्क शहर जस्तो घना शहरमा ठुलै युध्द जिते जस्तो लाग्थ्यो मलाइ, मैले दश पढदासंम मोटर नदेखेको मान्छे । आज संसारको बिकशित शहरमा गाडी चलाउन सकेकोमा गर्भ लाग्थ्यो मलाइ । केहि टेक्सी चलाउने साथीहरु लिमोजिन कालो कार चलाउन ट्रान्सपोर्ट कम्पनीमा ज्वाइन गरे ।  बिस्तारै म संग पनी केहि पैसा जमा भयो । मैले पनि लिमोजिन कार किने र कम्पनीमा ज्वाइन गरे । 

यो काम मलाइ असाध्यै मन परेको थियो । यो आफ्नै निजि ब्यापार जस्तो थियो । कम्पनीका कस्टमरलाई उनको गन्तव्यसम्म पुर्याइदिने र ल्याउने थियो । काम गरे पैसा पाउने नगरे नपाउने । जागिरबाट निस्कन नपर्ने, छुट्टी लिन कसैलाई सोध्न नपर्ने, काम गर्न मन लागे जतिखेर गर्न पाउने । मैले धेरै मेहनत गरे यो काममा, पैसा पनि बनाएको थिए । काठमांडूमा पांच तले घर बनाएको छु । मेरी पत्नी शिलाले मलाइ प्रत्येक काममा सहयोग गरेकी छिन ।  एक छोरा एक छोरी छन , छोरो प्रविन अहिले भर्खरै कलेजमा भर्ना भएको छ । छोरीले हाइस्कुलमा पढ्दै छ । शिलाले पार्लर खोलेर आफ्नै बिजिनेस गरेकी छिन । पुगिसरी आएपछि, सामाजिक कार्यमा पनी हामीले खर्चिने गर्थिम । न्युयोर्कका संश्थामा आबध्द भएर पनि काम गरेको छु । आफ्नै जिल्लाका स्कुलको लागि पनि खर्चिन सकेकोमा खुशी लाग्छ । 

एक दिनको कुरा हो ।  मैले जे एफ के एयरपोर्टबाट एक जनालाइ पिक अप गरेर मेनाटनसम्म पुर्याएको थिए । त्यति खेर सम्म यो कोरना भाइरस भन्ने अमेरिकामा देखिएको थिएन । त्यो मान्छेले लगातार खोकेको पनि थियो । यस्तो खोक्ने मान्छे बोकिराखेको पनी थिए । अलि धेरै कोरना भाइरसको हल्ला हुन् थालेको थियो, यहाँ पनि ! मलाइ त्यस्तो केहि लक्षण पनि थिएन ।  म अलि हेल्थ कन्सस भएकोले होला म हस्पिटल गएर करोनाको टेष्ट गराउ भनेर गए । त्यस्तो केहि लक्षण छैन भनेर चेक नगरी पठाइदियो । बिस्तारै न्युयोर्क शहरमा यो भाइरस सल्किदै गैरहेको थियो । अमेरिकन राष्ट्रपतिले यस भाइरसलाइ चाइनिज भाइरस भन्दै न आत्तिन शन्देस दिई रहेका थिए । यो हामीले सजिलै कन्ट्रोल गर्छौ । भनिरहेका थिए । 

 केहि दिन पश्चात मेरो शरीर तातिन थाल्यो । केहि साथीहरुले काम छोडेर कोठा मै बस्न थालेका थिए । म झन् उनीहरु भन्दा अगाडी नै काम छोडेर कोठामा बसेको थिए । मलाइ हल्का ज्वरो आए पनि फेरी म हस्पिटल गए । मेरो चेकअप  पछि थाहा भयो कि मलाइ कोरोना भाइरसले छोईसकेको रहेछ । न्युयोर्कको एल्हस्ट हस्पिटल पुरै प्याक भैसकेको रहेछ । सिरियस केशलाई मात्रै अस्पातलमा भर्ना लिएका रहेछन । मलाइ कोठा मै सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिइयो । सेल्फ क्वारेन्टाइनमा बस्दा आफुलाई परिवारको सदस्यसंग पनि अलग्गै राख्ने, आफुले खोक्दा, हाछेउ गर्दा, हातले नछोपेर कुनेउ खुम्च्याएर गर्ने , हातले नाक मुख र अनुहार नछुने, पटक पटक साबुन पानीले हात धुइ रहने । आफ्नो बिस्तारा, किचन खाने भाडाकुडा समेत अरुलाई छुन नदिने । कोरोना भाइरस लागे पछि बाथरुम, किचन फोन अथवा ढोकाका हेन्डिल चुकुल जहा छुइञ्छ त्यहि भाइरस बस्ने हुनाले परिवार छुन नदिने ।घरमा बस्दा पनि मास्क लगाएर बस्ने ।  तातो पानि खाने, र इम्युन पावर बढाउने श्वास्थ बर्धक खाना खाने भनेर निर्देशित गरियो । यदि स्वाश प्रस्वासमा समस्या दखियो भने अस्पतालमा फोन गरेर एम्बुलेन्स मगाएर अस्पताल आउन भनियो । म हिडेरै गएको थिए, अस्पताल म बसेको ठाउबाट धेरै टाढा थिएन । म स्वास्थ थिए । बलोयो थिए । मैले यस भाइरसलाइ जित्छु भन्ने पनि थियो । तर मेरो मनमा एउटा शंका थियो । यसले मलाइ मार्न पनी सक्छ भन्ने मनमा कता कता डर पनी थियो । 

अब शिलाले आफ्नो पसल बन्द गरेर कोठामा बस्न थालेकि थिइन ।  न्यु योर्कको साँघुरो अपार्टमेन्ट जतिसुकै साबसानी गरेपनी कतै नै कतै छुइने सम्भावना भने टरेको थिएन । छोरीको स्कुल छुट्टी भएर टेक्सास पुगेकी थिइ । मैले उसलाई मलाइ सन्चो नभैकन यहाँ नआउनु भनेको छु । छोराको कलेज बन्द भएर घरै बसेको छ । बाध्य भएर कोठाको एक कुनामा मेरो बिस्तारा लगाइयो । परिवारका सदस्य बीच अछुत जस्तै ब्यबहार गर्न बाध्य भयौ । शिला र छोरालाई भने यस भाइरसको कुनै लक्षण  देखिएको थिएन ।

कम्पुटर साथमा राखेर समाचार हेरिरहदा संसार भर करोनाको भयाभय कहर छाइसकेको थियो । चाइनामा मन्थर हुदै गएको र इटालीमा हजारौ मान्छे मरिरहेको समाचार मेरो जिउ घरिघरि जिरिङ्ग हुन्थ्यो ।  हेर्दा हेर्दा न्युयोर्कमा पनी कोरानाको हजारौ संख्यामा बिमारी फैलिसकेको थियो । 

ज्वरो भन्दा कुनै लक्षण थिएन पहिले मलाइ अहिले आएर  बिस्तारै सास फेर्न अफ्ठारो हुन् थाल्यो । घांटीमा गाँठो परे जस्तो भएर असजिलो भएर आयो । त्यस पछि मैले अनुमान गरे कि म त  करोना भाइरसको शिकार भैसके, म पक्कै बाच्ने छैन । शिला आत्तेकी थिइन, करोना भाइरसले सबै कहाँ मर्छन र अस्पताल गए पछि संच हुन्छ भनेर थामेको छु उनलाई । छोरा आत्तिसकेको थियो । जब मलाइ  सास फेर्न अन्त्यन्त कठिन हुन् थाल्यो । शिलाले एम्बुलेन्स मगाइन । मैले एक पटक शिलालाई हग गर्न मन थियो । छोरालाइ अँगालो हालेर आमाको ख्याल गरेस भन्ने मन थियो । उनीहरु पनी मलाइ अँगालो हालेर रुन खोजेका थिए । तर मलाइ न त उनीहरुले छुएर रुन सके न त मैले उनीहरुलाई अँगालो हालेर रुन सके । हामीले आँखाभरी आँशु भरेर हेरिरह्यौ । कोरना भाइरस भएको मान्छेलाइ हस्पिटलमा भेटन पाइदैन । आफन्तले पनी भेटन पाउदैनन । यस भाइरस सर्ने डरले कोइ इष्ट मित्रले भेटन आउदैनन रे ! यो भाइरस सर्छ नि ! मरे भने मेरो लासलाइ पनी मेरा आफन्त र मेरी प्यारी शिलाले पनी छुने छैनन । मेरो छोरोले पनी । 

के थाहा यस भाइरसले मेरी शिलालाइ छोई सक्यो कि ? छोरालाइ सर्यो  कि ? छोरी टेक्सास भएकोले बाच्छे कि ! कता मेरो यो संसार इटलीमा भएको कोरोना भाइरसको कहर जस्तै मेरो परिबार खस्ने  हो कि ? न्यु योर्कका पचासौ हजार जनालाइ भाइरसले छोई सक्यो । यस शहरमा निर्बाध ट्रेन बस चलेको छ । दैनिकी काम गर्नेले काम गरेकै छन् । ग्रोसरी पसलमा ठेलमठेल गरेर सामानको किन मेल भएकै छ । हिजकै जस्तै नेभर स्लिप सिटि भनेर कायम राख्न खोजेका छन् ट्रम ले । सारा संसारले लक् डाउन गरेको छ । अविकसित मुलुकले समेत तर यहाको सरकारले इकोनोमीको कुरा गर्छ । मान्छे मरेको र कोरना भाइरस भुसमा आगो सल्के जस्तै सल्केको  थाहा पाएर पनी थाहा नपाए जस्तै गरेर इकोनोमिक डाउन गर्न नदिने कुरा गर्दै छ । 

मान्छे मर्न दिनु हुन्न भनेर त्यो मेरो सानो देशले लकडाउन गराएर कमसेकम प्रयास गरेको छ । सायद म अस्पतालबाट बाचेर फर्के भने अब म अमेरिका बस्ने छैन । म मर्न परे पनि आफ्नै माटोमा मर्छु । कृपया सम्पूर्ण मेरा मित्रलाई सल्लाह दिन्छु । केहि दिन केहि महिना भोकै बसेर भए पनी  रोग नलाग्दै घरमा लक् डाउन गरेर बस्नुस । पाहुना आउन नदिनुस्, अरु कंहा नजानुस, हात नमिलानुस, नमस्कार गर्नुहोस । केहि छोएपछि पटक पटक साबुन पानीले हात धुनुस, हातले अनुहारलाई नछुनुस, तपाइँ लगातार खोकी लाग्यो भने, तपाइलाइ ज्वरो आयो भने, सास फेर्न अफ्ठ्यारो भने कोरोना भाइरसको चेक गराउनु होला । अस्पाताल जानु होला ।  हस बिदा भए, मेरो एम्बुलेन्स आयो ।”

 

माथि उल्लेखित अशोकले लेखेर गएको अन्तिम संदेश थियो । अशोक न्यु योर्कका निबासी हुन र एक सामाजिक कार्यकता मिजाशिला सहयोगी मन भएका पनि थिए । न्युयोर्कमा कोरना भाइरसको कहर आकाशमा मडारिदै गर्दा उनलाई यस भाइरसले आक्रान्त बनाइसकेपछि  फोन गरेर एम्बुलेन्समा अल्हमस्ट हस्पिटल पुगेका थिए ।आज उनको पुरै परिबार कोरोनाले आक्रान्त छन उनीहरुले यसबाट फुत्किन सक्छन सक्दैनन् ? त्यो भविष्यले बताउने छ । तर अशोक भने हप्तौ दिन अस्पतालमा भेन्टिलेटर सास फेर्न संघर्ष गरे पनी  अन्तत: उनी यस संसारबाट बिदा भए । यसरी एउटा नेपालीको कोरना भाइरसको कारणले मृत्यु बरण गर्न परेको छ । फेसबुक र समाचारमा उन्को तस्बिर राखेर श्रध्दान्जली दिइएको छ, समबेदना दर्शाइएको छ । तर उनको अन्तेष्टिमा भने कोइ आफन्त परिबार पुग्न सकेका छैनन ।  यो कोरना भाइरस यति खतरनाक छ कि यो लागेपछि आफ्नै पत्नी आफनै सन्तानले छुन पाउदैन । अँगालो हालेर रुन पाउदैनन । आफन्त र इष्टमित्र सबै सबै आफूबाट टाढा हुन्छन । आफन्त र परिबार समेतले सतिगति गर्नलाइ समेत हिच्किचाउछन । जादैनन् । यो कोरोना भाइरसको महामारीबाट  जोगिन घरभित्र बसेर ढोका बन्द गरेर यो दुष्ट कोरना भाइरसलाइ बहिष्कार गरौ ।

 

टेक्सास 

०३/२९/२०२०

Leave a Reply