स्वर्गमा देवताहरुको महासम्मेलन आयोजना भयो । यस्तो सम्मेलन नगरेको सयौ बर्ष भैसकेको थियो । देवताहरुले पाएको जिम्मेबारीबाट फुर्सत पनी थिएन । यो सारा ब्रमाण्डको रासायनिक, भौतिक, मेग्नेटिक, बायु सम्मिश्रण, आगो पानी, वाष्प, र सम्पूर्ण ग्रहहरुको ट्राफिकलाइ सन्तुलन गरी दुरुस्त गरिरहनु त्यति सजिलो पनी थिएन । एक सेकेन्ड पनी ध्यान यताउती गए भने ठुलो दुर्घटना हुने निश्चित छ  । त्यसैले केहि स्वचालित यन्त्रहरु जडान गरिएका थिए ।  महान बैज्ञानिक सुक्राचार्य र उनका शिष्यहरू यो ब्रह्माण्ड ब्यबस्थित गर्न व्यस्त थिए । ब्रह्माण्डमा चलिरहने उल्कापात र  बाधाहरुलाई समाधान गर्न खगोलीय अनुसन्धान केन्द्रको स्थापना भएको थियो । सम्पूर्ण ऋषिहरु (बैज्ञानिक) अनुसन्धान र ब्यबस्थानमा व्यस्त थिए । पृथ्बिको सबै बागडोर इन्द्रलाई दीइएको थियो । पृथ्वीलोकका सम्पूर्ण प्राणीहरुको गतिबिधि न्याय अन्याय  फ़ेरिस्त यस महासम्मेलनका बुझाउनु पर्ने थियो । इन्द्र भने अप्सराहरुलाई नचाउने र सोमरसमा नशामा चुर्लुम्म डुबेर कसैको वास्ता गर्दैनथे । 

नारदजीले कयौ पटक प्रिथ्विलोकमा मानवले प्रकृतिको नियम उल्लघन गरेर देवताहरुले बनाएको प्राकृतिक संतुलन (ecosystem) बिगारी सके भनेर इन्द्रलाई जानकारी दिएका थिए । तर इन्द्र भने आफ्नै सत्तामा लिप्त थिए । यता पृथ्बीलोकमा मान्छेहरुले पुरै जंगललाइ मासिरहेका रहेका छन । दिन प्रतिदिन जंगलमा स्वछन्द बिहार गर्ने जीवजन्तुलाइ कि त मारेर खाएका छन की मान्छेको मनोरन्जनको लागी चिडिया घरमा लगेर थुनेका छन । रुख बिरुवा मासेर प्राणीहरुको प्राण वायु अक्सिजनमा कमि हुन् थालेको छ । मान्छेले हामी नै भगवान हौ भन्दै हामीले प्रदान गरेको आयुलाइ चुनौती दिएर औषधि र ठुला ठुला अस्पताल बनाएका छन । मान्छेहरुले बिभिन्न हातहतियार बनाएर प्रिथ्बिमालाइ भागबण्डा लगाएर मेरो राज्य भन्दै आपसमा बितण्डा मचाइरहेका छन । कतै देश, कतै धर्म, कतै जात, कतै बादको  नाममा आफआफै लडेर विध्वंश मचाइरहेका छन । जग्गा जमिन ओगटेर मालिक र नोकर बनाएर एकले अर्कालाइ शोषण गरिरहेका छन । परमेश्वरको अनुकम्पाबाट ब्रह्माजीको नेतृत्वमा हामीले प्राणी को शृष्टि गरिएको हो । बिष्णुको नेतृत्वमा यी प्राणीहरुको लालन पालनको लागी अन्न बाली बनस्पतिको सृजना गरिएको हो । यो ब्यबस्थापनलाइ भंग गर्न खोज्ने जीव हो या बनस्पति वा यसको जिम्मा लिने नेतृत्वलाइ सजाय र कारबाही गर्ने निलकण्ठ शिबशंकरलाइ दीएको थियो । 

ठुला भनिने देशले हावाबाट अक्सिजन निकालेर सिलिन्डर बनाएर बेचिरहेका छन् । पानीलाई बोतल बनाएर बेचिरहेका छन । हामीले त्त्यसलोकलाई प्रदान गरेको बिजलाई नासेर बर्णशंकर बिज बनाएर, सर्ब साधारण मानव जातिलाई प्राकृतिक बिज बाट बिमुख गराई विकासे बिजमा निर्भर हुन पर्ने गराएका छन । हामीले बहुमुल्य मणि माणिक्य सुन चांदीलाइ धनको रुपमा प्रयोग गर्ने प्राबधान गरेका थियौ । हामीले कागजका पैसा बनाएका थिएनौ । यिनले सोझा साझा मानबलाइ बल बुध्दिले थिचेर आफूखुशी पैसा छाप्ने र त्यसैको बलमा मान्छेलाई शासन गर्ने ब्यबस्था गरे । आज हेर्दा हेर्दै हामीसमेतले  पुजा गर्ने गौ मातालाई र उनका सन्तानलाई काटेर मारेर खाइरहेका छन र तिनै देशहरुलाई स्वर्ग भन्न थालिएको छ । यस्ता किसिमका कयौ बदमासी मान्छे आफ्नो सुख सुबिधाको नाममा गरिराखेका छन । मान्छेहरु धन दौलत, सत्ताको दुरुपयोग गरि भ्रष्टाचार, ब्यबीचार , बलात्कार, हुने नहुने अतिचार गर्न चुकेका छैनन् । समुन्द्रमाथी दुर्गन्ध फैलाएका छन् । केमिकल फालेर हामीले उत्पत्ति गरेका जलचरलाइ  बाच्न गारो बनाएका छन् भने, तिनलाई छोपेर जालमा हालेर मारेर आफ्नो दुइ इन्चको जिब्रोलाई स्वाद दिएका छन । हामीले मान्छेलाई यस्तो मनमानी अन्याय अत्याचार गर्न छुट कदापि दिन हुन्न । र हामीले यिनाहरुलाई मान्छे भएर बाँच । सैतान भएर धन सम्पत्ती मान सम्मानको लागी जे पनी गर्न पछि नपर्ने नहोउ, तिमीहरुले अन्याय अत्याचार गरेर थुपारेएको सम्पत्ति मान सम्मान उनीहरुले उपभोग गर्न नपाउने कड़ा ब्यबस्था हुदा हुदै पनी गरिरहेका मान्छेलाई बेलाबेलामा सुख भनेको आन्तरिक हुन्छ, सबै मरेर जाने हो । 

यो संसारमा कसैले केहि ल्याएको हैन, एकै छिन भोग गरेर सबै छोडेर जाने हो भन्ने सद्बुद्दि दिनको लागी अहिले सम्म भएका भन्दा केहि फरक सबै देश, जाती, धर्म, कसैलाई भेदभाव नराख्ने गरी सर्वव्यापी महामारीको  ब्यबस्था गर्न अति आबस्याक भएको छ, सभामुख यसो नगरे यी मनुष्यहरुले हामि नै परमेश्वर हौ ! परम पिता हौ भन्ने छन । आफु पनी मासिने छन र हामीले सबभन्दा उत्कृष्ट प्राणी शृष्टि गरेको केहि अर्थ हुने छैन । यो नास भयो भने हामीले अर्को ब्रह्माण्डको शृष्टि गरेर यो सब सृजना गर्न कयौ कोटी बर्ष लाग्ने छ । पृथ्वीका मान्छेहरु यति मुर्ख भैसके कि पृथ्बिलाई ध्वस्त गराएर केहि मान्छे मात्रै मंगल ग्रहमा बस्ने सपना बुनेर बसेका छन प्रभु ! उक्त सभाका सभामुख बृहस्पति सामु गुप्तचर विभागका प्रमुख बनाएका नारदजी प्रतिबेदन संक्षेपमा पढेर सुनाउनु भयो ।  

 

कठघरामा उभिएका इन्द्रले आफु सत्तामा लिप्त भएकोले यी मनुश्यहरुले मनोमानी गरेको स्वीकारेर दर्शक दीर्घामा बसेका ब्रह्मा बिष्णु महेश्वरसामु माफी माग्छन । उपस्थित देवतागणले इन्द्रको राजिनामा माग्दछन । इन्द्रले सभामुख सामुन्ने केहि समय पाउ भनि माग्दछन सो सभालाइ मध्यान्तरको बिश्राम दिइन्छ । इन्द्र ध्रुत त  थिए नै  । त्यहि मध्यान्तरमा देवताको हस्ताक्षर गराई आफ्नो महुमत पुर्याई सकेका रहेछन । पुन:  सभाहलमा देब गण भेला हुन्छन । सभामुख बृहस्पतिबाट सभा संचालन गर्न अनुमति दिइयो । नारदजीले प्रस्तुत गरेको प्रतिबेदन माथी ब्यापक छलफल भयो । सबैले आ आफ्नो राय पेश गरे । यो देबगणको महा सम्मेलनले यो ब्रह्माण्डलाइ यथाबत संचालन बनाइ राख्न र पृथ्वीमा मानव र पशु पंक्षीहरुको संतुलन र प्राकृतिक पर्यावरणको सन्तुलन राख्नको नयाँ महाभारतको ब्यूह रचना गर्नको लागी श्री कृष्णलाई अधिकार सुम्पियो । 

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत |

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ||७||                        

 परित्राणाय साधुनाम् विनास्हाय च दुष्कृताम् |

धर्मसंस्थापनार्थाय सम्भवानी युगे युगे ||८||

श्रीमद्भगवद्गीता- अध्याय -४ 

यसको अर्थ :”  जब जब धर्मको हानी, अधर्मको बृध्दि हुन्छ, तब तब म धर्मको उत्थान गर्नको लागि आफ्नो स्वरुपलाई सृजना गर्दछु । साधु सन्त सज्जन उद्दार गर्न र पापकर्म अर्थात दुष्कर्म गर्नेलाइ बिनास गर्न र धर्म संस्थापना गर्नको लागी म युग युगमा प्रकट हुन्छु”  ।  यसरी श्रीकृष्णले व्दापर युगमा महाभारत युध्द भूमिमा अर्जुनलाई भन्नु भएको हुनाले यो कार्य श्रीकृष्णले नै सम्पन्न गर्नु पर्ने सर्बसम्मतले  निर्णय गर्दछन । राजा जो सुकै भएपनि सत्तामा पुगेर उस्तै काम गर्ने हुनाले इन्द्रलाई नै अब देखि यस्तो कार्य नगर्नु भनि सभाले पास गर्दछ । केहि देवताको राजिनामा आग्रह गरेपनि इन्द्रले चालेको चाल अबगत भएकोले सभाले मतदान गर्न नलगाएर सत्तामा जो गएपनि दुरुपयोग गर्छन भन्ने आसयको साथमा यो निर्णय गरिन्छ । 

श्रीकृष्णले हात उठाएर के भन्नु छ भन्दै उनि रोष्टममा पुग्दछन र सभामुख समक्ष आफ्ना भनाइ राख्दछन । सभामुख महोदय, पृथ्वी लोकका मानिसहरु महाभारत कालिनका जस्ता छैनन् । अहिलेका मानिसहरु बुद्धिमान मात्रै हैन ध्रुत पनी छन, आफ्नो शान शौकत, पावर पैसा, हुकुमत कायम राख्न हामीले प्रयोग गर्ने जस्ता अग्नियाश्त्र, प्रक्षेपण उन्नत किसिमका निर्माण गरिसकेका छन । उनीहरुले शोषण गरेका निर्बल असाय मनुष्यलाई सैनिक बनाएर यी दुष्ठहरुलाई हराउन सकिदैन । अब मैले प्रिथ्बिमा जन्मनै अन्त्यन्तै धेरै समय लाग्न सक्छ । त्यतिन्जेल उनीहरु अझ बलमान हुने छन । उनीहरुको पक्षमा रोबोट लडने छन । हामि परास्त हुने छौ । सतीदेवीको सरिर गलाउन बिष्णु  भगवानले ब्याक्टेरिया झिंगा किट पतंगको आबिष्कार गर्नु भएको थियो । अत एव मैले भगवान बिष्णुको शक्ति धारण गर्ने अनुमति चाहन्छु र  एउटा यस्तो भाइरस उत्पन्न गराउदछु,  स्वर्गका अनुसन्धान प्रमुख बैज्ञानिक सुक्राचार्यको सहयोग लिएर उक्त भाइरस समय अनुकुल आफुलाई परिबर्तित गरि मानबजातिमा आक्रमण गर्न सकोस । त्यसको बिरुध्द कुनै औषधि बनाउन सक्छन तर त्यो प्रयोग हुने बित्तिकै त्यो भाइरसले अर्को स्वरुप लिएर पुन आक्रमण गर्न सकोस । 

ठुला धनी राष्ट्र भन्नेहरुको नाक रगडिन पर्ने बनाउन सकौ । उक्त भाइरस अदृश्य त छ, मान्छेहरुले माइक्रोस्कोप लगाएर हेर्ने छन । बिभिन्न नामले प्रख्यात हुने छ । कहिले कोरोना हुने छ भने कहिले कोविद -१९ बन्ने छ । हराए जस्तै हुने, फेरी फैलिने, नयाँ रुपमा मान्छेलाइ आक्रमण गरिरहने यसको बिशेषता बन्ने छ । कहिले कुन लक्षण कहिले कुन ! कसैलाई कुन, कसैलाई कुनै यसरी भाइरसले आफ्नो सिक्का जमाउने छ । यो डर ति अनैतिक मान्छेमा सधै रहने छ । यसले पृथ्वी लोकका बैज्ञानिक समेत हैरान हुने छन । यति मात्र हामीले उत्पन्न गरेको भाइरसले गर्न सक्यो भने प्राणीले प्राणीलाइ गर्ने हिंशा, मान्छेले मान्छेलाई दिन हिन निचो बनाएर शोषण गर्ने परमपरा र संसार लाइ नै ध्वस्त बनाउने, एउटा समुहले वा राज्यले संसारलाइ शासन र शोषण गर्ने सोच बन्द गर्न मद्दत पुग्ने छ । अतएव सभामुख महोदय, म यो रोष्टम बाट नै देवादिदेब त्रय ब्रह्मा बिष्णु महेश्वरको आशिर्बाद प्राप्त गर्न सकूँ । मानिसहरुलाई आफ्नो औकातमा बस्न बाध्य पार्न सकु । देवादी त्रय ब्रह्मा बिष्णु महेश्वर एकैसाथ उठी श्रीकृष्ण भगवानलाइ आशिर्बाद प्रदान गर्नु हुन्छ । 

सभामुखले देवताहरुको महासम्मेलन समाप्त भएको घोषणा गर्नु हुन्छ । भगवान श्रीकृष्ण भने खगोलीय अनुसन्धान पुगेर बैज्ञानिक सुक्राचार्यलाइ भेटि महा सम्मेलनको निर्णय सुनाउहुन्छ । सुक्राचार्यले अन्त्यन्त नयाँ किसिमको भाइरसको निर्माण गर्न समस्त बैज्ञानिकलाइ लगाउछन । भाइरसको उत्पत्ति गराउन सफल हुन्छन सुक्राचार्यको मार्ग दर्शन अनुसार  श्रीकृष्ण भगवानले अमेरिका र चीनका अनुसन्धान ल्याबमा मिसाइ दिञ्छन । त्यहीबाट फैलाउन सफल हुन्छन ।  दुइ ठुला अहम र हठी दम्भ भएका राष्ट्रमा एकले अर्कालाई आरोप लगाउदै   आपसमा लडेर कल्युगको महाभारत शुरु हुने छ। ब्रह्मा बिष्णु महेश्वरको आशिर्बाद सम्पन्न गरेकोमा प्रसन्न भै वरपिपलको छायामुनि आफ्नी प्रियसी राधाको काखमा टाउको अड्याएर बाँसुरी धुनमा मग्न छन, ति युगक जोडी, राधा कृष्ण । स्वर्गका देवताले फुल बर्शाएका छन । यसरी यस कल्युगमा फेरी परमेश्वर पुजन हुने छ, केहि समयको लागि भए पनी मान्छेमा दया धर्म, शान्ति अमनचैन कायम संबेदनशील बन्ने छन । यो कोरोना भाइरसको कारण सम्पूर्ण मानवजातिलाई प्राणी जगत प्रति करुणा जागोस, प्रकृतिप्रति प्रेम बनोस । जय होस !!! सबैको कल्याण होस् !!!

 

पुण्डरी अर्याल 

टेक्सास

 

०५/०८/२०२०

Leave a Reply