न्यु योर्कको एक बिबाह पार्टीमा भेट भयो, त्यो अधबैसे जोडीसँग, । साच्चै नै त्यो जोडी सुन्दर थियो । मिलेको जोडी थियो । रमाइला कुरा भए, लोग्नेले परिचय दिदा म काठमान्डौको बासिन्दा, एक जानेमाने खान्दानको सम्भ्रान्त बाहुन परिवारको बताउछन । दिपक शर्मा भनेर हामीसंग परिचय गराएका थिए ।  उनकि पत्नी विजातीय देखिन्थिन । अर्थात इन्टरकास्ट बिबाह गरेका रहेछन भन्ने लाग्यो मलाइ, उनको नाम माया । दिपक कि पत्नी मायासंग त केहि कुरा त भएन तर नमस्तेको आदान प्रदान भने भयो । बिबाहको पार्टी चलिरहदा बेहुला बेहुलीलाई फूलका गुच्छा लिएर फोटो खिचाउन गयौ हामी पति पत्नी पनी । उनीहरु पनि हामि अगाडी नै थिए । सबैले दुलाहा दुलहीलाई बधाई दिदै स्टेजमा फोटो खिचाएर स्टेजबाट ओर्लियौ । 

पार्टीमा गाना बजाना चलिराखेको थियो । डिजेमा नाच्यौ, हामी  पनी, उनीहरुले पनी मज्जाले मनोरंजन गरे । खाना खाने बेलामा फेरी दिपकसंगै एउटै टेबलमा बस्ने मौका मिल्यो । नेपालको राजनीति देखि लिएर देश बिकाशका कुरा,  हिन्दु राष्ट्र र बेद पुराणसम्मका कुरा भए उनीसंग । बिच बिचमा उनीले आफुले डबल मास्टर्स गरेको बताउन भने चुक्दनथे । साच्चै नै उनि बिध्दान थिए । अलिकति ब्लेक  लेबल चढाएपछि त नजानेको मान्छेले त आफुलाई महानै हुँ भन्न चुक्दैनन भने उनि त साच्चै काबिल थिए । संस्कृत देखि अंग्रेजी साहित्य र उपनिषद्सम्मको ज्ञान भएको भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो । 

मैले त्यतिसारो बिध्दता छाटन त सक्दिन तर उनको कुरा बुझ्न र सम्झिन सक्ने हुनाले उनीसंग त्यो भेटमा एक किसिमको मित्रता गासिन पुग्यो । मैले पनी उनलाई मेरो घरमा आउन आमन्त्रण गरे, उनले पनी मलाइ भेट गर्न पर्छ पछि पनी भन्दै हामीले फोन नम्बर साटासाट गर्यौ । कहिले काही हाम्रो भेट हुन्थ्यो । कहिले ट्रेनमा कहिले भने कुनै समारोहमा उनीहरुको जोडी साच्चै  नै प्रेमिल थियो । उनीहरु दुबैले आफ्नो ब्यबसाय गरेर बसेका थिए । कुरा गर्दै जादा दुबैले आफ्ना छोरा छोरी नेपालमै भएको र उनीहरुको अमेरिका आउने कागजी प्रक्रिया भैरहेको बताएका थिए ।  

संजोगको कुरा थियो । म र मेरी पत्नी  पनी मातृभूमि नेपाल जाने क्रममा दिपक शर्मा र उनको पत्नी मायासंग एउटै फ्लाइटमा पर्यौ । उनीहरु दुइ सिट अगाडी मात्रै थिए । दुबैको एक आपस बिचको आपसी प्रेमका बार्तालाप सुनिन्थ्यो । कतारको ट्रान्जिटमा केहि घण्टा संगै बस्यौ, मायाले आफ्नो माइती तराइमा भएको सुनाइन । आफ्ना छोराछोरीसंग भेटन आतुर भएको उनको छटपटावटले सजिलै आक्न सकिन्थ्यो । उनलाई जती दीपकमा थिएन । कतारबाट काठमांडू फ़्लाइटको लागी प्लेनमा बस्यौ भित्र केहि कुरा हुन सकेन । त्रिभुवन अन्तरराष्ट्रिय एयरपोर्टमा संगै उत्रियो । लगेज आफ्नो आफ्नो समातेर गेट तिर लाग्यौ । 

दीपकजी हाम्रा अगाडी थिए र माया हामीभन्दा पछाडी थिइन् । 

एक सुन्दर महिलाले फुलको गुच्छा दीपकको हातमा थमाएर कसेर अँगालो हाली हग गरिन । एउटा बारह पन्द्र बर्षको केटोले बाबा भन्दै उनको अगाडी झुक्यो । दीपक हात हल्लाएर ती महिलासंगै अगाडी बढे । माया भने दीपकसँग अपरिचित जस्तै भएर उम्भीइ रहिन । एकै छिन पछि मायालाई लिन एउटा मान्छे आए साथमा एउटी केटि, केटिले मम्मी भनेर मायालाई अँगालो हालिन र उक्त पुरुषले मायालाइ अँगालो हालेर तिमि ठिक ठाक छौ राम्रैसंग आइपुग्यौ भन्दछन । हामी अलि अल्मलियौ र फर्किएर मायालाइ हेर्यौ । उनले ति मान्छेलाई देखाएर वहाँ मेरो श्रीमान भनेर चिनाइन र ति मान्छेलाई भनिन  न्युयोर्कबाट हामि संगै आएका दाजु भाउजु भनेर चिनाइन । नमस्तेको आदान प्रदान भयो । तर मैले दीपक र माया र उनीहरुको सम्बन्ध र एयरपोर्टमा भएको ब्यबहार देखेर मैले केहि सोच्न सकिन ! सम्बन्ध के हो ? माया के हो ? कस्तो हुनु पर्छ ? कहाँ कस्को सम्बन्ध टुटछ र जुटछ ? यो मायाजाल कहिलेसम्म चलिरहन्छ ? आँखै अगाडीका भ्रम र यथार्थलाइ छुट्याउन मान्छेलाई कति सकस पर्दछ । जसलाई मैले न्युयोर्कमा पति पत्नीको रुपमा चिनेको थिए । नेपाल टेक्ने बित्तिकै उनीहरु अर्को रुप देख्ने मौका पनी मैले पाएँ । म मुर्तिवत भै उभिरहें । हामीलाई लिन भान्जा भान्जी आएका थिए । मामा भन्दै भान्जा भान्जीले समाते अनि म झस्किए । दुबैलाई हग गरेर हामी भान्जा भान्जिसंगै गाडीमा लगेज राखी बैनीको घर तर्फ लाग्यौ । 

टेक्सास 

०३/१३/२०२० 

Leave a Reply