ईशा राम्रै घरानाकी  छोरी हो । उ बाठी पनी छ । उसको एक धनी  बाउको छोरो पारससंग बिबाह हुन्छ । लभ भएरै मागी बिबाह गरेको हो ।  उ पनि केहि कमी थिएन । हेन्डसम जीउडाल खाइलाग्दो थियो । पारसको खेलमा अन्त्यन्त रुचि थियो । उ राष्ट्रिय स्तरको खेलाडीमा चिनिन्थ्यो । इशा पनि घर गृहस्थीमा  थन्किने आइमाई थिइनन । उस्तै राम्री पढन पनि टाठी, संघ संस्थामा संलग्नता हुन रुचाउने गर्थिन । बिबाह भएको केहि बर्ष भित्र नै एक छोरा र छोरी जन्मिए । घरमा छोरा छोरी हेर्दिने सासु भए पछि इशाले फुर्सत पाउथिन । घर चलाउन पारसको बाउले कमाएको सम्पत्तिले मज्जाले पुगी सरि थियो । 

बिस्तारै उनीहरुको लगानीको मुनाफा घटेर जान थाल्यो । पारसलाइ त्यति ब्यापार पट्टि ज्ञान पनि थिएन, ध्यान पनि थिएन । केहि लगानी डुब्यो पनी । अब एक किसिमको पुगिसरी आएको आम्दानि कम भएपछी अली  तनाब बढ्दै जान थाल्यो । इशा पनि फुर्मासी गर्न रुचाउने खालकी थी । उ बच्चाकी आमा भएर पनी ज्युडाल बिहे नगरेकी केटि जस्तै देखिन्थी । पारसले आफ्नो र इशाको समेत नाम उल्लेख गरेर एउटा सामाजिक संस्थाको समुह  मार्फत अमेरिका जान एप्लिकेशन दिएका थिए । अमेरिकन एम्बेसीले ति ग्रुप मध्ये आधाको मात्रै भिषा एप्रुभ गर्यो । पारसलाइ भने भिषा दिएन । इशाको अमेरिका जाने भिषा प्राप्त भयो । आफुले अमेरिकन भिषा नपाएकोले इशालाई अमेरिका नजान धेरै जोड गर्यो उसले । तर त्यो संस्थाका साथिहरु आएर पारसलाई मनाएर इशा अमेरिका जाने भइन । इशालाई अमेरिका जाने र उतै बस्ने ठुलो धोको पनी थियो । अब उसको सपना पुरा हुन्छ कि ? उसले सपना बुन्न थालिसकिकी थिइ । 

संस्थाका साथीसंगै अमेरिका इशा पनी आइन । संस्थाका आफ्नो कार्यक्रम अनुसार अमेरिका भ्रमण गरेर धेरै जसो फर्केर गए । इशा भने फर्केर गइनन । उनको असाध्यै मिल्ने साथी जेनीले उनलाइ आइहाल्यौ, अलि पैसा कमाएर जाउ न । भने पछि उनलाई पनी ठिकै भने जस्तो लाग्यो । इशा त्यसै पनि राम्री अनि मे कप शृंगारमा रुचि भएकी थिइ । उसकी साथी ब्युटिपार्लरमा काम गर्थिन । उनले इशालाई काम लगाई दिईन । आम्दानि राम्रै थियो । मिलेर बस्दा थोरै खर्चमा टर्थ्यो । पारसको नेपालमा कारोबार बिग्रेर घर लिलाम हुन् पुगेको थियो । सबै  ठाउमा पैसा फसेको हुनाले घर जोगाउन हम्मे हम्मे भैराखेको थियो । इशाले अमेरिकामा सरसापट गरेर बिसौ लाख नेपाल पठाएर घर लिलामी बाट जोगाइन ।  

इशाको भिषा सिध्दिएको थियो । भिषा बढाउन निबेदन दिएको पनी स्वीकृत भएन । एक दिन इमिग्रेसनको   चेकजांचमा परेर उनलाई पक्रेर जेलमा हाल्यो । इशा पढीलेखेकी थिइ, कोर्टको बयानमा म महिला राजनीति कर्मी  हुँ नेपालमा म चलिराखेको जनयुध्द बिरोधी भएकोले मैले बिबिध बहाना बनाएर अमेरिका आइकी हुँ | मलाइ अमेरिकन कानुन व्यबस्थाको ज्ञान नभएकोले मैले राजनीतिक शरणको लागी आबेदन दिन सकिन, म राजनैतिक शरणको माग गर्दछु भनेर बयान दिईन । यस्तो बयान गरि सकेपछि इमिग्रेसन अफिसले नेपाल फर्काउन मिल्दैनथ्यो । अब उनले तारिकमा छुट पाउने भईन  । उनको इमिग्रेसनको मुद्दा निर्णय नहुन्जेल उनले अमेरिका बसेर कुर्नु पर्थ्यो । 

 उनले गरेको फाइल जितिन भने नेपालबाट लोग्ने र छोराछोरीलाइ अमेरिका ल्याउन सक्थिन  तर उनलाइ छुटाउन ग्यारेन्टी गर्ने अमेरिकन नेपालीले जिम्मा लिनु पर्ने भयो । उनको पार्लरमा काम गर्ने साथीले अमेरिकन सिटिजन भएको नेपाली साथी खोजि दीइन  । उनको लागी धरौटी समेत राख्नु पर्ने भयो । यी सब गर्नको लागि महिनौ दिन लाग्यो । त्यतिन्जेल इमिग्रेसनकै कस्टडीमा बस्न बाध्य भइन इशा । ईशालाइ ग्यारेन्टी गर्ने र धरौटी राखी दिने सुभाष थियो । सुभाषले इशालाई छुटाउन ग्यारेन्टी गर्न र उसका लागी पाच सात हजार डलर जुटाई दिए ।  यसरी सुभाससंग इशाको परिचय भएको थियो । सुभाष अमेरिकामा एक्लै बस्थ्यो । ईशा असाध्यै राम्री पनि थिइ । बीच बिचमा उनीहरुको भेटघाट भैरहन्थ्यो । इशाले पनि उसको गुन सम्झेर उसले आफ्नो लागी राखी दिएको धरौटीको तिर्न जान्थिन । शुरु शुरुमा इशाले छोरा छोरी र लोग्नेलाइ सम्झेर पनी उ सुभाससंग नजीकिन खोजिकी थिइनन् । इशालाई नेपाल फर्कन असाध्यै मन थियो । उनको मन रोएको थियो । उनलाइ होम सिक भएर कसैसंग बोल्न पनि मन लाग्दैनथ्यो । अमेरिका बसेका सबै प्रवासी नेपालीको  हालत उस्तै हुन्थ्यो । 

ठुला महलका अगाडी गएर फोटो खिच्ने र समुन्द्रमा गएर अर्ध नग्न भै पौडने, पार्टी र रेष्टुरेन्टमा वाइन गिलासमा राखेर खाएको फोटो राख्ने, अनि एक डलरको  सय भन्दा बढी हुन्छ भन्दै गन्ने । महिना मर्दा हातमा सुन्ना, अली खर्च गर्दा । बाहिर बाट हेर्दा क्या मनमोहक छ, अमेरिका तर यसरि अमेरिका आएका नेपालीको कस्तो अबस्था छ भन्ने कुरा भनेर नै कसैले पत्याउछ र ? उनलाई पनी लाग्थ्यो नेपाल भएको कारोबारमा नै ध्यान दिएको भए कारोवार डुब्ने थिएन । तर अमेरिका बस्ने भुतले आज उनि दलदल मा धसिदै गएको महसुस गर्न थालीकी छिन् इशाले । यी सबै टेन्सनलाइ साम्य पार्न उनको रक्सि वाइनको मात्रा बढेर जान थालेको छ ।  कहिले काम पाउने कहिले नपाउने र आफुले आफ्नो नाममा कोठा पनि लिन नसकिने भए पछी र सुभाष पनी एक्लै भएको हुनाले सुभाषले इशालाई आफ्नो अपार्टमेन्टमा बस्नको लागी आग्रह गर्यो । इशाको आबस्याकता पनि थियो, इशा जवान थिइ भलै बच्चा बच्ची भए पनी, आकर्षक देखिन्थि जसरि हेर्दा पनी । 

सुभाषले उ प्रति गरेको गुन पनि थियो । इशालाई पहिले पहिले त बच्चा बच्चीलाई सम्झेर पनी आफु कठोर भएर बसिकी थिइन । अमेरिका आएको पनी तिन बर्ष नागिसकेको थियो । उनको केस लम्बिदै जादै थियो । उनको कागज बनेको थिएन । महिने पिछे कमाएको पैसा नेपाल पठाउथिन ।  अचेल महिना बित्ने बित्तिकै इशाको लोग्नेको फोन आउछ पैसा पठाउनको लागी । पारसले सबै काम छोडेर बिहानै देखि रक्सि खाएर घरमै बस्छ भन्ने कुरा छोरा छोरीबाट उनले थाहा पाइराखेकि छन । उ नेपाल फर्कन चाहन्थिन । तर पारसले तिम्रो केस जितेपछि म आइ हाल्छु, अहिले तिमि आउनु पर्दैन, भन्दछन  । छोरा छोरीको पढाइ राम्रो र महँगो स्कुलमा छ । यता कारोबारमा आम्दानि छैन । तिमि फर्केर आए कसरि यिनको पढाइ गर्न सकिन्छ र ! भनेर पारस इशालाइ भन्छ । इशा अहिले सुभाससंग लिभिङ्ग टुगेदर भए बस्न थाली । यसरी बस्न थालेको पनी बर्षौ बितिसकेछ । छोरा छोरी १२ क्लास पास गरिसकेका थिए । 

सुभाषलाइ छोडेर उ नेपाल फर्किन सक्दिन इशा  । उता नेपालमा आफ्नो लोग्नेले तिमि फर्केर आउ नत्र म मर्ने छु भनेर भन्छ । सुभाषसंगको सामिप्यता उ संगको सारीरिक सम्बन्ध लोग्ने स्वास्नी जस्तै भएर बसेको दशौ बर्ष नाघी सकेको थियो । पारससंग त चार पांच बर्ष बिताइकि थिइ उसले, माया त पारसले पनी कम गर्थेन । तर के गर्नु अमेरिकाको भुतले इशाको सारा सपनालाइ टुटाई दियो । न उ नेपाल आफ्ना छोरा छोरी र लोग्नेको लागी अमेरिका छोडेर जान सक्छे । छोडेर गइ हाले पनि पारसले आफुलाई स्वीकार्ला ?  सुभाषसंग लिभिङ्ग टुगेदर बसेको कहिँ न कहीबाट पक्कै उसले थाहा पाएको छ, भन्ने लाग्छ इशालाई । इशाको दिमागले काम गर्दैन, उ असाध्यै तनाबमा हुन्छे । न त उसले शुभाषलाइ भन्न सक्छे । न त नेपाल जाने निर्णय गर्न सक्छे । 

अनिर्णयको बन्दि भएर कतिन्जेल बस्ने,  इशा आज काममा जान सकिन । कोठैमा बसेर खुब रोइ, पारससंग बिबाह भएर गैसकेपछि उ संग हनिमुन मनाउन बैकक गएका रमाइला पल संझी । छोरा जन्मेपछि छैटीमा घरमा खुशियाली मनाएको सम्झी, छोरी जन्मिदा अस्पतालमा अप्रेसन गर्न परेको, ति पेटमा परेको डामछामी, अमेरिका आउदा एयरपोर्टसम्म रातो टिका लगाइदिएर सासु, साना नानि संग पारस बिदा गर्न आएको सम्झी, त्यतिन्जेल उसले कोठामा भएको ब्लाक लेबलको बोतल रित्याई सकीकि थिई उसले  । रुदै मलाइ माफ गरि देउ मेरा छोरा छोरी, पारस मलाइ माफ गरिदेउ, म तिमिसंग आउन सक्दिन, म तिमिलाइ भनेर बस्न सकिन । म अर्कैसंग बिग्रेर बसेकी छु । म तिमीसंग फेरी सति सावित्री भएर बस्न सक्दिन । हे भगवान मलाइ माफ गरिदेउ । भन्दै दशधारा रुदै सुभासलाइ एउटा पत्र लेखिन,

 प्रिय सुभाष मेरा अफ्ठ्यारा दिनलाई तिमीले साथ दिएकोले म अहिलेसम्म बाची राखेको थिए । तर आज मेरो आफ्नै आन्तरिक मानसिक अबस्थालाई रोक्न सकिन, म मर्न चाहन्छु । म मर्छु होला तिमीलाई धेरै धन्यबाद छ र तिमीप्रति आभारी पनि छु । यसमा तिम्रो केहि दोष छैन । हुन् सके मलाइ माफ गरिदेउ , 

उही तिम्री ईशा 

सुभासले आफ्नो लागी  ल्याएको स्लिपिङ्ग ट्याब्लेटको पुरै बट्टा एक एक गर्दै निलिसकेकी थिइन् । बिस्तारै उनका आँखा बन्द हुदै थियो । बिस्तारै इशाको रुवाइको आवाज कम हुदै बन्द भैसकेको  थियो ।

सुभास साँझ अफिसबाट इशालाइ फोन लगाउदै अपार्टमेन्ट आयो । इशाको फोन उठेन । आज दिनभर इशासंग फोन भएको थिएन । सुभाष आज अफिसमा अलि बिजी भयो । कोठामा बेल बजायो । ढोका खुलेन न इशाको फोन उठछ न ढोका खुल्छ ? सुभाषले इशाले काम गर्ने पार्लरमा फोन गर्छ । इशा आज काममा नआएको भन्ने जबाफ आउछ । सुभासले इशाको एक दुइ जना साथीलाई फोन गर्छ । आज उनलाई नदेखेको र उनीसंग फोन पनि नभएको भन्ने कुरा थाहा पाउछ । सुभास बेस्मारी आत्तिन्छ । ढोकालाइ लात्तीले बेस्सरी हान्छ, धकधकाउछ,पटक पटक  कल्बेल बजाउछ, ढोका खुलेन । अन्तमा उसले पुलिसलाइ फोन गर्छ । पुलिस आएर ढोका खोलिन्छ, टिभी चलिराखेको थियो । इशा भुइमा लडेकी थिइ । मुखमा सेतो फिज निस्केको थियो । एम्बुलेन्स पुलिसले मगाएर इशालाइ अस्पताल लग्यो । इशाले लेखेको नोट पढेर सुभासको आँशु थामिएन । पुलिसले सुभासलाइ इनक्वायारीको लागि साथै लिएर गयो । इशाले लेखेको नोट नेपालीमा भएकोले त्यसलाई अंग्रेजीमा बनाउन नेपाली वकिललाइ बोलाइयो । इशाको नोटले सुभाषलाइ तुरुन्त छोडियो र पुलिसले साथै अस्पताल लिएर गयो । इशालाइ अस्पताल  नपुर्याउदै उनको प्राण गैसकेको थियो । सुभाष अवाक भै इशालाइ राखेको बेडलाइ समातेर थचक्क भुइमा बस्छन । 

 

टेक्सास 

०२/११/२०२० 

Leave a Reply