बिहानको करिब सात बजेको थियो । हामी बसेको न्यु योर्क अपार्टमेन्टमा एउटा अधबैंसे महिलाले दिज्यु दाजु दर्शन भन्दै यो मेरो नानीलाई तपाईले हेरिदिनुस है भनेर छोडेर गइन । उनि हतार मै थिइन् । मेरी पत्नीले अपार्टमेन्ट मै बेबी सिटिंगको काम गर्दथीन, त्यति बेला । घरमै पांच सात जना बच्चा ल्याइदिन्थे । दिनभरि तिनीहरुलाई ख्याउने प्याउने खेलाउने खेल्ने गरेर समय पनी बिताउन सजिलो हुने, आफ्नो घरखर्च गर्न पनि मनग्ने पुग्थ्यो । न्यु योर्क त्यसै पनी व्यस्त र महँगो शहर हो, म थलिएपछि घर खर्च चलाउन पनी धेरै अफ्ठ्यारो थियो हामीलाई । म लामो बिमारी भएर घरमै बसेको थिए त्यति बेला । आफ्ना छोरा छोरीको स्कुल कलेजको पढाइले गर्दा पनी कमाइको अर्को कुनै श्रोत थिएन । यो काम सेवासंगै आय श्रोत र भगवान रुपमा बालकहरुलाई स्याहार्न पाउनु पनी एक किसिमको बरदान साबित भएको थियो, हाम्रो परिवारमा ।
ति बयस्क महिलाले आफ्नी छोरीलाई कुनै सोध खोज नगरिकन आफुकहाँ छोडेर जादा अल्मिलिएका थियौ, हामी । साँझपख सबै बच्चाका आमा बाबु आएर आफ्ना नानीहरु लिएर गए । अन्तिममा ति मलाइ दाजु भन्दै छोडेर गैकी बैनी आइन । उनको छोरीको नाम पनी हामीलाई थाहा थिएन । ति सानी बच्चीको नाम अलिसा रहेछ । असाध्य राम्री लुरी थिइ । खाना खान नमान्ने, मात्रै सात महिनाकी, जे जती पैसा लागे पनी मैले दिन्छु । मेरो छोरीलाइ डे केयरको लागी राखी दिनुस भनेर अनुरोध गरिन । हामीले उनको अनुरोधलाइ नमान्ने कुरै थिएन, त्यति खेरको हाम्रो आबस्याकता पनि थियो । अलिसा अरु बच्चा भन्दा सानी भएकाले उसलाई अलि ख्याल गर्नु हाम्रो कर्तब्य पनी थियो । बिस्तारै अलिसासंगको आत्मियता बढ्दै गयो । दिनभरि हामि कंहा बस्नी भएकोले पनी बिस्तारै उ आफ्नी आमासंग जान नमान्ने हुदै गइ । बिहान उठने बित्तिकै हामि कंहा आउन हतार गर्दी रहिछ । हुदाँ हुदाँ ति बैनीको छुट्टीको दिनमा समेत हामीलाई हेर्न भए पनी हाम्रो कोठामा ल्याउन पर्ने भयो !
यसरी अलिसा हाम्रो परिवारको सदस्य जस्तै हुन् थाली, मेरो छोरीलाइ दिज्यु र छोराहरुलाई दादा भन्न थाली सकेकी थिइ । मेरा छोरा छोरीले उसलाई असाध्य माया गर्दथे । बिस्तारै उ बढ्दै गइ । स्कुल शुरु भयो । ति बैनीले स्कुल पठाउदा आफ्नो अपार्टमेन्टबाट छोड्दा हाम्रो ठेगानामा गरेर स्कुल बसको ब्यबस्था गरेकी थिइन । अलिसाले हरेक बर्थ डे केक हामीसंग बसेर काट्नु पर्थ्यो । हाम्रो अपार्टमेंटमा । मेरा छोरा छोरीले नंया कपडा किन्दा, उसलाई चाहिन्थ्यो । उसले बाबा दिज्युले नयाँ लुगा किनेकी छिन । मलाइ खै ? भनेर सोध्थी रुन्चे स्वरमा,
टिल्पिलाउदै गरेका उसका निर्मल आखाँले मलाइ कता कता कोक्याउथ्यो ! मैले उसलाई रोजाएरै किन्दिन पर्थ्यो । किन्दिन्थे । डिज्नीका आकर्षक फ्रक उसलाई असाध्यौ मन पर्थ्यो । उसलाई ज्वरो आयो भने आफ्नो घर बस्न मान्दिनथी । औषधी मैले नै ख्वाउन पर्थ्यो । कसैले केहि भन्यो भने मलाइ नै उसले कुरा लाउन आउथी । अरु कुनै बच्चालाई काखा लिन हुन्थेन, मेरो बाबा मेरो मात्रै हो भन्थी । कतिपय रात घर नगएर हामीसंग सुत्थी ।
उ संगको सामिप्यले हामीलाई असाद्यै सुकुन लाग्थ्यो । कहिले काँही म स्कुल लिन पनि जान्थे उसलाई । टाढैबाट बाबा भनेर चिच्याएर दगुर्दै आउथी । हाम्रो अपार्टमेन्टमा धेरै बालबालिका हुर्केर ठुला भए, सबै प्रिय थिए हाम्रालागी, त्यस मध्ये दुइ चार जनालाइ बिर्सिन नसकिने गरि नजिक हुन् पुगेका थिए । बच्चाका बाबा आमा अनुसार पनी हुन् सक्छ । धेरैले मेरी पत्नीलाई मात्र बेबी सिटर सम्झेका थिए होलान ? तर केहि बच्चाका बाबा आमाले उनलाई आफ्नै परिवारको अभिभावकको रुपमा हेर्दथे । त्यसै अनुसार आदर र सम्मान पनि गर्दथे । दशैमा टिका थाप्न आउनेको लर्को हुन्थ्यो । जाक्सन हाइटको त्यो हाम्रो अपार्टमेन्ट कसैको माइती कसैको घर कसैको कन्सल्टटेंसी अफिस जस्तै भएको थियो । मेरो कलेजो प्रत्यारोपणको लागी पर्खेर बसेका ति दिनहरु मेरो सारीरिक रुपमा भएका पिडालाइ जति सक्यो कम गर्न यी अबोध बालबालिकाका दैनिकीले मलाइ मद्दत गर्यो । यिनीहरुसंग खेल्न र खेलाउदा मैले आफ्नो पिडालाइ भुल्न र बिर्सन पाउथे । अलिसा करिब नौ दश बर्षसम्म साथमा थिइ उ । अलिसाको ममीले पनी मलाइ माइती मान्छिन । जहिले पनी शिर झुकाएर ढोग्नु पर्छ उनलाई । जब उ बारह बर्षकी भइ घरमा एक्लै पनी बस्न मिल्ने भयो, अमेरिकन कानुन अनुसार । तब हामि कहा आउन पर्ने बाध्यता भएन । उ ममीलाई लिएर भेटन भने आउथी ।
हामी दुइ बर्ष अगाडी न्यु योर्क शहरबाट टेक्सासको डालसमा सर्यौ । कहिले काँही फोनमा कुरा हुन्थ्यो । अलिसाको परिबारसंग उसले गर्दा घरायसी सम्बन्ध हुन् पुगेको थियो र अझै छ उसको परिबारसंग । हाम्री नातितिको भातख्याईको पार्टी राखेका थियौ । अलिसाको परिबारका साथ सो पार्टीमा आए । रमाए, अर्को दिन बिहानको खाना खान हामीले घरमा बोलायौ । संगै बिहानको खाना खायौ ।अलिसाले पार्टीमा भेट्दा मलाइ अँगालो हालेर, बाबा हजुरसन्चै होइसिञ्छ ? भनेर सोधिरहदा मेरो मन आल्हादित हुनुको साथ अनौठो आभास भयो । उसले मलाइ म बिमारी भएर कलेजो प्रत्यारोपण हुँदासम्म प्रत्यक्ष्य रुपमा देखिराखिकी थिइ । जब म कलेजो प्रत्यारोपण भएपछी डिस्चार्ज भएर कोठामा आए । उ हाम्रो कोठामा आउने बित्तिकै उसले मलाइ बाबा अहिले कस्तो छ ? भनेर सोध्न कहिले बिर्सिन्थीन । अलिसालाई मैले जहिले पनी छोरीको रुपमा हेरेको छु । जब उसलाई घरबाट बिदा गर्न हामी उनको होटेलसम्म पुर्याउन गयौ । उ फेरी मलाई हग गरेर बिदा मागी हामि कहा आउनुस भनेर नित्याई, उसका आँखामा टिलपिल आँशु थिए । मैले उसको कानमा सुस्तरी भने, मलाइ फोन गर है, जब मेरो याद आउछ । तिमीले धेरै राम्रो पढ है, मेरो सदा तिमीलाई आशिर्बाद रहने छ । केहि अफ्ठ्यारो परे, मलाइ फोन गर, लामो बिदामा यंहा बस्न आउ भनेर उस्का आँखाबाट खस्न थालेका आँशु पुछ्दै भने । मेरो कुरा सुनेर उसको मुखमंडलमा अलिकति भए पनी मुस्कान थपियो । अलिसाले फेरी मलाइ हुन्छ नी बाबा भन्दै मलाइ अँगालो हालेर सुक्क सुक्क गरि । उ आफ्नो ममीसंगै होटेलमा बाइ बाइ गर्दै होटेलमा पसी । अलिसालाई बिदाइ गर्दा मनमा कताकता नरमाइलो लागिरह्यो घरसम्म आउदासम्म । अलिसासंगको कतै मेरो पूर्वजन्मको सम्बन्ध थियो कि ?
अलिसा मेरी छोरी नभएर के भो त ! मैले उसलाई छोरी जस्तै मानेको छु र उसलाई माया गर्छु । उ मेरो मन मश्तिष्कमा आफ्नै छोरी जस्तै बनेर रहेकी छ ।

१०/११/२०१९

Leave a Reply