सन्ध्याका बा काठमाण्डौको हुलाक कार्यालयका खरदार हुन् । सरकारी कर्मचारीको कतै मनसुन गर्ने मान्छे नभएपछि हुलाकमा जागिर खान बाध्य हुन्छन । त्यस्तै सन्ध्याका बा रामप्रसादको यहि हाल थियो छोरा होलाकि भनेर सन्तान थप्दै जाँदा ३ छोरी एक छोराको बाउ हुन् पुगेका थिए उनि | उम्किन पनि परिरहेको थियो । आफु सम्पन्न भए पो धनीमानीले पनी छोरी माग्न आइपुग्थे । आफुजस्तै दुखिहाराले छोरी माग्ने हुन् , ठिकै खाले परिबारमा सन्ध्यामाथी कि शुशिला छोरीलाई १२ पास गर्ने बित्तिकै बिहे गर्दिएका थिए । त्यसपछि कि माहिली छोरी थिइ सन्ध्या | पढन अलि टाठी थिइ । बिबाहमा खर्चकम गर्ने वा हतारमा छोरीको बिबाह गरेर उम्काउन पाए बसेको ४ कोठे घर बचाउन सकिन्थ्यो कि ? भन्ने लागिरहन्थ्यो उनलाई । अचानक राम प्रसादको घरमा अमेरिकन सिटिजन केटोको लागी बिबाहको लागि कुरा आउछ । पहिला त सन्ध्याले मान्दै मान्दिन, बिबिएस नसिध्दाइकन बिहे गर्दिन भन्छे ।
यता सन्ध्याले आफ्नो प्रेमी केटा सुभाससंग गएर भन्छे मलाइ बिबाह गर, नत्र मेरा बा आमाले अमेरिका लैजाने केटो संग बिबाह गर्दिने छन । केटोले मेरोअहिले बिबाह गर्ने अबस्था छैन मेरो घरको आर्थिक अबस्था धेरै कमजोर छ । म आफ़्नो खुट्टामा नउभिकन कसरि तिमीलाई पाल्न सक्छु ? भन्दै, तिमीले बिहे गर भन्छ, सन्ध्याको प्रेमीले, तर सन्ध्याले म तिमि बिना म कहिले खुशी हुन् सक्दिन भन्छे ।
एकाएक सन्ध्याको प्रेमी सुभासको दिमागमा सन्ध्यालाई प्रयोग गरेर अमेरिका जाने योजना बनाउछ । उसले संध्यालाई आफ्नो योजना बताउछ । तिमीले उ संग बिबाह गर, उ अमेरिकन सिटिजन हो । तिमि एक बर्ष भित्रमा अमेरिका पुग्ने छौ ।त्यहा पुगेर कलेजमा भर्ना होउ, घरबाट अलीटाढा भयो भने तिमि, केटा संग संगै बस्न नपर्ने पनि हुन् सक्छ । तिमि अमेरिका पुगेपछि तिम्रा हातमा ग्रिन कार्ड, सोसल परे पछि तिमि उनीहरुसंग बहाना बनाएर एक्लै अन्तै कोठा लिएर बस, एक बर्षभित्र ग्रिनकार्ड पर्मानेन्ट भए पछि, उसंग डिभोर्स माग गर, डिभोर्स भएपछी तिमि नेपाल आउ । अनि त्यसपछि तिमी र म बिबाह गरौ । अनि के त तिमि अमेरिका गएर फेमिली पेटिसन गरेर मलाइ अमेरिका बोलाउ, यी सबै काम ४, ५, बर्ष भित्र भैहाल्छ । त्यतिन्जेल म यहा मास्टर्स पास गरिसकेको हुने छु । तिम्रो पनी क्यारियर बनाउने काम सकिन्छ । तिमीले सकभर लोग्नेसंगको सारीरिक सम्बन्ध अभ्वाइड गर, जोगियौ । तर बच्चा चाही कुनै पनि हालतमा नहोस । अरु कुरा त केहि पाउन केहि गुमाउन पर्दछ नै । एक बर्षभित्र यसरी सन्ध्यालाइ मोटिभेट गरेर, उसलाई मनाउछ ।
सन्ध्या सुभाससंग जिबन बिताउने कसम खाइकि हुन्छे । सुभासलाई पाउन उसले जे जसो गर्न पनि तयार छ । तर के गर्ने, अहिले सुभासले उसलाई न त भगाएर लैजान तयार छ, न त बिबाह नै गर्न तयार छ । आखिरमा सन्ध्याले सुभाससंग उसले भनेको कुरामा सहमत हुन बाध्य हुन्छे । उ सुभासको प्रेममा फसिसकेकी छ । उसको पहिलो प्रेमलाइ उसले बिर्सने आँट पनि गर्न सक्दिन । तर यी सबै कुरा सुभासले भने जस्तै नाटक गरिरहन पनि अन्त्यन्त कठिन छ । मन भित्र भएको कुरा कुनै पनि क्षणमा ब्यबहारले बाहिर आउने हो कि ? सन्ध्यालाइ यहि कुराले खाइरहेको थियो ।
अमेरिकन सिटिजन भएको नेपालीलाइ ज्वाई बनाउन पाउन त आफ्नो भाग्य खुलेको भन्ने रामप्रसादलाई लाग्छ । जसै तसै सन्ध्यालाई मनाउन कोशिश गर्छन । छोरीलाई अमेरिका बिहे गर्दिएर कति आफ्नै साथी छोरीले नाति नातिना पाई भनेर अमेरिका गएको र उताको गफ हानेको सुनिराखेका थिए उनले पनि । तर यता भने आफ्नी छोरी प्रेममा फसिसकेकी थिइ । त्यो कुरा उनलाई पत्तै थिएन । राम प्रसादले जसरि तसरी छोरीलाई सम्झाई बुझाए , अन्तमा उसले बाबुको कुरामा सहमत हुन्छे । केटा केटिको बातचित गराईवरी बिहे छिनियो । केटोको नाम हरि हो तर उसले हेरी राखेको थियो ।
अन्तत :सन्ध्याको बिबाह अमेरिकन सिटिजन हरिसंग बिबाह भयो । एक आध हप्ता हरिसंग सन्ध्याले बिताउछे, हरिसंग भएका केहि एक आध लाख रकम हात पनि पार्छे । केटा पट्टिका बिहे गरेर चाडै फर्कनु पर्ने थियो । बिहे गरेको १०/१५ दिन भित्रै फर्कियो । यो क्षणमा हरिलाई सन्ध्याले आफ्नो बनाउने नाटकमा सफल हुन्छे । सन्ध्याले त्यो नाटकमा सफल नभएको भए, हरिले उसलाई अमेरिका नल्याउन पनि सक्थ्यो । हरि भने सन्ध्याको योजनाबाट पुरै अनविज्ञ हुन्छ र आज सम्म पनि छ । हरिले बेलामा बेलामा फोन गर्छ सन्ध्यालाई , पटक पटक गरेर लाखौ रुपिया सन्ध्याको खातिर पठाउछ । यता नेपालमा सन्ध्याले आफ्नो ब्योयफ्रेन्डसंग रंग रंगेलिया मनाउछे ।
सन्ध्याको अमेरिकन इमिग्रेसनबाट सम्पूर्ण प्रक्रिया पुरा गरेर एक बर्ष भित्र अमेरिका आइपुग्छे । हरिको परिबारले आफ्नी बुहारीलाइ रिसिभ गर्न एयरपोर्ट पुग्छन । उसलाई स्वागत गर्छन । हरिको बुबाले आफुले भर्खर किनेको नया घरमा आफ्नी बुहारीलाई भित्र्याएर मख्ख हुन्छन । आफ्नी बुहारीको रुप देखि शिपसम्मको बखान गरेर थाक्दैनन । वरपर भएका आफ्ना साथिभाइहरुलाइ बोलाएर पहिलो पटक घरकी लक्ष्मी बुहारी भित्रयाएको अवसर पारेर भोज भतेर गर्दछन । बुहारीलाई आफै सपिङ्ग सेन्टर गएर ब्रान्डेड कपडा ड्रेस किनेर ल्याइदिञ्छन । हरिको बुबालाइ सदा पिर हुन्थ्यो, कसैले आफ्नी बुहारीलाई कमसल खान्दानको केटि रहिछ । कतै नभनिदेओस !! त्यसैले पनि बुहारीलाई पढन टाठी छ भनेर कम्पुटर इन्जिनियर क्लासमा भर्ना गराइदिञ्छन । बुहारीलाई कलेज लैजाने ल्याउने गर्छन । अमेरिका काम गरे पछि बाहिरको कुरो र बोल्न सहज हुन्छ भनेर पार्ट टाइम काम गर्न कम्पनिमा काम खोज्दिन्छन । अमेरिका आएको करिब एक बर्ष हुन थालेको थियो ।
सन्ध्याको योजना अनुसार उसले हरिसंगको सारीरिक सम्बन्धलाई गर्न नचाहने नजिक नपर्ने, लोग्नेका हरेक क्रियाकलापलाइ मन नपराउने, लोग्नेसँग राम्रोसंग नबोल्ने भैरहेको हुन्छ । हरिले सो कुरा आफ्नो बाउ संग भन्न उपयुक्त ठानेनन र , भनेनन । हरि र आमा बुबाले सन्ध्या बाहिर बस्नको लागि कोठा खोजेको थाहा पाउछन । अन्तमा हरिसंगको विकर्षणको कुरा उजागार हुन्छ । हरिका बाबुले सन्ध्याको बारेमा नेपालमा बुझ्न पठाएका हुन्छन । सन्ध्याको प्रेम सम्बन्धको बारेको केहि कुराहरु थाहा पाउछन उनीहरु । बिबाह गरेर ल्याइसकेको हुनाले हरिका बा आमा आफ्नी बुहारीको प्रेम सम्बन्धलाई आफ्नै छोरालाई समेत बताउदैनन र उनीहरुले बुहारिको नेपालमा केटाकेटी उमेरमा कसैसंग प्रेम गरि होली ! त्यो अर्कै कुरा हो । तर बिबाह भैसकेको छ । अब उसलाई फर्काउन पनी त भएन भन्ने हिसाबले बुहारीबाट सन्तान बाल बच्चा भयो भने उताको कुरो त्यसै सकिन्छ भन्ने हिसाबले सन्ध्यालाई बच्चा बनाउनको भन्छन । सन्ध्यालाई आफ्नो कुरा सासु ससुराले थाहा पाएको ठानिन । सन्ध्याले आफुले जे जति कमाउथिन, त्यो सबै प्रत्येक हप्ता माइतीमा पठाउन थालिकी छिन । सन्ध्या भने उनीहरुको लागी सन्तान जन्माउन मन्जुर भइनन् । यो कुराले सासु ससुरालाई अरु शंका बढेर जान्छ र बुहारीको अरु निगरानी गरिराखेका थिए ।
अब सन्ध्याले हरेक कुरामा निउ खोज्न थालिकी थिइन् । यस्तैमा उनले अमेरिकन एजेन्सीलाइ मलाइ घरमा टर्चर दिए भनेर उजुर समेत हालिन । एजेन्सी एकाएक घरमा आउदा हरि र उसका बाबु आमा आश्चार्यमा परे । उनीहरुले बुहारीलाई कहिले पनी केहि नभनेको र बुहारीलाई कलेजमा आफ्नो खर्चमा पठाएको, काममा लैजाने ल्याउने समेत आफुले गरेको बयान र प्रमाण देखाए । तर उनीहरुले आफ्नो छोराबाट सन्तानको अपेक्षा राखेर आफ्नी बुहारीलाई बच्चा पाउन भनेको कुरा हो हामी रिटायर्ड भएकोले हामीले बेबिसिटर गरिदिने थियौ र बच्चा पनि हुर्कदै जाने थियो भन्ने हाम्रो इच्छा भएकोले बुहारीलाई अलि जोड गरेका थियौ । अन्यथा कुनै अन्य बिषयमा केहि टर्चर गरेका छैनौ । भनेर एजेन्सीलाई बयान दिए । बुहारीले समेत अरु दोष उनीहरुको लगाउने आँट गरिनन र प्रमाण पनी थिएन । मेरो कलेज सकेपछि बच्चा बनाउछु । मलाई माफ गर्दिनुस, मैले एजेंसीलाइ बोलाएर गल्ति गरे भनिन । अब देखि एस्तो नगरे तिमीलाई के गर्न छ हामीलाई भन भन्दै उनको ससुराले ल भै गो एक पटकलाइ भने । छर छिकेकिले बुहारीलाई राम्रो ब्यबहार गरेकै देखेका थिए ।
सन्ध्या त्यस घरबाट बाहिर निस्केर अन्तै बस्ने योजना थियो। अब घरमा अविश्वासको खाडल परिसकेको थियो । सन्ध्याले घरबाट बाहिर निस्केर कोठा लिएर बस्ने अबस्था मिलेन । तत्काल उनलाई सहयोग गर्ने मान्छे पनी उनले भेटिनन । घरमा भएका सबै कुरा सन्ध्याले आफ्नो ब्योय फ्रेन्डलाइ बताउछिन । उसले सन्ध्यालाई नेपाल आउ त्यसपछि के गर्ने भनेर योजना बनाउला भन्छ । अमेरिकामा उसको योजना सफल हुन नदेखेपछि, माइतिको न्याश्रो लागिरहेको छ, म बा आमालाई भेटन नेपाल जान्छु भन्छिन । उनको कलेजको तिन महिनाको छुट्टी पनि थियो । घरकाले पनी उनलाई नेपाल पठाएर उनको ब्यबहारमा केहि परिबर्तन आउला कि भन्ने बिचार गरेर नेपाल जान सन्ध्यालाइ प्लेनको जाते आते टिकट काटेर पठाउदछन ।
सन्ध्याको कलेज शुरु हुन् लाग्यो । सन्ध्या आउने टिकटको मिति सक्कियो । सन्ध्या अमेरिका आइनन । एकाएक एक दिन हरिका बुवा दयाशंकरको फोनमा मैले दिएको निबेदनको कपि पाउनु भयो बाबा भनेर मेसेस आयो । भनेर सन्ध्याको मेसेस आयो । यो मेसेज देखेपछि दयाशंकर छाँगाबाट खसेको अनुभव गरे । आफु भने आफ्नी बुहारीको बखान गरि गरि नथाक्ने, बुहारीले चाहिँ नेपालमा गएर अंश मुद्दा हालेर खबर गरी, उनलाई बसी खान भएन, कयौ रात राम्रो संग सुत्न सकेनन । आफ्नो सम्धिसंग कुरा गर्न कोशिस गरे । उनि सम्पर्कमा आउँ चाहेनन ।
सन्ध्या नेपाल पुगेपछि आफ्नो ब्याय फ्रेन्ड सुभाससंग भेटेर, आफ्नो लोग्नेसंग सम्बन्ध बिच्छेद माग्दै बाबुको सम्पत्तिमा अंश मुद्दा हाल्ने निर्णय गरेका हुन्छन । काठमाडूमा हरिको बाबुको असंख्य सम्पत्ति छ । अमेरिकामा पढ्दै गरेको कलेजलाइ लत्याउछे उसले । हरिसंग डिभोर्स माग्दै, हरिको बाबु दया शंकरको सम्पत्तिमा अंश पाउ भनेर मुद्दा हाल्छे । सन्ध्याको योजना अनुसार सम्पत्ति पाई भने दुइ चार करोडौ माथिको हात पार्ने सम्भावना भएकोले, सो सम्पत्ति लिएर ब्योयफ्रेन्ड संग बिबाह गरेर एउटा सम्पन्न जिबन बिताउने सपना देखेकी छ उसले । यो सम्पत्ति पाएपछि माइतीहरुलाई दशबिस लाख दिन सकिने हिसाबमा छ उ, त्यस कारणले सन्ध्याले अमेरिकाको ग्रिन कार्ड लत्याएकि छ । सन्ध्याले हरिसंग बिबाह गर्नुको पछाडी उदेश्य यहि थियो । त्यसैले यो बिबाह झुठ धोका थियो, सम्पत्तिको लागि थियो । यस कुराको सन्ध्याको बाबुलाई आभास छैन । उनलाई सन्ध्याले आफ्नो प्रेमीसंगको योजना गुमराहमा राखेर आफ्नो लोग्ने जड्याहा भएको, उसले शारीरिक यातना दिएको । साशु ससुराले समेत मानसिक टर्चर दिएकोले म अब त्यो घरमा जान्न । यिनको सम्पत्ति लिएर मात्रै छोडने छु । म अर्को बिहे गरेर पनी अमेरिका जान सक्छु भनेकी छ आफ्नो बाबु आमालाई, सन्ध्याले । सन्ध्याको बाबुको नातिनातिना भेटन अमेरिका जाने सपना त्यसै तुहिन्छ । आफ्नी छोरीलाई कति नै सम्झाउदा पनी नसम्झेपछि उनको केहि लाग्दैन । यता दयाशंकर भने एउटा मिडल क्लास केटिलाइ छोरा संग बिहे गरेर छोरालाई सुख होला, परिवारमा सन्तोष होला ! आफुलाई समेत हेरविचार गर्ली भनेको त त्यसले आफैलाई टाट पल्टाउन थालेको थाहा पाएर उनि तनावमा छन । सबै आफ्ना साथी भाइलाई सजक हुन् सल्लाह दिन्छन । कहिँ कतै मलाइ जस्तो तपाइँलाइ नपरोस भन्दै बडबडाउछन ।
नेपालको अदालतले सन्ध्यालाई के दिन्छ र हरिलाई कसरि न्याय दिन्छ ? सन्ध्याले अमेरिकन नागरिकता लिएको लोग्नेको बाबुको नेपालको सम्पतिबाट अंश पाउली कि पाउदिन ? अदालतको फैसलाले के गर्ने छ ? त्यो भने हेर्न बाँकी छ । यस्ता परिघटना नेपालबाट बिबाह गरेर लिएर आउने बुहारीबाट घटेका छन् भने कयौ बेहुलिहरु भने एयरपोर्टबाटै सिधै आफ्नो लोग्ने कंहा नगई ब्य्याय फ्रेण्ड कंहा गएका थुपै घटना अमेरिकामा बस्ने नेपालीहरुले व्यहोर्न परिरहेको छ ।

०९/२२/२०१९

Leave a Reply