संसारमा कुनै साहित्यकारले रचना गरेको साहित्यिक पुस्तक बेचेर करोडपति बनेको होला ?
यसको उत्तर सायदै कसैले दिन सक्ला ! यो साहित्य पढने अनुरागिले त पत्याउला ! उसले पत्याउछ, किन भने उसले नाम चलेको लेखकको साहित्यिक पुस्तक महँगो दाम हालेर किनेको हुन्छ । लेखक सधै आर्थिक अभावमा बाचेको छ, यदि कुनै लेखक वा साहित्यकारले यसै कर्मबाट परिवार पाल्छु र जिबन निर्बाह गर्छु भनेर लाग्यो भने जिबन भर त्यो भन्दा सायद अरु कुनै यो संसारमा दुखि हुने छैनन । साहित्यिक कर्ममा लागेर केहि पुस्तक प्रकाशनमा ल्याएका साहित्यकारहरु जो छन कि त उनीहरुको नोकरी छ, ब्यापार, या त शिक्षक पेशामा छन । या उनीहरु पेन्सन होल्डर रिटायर्ड छन, तिनै लेखक र साहित्यकारका पुस्तक आफ्नै लगानीमा छापेर कुनै प्रकाशनका नाममा बजारमा आउदछन । लेखकीय र साहित्यिक कर्मलाई बैकल्पिक पेशा वा शोख बनाएर सृजना गरिएको कृति मात्रले लोकार्पण हुन पाएका छन / राम्रा लेखक र साहित्यकारहरु जसको अन्य कुनै पेशा थिएन, ति ओझेलमा परेका छन तिनको बास्तबिक जिबनलाइ हेर्ने हो भने कहाली लाग्दो छ र हुन् सक्छ !
लेखक हुनु वा साहित्यकार बन्नु आफैमा एक विशिष्ट क्षमता हो । अझ भनौ इश्वरको कृपा पनि हो । संसारका मान्छेलाई आफ्नो बिचार र साहित्यले प्रभाव पारेर संसार हल्लाई दिन सक्छ । संसारमा थुप्रै यस्ता कृतिहरु जुन कृतिले मानव सभ्यतालाई एक उचाइमा पुर्याएका छन् । लेखकका बिचारले प्रभावित भएर कयौ दर्शन शास्त्र बनेका छन । जसको बारेमा अनुसन्धान गरेर विद्यार्थीले पिएचडि गरेका हुन्छन । संसारमा यति धेरै पुस्तकालयहरु छन ति सबै लेखकहरुले नै लेखेर भरिएका हुन । लेखक साहित्यकारले त्यो पुस्तकमा आफ्नो नाम तागिएकोमा गर्भ गर्न पर्ने हुन्छ । जबकि त्यसको सम्पूर्ण आम्दानी एक प्रकाशकले कमाउने धन्दा बनाएको हुन्छ । लेखकले पुस्तक लेख्छन, त्यसमा प्रेसले कमाउछ, प्रकाशले कमाउछ, पुस्तक पसलले कमाउछ । सबै नगदमा कमाउछन, बिचरा लेखक साहित्यकार नगद खर्चेर ऋणीमा नाम लेखाउछन ।
एक जना लेखक एक जना नामी प्रकाशकका पुगेका हुन्छन । उनले नाम चलेका लेखकका पुन संस्करण का पुस्तक छापेर बजारमा ल्याएर छोटै समयमा धेरै कमाएको भन्ने धेरैको ठम्याई थियो । उनि प्रकाशन पेशामा नंया भए पनी बजार ब्यबस्थापनमा कुशल र चलाख छन् भन्ने गर्दथे । ति प्रकाशक आफै पनी एक साहित्यकार भएकोले
लेखककै सहयोगको लागी यो प्रकाशकको ब्यापार शुरु गरेको बताउछन । ति लेखकलाई ति ब्यापारी प्रकाशले पटक पटक उनको पुस्तक छापी दिन्छु । छापेको रोयल्टी पनी दिन्छु भनेर खबर पठाए । अन्तमा लेखक अर्को लेखक साथीको साथमा लागेर उनकोमा पुग्छन । ति लेखकको त्यो पुस्तक पहिलो थियो । पहिलो भए पनि देश देखि प्रदेशका तिता मिठा, रोग शोकले भरिएका कारुणिक कथाहरु समाबेश थिए । प्रकाशकले त्यसलाई पटक पटक पढेर कंहा के थप्ने, कहाँ के हटाउने कस्तो पुस्तकको कभर बनाउने आदि इत्यादि समेतको खाका बनाएका रहेछन । यी सबै कुरा लेखकलाई बताए । लेखकलाइ उनले अझ बल गरेर भने हेर्नुस यो पुस्तक मैले प्रकाशनमा ल्याएर तपाइलाइ नेपालको राम्रो लेखक भनेर चिनाउने छु, भने ।
लेखकले आफ्नै लगानीमा छापेका थुपै पुस्तक कोठामा थन्किएका छन । उनि ब्यापारी होइनन । प्रकाशक भएको भएको भए उनले बेची सक्थे । लेखकले प्रकाशकलाई भने, लेखकलाई पुस्तकको रोयल्टी दिईन्छ रे तपाइले कति दिनुहुन्छ ? , प्रकाशकले लेखकलाई भन्छन तपैले यो पुस्तक छपाइका लाग्ने खर्च सबै मलाइ पहिला जमा गरिदिनुस भनि सबै खर्चको फेरहस्त देखाए । अनि मैले यो सम्पूर्ण पुस्तक बेची सके पछि, तपाइले लगानी गरेको पैसा र पुस्तक बिक्रि रकमको पन्द्र प्रतिशतका दरले रोयल्टी तपाइले पाउनु हुन्छ । यो कुरा सुनि सकेर लेखक घोरिए, अनि टोलाए, लाखौ खर्चेर छापिएका पुस्तक कोठामा थन्किएका छन् । दोश्रो संस्करण छापेर एउटा प्रकाशकले आफुले लेखेको पुस्तक बाट लाखौ नाफा बनाउने सुरलाइ राम्ररी बुझे । उनले प्रकाशकलाइ भन्दछन , मलाइ तपाइले नामी साहित्यकार बनाउन कृपया कष्ट नगर्नु होला । म फेरी यो पुस्तक छपाउन तपाइलाइ पैसा लगानी गर्न इच्छुक छैन । तपाइले साहित्यकार बनाएर बन्ने र नबनाएर नबन्ने हो भने म लेखक साहित्यकार नबनेको मा नै म सन्तुष्ट छु भन्दै बाहिरिन्छन ।

Leave a Reply