शिब प्रकाश असाध्यै मिल्ने साथि थियो मेरो । उसले मलाइ माया गर्थ्यो । मैले उ संग निम्न माध्यामिक तहसम्म संगै मात्रै संगै पढेको थिए । धेरै बर्षको अन्तरालमा बुटबल बजारमा मेरै पसलमा अचानक उसलाई देखे । करिब दश बर्ष भन्दा पनि बढी भैसकेको थियो उससंग नभेटेको । उसका आँखा निला थिए । उसले सकी नसकी मुसुक्क हासेर मलाइ अभिबादन गर्दै मलाइ चिन्छौ ? भनेर मेरा अगाडी हात तेर्साए । मैले आफ्नो पुरानो यादलाई सम्झन खोज्दै, हैन तिमि शिब प्रकाश होइनौ ? भनेर भने, अँ तिमीले मलाइ बिर्सेका रहेन छौ, खुशी लाग्यो । मैले उनलाई काउन्टर अगाडीको स्टुलमा बस्न लगाएर दुइ कप चिया मगाए । अनि मैले उसलाई भने धेरै बर्षपछि आज तिमीलाई देखे, अझ भने तिमीले खोज्दै आयौ । के छ तिम्रो हाल खबर ? कतिसम्म पढाइलाइ निरन्तर दियौ ? बिबाह गर्यौ कि गरेनौ बच्चा भए भएनन ? उसले पनी उस्तै प्रश्न मलाइ पनी दोहाराए । चिया खादै यहि कुरा एक आपसमा आफ्ना दिनचर्या बतायौ । यो भेटघाटमा धेरै आन्तरिक कुरा हुन् सकेनन ? औपचारिक दुवै निभायौ ।
यत्तिकैमा पसलमा ग्राहक आयो र उ संग एकछिन म अलमलिए । शिवप्रकाश बाटो तिर एक तमाशले हेरिरहेको अनुमान लगाए र मैले उसको अनुहारमा एकतमास मैले पनी हेरे । उसका गहिरिएका निला आँखाले केहि आफ्ना कुरा भन्न आएको जस्तो अनुमान लगाए । हैन शिब प्रकाश तिमीले केहि कुरा लुकाएका छौ जस्तो लाग्यो भन न भने मैले । हो, तिमि यहा छौ भनेर थाहा पाएरै आफ्नो कुरा भन्न आएको हुँ । भन्दै उनले भने साथि म केहि दिनमा मर्दै छु ! तिमीलाई भेटन पाए । म लुम्बिनी अस्पतालको बेड नम्बर २०१ मा भर्ना भएको छु । एक छिन बिदा मागेर आएको हो । म उसको कुरा सुनेर छाँगाबाट खसे जस्तो भए । उसका कुरा पत्याउन गारो परेको थियो मलाइ । सायद म एक हप्ता दश दिनपछी यस दुनियामा रहन्न होला ? भन्दै बिदा माग्न थाले । मैले एक छिन हात समातेर उनलाई रोके । के त्यस्तो रोग छ तिमीलाई र यसरी एक हप्ताको समय कसले दियो ? मेरा प्रश्न थिए , यो अबस्था तिम्रो घरमा सबैलाई थाहा छ ? भनेर फेरी प्रश्न तेर्श्याए । मेरो बिबाह भए पछि यो रोगको बारेमा थाहा भयो । मैले मेरो पत्नीलाइ यसको बारेमा बताए र उनले र मैले बच्चा नजन्माउने निर्णय गर्यौ । उनले मलाइ असाध्यै माया गर्छिन पनि उनले मेरो साथ असाध्यै दीकी छिन । हामि दुवै स्कुलमा मास्टर र्छौ । उसले आफ्नी श्रीमतीसंग बच्चा नजन्माउन गरेको बाचा उसको पत्नीले आफु मरे पछी अर्को बिबाह गरि जिबन कटाओस, सानो उमेरमा बच्चा भैसकेपछि अर्को बिबाह गर्न अफ्ठ्यारो हुन्छ यो तिमीले मलाइ बाचा गर भनेर छोडेको छु, भन्थ्यो । तिमीले मलाइ भेट है ! भने उनले, म अवाक भए ! केहि सहयोगको आबस्याक परे भन है भने मैले । उसले अहिले पर्दैन, तर पछि आबश्याक परे मेरी श्रीमतीले भन्छिन । भनेर उनि गए ।
हाम्रो गाउ एउटै थिएन । त्यसैले बिचमा हाम्रो कहिल्यै भेट भएन । रातभरि म उसलाई सम्झेर निदाउन सकिन । उसको गोरो अनुहारमा निलासागर जस्ता आँखा मेरो मानस पटलमा घुमिरह्यो । उसले म मर्दै छु भन्दा पनी उसको अनुहारमा कुनै बिस्मात र डर थिएन । निर्धक्कसंग साथि म केहि दिनमा मर्दैछु भनिरहेको थियो । कसरि उ हासी हासी भनिरहेकोछ ? मजाक गरेको होला भनिठानेको थिए । पहिला त, पछि म संग बिदा हुदा खेरि मेरो मनमा कता उसले साँचो कुरा भनेको हुन् पर्छ भन्ने पनी लाग्यो ! स्कुले जिबनमा उ त्यति मजाक गर्ने खालको मान्छे पनी थिएन । शान्ति माध्यामिक बिद्यालय, सबैको ड्रेस उस्तै हुन्थ्यो । स्कुलमा उ साइकिल चढेर आउथ्यो । हामि प्राय: हिडेर आउथ्यौ । स्कुल त गाउकै हो । त्यसैले हाम्रा धेरै कुरा उस्तै उस्तै हुन्थे । खेतीपाती, गाइ भैसी, चराउने घास काटने, माथि स्कुलको ड्रेसले समानता देखाए पनि खुट्टामा भने कोइ चप्पल र कोइ जुत्ता लगाएर आउथे भने कोइ कोइ नाङ्गो खुट्टामा, त्यही मात्रै थियो, सम्पन्नताको मापन । शिक्षकहरुको स्नेह, माया र बिद्यार्थी अनुसाशित भएर होला यो स्कुल हाम्रो क्षेत्रको नमुना स्कुल नै बन्न सकेको थियो ।
म र शिबप्रकाश स्कुलमा संगै बेञ्चमा बस्थ्यौ । प्रत्येक क्लास उक्लिदा पनि हामि संगै बस्थ्यौ । उ मेरो स्कुले बाल सखा थियो । कक्षा ४ देखि ७ कक्षासम्मको सहयात्री थियौ । मलाइ थाहा छ धेरै साथिहरु संगै पढेका हुन्छौ । अझ स्कुल परिबर्तन गरेर पढेको हुनाले त धेरैलाई सम्झन पनी सकिदैन । कलेजमा गैसके पछि अझै गारो हुन्छ एकै ब्याचका साथीलाई चिन्नलाई पनि । तर अहिले आएर ति बितेका दिनलाई ताजै बनायो । अझ उसको अप्रत्यासित भेटले मलाइ उद्धेलित बनायो । निद्रा राम्रोसंग पर्न सकेन रातभरि । बिहान उठेर नुहाइध्वाइ गरि पसलमा गए । त्यसदिन अलि व्यस्त पनि भए । फर्किदा अस्पताल पस्छु भन्ठानेको थिए । बस छुटछ कि भनेर बसमा चढेर घर आए ।

आजै उसलाई भेटेको भए पनि हुन्थ्यो भन्ने मनमा लागिरह्यो । अर्को दिन पसलमा एक जना साथीलाई राखेर म हस्पिटल पुगे । म सरासर बेड नम्बर २०१ मा पुगे । बेडमा अर्कै मान्छे थियो । नम्बर फरक परेछ कि भनेर नर्शिंग क्याबिनमा गएर शिबप्रकाशको बारेमा सोधपुछ गरे । नर्सले सिधै उ त हिजै मरिसक्यो भनिन । उसको बेड त्यहि थियो, अहिले अर्को बिरामीलाई राखेका छौ । नर्सको बोलीले मलाइ हथौडाले हाने जस्तै भयो मेरो टाउको सुन्य भयो । मैले केहि सोच्न सकिन थचक्क भुइमा बसे, उसले हप्ता दशमा म मर्दै छु भनेको थियो । तर उ अगाडी नै गयो । उसले मसंग धेरै कुरा शेयर गर्न चाहेको थ्यो होला ? मैले त्यो अवसर गुमाए । फेरी नर्सलाई सोध्न मन लाग्यो, को को आएका थिए , उसको डेथ बडी बुझन भनि सोधे ? नर्सले भनिन एउटी महिला थिइन अन्तिम समयसम्म सायद उनकी पत्नी हुनु पर्छ । र उनका दाजुहरु थिए । उसको घर मलाइ थाहा थिएन, उसका परिवारलाई समबेदना दिन जान पनि सकिन । कहिले काही त्यो क्षणले मलाइ झस्काई रहन्छ । अहिले पनी अली पछुतो लाग्छ उसलाई उ मर्नु भन्दा अगाडी भेटन पाइन । शिबप्रकाशले आफु मर्दै छु भनेर थाहा पाएर पनि उसले कसरि ति कहाली लाग्दा क्षणलाई बिताए होला ? अन्तिम सम्म उसको अनुहारमा मृत्युको भय देखिएको थिएन । पटक्कै दुखि भाव थिएन । मानब जिबनको एउटा अल्प आयुमा यस रंगिन संसार छोडेर जानु परेको थियो, उसले । उसले मृत्युलाई सत्य साश्वत मानेर स्विकारेको थ्यो होला ? संसारमा बहुत थोरै मान्छेले मात्रै मर्नु अगाडी मर्दै छु भन्ने थाहा पाउछन ! उसले जागृत अबस्थामा मृत्यु बरण गर्यो । चेतनअवस्था मृत्यु बरण गर्नु भनेको मानव जीबन उत्कृष्ट अबस्था हो भनिएको शास्त्रमा । उसको आत्मालाई श्रध्दा सुमन !!! मनले अर्पण गरि मनभारि बनाएर घर फर्किए ।

०५/१७/२०१९

Leave a Reply