नन्दे एक सामान्य परिवारको जेठो छोरा थियो । बाउ इन्डियाको जागिरे थिए । त्यति धेरै जग्गा जमिन थिएन । बस्ने एउटा ठीकैको बास थियो । बाउ रिटायर्ड भएर आए भारतबाट, ठुलो जागिर थिएन उसको । तर पनि उनको पेन्सनले घरको सामान्य खर्च चल्थ्यो । ब्रह्मानान्द्को विहा र भाइ बैनीको बिहे गर्दा अलिकति भएको जागा पनि बेच बिखनमा भ्याइयो । ब्रह्मानन्दको पढाइ त्यति राम्रो थिएन । उसले हाइस्कुल पनि पास गर्न सकेको थिएन । उ सानो गाठीको मान्छे, मजदुरी गर्न पनि सम्पत्ति नभ्याएसम्म उसले खोजेन, बाबु बाचिन्जेलसम्म त बाउको पेन्सनले चलेकै थियो । भाइ पनी छुट्टियर अलगै बस्न थाल्यो उ अलि चलाख पनि थियो । उसकी आमा असाध्यै सोझी थिइन घर धन्दा कामकाजमा व्यस्त हुने अरु बाहिरि कुरा कानी व्यवहार सम्बन्धि उनलाई केहि थाहा थिएन । उसको श्रीमती पहाडकि थिइन्, हेर्दा असाध्यै राम्री, उनि काम काजि पनि थिइन । घरमा कोहि पैसा कमाउने मान्छे थिएनन, उसको पत्नीको नाम सावित्रा थियो । उनले यसरि जिन्दगि कसरि गुजारिन्छ भन्ने मनमा अनेक तर्कना गरिन र कतै काम पाए मजदुरी गरेर भए पनि खान सजिलो हुने थियो, बासको पिर त थेन भन्ने सोचथिइन् । छिमेकी एक जना महिलाले एउटा कापी उद्योगमा काम गर्दी रहिछिन । उनले साबित्रालाई काममा लगाउन मद्दत गर्ने आश्वासन दिईन । नभन्दै ब्रह्मा नन्द र सावित्रा दुबैलाई काममा लगाई दिईन ।
नन्देको परिवारको सुखद दाम्पत्य जिबन चलेको थियो । दुवै काम गर्थे कमाउथे । दुख सुख गरेर घर चलाएका थिए । उनीहरु संगै काममा जान्थे । आउथे । नन्देको सरिरको बनोटले सावित्रासंगको जोडी भने मिलेको थिएन । चिन्नेले नन्देले आफु त्यस्तो भएर पनि त्यस्ती राम्री स्वास्नी पाएको छ भनेर आरिशी गर्थे । काममा जादा आउदा केहि लफडा केटाहरुले साबित्रलाई देखेर सिठ्ठी बजाएर जिस्काउने गर्थे । कयौ पटक त ब्रह्मानन्द उनीहरुसंग लड्यो । तिमीहरुको तमिज छैन उ मेरी स्वास्नी हो । भनेर मुकावला गर्थ्यो । उनीहरुको सांझा बिहान चलाउने उपाए नै त्यहि काम थियो । काममा पनि अरु कामदारले उसकी स्वास्नीलाई आँखा लगाएको ठान्थ्यो उसले । कम्पनिमा पनि सावित्रा संग नजिक भएर संगै काम गर्न सबै उत्सुक हुन्थे । सावित्रा सच्चाई नै जताबाट हेर्दा पनि राम्री थिइन उनको बोलीले कसैलाई पिर्ने खाले पनि थिएन । गाउघरमा समेत सबैले उनलाई मन पराउथे । नन्देलाइ आफ्नै गाउका केटाहरुले पनि तेरी स्वास्नी कस्ती च्वाख छ भनेर जिस्काइरहन्थे । उ नभएको बेलामा सावित्रालाइ मैले जसरि भए पनी पट्याउछु, उससंग रात बिताउन पाए कस्तो मजा आउथ्यो । भन्दै उरन्ठ्याउला केटा बिचमा झगडा नै पर्थ्यो । सावित्रा यी सबै कुरा बाट अनभिज्ञ थिइन । उनि आफ्नो काममा व्यस्त हुन्थिन ।
नन्दे भने दिक्क थियो । मलाइ राम्री स्वास्नी पर्नु मेरो दुर्भाग्य हुन् थाल्यो । मैले उसलाई घरमा राखेर खान लाउन दिन पनि मेरो हैसियतले सकेन । गाउका के आफ्ना साथि भाइ भन्ने ति सबै मेरै स्वास्नीका पछि लागेका छन् । ति त मेरा दुस्मन सरह नै भए । कति दिन सबैसंग लड्दै हिडने ! उसले केहि सोच्न सकेको थिएन । उसले काममा नजाने निर्णय गर्यो । आफ्नै आँखाले आफ्नी स्वास्नीलाई अरुले नराम्रो नजरले हेरेको देख्न त पर्दैन कमसेकम । उसले यहि समाधानको बाटो रोजेको थियो । तर सावित्राले भने लोग्ने संगै भए आफु सुरक्षित भैरहने ठान्दथिन । तर नन्देको अचानक नोकरी छाडने निर्णयले उनि धेरै दुखि भइन । काम नगरिकन चुलो बल्न कठिन नै थियो । लोग्ने स्वास्नीको आम्दानीले ठिकै घर चलेको थियो । सावित्राले आफ्ना बाउ आमाले दिएको घर नै सर्वस्व ठानेकी थिइन् । नन्दे काममा नगए पछि झन् उसको सोचाइमा विकृत आउन थाल्यो । कतै आफ्नी स्वास्नी अरुसंग लागि कि ? कसैले केहि गर्यो कि ? बिस्तारै गर्दै उ रक्सीको लतमा डुब्न थाल्यो । अब उ पुरै नशाबाज भैसकेको थियो ।
नन्देलाई केहि उसका साथिले धेरै रक्सि खुवाउञ्छन । बेहोसिमै घर पुगेर पल्टिंछ । साझ सावित्रा घर आउछिन, उसलाई खाटमा सुताउछिन । र आफुले खाइवरि सुत्छिन । मध्यरातमा उनको घरमा ढोका धकधकाउछन कोइले, पहिला तिनीहरु नन्दे नंदे भनेर बोलाए । उ रक्सीको नशामा थियो । उसले थाहा पाएन ।
सावित्राले सुस्तरी ढोका खोलेर किन हो मध्यरातमा अर्काको घरमा यसरि ढोका धकधकाएको ? के भनिकी थिइन् । कसैले रुमालले उनको मुख छोपेर समातेर काँधमा हालेर लिएर गए । फुत्किन कोशिश गरे पनि रुमालमा के थियो कुन्नि साबित्रा बेहोस हुदै गइन । बिहान गाउभरी हल्ला भयो । घर नजिकको केराबारीमा आइमाइ बेहोस छिन, को हो ? को हो? भन्दा भन्दै नन्दे पनि त्यहा पुग्छ । अब उसले पिएको रक्सिले पुरै छोडछ । ति आइमाई नंदेको स्वास्नी सावित्रा थिइन् । सबै गाउले मिलेर सावित्रालाइ हस्पिटल लिएर जान्छन । उनको हुलियाले उनि बलात्कारमा परेको प्रष्ट देखिन्थ्यो । उनको सरीर र यौनाङ्गको जांच गरियो । सावित्राको सामुहिक बलात्कार भएको रहेछ । । डाक्टरले रिपोर्ट दिए । त्यो रुमालमा बेहोस बनाउने औषधि रखिएको रहेछ । उनि बाच्न त बाचिन, सावित्राले आफुले आफैलाई मरे समान ठानिन । उनको दोष केहि नभए पनी उनले आफ्नो मुख देखाउन चाहिनन । हस्पतालबाट घर ल्याइयो ।
सावित्रालाइ घर ल्याए पनि उनि बाहिर निस्कन सकिनन । उनि केहि दिन माइत जान्छु भनेर गइन । नन्दे लाइ शंका लागिरह्यो, त्यसदिन मलाई धेरै रक्सि खुवाउने मेरा साथि नै बलात्कारी हुन् भन्ने ठानेर उनीहरुलाई भेटन जान्छ । उनीहरुसंग भेट हुदैन । उसका घरमा सोधपुछ गर्दा २,३ दिन देखि घर नआएको भनेर
थाहा पाउछ । नन्देलाई आफ्नो शंकामा पुरा बिश्वास हुन्छ । उ प्रत्येक रात खुकुरी लिएर उनीहरुको घरमा पुग्छ । तर उसले कहिले उनीहरुलाई भेटेन । सावित्रा माइत गईकी कहिल्यै नन्दे कहा फर्किनन । माइतीमा सोध्द्दा उ घर जान्छु भनेर गैकी हुन भन्ने जवाफ आउथ्यो । नन्दे सावित्रालाइ खोज्न कहिले ससुराल पुग्थ्यो । कहिले उ बलात्कारीहरुको खोजीमा पुग्थ्यो । नन्दे कसैले केहि दिए खान्थ्यो । एक्लै बर्बराउथ्यो । एक्लै हात हल्लाएर चित्याउदै हिडथ्यो । अब उ पुरै मानसिक रोगको शिकार भैसकेको थियो । कहिले घर आउथ्यो, कहिले घर आउन्थेन । उसकी बुढी आमा उसको अबस्था हेरेर धरधर रुन्थिन । एक दिन उसले आमालाई भन्यो, आमा आज म तिम्रो बुहारीलाई जसरि पनि खोजेर ल्याउछु । भन्दै घरबाट निस्केर गएको थियो । केहि मान्छेले भन्दै थिए, नन्दे आज तिनाउ तिर गइ रहेको थियो । न उसको लास भेटियो न सास ! नन्दे घर कहिल्यै फर्केन ।

अस्तु !
०५/०५/२०१९

Leave a Reply