उच्च रक्तचाप: (high blood pressure)
उच्च रक्तचापले हाम्रो आर्टेरी(artery)धमनीको भित्तामा प्रयाप्त बल दिन्छ जसले कहिले काही हृदय रोग सम्बन्धि स्वास्थ्यमा समस्या खडा गर्न सक्छ | यो एक साधारण अबस्था हो | जति मात्रामा रगत हाम्रो मुटुमा पम्प गर्छ, त्यति नै मात्राको प्रतिरोधी रगतको प्रवाह हाम्रो धमनी पर्दछ | हाम्रो मुटुले धेरै रगत मसिनो धमनी (artery) मा पम्प गर्दा उच्च रक्तचाप हुने गर्छ | त्यसैले रक्तचापको निर्णय गर्छ |
बर्षौसम्म कुनै पनि उच्च रक्त चापको लक्षण नदेखिइ रक्त नली र मुटु खराब भएर निरन्तर चलिरहदा पनि यो रोग पत्ता लगाउन सकिन्छ | अनियन्त्रित उच्च रक्त चापले हर्ट एट्याक र स्ट्रोक हुने खतरा बढ्दै जान्छ | उच्च रक्त चाप हामीले सजिलै पत्ता लगाउन सकिन्छ | यदि हामीलाई उच्चरक्तचाप भएको थाहा भएपछी डाक्टर संग जचाई उपचार गर्नु पर्छ |
नर्मल रक्तचाप कति हो ?
ब्लड प्रेसरको माथिको नम्बरलाई सिस्टोलिक (systolic) र तलको नम्बरलाई डाइलोस्टिक (diastolic) भनेर पढिन्छ र भनिन्छ |
साधारण रक्तचाप (Normal blood pressure): १२० माथीको र ८० तलको भन्दा तललाइ नै नर्मल रक्तचाप मानिन्छ |Less than 120 over 80 (120/80)
प्रारम्भिक उच्च रक्तचाप (Prehypertension): यसमा माथिको १२०देखि १३९ सम्म र तलको ८०देखि ८९ सम्मको सुचनांक बोर्डर लाइन हो यसपछि मुटुको रोग हुने खतरा हुन्छ |
पहिलो चरण (Stage 1) उच्च रक्तचाप : १४० देखि १५९ माथिको र ९०देखि ९९ सम्म तलको रिडिंग
दोश्रो चरण (Stage 2) उच्च रक्तचाप : १६० माथिको (systolic) र १०० भन्दा माथि (diastolic) तलको रिडिंग
६०बर्श माथिका मानिसहरुलाई रक्तचाप १५० माथि (systolic) र ९० भन्दा माथी (diastolic)तलको हुनसक्छ |
*जब मुटुको धडकन र रेस्टको बिचको समयमा धमनीमा (artery )हुने दवावलाइ (diastolic) वा तलको रक्तचाप भनिन्छ |
* मुटुको धडकन हुदा मुटुले पम्पगरी धमनीमा दवाव दिई सरिरमा रगतलाई पठाउछ | यतिखेर दवाव बनाउदा हुने प्रेसरलाई माथिको ब्लडप्रेसर ( systolic blood pressure).भन्दछन |
यो दुइ किसिमका उच्च रक्तचाप हुन्छन |
प्राथमिक उच्च रक्तचाप
कुनै पनि खास कारण नभैकन धेरै जसो बयस्क तथा पाका हरुलाई हुने किसिमको उच्च रक्तचापलाइ प्राइमरी उच्च रक्तचाप भन्दछन, यस्तो खाले उच्च रक्तचाप क्रमिक रुपले धेरै बर्ष लगाएर बिकसित गर्दछ |
माथिल्लो (secondary) उच्च रक्तचाप
यो रक्तचाप एककासी देखापर्ने खालको हुन्छ, जुन प्राथमिक उच्च रक्तचापमा हुदैन |
लक्षण :
हामीलाई कहिले काही खतरापूर्ण रक्तचाप धेरै उच्च भएको हुदा पनि लक्षण थाहा नभएको पनि हुन् सक्छ | प्रारम्भिक अबस्थामा केहि व्यक्तिलाई लगातार टाउको दुखिरहन, चक्कर लाग्ने, नाथ्रो फुटने पनि हुन् सक्छ | यस्तो स्थिति हुनु भनेको उच्च रक्तचापले नै हो यसरी ज्यान नै जोखिममा आउन सक्छ अन्यथा सामान्य रक्तचाप भएको अबस्थामा हुदैन |
उच्च रक्तचाप भए के हुन् सक्छ |
१. हर्ट एट्याक र स्ट्रोक :उच्च रक्तचापले धमनीलाइ कडा र बाक्लो बनाउछ जसको कारणले हर्ट एट्याक र स्ट्रोक र मुटु सम्बन्धि समस्या नित्याउछ |
२.एन्युरिज्म (Aneurysm): ब्लड प्रेसर बढ़दा रक्त नली तन्किने र कम्जोर हुन् सक्छ यस्तो हुदा नसा फुटेर वा चुडिएर मृत्यु हुन् सक्ने सम्भावना हुन्छ |
३. हर्ट फेल (Heart failure): ब्लड प्रेसरको कारणले कडा भएको मुटुले अन्तत प्रयाप्त रगत सरिरमा (pumping) गर्न वा पुर्याउन (pump) नसकेको अबस्थामा हर्ट फेल हुने सम्भावना प्रबल बनाउछ |
४.किडनिमा कम्जोर र साघुरो रगतका नसा हुदा यसको कार्यमा बाधा पुर्याउन सक्छ |
५. बाक्लो र कमजोर भएका आखाका नसाहरु फाटेर ज्योति नष्ट हुन् सक्छ | ८. मेटाबोलिज्म सिन्ड्रोम ( Metabolic syndrome): यो सिन्ड्रोमले सारीरिक अक्षमता हुनुको साथै उच्च ट्राइग्लिससेराइड, लो (HDL)हाइ डेन्सिटी लिपोप्रोटिन जसलाई गुड कलेस्ट्रल, उच्च रक्त चाप, र उच्च इन्सुलिन लेवल बढाउछ |
६. सुझ बुझमा कमि तथा समस्या : उच्च रक्तचापले बिचार गर्ने क्षमता, सम्झने र सिक्ने क्षमतामा कमि हुन्छ |
हामीसंग उच्च रक्तचाप भएपछी मधुमेह, मुटुको रोग, हर्ट स्ट्रोक हुने खतरा र सम्भावना जहिले पनि हुन्छ |

के कारणले उच्च रक्तचाप कारण हुन्छ ?
रोगीको बिभिन्न अबस्था र औषधिको कारणले पनि यो secondary hypertension हुन् जान्छ | केहि मानिसहरुलाई निम्न कारणले यस्तो खाले उच्च रक्त चाप हुन्छ |
१ . म्रिगौलाको समस्या २. gland ग्रन्थिमा ट्युमर ३. थाइराइड समस्या
४. जन्मजात रक्त नलीमा दोष ५. केहि खास औषधिहरु : बर्थ कन्ट्रोल पिल्स, दुखाइ काम गर्ने औषधि, ठण्डी गर्मिका उपचारका औषधि, अन्य केहि खास औषधिका कारणले पनि हुन् सक्छ | ६. ड्रग, नशा दायक औषधि ७. मदिरा पान तथा नशाका अम्मली ८. निद्रामा रोकावट वा ननिदाउने रोग

(यी बाहेक उमेर,जाती, पारिवारिक इतिहास, मोटापा, शारीरिक व्यायामको अभाव, सुर्तीजन्य प्रयोग, धेरै नुन खानामा खाने, खानामा पोटासियमको कमि हुनु, खानामा भिटामिन डी कमि, धेरै रक्सीको सेवन, तनाबमा रहिरहने, क्रोनिक रोग भएको अबस्था ) समेत पनि प्रखुख कारण हुन् सक्छन | माथिका कारण मध्ये केहि आफ्नो हातमा छन् जसलाई कन्ट्रोल गर्न सके रोग बाट बच्न सकिन्छ |
उच्च रक्तचापको संकेत पाउना साथ डाक्टरको सल्लाह अनुसारको औषधि उपचार शुरु गर्न पर्छ | अन्यथा जीवन खतरामा पर्छ |
केहि प्रचलित ब्लड प्रेसरका औषधिहरु निम्न छन् |
atenolol oral,lisinopril oral, metoprolol succinate oral,amlodipine oral, propranolol oral, metoprolol tartrate oral, norvasc oral, lotrel oral आदि हुन् | डाक्टरको सल्लाहबाट मात्र यी औषधि प्रयोग गर्न पर्छ अन्यथा नोक्सान हुन् सक्छ |
बैकल्पिक उपचार:
आयुर्वेदिक औषधिहरु: दिब्य मुक्तावटी, अश्वगंदा, सर्पगन्धा, त्रिफला, अर्जुन,जटामसी आदि
घरेलु : लहसुन, मेथी, करेला, निम आदि
खानपान:
नखाने: तारेको खाना,माछा,मासु, अण्डा अचार चिया कफी,नुन ,चुरोट बिडी आदि
खाने: लहसुन, कागती, धनिया, मेथी, अमला, स्किम मिल्क आदि|
योगा: हलासन, सर्वान्ग आसन, भुजन्गासन, पश्चिमोतत्तासन, सेतुबंधासन, उत्तानासन, प्राणायाम, मेडिटेसन |

सन्दर्भ स्रोत: webMD, mayo clinic, आयुर्वेदिक तथा घरेलु उपचार र योगा पुस्तक

Leave a Reply