संसारकै सपनाको देश, संसारका मानिसहरुको गन्तब्य स्थान मानीएको धरती कै सपन्नशालि, शक्तिशाली देश हो पनि अमेरिका । डी. भी. परेको दिनदेखि नै उ साह्रै उत्साहित थियो । नेपालमा उसको सरकारी अफिसरको जागिर थियो । बंगलो घर थियो । डिभी परेदेखिनै छर छिमेकीले बधाई दिन आईरहेका थिए  । कयौ दिन पार्टी चल्यो घरमा, उसलाई अलि डर पनि लागि रहेको थियो । उसले सोचने गर्थ्यो । अमेरिका गएर राम्रै हुन्छ भन्ने पनि त छैन ? छोरा छोरी पत्नी समेतगरी चार जनाको परिवार  घरको उठिबास लगाएर परदेशिनु ? आपत परेर, घर, चलाउन नसकेर, अन्य कारणले बिदेशिनु अर्कै कुरा हो । यस्ता कुरा मनमा खेलिरहन्थ्यो उसको । उसकी पत्नी भने असाध्यै उत्साहित थिइन् । साच्चै भन्ने हो भने उनैको करले डिभी भरेको थियो उसले । परि हाल्यो । नेपाल सरकारको नियमले ग्रिन कार्ड लिए पछि सरकारी जागिर खाइरहन नपाइने भयो नै ।  सरकारी कर्मचारीले डिभीमा ग्रिन कार्ड परेकोले कर्मचारीले कि त जागिर छोड्नु पर्थ्यो । कि त ग्रिन कार्ड छोड्नु पर्ने भयो । उसको मन पटक्कै थिएन पेन्सन हुन् लागेको जागिरलाई लात हानेर अनिश्चित भविष्यमा धकलिन । करिब करिब पेन्सन हुने लागेको बेलामा कसरि जागिर छोड्नु ! यो पनि उनको लागि सकस परि रहेको थियो ।

तर उसको पत्नी चम्पा भने उत्साहित थिइन् । परार सम्म आफ्नै साथि फुलमतीको लोग्नेलाई डिभी परेर अमेरिका गइकि थिइन् । उनको एउटा खरदारसंग बिहा गरेर काठमांडू  आइकी थिइन् । उसको लोग्नेको कमाइले खान नपुगेर कम्ता बिजोगले घरायसी निर्वाह गरेका थिए । लोग्नेको पढाइ पनि धेरै थिएन । उसले पनि मैले जति कहा पढेकी छर ! अहिले उसले काठमांडूमा महल किनेकी छ, अमेरिकाको कमाइ ल्याएर । उनको समुन्द्रमा पौडी खेलेका रंगिन फोटा देखाउदै चम्पाले आफ्नो लोग्नेलाई भनिकी थिइन् । यस्ताले त  त्यहा गएर त्यत्रो पौरख गरेका छन् ! हामि त उनिहरु भंदा के मा कम छौ, पढाइमा पनि माथि छौ, पैसा पनि । अब उतै बस्ने भए पछि यहाको घर बेचेर पैसा पनि त लगिन्छ । पुंजी पनि हामीसंग हुन्छ । छोरा छोरीको पढाइ सरकारले गरिदिन्छ रे ! यहा त छोरा छोरीलाई डाक्टर इन्जिनियर बनाउन घर खेत बेचेर नै पनि सकिदैन । चम्पाले आफ्नो लोग्नेलाई घुस खान पनि उत्साहित गरिरहिकी हुन्थिन । तर उसले घुस खाने र खुवाउने कला पनि जान्दैनथ्यो ।। भागशान्ति आएको भागबण्डामा मै चित्त बुझाउथ्यो उसले, तर उसकी श्रीमतिलाई भने अरु हाकिम्नीहरुसंगकै कम्पीटिसनमा भाग लिन मन पर्थ्यो । सकी नसकी बैकको किस्ताबन्दीमा कार झिकेका थिए । हाकिमलाई कार चलाउन नआउने । ड्राईभर राखौ भने आफ्नै तलब उसैलाई बुझाएर ठिक्क हुने त्यो पनि घाडो भैसकेको थियो । चम्पाले गाडी चलाउन ड्राइभिङ्ग इन्स्टिच्युट धाइकि छिन, उसको भने आँटै  छैन । डिभी परेदेखि ड्राभिंग जानेन भने अमेरिकामा कामै छैन रे ! भनेर लोग्नेलाई समेत सिक्न लगाइरहिकि थिइन् । छोरा नबिनको बारहको पढाई सकिसकेको थियो । छोरी अञ्जना भने दश क्लास मै थिइन् । सबैले उनलाई भनिरहेका थिए । तपाइको छोरा छोरीको पढाउन अम्रिका पठाउन पर्ने बेलैमा डिभी परेछ ।

शर्माजी त् सारै भाग्यमानी भनेर साथिभाइले भनिराखेका हुन्थे । तर उसलाई भने अमेरिकाको बसाइ सराइ गर्ने कुराको टेन्सनले रात दिन पिरोलिरहेको थियो । छोरा पनि उत्साहित नै छ टोफल र आइएलटि टेष्टमा जुटिरहेको बेलामा बा आमालाई डिभी परेको छ । छोरी अन्जनालाई भने त्यति उत्साह थिएन ।

अमेरिकन एम्बेसीमा इन्ट़रभ्यु थियो । अमेरिकाबाट चम्पाले उसैकै साथि फुलमतीबाट ग्यारन्टी पत्र पनि मगाइसकिकि थिइन् । एम्बेसीले पनि भिषा ठोकी दियो । भिषा लगाई सकेपछि चम्पालाई भने आजै उडु कि भोलि उडु भएको छ । तर शर्माजी भने पटक्कै खुशी छैनन् । जिन्दगि भर सोझो मेसोले जागिर खाइ राखेको मान्छेलाइ यो डीभिले गर्नु गर्यो । न रातमा निद्रा छ न दिनमा चैन । सबै  घरका जहान फुरुक्क परेको देखेर, उसलाई झोक पनि उठेको छ । म अब रिटाएर्ड हुन् लागेको मान्छेलाई अमेरिका लगेर फेरी गदा बनाएर लदाएर खाउला भनेका हुन् कि ? न मेरो ससुराली छ न मामा घर कसले हाम्रो मेहनाबाजी गरिदिन्छ र त्यहा । शर्माजीले सोच्दा सोच्दै उनको टाउको दुखि सकेको थियो ।

अमेरिका प्रस्थानको लागि सपिङ्ग शुरु भयो । केहि जाडोको लागि मोटा जाकेटहरु केहि समरका लगाउने पातला लुगाहरु, संचयकोष भ्याएरै भए पनि किन कान सकियो । अब रह्यो अमेरिका जाने टिकट, कहा जाने, कुन स्टेट जाने ? भइ नभई त्यहि खरदार भाइ बैनी कहा जाने भए । न्युयोर्क उनीहरुको चाहेर वा बाध्यता ले आउने स्टेट भयो । फोन गरे, खरदार भाइलाई, हामीलाई बस्ने ब्यबस्था मिलाइदेउ भने । हाम्रो टिकट फलना गते बार हो एयर पोर्ट सम्म लिन आउनु पर्छ भनेर पनि भने । उसले पनि हुन्छ भन्यो ।

आफ़न्तिहरु र साथीभाई  हामिलाइ नभूल्नु है, भन्दै फुल माला र खादा लिएर अन्तराष्ट्रिय एयर्पोर्ट बिदाइ गर्न आए ।कतार एयर्लाइन्सबाट कतार हुदै जे एफ के एयरपोर्ट न्यु योर्क पुगिने टिकट थियो उनीहरुको । एयर पोर्टबाट सबै बिदा भए । उनीहरुले लगेज जांच गराएर प्लेनको प्लाइट कुरेर वेटिंग रुममा बसेका छन् । सबै नेपालि मात्रै देख्दा उनीहरुलाइ यतिजना अमेरिका जान लागेका हुन जस्तो लागेन र एक जनालाई यसो सोधिहाले । अमेरिका जाने त एक आध जना मात्रै थिए । सबै कतार, र अरबको खाडीमा काम गर्नको लागि पो रहेछ ! करिब पांच घन्टाको फ्लाइट पछि कतार एयरपोर्ट पुग्छन । संगै गएका नेपालीहरु यता उता लागे । अमेरिका जाने अर्को प्लेनको प्रतिक्षामा मूल गेट नेर गएर बस्छन उनीहरु ।

थुप्रै सपना बोकेर आएथ्यो उ, अमेरिका । चौध  घन्टाको फ्लाइट गरेपछि JFK एयरपोर्टमा प्लेन लेण्ड  गर्यो । उसैको अफिसमा खरदार भएको जोतिन्द्र भाइ उनीहरुलाई लिन आएको थियो । आफ्नै अफिसको हाकिमलाई रिसिप गर्न पाउदा उसलाई खुशी लागेको थियो ।  आफु नेपालमा हुदा हाकिमहरुले आफ़ुलाइ गरेको ब्यबहार समझदा त लिनै नआएको भए पनि हुन्थ्यो जस्तो लाग्थ्यो, उसलाई । शर्माजीलाइ मन पर्थ्यो तर उनकी स्वास्नीले त आफै हाकिम्नी भए जस्तै हामीलाई हेपेरै बोल्थिन, भनेर मनमनै सोच्दै  । शर्मालाई स्वागत गर्न पुग्छन जोतिन्द्र । जोतिन्द्रले चम्पा भाउजु नमस्ते भन्दै स्वागत गर्यो र मैले तपाइहरुलाइ स्वागत गर्न पाए । ल हिडनुस कोठामा जाउ भनेर लग्छ । उसले दुइवटा बेडरुम भएको अपार्टमेन्ट लिएको थियो । अर्को कोठाको बन्दोवस्त नभएसम्म  यही बस्न आग्रह गर्यो । शर्माजीको खासै न्युयोर्कमा चिनजान थिएन । यहा सार्वजनिक यातायात भएकोले पनि शुरुमा आउदाका दिनमा यो ठाउ उपयुक्त हुन्छ भन्ने गर्थे धेरैले।

चारजना बस्ने अपार्टमेन्टमा अब आठ जना भए सी सबैलाई अफ्ठ्यारो भएको थियो । त्यसै त न्युयोर्कको अपार्टमेन्ट साना र साँगुरा हुन्छन । बिहानै फुलमती पनि काममा जाने, जोतिन्द्र पनि काममा, उनका छोरा छोरी स्कुलमा । शर्माजी शुरुमा त बाहिर निस्किए फेरी कोठामा कसरी फर्कने होला भन्ने पिरले बाहिर निस्किन  डराउथे । बाहिर कसरि निस्कने, जोतिन्द्रलाइ कामले फुर्सद हुदैन । शर्माजीको परिवारले ग्रीनकार्ड र सोसल कार्ड प्राप्त गर्न करिब एक महिना कुर्नु नै पर्थ्यो । सबै कुरा नआएसम्म छोरा छोरीको स्कुल भर्ना हुन् पाउदैनन्थे । उनले पनि बाहिर काम गर्न पाउने सम्भावना कम हुन्थ्यो । बस्दा बस्दा अलि बाहिर नेपालि समुदायका मान्छे संग भेट हुन् पुग्छन । कसैले उनलाई केहि मतलब गर्दैनन् । केहि पुराना नेपालीहरु त गमक्कै फुलेर बसेका छन । चाहे होटेलको वेटर किन नहोस, वा किचनको सेफ नै, वा टेक्सी ड्राइभर नै, सबै मन्त्रि जस्ता ब्यबहार गर्छन । प्रदेशमा शर्माजीले आफुलाई सबैले माया गर्छन उनलाई बस्ने राम्रो प्रबन्ध मिलाइदिञ्छन भन्ने लागेको थियो । तर त्यस्तो कतैबाट होला जस्तो उनलाई लागेन । बिचरा जोतिन्द्र भाइ, आफ्नो कामले फुर्सत पाउदैनन । उनले जे जति आफ्ना हाकिमलाई गरेका छन् त्यो नै धेरै गरेका छन् भन्ने उनले कुरा बुझे ।

नेपालमा भएको सबै पैसा ल्याउन पाएका पनि छैनन । त्यस्तो बैक ब्यबस्था पनि छैन । कोठा तयार नभएसम्म बस्ने सबै सामान किन्न पनि गारो भयो । जोतिन्द्रको कोठामा केहि थप सामान अटाउने ठाउ पनि थिएन । नया कोठा भाडामा लिन यो अमेरिकाको ठाउमा अति दुख रहेछ । क्रेडिट हिस्ट्री चाहिने रे ? कति कमाउने, कहा काम गर्ने आदि आदि ! शर्माजीको दिमागले काम गरेको थिएन । यसरी उनले आफ्नै नाममा अपार्टमेन्ट लिन नसक्ने भए पछि अरुसंगै मिलेर बस्ने ब्यबस्था जोतिन्द्रले  अर्को साथि कहा मिलाई दिए । उनकी चम्पालाइ भने ठुलो उत्साह थियो, यहा आइसकेपछि नेपालमा भन्दा त राम्रै गरिन्छ भने अझै छ । कागज आइसकेपछि त सबै मिलिहाल्छ !भन्ने सोचमा थिइन् । शर्माजी तनाबमा थिए, आफुले ल्याएको दश पन्द्र हजार डलर सकिन लागेको थियो । काम कहा पाउने कस्तो पाउने ? यता उति गर्दैमा समय बित्दै थियो । शर्माजी हतास भएर नेपाल फर्किने मुड बनाउन थाल्छन । सरकारी जागिर छोडेर आइयो । पेन्सन हुन् केहि बर्ष मात्र बाँकी थ्यो । मन मनमा खुबै पछुतो मानिरहेका थिए । आफुले श्रीमतीको भाउतो लागेर क्या दुख पाइने भो ! भनेर चिन्तित थिए । तर चम्पा भने हार खाइकि थिइनन । उनि फुलमतीसंग ब्युटी पार्लरमा काम सिक्न थालिकी थिइन । अब उनको थोरै तलब भए पनि र केहि टिप्स पाइने हुनाले कोठाको भाडा तिर्न सकिने छाँट आएको थिए । छोरा छोरी स्कुल कलेज दाखिल गरेर पढन जान थाले । तर शर्माजीले धेरै ठाउमा अफिसियल जब खोजे, तर कहिँ कतै पाउने छाँट आएन ।

अमेरिकामा आएपछि जिन्दगि फेरी शुरु गर्न पर्छ । जिरो बाट भन्ने गर्थे केहि मानिसहरु । तर शर्माजिलाई भने त्यो कुरा पचाउन सकेनन । ग्यास स्टेसनमा काम शुरु गरे, ल जीरोबाटै भन्दै । शर्माजी एक अनपढ गवार भएको महसुस भयो उनलाई, अब यसै ढाक्रे भैयो भैयो, अरु जस्तै रमाउन खोजे तर उनको मनले मानेन । केहि नेपालिहरु कहा बर्थ डे, पार्टी हुदा बोलाउने गर्थे, सबै  महिला पुरुष सबैले ड्रिंक्स पिउने गर्थे । उनले पनी आफ्ना कुण्ठालाई शान्त पार्न खुबै पिउन थालेका थिए । चम्पा त खुशी थिइन, अमेरिकाको फ्री डम पाएर, उनले पनि पार्टीमा गएर खुबै पिउछिन । नाच्छिन पनि । छोरा छोरीको पढाइ राम्रै चलिराखेको थियो । दुवै छोरा छोरीको भविष्यको लागि भनेर अमेरिका आएर दुख गर्न रोजेका थिए । बिस्तारै शर्माजी को मन शान्त हुदै गएको थियो । मैले आफ्नो जिन्दगीलाई बिर्सेर भए पनि सन्तानकै भविष्यको लागि गर्दिनु पर्यो भनेर मनमा सन्तोष मान्ने गरेका थिए ।

रातिको बारह बजे, चम्पाको फोनमा घन्टी बज्छ । चम्पाले फोन उठाइन, पुलिसको रहेछ । शर्माजी तपाइको हसबेण्ड हो । अरु तपाइको को साथि छ, उनलाई लिएर तुरुन्त  लङ्ग आइलेंड जुइस हस्पतालमा आउनुस । भनेर फोन राखिदियो । संगै बस्ने अपार्टमेन्टका साथि विष्णुलाई लिएर हस्पिटल पुगिन उनि । शर्माजी कामगर्ने ग्यास स्टेसनमा कालेले गोलि चलाएर लुटेछ । शर्माजीको ड्युटी सकिएर बाहिर निस्कने लागेका थिए । एकाएक मुख छोपेर आएका ति लुटेराहरुले  शर्माजिलाई गोलि हानि क्यास लुटेर लगेका रहेछन । शर्माजिलाई तिन ठाउमा गोलि लागेको थियो । हस्पताल ल्याउदा ल्याउदै उनको मृत्यु भयो । चम्पा ठाउको ठाउ बेहोस भइन । यसरी अमेरिकामा थुपै सपना बोकेर र बोकाइएर आएका शर्माजीको इहलिला समाप्त भैसकेको थियो । चम्पालाइ ठुलो पश्चाताप छ । उनैको करले आफ्नो पेन्सन हुन् लागेको जागिर छोडेर अमेरिका आएका थिए । अब चम्पाले पछुतो मान्ने सिवाय केहि कुरा रहेन । सबैको लागि अमेरिका सुखद हुदै हुदैन । कसैलाई फाप्ला पनी । उनि जस्तै कयौ परिबारहरु टुटेका छन् र छुटेका छन यो अमेरिकामा !!!!

 

०४/०२/२०१९

Leave a Reply