हतारिदै रेणु सिढी उक्लेर जेनिलाई बधाई छ दिदि भन्दै उनको कोठामा प्रवेश गर्छिन । जेनीले के को बधाई मलाइ, अनि किन हतारिएकि ? भनेर बैनीलाई प्रश्न गर्छिन । तलाई था छ, तेरो बिहे त अमेरिकन बाबुसंग हुने रे ! हैन के भन्छे यसले ? जेनीले आफ्नी बैनी पट्टि फर्केर सोध्छिन । आज बुबाले फोनमा कुरा गर्दै हुनुहुन्थ्यो । एकजना केटो PHD गर्दै गरेको केटा तलाई हेर्न आउदै छ । त्यो पनि बुवाले चिने जानेको धनि घरानिया मान्छे हो रे ! उसको छोरा अमेरिकामा पढेर उतै सेटल भएर बसेको छ रे ! मेरो त अमेरिकामा MBA पढन भिषा लागिसकेको थियो न सोचेको दिदि त पनि अमेरिका जाने भइस । यस्तै बडबडाउदै थिए रेणु । म चाहि भाग्यमानी नै रहिछु, दिदि भिनाजु त्यहा भए पछी मलाइ झन् सजिलो हुने भयो ।

श्यामलाल काठमांडूका जाने माने ठुला धनिमानि ब्यापारी भैसकेका थिए । हुन त उनले सानो काम बाट शुरु गरेर यो सफलता प्राप्त गरेका थिए । उनि उधोग ब्यापार संघमा अध्यक्षसमेत हुन् पुगेका थिए। कसै कसैले उनलाई नब पुजीपति हुन, पुराना घरानिया त होइनन भन्ने गर्थे । तर उनी समाजमा राम्रैसंग स्थापित भैसकेका थिए । त्यसैले उनको पहिचान पुराना घरानिया धनिमानिसंग निकै हिमचिम बढेको थियो । त्यसले पनी उनले ति मानिसहरुसंग हिमचिम र सम्बन्ध कायम गर्न उत्सुक थिए ।  उनीसंग बढेको वैभवले आफ्ना नातेदार, आफन्तहरु टाढा हुदै पनि गैरहेका थिए । उनले आफन्तलाई आफ्नी छोरीको बिबाहको जोडी मिलाइदिन सक्दैनन् भन्ने लाग्दथ्यो उनलाई त्यसैले उनले आफैले त्यो निर्णय गरेर काठमांडूकै अर्का चिरपरिचित धनाढ्य बंशिधरको छोरासंग छोरीको बिबाह गरिदिने मनसाय दर्शाएका रहेछन । बंशिधर पनि आजित भैसकेका थिए उनको छोरासङ्ग, न उ नेपाल फर्कन मानेको थियो न त बिबाह गर्न मानेको थियो छोराले । नेपालमा यति ठुलो ब्यापार हुदा पनी अमेरिका छोडेर आउन मानिराखेको थिएन ।  अन्तमा नेपालबाट बिबाह गरेर उतै बसे पनि बस, तर नेपालमा आएर बिहे गर अनि आफ्नी स्वास्नी लिएर जा । अब त हुन्छ भन । भनि सके पछि छोराले त्यसो भए ठिकै छ । म आएर तपाइहरुले भनेकै केटीसंग बिहे गर्छु, तर नेपालमा बस्दिन नि फेरी बस नभन्नु होला भनेर स्वीकृति जनाउछ पनि । उ बिहेको लागि नेपाल आजै आएको रहेछ ।

उसको नाम बाशु भए पनि उसले आफ्नो नाममा बीबीशो  लेख्दो रहेछन । उसको फेसबुक जेनी र रेणुले खोलेर हेरे, मान्छे हेर्दा पनि हेन्डसम, पर्सनालिटी भएको व्यक्तित्व उसको ।  न्यु योर्क शहरको रमझमका तस्बिरहरु थिए । ठुला सफा चिल्ला सडक, सयौ तलाका बिल्डिंगहरु, सबै गोरा चिट्ट परेका मानिसहरु, समुन्द्र किनारामा स्विमिङ्ग गरेका, वालुवामा सुतेर घाम तापेका तश्वीरहरु । रेष्टुरेन्टमा गएर  पिज्जा र बर्गर खादै गरेका तश्बिरहरु, पार्टीमा गएर नाचगान गरेर रमाइलो गरेका भिडियोहरु, सपिङ्ग ब्याग समातेर सामान बोकेका तस्बिरले जो कोइको पनि मन हरक्क हुन्छ पनि, नहोस पनि किन ? काठमांडूको धुलो धुवा, अब्यबस्थित ट्राफिक, भत्केका खाल्टा खाल्टी सडक, पढेर पनि नोकरी पाउन कठिन, सबै युवा बिदेशिएकै छन । यस्तै सोचेर दिदि बैनीले पनि डेडीले कुरा गरेकै केटा राम्रै भएर त होला दिदि तलाई कुरा गरेको । भनेर दिदिको मनशाय बलियो बनाइदिन खोजेकी थिइन उनले । जेनीले MBA पास गरेंजेल कसैसंग माया प्रेममा फसिकी पनि थिइनन त्यसैले आफ्नो रोजाइ पनि थिएन उनको ।

 

श्यामलालका अति अनुशासित छोरिहरु, साच्चै नै गर्ब गर्न लायक थिए उनीहरु । राम्रा पनि थिए । साझ पख बंशिधरको दलवलसित जेनीलाई हेर्न र कुरा कानी छिन्नको लागि कस्सिएरै आए । श्यामलालले पनि उनीहरुको  स्वागतको लागि मन फुकाएर स्वागत सत्कार गरे । उनि मख्ख थिए, काठमांडूका घरानिया धनि मानिसंग आफ्नो सम्बन्ध गासीन लागेको थियो । त्यसमा पनी अमेरिकामा घरबार भएको ज्वाई पाउने पक्का भएपछी उनको भुइमा खुट्टा थिएन । केटा पनी केटिसंग कुरागर्न आबस्याक नभएको  कुरा दर्शाए, यो मागी बिहेमा बुवा ममीको मर्जीले भएको सम्बन्धमा केटिले पनि सोहि कुरा दर्शाइन, केटा पनी हेर्दा केहि कम थिएन, केटि पनि उस्तै राम्री पढेकी ।

बिहेको कुरा छिनियो । श्यामलालले छोरीकोबिहे पांचतारे होटेलबाट गरिदिने मनशाय राखे    त्यही मुताबिक सोल्टी होटेललाइ तय गरियो । बन्शिधरले छोरा बासुको छुट्टी एकदमै छोटोछ ।  त्यसैले यो बिहे एक हप्ता भित्र गरिसक्नुपर्ने छ । सोहि समयलाइ भ्याउने गरिदुवै पक्षले बिहेको तयारि धुमधामले गरे  । बन्शिधरले जतिसुकै कम गरेपनि हजार भन्दा जन्ती कम गर्न सकेनन । श्यामलाल निम्तोको कार्ड लेखिरहदा कसलाई छोडने कसलाई बोलाउने र काँट  छाँट गर्दा पनि दुइहजार भन्दा बढी नै भयो । उधोग बानिज्य संघको अध्यक्ष भैसकेको हुनाले पनि उनका निम्तालु कम हुने भएनन । बन्शिधरले दाइजो नलिने भने पनी श्यामलालले आफ्नो हैसियत देखाउकैलागि भए पनी दुलाहा दिनको लागि कार मामुलीकुरा  थियो । श्यामलालका नजिकका आफन्तलाइ खासै बोलाएनन, दुइचार जनालाइ आफैले सुटेट बुटेट बनाएर अगाडी उभ्याए सोधी हाले भने जिल्लामा ब्यापार छ भनेर भन्न लगाएर इज्जत बरकरार राख्न खोजे ।

जेनी र बासुको असाध्यै भब्य बिबाह सम्पन्न भयो । अर्थ मन्त्रि लगाएयत सांसदहरु सो बिहे भोजमा सरिक थिए । कुनै  राजा महाराजाको भोज भन्दा कम थिएन । बिहे सिध्दियो । श्यामलाल पनि मख्ख थिए, आफ्नो सम्बन्ध काठमांडूको एक घरानिया धनीमानी समाजमा इज्जत भएका प्रतिष्ठित व्यक्तिसंग जोडन पाएकोमा । अझ ज्वाई अमेरिकामा सेटल भएको पाएर उनि गदगद थिए । यता बंशिधर नेपाल आउनै नमानेको र यस पटक आफ्नो कुरा मानेर छोरा बिहे गर्न राजि भै आफैले भनेको घरमा आफैले मागेको केटिसंग बिहे भएकोमा प्रसन्न थिए । दुरान फर्काउन र पोखरा घुमघाममा जेनी र बाशुको करिब एक हप्ता समय खर्चिए । समय छोटो भए पनि रोमान्चकारी बनाउन बाशुले पनी भरपुर कोशिश गर्यो । अमेरिका जेनीलाई लैजान बाशुले फेमिली पेटिसनको आबस्यकीय कागजात मिलाउनु पर्ने थियो ।  कोर्ट मेरिज प्रमाण पत्र आबस्याक हुने हुदा अर्को हप्ता बसेर नै बाशु अमेरिका फिर्ता जादै थियो । नेपालमा केहि किन कान थियो दुवै जना मिलेर अमेरिका पठाउने सामान किने । जेनीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलसम्म आएर बाशुलाई बिदा गरेर घर फर्किन । करिब पन्द्र दिन सासु ससुरासंग बसेर उनि आफ्नो माइती आइन ।

उ अमेरिका जानको लागि अमेरीकन भिषा सेन्टरबाट करिब एक बर्ष लाग्ने थियो । चाडै भैहाले पनी सात आठ महिना त लागिहाल्छ । जेनीलाई सपना जस्तो लागिरहेको छ । अचानक उ संग अमेरिका बस्ने केटासंग बिहे हुन् पुगेको र उसको नया परिवारसंगको सम्बन्ध र ठुलो परिवारमा जन्मे हुर्केको र बिदेशमा बसेको केटासंगको ब्यबहार यी सबै नौला थिए । हामि माथिल्लो बर्गमा उक्लिएको भन्ने भ्रम वा सत्य हो त्यो भने उनले छुट्याउन सकिकी थिइनन् ।  किन भने आफ्ना नातेदारहरुसंगको सम्बन्ध टाढिदै थियो । नया बर्गका मान्छेसंगको आत्मियता भने आफ्नो परिवारले पाएको जस्तो लाग्दैनन्थ्यो उनलाई । बैनी रेणु हेन्डसम र राम्रो भिनाजु भएकोमा मख्ख थिए । क्षणिक समयमा पनि अपननत्व जागेको थियो । जेनी बिबाह पछि भने अलि सिरियस देखिन्थिन । कहिले घर कहिले माइत गरिरहिकी छिन । आफुले गरिरहेको NGO को जागिर छोडन मन थिएन । उनले सो नोकरिलाई निरन्तरता दी राखिन अमेरिकाको भिषा नआउन्जेल खालि बसिरहन पनि भएन । बैनी रेनुले आफ्नी दिदिलाइ तिमीहरु पोखरामा कत्तिको रमाइलो गर्यौ ? भिनाजुको आनीबानी कस्तो रहेछ नी ? सोधिरहन्थिन तर जेनीले ठिकै भनेर टारिहन्थिन । मैले जसरि भए एड़जस्त गर्न पर्छ यानी कि मेरी बैनीको अमेरिका  जाने कामलाइ पनी सजिलो होस् । बुवाको पनी त्यत्तिकै मनोकांक्षा थियो र छ, भनेर टारिदिन्थी । जेनी भित्र भित्रै तनावमा थिइ । बाशुको फोन पनि कमै आउथ्यो । भरखर बिहे गरेको, उ त्यति आकर्षित नभएको हो कि ? उ प्रति ! एक दिन जेनीको शसुरा बंशिधर श्यामलाललाई भेटन आए , श्यामलालसंग धेरैबेर कुराकानी गरिरहे । अमेरिकामा छोराले एउटा बिजिनेस किन्न खोजिरहेको रहेछ, मैले एकलाख डलर त पठाइदिए । अरु एक लाख डलरको ब्यबस्था गरिसक्नु पर्छ,भनि राखेको छ छोराले , बुहारी जाने बेलासम्म, तपाइले मिल्छ भने त्यसको ब्यबस्था गरिदिन पर्यो । मेरो अन्त गरेको लगानी उठेको छैन । तर धन्दा नमान्नु होला रकम हुन सकेन भने पनि केहि छैन ! धेरै समयलाई हैन मैले फर्काइ हाल्ने छु भन्दै, हुन सकेन भने पनी भन्नु होला सम्धिजी ।

यति भनेर बंशिधर चियापान गरेर फर्किए । श्यामलालले अनेकताल गरेर आफु अहिले यसो पैसावाल भै टोपलेको बेला यो रकम पनि ठुलै हो तर सम्धिले नसके भन्नु होला भनेको शब्दले उनलाई अलि पिन्च गर्यो । आफु नसक्ने भईने हो कि ? केहि समयमा फिर्ता गर्ने भन्नु भएकै छ । सम्धिले उनको हैसियत बुझ्न कै लागि भनेका हुन् कि ?  यस्तै शंका उप शंकाको बिचमा पनि उनले बैकबाट ऋण गरेर एक लाख डलर ब्यबस्था गरिदिए । यस्तैमा छोरीको भिषा बनेर आयो । रेणु तिन महिना अगाडी नै स्टुडेन्ट भिषामा अमेरिकाको मिजोरी पुगी सकिकी थिइन । पैसा ब्यबस्था गरि सम्धी बंशिधरको घरमा गएर दिए । एम्बेसीबाट सबै काम सिद्धाएर भिषा बनेपछि छोरीजेनीलाई लिन आउछु भनेर ज्वाईले भन्नु भएको थियो भनेर प्रतीक्षा गरि रहे तर बाशु लिन आएनन, जेनीको ससुरा आएर श्यामलाललाई भने जेनीलाई अमेरिका पठाइदिनुस बाशुलाइ अहिले फुर्सद मिलेन रे भनेको छ । जेनी एक्लै जान सकि हाल्छिन । बासुले पनि जेनी संग कुरा गरेकै होला ? भनेर अमेरिकाको टिकट ल्याएर  दिए । श्यामलालले ए हुन्छ, ज्वाई आएर संगै पठाउन पाए हुन्थ्यो ! भन्दै अलि निरास हुदै असन्तुष्टि भाव व्यक्त गरे ।

जेनीको बैनी रेणुसंग कुरा भैरहेको थियो । रेनुले भिनाजु व्यस्त भएर होला त एक्लै आउन सकी हाल्छिस किन दोहरो खर्च गराउछिस । सजिलै हुन्छ छोटो ट्रान्जिट भयो भने डोन्ट वरी ! भनेर हिम्मत दिन्छिन । अन्तत जेनी एक्लै काठमांडू त्रिभुवन एयरपोर्टबाट बाबा आमालाई अँगालो हालेर रुदै बिदा भएर अमेरिका न्युयोर्कको JFK एयरपोर्टको लागी रमाना हुन्छिन । जेनीलाइ आन्तरिक उडानको त अनुभव थियो तर जेट भने पहिलो चोटी चढेकी थिइन । मनमा अनेक किसिमका भावनाका लहरहरु ज्वारभाटा बनेर उर्लने र खस्ने गर्थ्यो । उनि पढाइ र अनुभवले म्याचुर भए पनि नौलो मान्छे र नौलो ठाउ नया परिवेशमा आउने अफ्ठ्यारा अननोन थिए । संजोगले कतार गए पछि

JFK जाने नेपालीसंग भेट भयो । एउटै प्लेन भए पनि सिट धेरै अगाडी पछाडी थियो । उनीहरुसंग भेट भए पछि अलि आस्वस्थ भै उनले आत्तिदै एयरपोर्ट पुगे पछि बाहिर मलाइ पर्खनु होस् है भनिरहन्छिन । असाध्यै लामो पट्यार लाग्दो आकाशको उडान कहिले डर र कहिले रोमाञ्चित हुदै अन्तत प्लेन JFK मा लेण्ड गर्यो । जता अरु पेसेन्जर लागे उनैको पछि पछि लागेर इमिग्रेसन चेकजांच गर्ने ठाउमा पुगिन, त्यहा आफु जाने ठाउको सबै कुरा बताए पछि उनि अगाडी बढेर लगेज क्यारियरमा राखेर exit लेखेको ठाउबाट  बाहिर निस्किन ।

बाहिर यात्रीलाई लिन आएका आफन्तले उत्सुक भै हातमा फुल लिई स्वागत गर्न कुरी राखेका रहेछन उनीले आफुलाई लिन बाशुले फुलको गुच्छा लिएर कुरी रहेको होला भनेर खुशी हुदै अगाडी बढी राखिकी थिइन । निकै अगाडी आइसकेपछि पनी बाशुलाई उनका आँखाले भेट्टाएन ।  वेटिंगरुमको बेन्चमा आएर थचक्क बासिन । उनको अनुहारमा आएको खुशी हतास भै पसिनाले लतपत भयो । घन्टौ कुर्दा पनी बासुको अत्तो पत्तो थिएन । अन्तत एक जना छेउको मान्छेसंग फोन मागेर फोन गरिन तर बाशुको फोन उठेन । अब के गर्ने, उनको मनमा धेरै तर्कना आउन थाल्यो । किन बाशु उसलाई लिन एयरपोर्ट आएन ? उसलाई केहि भयो कि ? नेपालबाट आउनु भन्दा अगाडी कुरा भएकै हो । म तिम्रो प्लाइट लेन्ड हुनु भन्दा अगाडी आएर कुर्ने छु भनेकै हो । अनि आज किन बाशु आएनन । शंका आशंकाको बादल मनमा मडारिन थाल्छ । तै पनि आफ्नो मनलाई थामेर केहि पर्यो होला ?  मसंग बाशुको ठेगाना छदैछ भनेर टेक्सी स्टांडमा गइ टेक्सीमा ड्राइभरले लगेज राखी दिन्छ र उनि टेक्सीमा बसेर बाशुको ठेगाना ड्राइभरलाइ देखाएर लैजान उनले भनिन, ड्राइभरले कति फेर पारेर लग्यो त्यो त उनले थाहा पाइनन । तर उनलाई भनेको ठेगानामा पुर्याई दिएको थियो उसले, धन्यबाद भन्दै मनमनले यसले ठुलो आपतबाट जोगायो भन्ने लाग्यो । घरको पहिलो प्रवेश व्दार त खुल्लै थियो, भित्र दोश्रो ढोकामा चाबी लगाई राखेको रहेछ । न मसंग फोन छ । न मैले कसलाई चिनेको छु । बाहिर हिउ परिरहेको छ, जाडोले जिउ कठ्याङ्ग्रिदै छ । रात पर्यो, बाशु आउदैनन, भोकले आकुल ब्याकुल भैसकेकी जेनी पलत्त भुइमा गुजुल्टी परेर बसेकी थिइन् । त्यस ढोकामा कोइ आएको थिएन यतिबेरसम्म अपार्टमेन्ट भएको भए, मान्छे आउने जाने हुन्थ्यो यो प्राइभेट घर रहेछ । जेनीले सोचिन यो घर पक्कै बाशुको घर होला भन्ने निधो गरेर रात भर बाशु आएनन भने भोलि बिहान पुलिश अफिस खोजेर भए पनि केहि गर्छु भन्ने आंट जुटाएकि थिइन । उनलाई बाशुलाई भेटे भने मैले बाकि छोडदिन भन्ने रिस उठ्थ्यो घरिघरि, तर अहिले असहाय भएर भोक र त्रासले लत्रिएकि छिन ।  

मध्यरातमा एक जना मान्छे बाक्लो जकेट लगाएको पहिलो ढोकाबाट पस्छ । जाडोबाट बच्नको लागि जेनी जकेटभित्र मन्टो घुसाएर रुदै भित्तो च्यापेर बसिकी थिइन् । निदलाग्नु त कता हो डर त्रासले मुटुले ठाँउ छोडेको थियो, उनको । मान्छे भित्र आएको देखेर उनि अतालिदै चिच्याइन । त्यो मान्छे पनि झस्केर उफ्र्यो र उसले ल्याएको पिजाको डिब्बा भुइमा खस्यो । मधुरो बत्तीमा जेनीलाई आफ्नो बाशुको अनुहार देखिन उसको अनुहारमा र बाशु भन्दै अँगालो हाल्न पुग्छिन ।  बाशुले जेनीसंग यसरी याँहा भेट होला भनेर सोचेको थिएन । उसले जेनिसंग माफ माग्यो, एयरपोर्टमा उनलाई लिन आउन नसकेकोमा, उसले स्पष्टिकरण दिदै भन्यो, “ मैले भोलि बिहान भनेर सोचेको थिए । म बाट धेरै भुल भयो जेनी, फ्लाइट डीले छ भन्ने थियो । डेडी पनि त्यसै भन्नु भएको थियो । जे होस् तिमि आयौ, मेरो लापर्वाहिले तिमीले दुख पायौ, भन्दै अँगालो हालेर सुम्सायो । यस्तो चिसोमा तिमि यसरि यहा, मैले पाप गरे, माफ गरि देउ है ! भन्दै जेनीलाई ढोका खोलेर भित्र लिभिङ्ग रुममा लग्यो । रेनुले फोन गरेर दिदि आइसकेको हुनुपर्छ । खै दिदिसंग कुरा गरु, भने पछि मात्र म झस्याङ्ग भए ।   जेनीले रुदै भनिन, किन आउनु भएन लिन एयरपोर्ट, सबैका आफन्त फुल लिएर प्रतीक्षा गरेका थिए बाहिर, भर्खर बिहे गरेर छोडेर आएको मान्छेलाई कुनै एक्साइटमेन्ट भएन हगि ? आफ्नी नव बिबाहिता पत्नी आउदा ? थुपै प्रश्न उसका अगाडी थिए तर बाशु नत मस्तक भएर सुनिरह्यो ।

भोक र निद्राले गालेको थियो जेनीलाई । एक टुक्रा खाईन, अमेरिका टेकेको दिनमा नै गासमा ढुंगा लागेको जस्तो भयो । उनलाई बाशुसंग पनी बोल्न मन लागेन । मन मनै शंका उपशंका उठिरहेको थियो । त्यै पनी बासुको न्यानो अंगालोमा कतिखेर निदाइन उनले पत्तो पाइनन । । बासु उठेर कफी तयार गरिसकेको रहेछ । एउटा हातमा कफीको चुस्की लिदै अर्को हातको कफीको कप जेनीको टेबलमा राखी उनको गालामा म्वाइ खाएर उठ जेनी डार्निंग भन्यो, बासुले। भोलिपल्ट बिहान बल्ल उनको आँखा खुल्यो   लामो यात्रा अनी एयरपोर्टमा बासु लिन नआएकोले र कोठामा आउदा पनि उसंग भेटन नसक्दाको मानसिक पिडा र सारीरिक थकानले उनि ककर्रीकी थिइन । रिस त उनलाई कम उठेको थिएन तर यसलाई बढाउन आबस्याक थिएन / उनले चुपचाप कफीको कप समातेर थान्कयु भनिन एउटा बनावटी मुस्कान दिन भने उनि चुकिनन । बासुले एक हप्ताको छुट्टी लिएर, मेनाहाटन, सिटि र केहि आफ्ना चिर नेपालि साथीहरु कंहा लिएर गए । मलाइ चिनाए । बाशु एक हंशमुख र सहयोगी किसिमका मान्छे हुन भनेर केहिले भनेको सुनिन जेनीले, तर केहि कमि त सबैको हुन्छ भनेका थिए पनि । उनले त्यही कुरा नोट गरिराखिकी थिइन । के हो त्यो कमि कमजोरी ? जेनीको मनमा खुल्दुली जागेकै थियो । तर उनलाई कसैले भनि दिने वाला पनि थिएनन । उनको घर हो वा डेरा अनि उनि कलेजमा पढाउछन वा अन्य नोकरी के गर्छन ? वा ब्यापार एउटा सम्पन्न मान्छे कहा हुन् पर्ने सबै चिज र साधन घरमा थिए । तै पनि अमेरिकामा सबैसंग आधारभूत आबस्याकता पर्ने चिज हुने गर्छ भन्ने सुनेकी थिइन उनले । बासु नेपालको धनिबाउको एक्लो छोरो हो, उसलाई नेपालमै सम्पत्तिको छेलो खेलो थियो र अझै पनि छ नै होला ! कहिले कता कहिले कता गरेरै महिना दिन त त्यसै बितिहाल्यो ।

बासुले आफ्नो बारेमा त केहि बताएको पनी छैन । जेनीले आफैले अनुमान लाउने मात्रै हो । सोधी हाल्नु पनि त राम्रो लागेन उसलाई, उनको बाबुले ठुला बडा खानदानी मान्छे हुन भन्नु भएको थियो । पक्कै तिमी त्यहा आरामदायी जिबन यापन गर्न पाउने छौ भन्नु हुन्थ्यो । अब बाशु काममा जान थालेको छ ।  त्यतिखेर हातहातमा मोबाइल लिएर हिडन पनी अपुग हुन्थ्यो / अहिले त पसल पसलमा बिना सोसल नम्बर ID देखाएर फोनको लाइन लिन सकिन्छ / क्रेडिट पुर्याएर मात्र थपलाइन पाउन सकिन्थ्यो त्यतिबेला, घरको होम फोन मात्र थियो बैनीसंग कुरा गर्न उनलाई, आफ्नो सेलफोन बासुले आफै संग राख्ने गर्थ्यो /  नेपालमा आमाबा संगकुरा नगरेको पनि धेरै भैसकेको थियो / बाशुसंग फोन मागेर उनकोअगाडीनै बोल्दा आफुलाई परेको पिर मर्का बाआमालाई सुनाउन असजिलो हुन्थ्यो उनलाई । उता बैनीले आफुलाई फिस घट्यो भने दिदि केहि पैसा पठाई दे न भन्थी ! तर जेनीले काम गरिकी पनि थिइनन । भिनाजुलाई भन न ! नत्र नेपालमा बाबाललाई भने हुन्छ भनेर टारीदिन्थिन ।

जेनीले अब भने नोकरी जसरि पनि गर्ने भनेर बिभिन्न कम्पनीमा एप्लाई गरिन । सयौ ठाउमा एप्लाई गरे पछि एक आध ठाउबाट रेस्पोन्स आयो । तर इन्टरभ्यु पछि कसैले बोलाएन । बैनिसंग कुरा भैरहन्थ्यो । यो त अमेरीका हो / नोकरी त जस्तो पाए पनि गर्न पर्छ । पैसा भएन भने यहा कसैले पुछदैन । दिदि तैले अरु नेपालि साथीसंग भनेर जा न ! भनि रन्थि । जेनी एउटा नेपालि परिबारकोमा गैकि थीइन । ति परिबार कि महिलाले नेल सैलुङ्गमा काम गर्दी रहिछिन । पैसा कमाएर काठमांडूमा पांच तले घर बनाए भन्दै कुरा नारिकी थिइन । जेनीलाई लाग्यो, मेरो पढाइको काम खोज्दा आजिन भए, उनीसंग काम खोज्न भन्ने बिचारले कुरा गरिन । उनले भोलि देखिन नै आउन भनिन । बासुले पनी केहि नबोली मन्टो हल्लाएर स्वीकृति दियो ।  जेनी त्यस काममा गईन । जेनीलाइ त्यस कामको कुनै ज्ञान थिएन । त्यहा हातलाइ नङ्ग काटेर सरसफाई गरि ग्राहकले चाहेको रंगमा भने अनुसारको बुट्टामा नङ्ग पालिस लगाउने, कसिको नक्कली नङ्ग गाँसेर लामो बनाइदिने । यहि कामलाइ मेनिकेयर भन्दा रहेछन । अमेरिकामा धेरैबेर उभिएर काम गर्न पर्ने भएकाले पनि खुट्टाको कुराकुच्चा बाक्लो हुने अनि मोटा आइमाई वा लोग्ने मान्छेले नुगेर खुट्टाको सरसफाई गर्न नसकेर होला खुट्टालाइ खुर्केर सरसफाई गर्न नङ्ग कटाई र नेल पालिस लगाउन नेल सैलुङ्ग आउदा रहेछन । यसैलाई पेडी केयर भन्दा रहेछन । जेनीलाइ पनि सिकाउन बसाइयो । शुरुमा सिक्न आउनेलाइ केटा मान्छेको पेडी केयर गर्न लगाइदो रहेछ । उनको भागमा त्यहि पर्यो । एउटा मोटो काले मान्छे पेडी केयर चियरमा  बस्यो । उसको मोजा खोलिदिएर तल भाडामा राखिएको मनतातो पानीमा केहि केमिकल हालेर डु बाइन अरुले सिकाए बमोजिम, उनले त्यस मान्छेको खुट्टा मलेर सफा गरिरहदा उनका आँखामा आँशु झरिरहेका थिए, त्यसपछि ति खुट्टालाइ घुडासंम मुलायम कपडाले पुछेर नङ्ग काटि दीन लगाए, पुरुष भएकोले पोलिश लगाउन परेन, जेनीले यो सकेंजेल कसैको मुखमा हेरिनन, त्यो तिनको ट्रेनिंग थियो पहिलो दिनको, उनको हातमा त्यो मान्छेले दश डलर टिप्सको रुपमा उनको हातमा राखिदियो । पसलेले टिप्स उनैलाई राख्न दियो ।

जेनी उक्त पसलबाट निस्किन र सरासर कोठामा गइ डाँको छोडेर रोइन । उनले कहिले कल्पना पनी गरिकी थिइनन कि अमेरिका आएर जे जस्तो काम पनी गर्नै पर्छ भन्ने ? मेरा बाबुले धनि खान दानी धेरै पढेकोलाइ अमेरिका बसेको केटोलाइ बिहे गर्दिए भनेर आफुलाई भाग्यमानि सम्झनु भएको छ । म भने कालेका कुहेका खुट्टा मल्दै बसु र डलर समातेर खुशी मनाउ !  मैले बाशुलाइ सोधेको थिए । उसले त अमेरिकामा जे पनि गर्न पर्छ जाउ जाउ भनेर भने ! म त यो काम गर्दिन मैले सक्दिन, त्यहाको गन्ध नै मनपर्दैन / मेरो बाउले मलाइ पढाएको लेखाएको यहि काम गर्नको हो ? मान्छेहरुअमेरिका भनेर किन मरीहत्ते गर्छन ? साच्चै नेपालमा हरेक नेपालि युवा युवति अमरिकाको सपना देख्छन, यहा टेक्न लालाईत छन किन ? केहि सयमा दुइ चारजनाले राम्रै गरेका होलान ! तर हजारौलाइ यस्तै चलिरहेको छ  / यस्तै मनमा धेरै सोचाइआए उनले आफ्नो भबिश्य के हुने हो? बाशुको मनमा के छ ? उपनि घुमसुम भएको पाउछिन उनले /

केहि दिन देखि बाशु धेरै तनाबमा भएको महसुस गरिकी थिइन् जेनीले, हैन हजुर तपाइँ तनाब हुनुन्छ ! भन्नुस न मलाइ के हो भनेर सोधिन उसलाई, मेरो तनाब तिमीले कम गर्न सक्दिनौ । भनेर जबाफ दिन्छ जेनीलाई ।

अलि झर्केर बाहिर निस्केर गयो बाशु । एक त हिजो नेल सैलुङ्गको तनाब थियो जेनीलाई भने आज पहिलो पटक बाशु झर्केर बोलेको थियो । बासुसंग आत्मियता माया बढन सकिरहेको थिएन । सायद केमिष्ट्री नमिलेर हो कि ? संस्कार नमिलेर हो कि ? बिबाह भएर आए पछि आफुले पनि कम्प्रोमाइज गर्न पर्छ भन्ने कुरा जेनीलाई राम्रैसंग थाहा थियो । त्यसैले बाशुलाइ र उसले गर्ने गरेका काम ब्यापार र उन्को मनोदशालाइ कतै चोट नपुग्ने गरि बुझ्न खोजिन ।

बासु शुरुको बेला जस्तो  न त ब्यबहार नै गर्छ, न त कोठामा चाडै आउछ । धेरै जसो रक्सि खाएरै आउथ्यो ।  यसै गरि बिति रह्यो केहि दिन र महिना । जेनीले बासुको बिगत जाने पछि मात्र उसको तनाबको कारण बुझ्न सजिलो हुने छ भनेर कोशिस गर्छिन / बडो बचेर थाहा पाउनु थियो उनले त्यो ।आफ्नो जिन्दगि सवाल थियो ।

बासु स्टुडेन्ट भीषामा अमेरिका पढन आएको थियो । अन्डर ग्राजुएट बल्ल बल्ल पुरा गरेको थियो । धनि बाउको एक्लो छोरा पैसाको कमि थिएन । बाउले पैसा पठाए पनि उसले बढी खर्च गर्ने पार्ट टाइम काम गरेर निकाल्थ्यो । खर्चालु त थियो नै, उसको एक पाकिस्तानी मुस्लिम केटि साइनासंग प्रेममा परेको थियो । साइना  अमेरिकन सिटिजन थिइ । प्राय नेपालि बिद्यार्थीहरु अमेरिका आए पछि अमेरिका मै सेटल हुने सपना देख्दछन र कागज बनाउने गोलचक्करमा समय र पैसा बर्बाद गरिरहेकै छन । बासु पनि अछुतो हुने कुरै भएन । उनिहरु खुसुक्क कोर्ट मेरिज पनी गरेका हुन्छन । मुस्लिम परिवारमा आफ्नै भाइ भतिजा संग बिहावारी हुने चलन छ । सायानाको काकाको छोराले सायानालाइ धेरै मन पराउथ्यो पनि । पछि ठुलो बाउसँग सायानाको हात माग्न जादा सायानाले  इन्कार गर्छिन र बिहे हुन् सक्दैन । एकआध बर्ष सम्म सायानासंगै बसे पछि एउटा छोरा पनि जन्मे सकेको थियो । तर काकाको छोरा अजिमले सायानालाइ पाउन नसके पछि उसको जिन्दगि बर्बाद गर्दिन्छु भनेर कसम खाएको हुन्छ । कयौ पटक छद्म भेसमा बासुलाई आक्रमन गरिसकेको थियो । तर सबुद प्रमाण नभएर प्रकाउ पर्न सकेको थिएन । सयनालाइ यो कुरा थाहा हुन्छ । उनले आफ्नो बाउलाइ बताउछिन । उनको बाउले केटाले मुस्लिम धर्ममा गरे भने उसलाई खतरा हुने छैन, हाम्रो सम्प्रदायमा कुरा चलाएको थिए । त्यसपछि उसको रक्षा हामीले गर्ने छौ । भनेर सायानालाइ भन्छन । सायना खुला बिचाराकी थिए, उसले बासुको धर्म परिबर्तन गराउन चाहिकी थिइनन । तर दैनिक ज्यान मार्ने धम्कि बासुलाई आउन  थालेको थियो । त्यसैले दुबैको सहमतिले डिभोर्स गरेका थिए तर छोराको भरण पोशानको खर्च भने बासुले दिने गर्थ्यो ।

सायनाले पनि नोकरी गर्न थालिकी छ । उसले बिहा गरिकी छैन अझै सम्म । प्राय उनीहरुको भेटघाट भैरहदो रहेछ । बाशुले पढेअनुसारको त काम पाउन पहिला कागज थिएन, ऐले ग्याप भयो । धेरै प्रतिस्पर्दा छ, सकेन । उसले बिहा गर्नु भन्दा अगाडी पिजा हट डेलिभरी PHD गरेको रहेछ । उसले के गरेको छस भन्दा PHD गरिरहेको छु भन्दो रहेछ । खासै पैसा बचेको थिएन, उसले एउटा अलि नाम गरेको बगाली साथीसंग dunkin donut मा केहि पैसा मिसाएर  त्यसैमा काम गरिरहेको रहेछ । त्यो लाइसेन्स अलिकै नाममा थियो । उसले एक लाख डलर अरु पैसा लगाएर त्यो पसल किन्ने सहमति हुन्छ । सबैले अमेरिकाबाट पैसा नेपाल ल्याउछन । तर उसले आफ्नो बाउसँग व्यापारको लागि पैसा मागेको हुन्छ । बाउले नेपालमा आएर बिहे गर्छस भने बुहारिसंगे एक लाख डलर पनि दिने छु । यो मेरो अन्तिम कुरो हो । यहा मैले कसैको साथ नभएर आफ्नो कारोबार बन्द गर्न परिरहेको छ । यहा आइज यति ठुलो स्थापित कम्पनि छ आइज र समाल तलाई के त्यहा दुख गर्नु पर्या छ र । भन्छन, तर उसलाई अमेरिकाको  नशा छ । बस बासुलाई के चाहियो उसलाई स्वास्नी भन्दा पनि एक लाख डलरको महत्व देखिराखेको थियो । उसले तत्काल बाउको कुरा सकार्यो । उ नेपालमा गएर बिहे गर्न राजि भयो । केटिको फोटो देखाए दुवै बीच फोनमा कुरा कानी भए, बाउले तय गरेकी केटि जेनीसंग बिहे गरेर बाउसँग एक लाख डलर लिएर अमेरिका फर्किको थियो ।

बाशुले  एक लाख दिए पछि बंगाली साथीले लयरसंग मिलेर बनाएको एग्रिमेन्ट पेपरमा दुवैले हस्ताक्षर गरे  । अलिले भनिराखेको थियो । पेपर पढेर हस्ताक्षर गर है पछि मलाइ केहि भन्न पाउदैनस । तर उसले यसो हेरेर तै संग पार्टनर गर्दै छु । के अविश्वासको कुरा हुन्छ र ! भन्दै गर्दियो ।  अमेरिका dunkin donut एक फ़्रेञ्चाइज ब्यापार हो । त्यो ठेगानाको पसलमा उसले एकलाख डलर साझेदारीमा इन्वेस्ट गरेको त कागज बनेको थियो । केहि महिना पछि अली आफ्नो आफन्त भेटन बंगालादेश गयो ।  उ महिनौ दिन फर्केन । अलीसंग सम्पर्क पनि गर्न सकेन । त्यस पसलको लिज सकिएको रहेछ । उसले एक महिना भित्र पसल सार्न पर्ने भयो । स्टोर सार्नको लागि dunkin donut को इजाजत पत्र पनि चाहिन्थ्यो । नभए पनि अलिबाट पावर अफ अटर्नी लिएको हुनु पर्थ्यो ।  घरमालिकसंग गरेको लिज पेपर पनि थिएन । अलीसंग सम्पर्क हुन सकेन । बासु रनाहामा पर्यो । पटक पटक गरेर दुइ लाख डलर लगानी भैसकेको थियो । न उसको नाममा फ़्रेञ्चाइजको अथोरिटि पेपर थियो । घरमालिकले स्टोरमा ताला लगाइदियो । उसले त्यो पसल पनि सार्न सकेन । दुइ दिनपछि स्टोर भएको ठाउमा जादा, त्यो स्टोर अरु कसैले अर्को ठाउमा सार्न लागिरहेको थियो । उसले रोक्न खोज्यो तर सकेन । उसले कोर्टमा गएर मुद्दा हाल्यो । अलीको नाममा फ़्रेञ्चाइज, अलिले नै अरुकै नाममा नामसारी गरि धेरै पैसा लिएर गएको रहेछ । अब बासु आर्थिक रुपमा पुरै नाङ्गिएको थियो ।

मालिक भएर बिजिनेस गरेको मान्छे फुटपाथमा आएको थियो । अलीसंग कहिल्यै न भेट हुन् सक्यो न उसको बारेमा पत्ता लगाउन सक्यो उसले । उसले तनावको कारणले धरै जसो रक्सि पिएरै कोठामा जाने गर्थ्यो । जेनीसंगको ब्यवहार दिन प्रतिदिन नराम्रो गर्दै गएको थियो । उसले घरबाट बार बार पैसा पठाइ दिन भनिरहन्थ्यो । जेनीलाई आफ्नो बाउसनग पैसा माग्देउ भनेर दवाब दिन पनि चुकेको थिएन । बासुको आमदानी हुन् छोडे पछि, सायाना तर्फ जन्मेको छोराको पैसा उसले पुरा गर्न सक्दैन । जेनी आजित भएर एउटा स्टोरमा सेल्सगर्ल काम गरेर बल्लतल्ल घर चलाएकी थिइन । जेनीलाई बासुले बंगाली केटिसंग बिहे गरि छोरा पनि जन्मेको कुरा थाहा थिएन ।

अहिले सम्म बासुले यो कुरा लुकाएको थियो । एक दिन सायाना बासुको घरमा आएरै छोराको खर्च मागिन तब जेनीलाई यी सब कुरा थाहा भयो । सायाना घरमा आउदा बासुमा सायनाप्रतिको प्रेम अझै देखिन्थ्यो भने  सायनाको अनुहारमा पनि उप्रतिको प्रेम यथावत भएको भान हुन्थ्यो जेनीलाई जेनी रोइन कराइन, किन मलाइ यो भ्रममा पारेर बिहे गर्यौ । यति ठुलो कुरा लुकाएर, बल्ल मैले थाहा पाए तिमिले मलाइ किन वास्ता गरिराखेका छैनौ ? मपट्टि कुनै आकर्षण थिएन आफ्नै मस्ती मात्रै थियो म संग भने सामान्य ब्यबहार मात्रै । वा ! वासु, तिमीले मेरो बुवालाई  धोका दियौ, मलाइ धोका दियौ । किन यसो गर्यौ, भन्दै बासुलाइ समातेर झम्टीइन ! तिमीलाई मैले बिहे गरेको मेरा बाउआमाको लागि हो । तिमि धेरै नकाराउ । यहा बस्ने भए बस, नबस्ने भए नबस, नेपाल मेरा बाउको घरमा बस, यहा सायना मेरो गर्लफ्रेन्ड पनि हो पुर्बपत्नी पनि हो । जाउ के गर्न सक्छेउ गर ! भन्दै गालामा थप्पड लगाएर धकल्दियो ! जेनी कोठाको  भित्तामा गइ लड़िन / जेनीले सपनामा पनि बासुले यसो गर्न सक्छ भन्ने लागेको थिएन । उ छाँगाबाट खसे जस्तै भइन । बासु जेनीलाई गालि गर्दै बाहिरियो । जेनी दुइ जिउकि भैकी थिइन् । ९११ कल गरे त पुलिस आउथ्यो बासुलाई समातेर लान्थ्यो पनि तर उसंगको सम्बन्ध त सकिन्थ्यो बढा धैर्य भएर सोचेर हतारमा केहि गरिनन ! उनले आफ्नी बैनी रेनुलाई फोन गरेर सबै कुरा बताइन । साँझ कोठामा आयो बासु । बासुले जेनीसंग हात जोडेर माफी माग्छ । जेनीले उसको दुइ रुप देखेर छक्क पर्छे । ठिकै छ मनले भनि तर रुदै चुप बसी रहिन । मलाइ माफ गर्देउ । मलाइ त्यो बंगालीसाथीले धोका दिएर मेरो सबै पुंजी बर्बाद गराइदियो । मलाइ सहयोग  गर जेनी भनेर उसको अगाडी हात जोड्यो । पहिला त उसलाई विश्वासै लागेन । बासु त्यस्तो स्वभावको मान्छे नै हैन ! पेटमा बच्चा आइसकेकोले जेनी बिबस थिइ ।

जेनीलाइ अर्को ठाउमा काम गर्न लिएर जान्छ । पहिलेको ठाउमा भन्दा बढी तलब आउछ भनेर लगेको हुन्छ । काम गर्ने सहयात्री सहयोगी थिए । उनले अलि सजिलो काम पनि पाइकि थिइन । हप्ता बित्यो, सबैले पैसा पाए, उनले पैसा पाइनन । तलब नपाए पछि मेनेजर कहा रिपोर्ट गरिन । मेरो चेक पाइन भएर । मेनेजरले जवाफ दियो यो पैसा त उसको बैक खातामा जामा भएको छ ।  हायर हुने बेलैमा लेखिएको छ , फेर्न मिल्दैन, बासुलाई सोध्नुस ! जेनी अवाक भै कोठामा पुगिन । कोठामा पुग्दा बासु टेबलमा रेड लेबल पिउदै थियो । किन बासु तिमीले मैले काम गरेको चेक आफ्नो खातामा जमा गर्न लगाएछौ । मैले लिए पनी हाम्रै लागि त खर्च गर्ने हो । किन तिमीलाई बिश्वास लागेन हगि ? एक हप्तामा तिमीले पनि कहिँ काम पाई हाल्छौ ! बैक खाता नम्बर लेख्ने ठाउमा मेरो लेखिएछ, मैले मेनेजरलाइ भन्दिन्छु । तिमि नआत्तिउ भन्दै भनेर शान्त्वना दिन्छ । बासु रक्सीले मात्न थालिसकेको थियो । जेनीले केहि नबोली भान्छामा भोलिको टिफिन, खाना तयार गर्न लागिन । एक दुइ हप्ता बित्यो बासुले नोकरी खोज्ने तरखरै गरेन । यता जेनीको तलब बासुको खातामा जान थाल्यो । हुदा हुदा उसलाई ट्रेनको भाडा पनि बासुसंग माग्न पर्ने हुन्छ । मलाइ काम गरेको पैसा मैले पाउनु पर्छ, अब तिमीले लगाएको काममा जादिन । भनेर बिद्रोह गरिन । तिमि आफु काम गर्न नजाने अनि मेरो तलबले ब्लेक लेबल पिउने ? यो हुने सक्दैन, बासु, बासु जुरुक्क उठेर जेनीलाइ दुइ झापड लगाउछ । उसको फोन पनि कुचेर फोडीदिन्छ।  उल्टै उसले मनको बिष बमन गर्यो, मैले तलाई ग्रिन कार्ड बनाइदिएको छु । यसको पचास हजार डलर चाहिन्छ मलाइ त्यो पैसा पुर्याए पछि मात्र तलाई उन्मुक्ति दिने छु । उसका डरलाग्दा राता राता आँखा र अनुहार देखेर जेनी असाध्यै डराउछे । बासुको यो राक्षसी रुप देखेर,

रक्सीले धुत परेको बासु ओछ्यानमा पल्टेर घुर्न थाल्यो । उसले फोन उठाएर चलाउन खोजि तर पुरै नष्ट भैसकेको थियो । रातको मध्य भैसकेको थियो । पुरै घरमा छान मार्दा पनि दुइचार डलर पनि भेट्टाउन  सकिनन । उ बिहानै उठी दुइ घण्टा हिडेर काममा पुग्छिन । किनभने उनीसंग एक डलर पनि बचेको थिएन । काममा उसको साथीसंग फोन मागेर बैनीलाई फोन गर्छिन, रेणु मलाइ बचा, म यहा बर्बाद भए अहिल्यै आइज । ढिलो गरे मलाइ देख्न पाउदिनस, भनेर फोन राखिन । रेणु आत्तीइ, उसले भिनाजुलाई पटक पटक फोन गरि फोन उठेन, दिदीको फोनमा फोन गरि त्यसको स्विच अफ छ , उ झन आत्तीइ उ मिजोरिबाट अर्को दिन आइपुग्छिन । दिदीको कोठामा आइ पुग्दा कोठा बन्द थियो । दिदिले गरेको कामको  फोनमा कुरा गर्दा काममा नआएको कुरा थाहा पाइन । अब के गर्ने ? रेनुले सोच्ने सकीनन । छेउको कोठामा सोधखोजगर्दा खै हामीलाई थाहा भएन भन्छन तर एक जना महिलाले एम्बुलेन्स आएको थियो । सायद त्यै कोठाको मान्छेलाई लगे होला भनिन । रेणुले नजिकको हस्पिटलमा गएर बुझ्छिन । जेनीको नामले सोध खोज गर्छिन, थाहा लाग्दैन, तर फ्याट एक जना स्टाफले बेनामी महिला भर्ना भैकी छन् । होस् आ छैन भनेर भने पछि रेनुले लख काटेर उनि त्यै बिरामी तर्फ अघि बढिन । उनलाई आइसीयुमा भेन्टीलेटर राखेर उपचार गरिराखेको पाइन । रेनुले बिरामीको सबै हुलिया अस्पताललाई बताउछिन ।

जेनीको पेटमा बच्चा बसेको पनी छ महिना भन्दा बढी भैसकेको थियो । बच्चा जोगाउन खोज्यो भने आमाको ज्यान खतरा हुने हुनाले रेनुले आफ्नी दिदिलाइ बचाउन भन्न पर्ने अबस्था आइलाग्यो । पेटको बच्चालाइ बचाइहाले पनि इम्याचुयर बेबीले सर्भाइव गर्न सक्छ भन्ने कुनै ग्यारेन्टी थिएन । पुरै दिन रात अस्पतालको उपचार पछि जेनीले आँखा उघारिन । उनका आँखामा आँशु झरिरहे, आफ्नी बैनीलाई अगाडी देख्दा भगवान अगाडी आए जस्तै लाग्यो जेनीलाई । रेनुले दिदीलाई अँगालो हालेर खुब रोइन । त्येतिन्जेल न बासुको फोन उठेको थियो न त उ अस्पताल आएको थियो । उ कोठामा पनी  भेटिएन । रेनु भने रिसले चुर भैकी थिइन । यो सब भिनाजुको अत्याचारले दिदीको यो हालत भएको हो ? दिदिको बच्चा समेतलाइ हानि पुर्याएको भन्ने कुरा ठम्याउन उनलाई कुनै गारो भएन । रेनुले पुलिसमा रिपोर्ट गर्न खोजिन तर जेनीले मानदी मानिनन । भैगो छोदिदे ! भन्दै यो मेरो दुर्भाग्य हो । रेनुले आफु पढने ठाउमा लैजान भन्दा पनी उनले जसरी पनि दिदीलाई नेपाल पठाउनु मन भयो । कोठामा गएर जेनीको पासपोर्ट खोज्छिन तर भेट्टाउन सकिनन । बैनीले न्युयोर्कमा नेपाल सरकारको काउन्सिलर अफिसरलाई सबै कुरा बताए पछि अफिसरले अस्थायी नेपालको पासपोर्ट बनाइदिञ्छन र । अस्पतालबाट डीस्चार्च हुने दिनमै नेपालमा ह्विलचियर पेसेन्जर बनाएर, जेएफके  एयरपोर्ट पुर्याउछिन र एयरपोर्ट भेटेका नेपालीलाई सहयोग गर्न भन्दै दिदीलाई नेपालमा पठाउछिन ।

रेनुले आफ्नो बुबा श्यामलाल लाई फोन गरेर ठुलो इज्जत भएको मान्छेको छोरा हो, धेरै सम्पत्ति छ, अमेरिकामा  PHD गरेको छन् । अमेरिकामा समेत घर किनेको छ । केटा handsome छ । भनेर आफु नब धनाढ्यको रेङ्कमा नाम लेखाउने र अमेरिकामा छोरी बिहे गरिदिएको अनि छोरी ज्वाई अमेरिका भएको भनेर जुँगामा ताउ दिन होला ?  भोलि राति खुरुक्क एयरपोर्ट आएर जेनी दिदिलाइ लिएर जानुहोला । श्यामलालले के भो भन्दै थिए तर रेनुले फोन काटी दीईन । श्यामलालले रेनुलाई फोन सम्पर्क गर्न खोजे, फोन उठेन , त्यस्तै ज्वाइलाइ, अनि छोरी जेनीलाई कसैको फोन लागेन । श्यामलाल र उनकी पत्नीले जेनीलाई के भो होला ? किन उसले खबरै नगरिकन आउदै छ ? सानी छोरीले समेत रिसाएरै फोन गरि यावत कुराले उनीहरु रातभरी सुत्न सकेनन । बिहान झुम्न के निदाएका थिए । फोनको घन्टीले ब्युझायो । श्यामलाललाइ मैले के ठुलो अपराध गरे  ? आज किन मेरो मन कापिरहेछ ? बन्दै पत्नी शिलालाइ सोध्दै छन् । यी मेरा दुइवटी छोरी मेरा आँखाका नानि सरहका हुन् । तिनमा धुलोको कण परे पनि मेरा अन्तर्मन सहन सक्दैन ! लौ हिड, शिला सम्धीलाइ केहि कुरा थाहा होला ? भनेर ड्राइभरलाइ बोलाएर बन्शिधरको घरतर्फ लाग्छन । महिनौ भयो सम्धिसंग कुरो नभएको, पैसा अमेरिका पठाउन भनेर लिएर गएको त्यत्रो पैसाको कुरा त्यसै हराएर गएको छ । छोरीले सुख पाउछे भनि किन यो पैसा माग्नु पर्यो र आखिर यी दुवै छोरीलाई हुने हो भन्ने मन गराएका थिए श्यामलालले, हुन त त्यो पैसाले उनलाई असाध्यै पिरोलेको छ, बैक ब्याज महिने पिछे, आखिर तिजोरिबाट निकालेर दिएको हैन क्यारे ! मनमा यस्तै तरंग उठिरहेको थियो । गाडी सम्धी बन्शिधर्को गेटमा उभियो । हर्न बजाए पछि, कोइ मान्छे आएर खोलिदियो । घरमा भएका एक कामदार महिलाले नमस्कार गर्दै भित्रै आउन आग्रह गरिन । बंशिधर, माथि बैठकमा चुरोट तानेर कुइरि मण्डल बनाएर बसेका थिए । श्यामलाललाइ देख्ने बित्तिकै आत्तिदै कुशल मंगल त हुनुहुन्छ ? अचानक आउनु भयो । तल भान्छेलाई चिया नास्ताको ब्यबस्था गर भन्दै मंगलालाई ल यता आउ त यहा सम्धी सम्धिनी पाल्नु भएको छ भनि बोलाए ।

श्यामलालले सानिछोरिको फोनको बारेमा बताए । जेनीलाई आज राती एयरपोर्टमा  लिन जानु भनेकी छ ।

यहा ज्वाईले पक्कै खबर गर्नु भएको होला ? सोझै मैले उतै लैजान नमिल्ने हो कि ? तपाइसंग सल्लाह गर्न आएका हौ । छोरी र ज्वाई दुबैको फोन उठेन । संच बिसन्च के भएको हो ? एक्कासी यो खबरले हामि हतास भएर आयौ सम्धिजी, बन्शिधरले केहि बोलेनन । चिया नास्ता गरौ न सम्धिजी भने ! मेरो पनी छोरासँग सम्पर्क हुन् सकेको छैन । एक महिना अगाडी डेडी मेरो यहा व्यापारमा अलि समस्या पर्यो पैसा पठाइदिनुस भनेको थियो । तपाइसंग लिएको पैसा पनि उसैलाई पठाइदिएको हुँ । अरुका छोराले यहा पैसा पठाइदिञ्छन । यसले के गर्छ, गर्छ । अब बुहारी गएपछि त सबै  कुरा मलाइ बताउछिन कि ? भनेको उनले पनी अहिलेसम्म केहि भनेकी छैनन । के रहेछ जेनी आउदै छिन । उनबाट सबै कुरा थाहा भैहाल्छ । तपाइले नै लिन जानुस अलिदिन त्यता बसेपछि, फेरी यता बोलाउला र छोरा बासुलाई बोलाएर बल्ल उनलाई फेरी पठाउला ! भनेर बढो सौहार्दिकता साथ् श्यामलालालाई गेटसम्म छोडन आए ।

राति १२ बजे पछि मात्र जेनी आएको प्लेन लेण्ड  गर्यो । अमेरिकाबाट आइकी छोरी हेण्ड क्यारी लतारेर एयर पोर्टबाट बाहिरिदै थिइन । श्यामलाल पति पत्नीले छोरीको लगेज कतिखेर आउछ भनेर कुरेका थिए । उनले सोचेका थिए, छोरीका पक्कै दुइवटा लगेज त हुन् पर्ने हो ! तर छोरी लगेज आउने तर्फ नफर्की सरासर बाहिर निस्कन हिडेको देखे उनीहरु ! छोरीले नदेखेको हो कि भनि छोरीसंगै बाहिरिन्छन । श्यामलालले ड्राईभरलाई लगेज समाल्न पर्छ भनेका थिए । जेनीले आमा बाबुलाइ आफ्नो सामुन्ने पाएर डाँको  छोडेर अँगालो हालिन । समातेर धेरै बेर रुइ रहिन । श्यामलालका बुढाबुढी छोरिसंगै रोए । छोरीलाई थमथमाउदै आफ्नो कारमा राखेर घर आए । छोरि यो अबस्थामा अमेरिकाबाट फर्केर आएको देखेर खुशी त परको कुरा थियो, उनीहरुको मन पीडा थामिएको थिएन । उनीहरु छोरीलाई के भो छोरी भनेर सोध्ने हिम्मत पनि जुटाउन सकेका थिएनन । मलाइ केहि खान मन छैन आमा म आज तपाइसंग सुत्छु भन्दै गएर बा आमाको पलंगमा दन्ग्रङ्ग पल्टिइन र लामो सास फेरिन । मानौ उनि कुनै सैतानबाट लखेटिएर सुरक्षित ठाउमा आए जस्तै गरि । यो सबै कुरा देखेर श्यामलालले अनिष्ट भएको सजिलै अडकल काटिरहेका थिए । सबै कुरा बिहान को च्याय पछी  गरौला, छोरी लामो पट्यारलाग्दो फ्लाइटबाट आइकी छिन भन्दै सुत्न कोशिश गर्छन ।

रातभरि न आमाबाबा सुत्न सके, न त छोरी नै, बा आमाको मनमा छोरीको अबस्था देख्दा पक्कै केहि त भएकै छ ? भनि सोची रहन्छन । जेनी भने भित्र भित्रै आफुले पाएको दुख र गुम्सिएको अबहेलनालाइ कसरि बा आमालाई भनु भनेर सोच्दा सोच्दै बिहान भैसकेको थियो । बिहान अबेर उठेर काम गर्ने आन्टीले चिया बैठक ल्याउछिन, श्यामलालले छोरीलाई बैठकमा बोलाउछन, जेनी आमासंगे टाँसिएर बैठकमा आइ बस्छिन । उनले छोरीलाइ भन्छन : भन छोरी के हो ? तिमि अचानक यहा, यसरी के भो ! जेनीलाई भक्कानो छुटेर आयो र बाबा आज म सबै भन्छु, रुदै भन्छिन । तपाइले के सोचेर मलाइ बासुसंग बिहे गर्दिनु भएको थियो ? ति सबै तपाइका सपना र बिचारको पतन भयो । कोइ मान्छे पनि बिना संस्कार ठुलो र भलादमी हुने सक्दैन, धनि खानदानी मान्छेको छोरो भनेर आफ्नो साख उच्च खानदानसंग जोडेर आफुलाई उच्च बनाउन खोज्नु भएको हैन ?  उच्च खानदानको मान्छेले आफ्नो छोरो सुद्रिन्छ कि ? भनेर तपाइको छोरीको जिन्दगि बर्बाद गरिदियो । तपाइको सम्धिले । उनलाई थाहा नभएको पक्कै होइन ? बाबा, तपाइले अमेरिकामा बसेको पढेको भनेर सोहि केटालाई बिहे गरे तेरो जिन्दगि बन्छ छोरि ! भन्नु भएको हैन ? आज मलाइ हेर्नुस यहि हो म बनेको ! अमेरिका जस्तो ठाउमा मलाइ उसले नरकको जिन्दगि बिताउन बाध्य पार्यो । मैले त तपाइको इज्जत जोगाउन मात्रै मैले धेरै कोशिश गरेर बस्ने प्रयास गरे, तर अन्तमा उसले सैतानले जस्तै ब्यबहार गर्यो । पिट्यो, मेरो पेटको बच्चा समेतलाइ नोक्सान गराएर मार्यो, बाबा । सायद बैनी रेणु नआएको भए मेरो मुख तपाइहरुले देख्न पाउनु हुने थिएन । बैनीले मेरो प्राण जोगाएर पठाई दिई र तपाइहरुसंग रुन पाइकि छु । मेरो त फर्कनलाई पासपोर्टधरी उसले गायब पारेको थियो । म मर्ने थिए त्यहा । सायद कोइ नेपालीले चेलीले मात्रै मैले जस्तो अबस्था बेहोर्नु परेको होला ? उसले अमेरिका ल्याइदिएको भनेर मसंग पचासौ लाख माग्दै थियो, बाबा उसले, उ तपाईको ज्वाई हो कि मेन पावरको दलाल हो ? उसले मेरो यौन शोसन र प्रताडना पनी  गर्यो । उसको त एउटा छोरो र पाकिस्तानी स्वास्नी पनि छ, त्यहा । म अब त्यसको घरमा त जाने कुरै आउदैन ! बरु त्यसलाई कसरि संजाय गराउने बारे सोच्नुस, बाबा । ठुलो घरानिया धनि घरको छोरो अमेरिका भएको भनेर मलाइ बिहे गर्दिनु भयो । जो मेरालागि अभिसाप भो, बाबा ! जेनी थरथर काम्दै आँखा राता राता बनाएर अश्रुधारा बगाउदै आफ्नी आमाको काखमा लुत्पुटाउछिन । छोरीको बिहे र संधिलाइ दिएको करौडौ रुपिया डुबाएर घरबार धरौटी राखेका श्यामलाल अचानक हार्टअट्याक आउछ र ढल्छन ।

 

०३/२२/२०१९

,

 

Leave a Reply