सकारात्मक बिचार के हो ?

 

सबैले सकारात्कम बिचार राख्न पर्छ भनेकै हुन्छन, आखिर  सकारात्मक बिचार के हो त ? जहासम्म मैले बुझे अनुसार सकारात्मक सोच भनेको हामीभित्र भएको मानसिक मनो प्रवृति हो जसको बिचारले समाजमा असल र उपयुक्त परिणामको अपेक्षा गरिएको हुन्छ  । अर्को शब्दमा भन्ने हो भने सकारात्मक बिचारलाई सकारात्कम सोचमा बदल्ने प्रक्रिया हो र यो सोचलाई साच्चैनै वास्ताबिक शक्तिमा बदल्ने नै हो । एउटा सकारात्कम बिचार परिणाम वाट जुनसुकै अबस्थामा पनी स्वस्थ, खुशी  र सुखान्त अबस्थामा समापन हुनको लागी पर्खिरहेको हुन्छ / धेरै मानिसहरु पनि यस आदर्शबाट आकर्षित भएका छन् । धेरै सफल मानिसहरुले भन्ने गर्दछन मैले सकारात्मक सोच बनाएर काम गरे र म आज यस पोजिसनमा छु । त्यसैले सफलताको कुंजी भनेकै सकारात्मक सोच वा विचार नै हो भनि राखेका छन्  रआफ्नोजीवनशैली पनि सकारात्मक प्रवृति भित्र समावेश गरेका हुन्छन / धेरैजसो चिन्तित र दुखि भएका मानिसहरुलाई सकारात्कम बन र सकारात्कम सोच बनाएर अगाडी बढयौ भने सबै कुरा राम्रो हुदै जान्छ भन्यौ भने त्यसलाई हल्का रुपमा सकारात्कम बिचार राख्नु पर्छ भनेर अरुलाई भन्दै गर्ने तर आफैले अनुसरण नगर्ने प्रवृति त्यतिकै छ हामी  भित्र ।

हरेक बिषयबस्तुमा बिग्रदै गएको र अझ धेरै खराब हुने सम्भावना भएको, सुधार हुदै नहुने झन् बिग्रने मात्रै सजिब अबस्था देख्ने, त्यहि बिचार रोमालिने सोचलाइ नकारात्मक सोच भन्दछ / जुन सकारात्मक सोचको ठिक बिपरित सोचलाई नै नकारात्मक सोच भनिएको हो ।  फेरी नकारात्मक बिचार के हो त ? यो थाहा भएन भने सकारात्मक बिचार ठिकसंग बुझ्न गाह्रो हुन्छ । यो बिचार ठिक त्यसैको उल्टो बिचार हो । नकारात्मक बिचार भनेको सबैकुरा बिग्रिरहेको देख्ने मानिस मा भएको दुर्गुण हो ।

 

सकारात्मक सोचका फाइदाहरु

  • दैनिक रुपमा हुने तनाब चिन्ता कम हुन्छ ।
  • स्वस्थ तथा दृढ बिश्वास बढछ
  • खुशीसाथ लामो जिबन यापन गर्न सकिन्छ
  • धेरै मित्रहरुको साथ्  पाइन्छ
  • महत्वपूर्ण निर्णयहरुमा  असल ब्यबस्थापन गर्न सकिन्छ

 

सकारात्मक बिचार आउन सो को निर्माण गर्नका लागी हाम्रो आनी बानि र सद ब्यबहार शरीरको अबस्थामा निर्भर गर्ने गर्दछ त्यसका लागि केहि आधारभुत कुराहरू पुरा हुन् आबस्याक हुन्छ  । जबसम्म मनमा भावनात्मक सकारात्मक बिचारको प्रार्दुर्भाव हुदैन तबसम्म साचो सकारात्मक कुरा बिचारमा प्रष्फुटित हुन सक्दैन । भावनात्मक अनुभुति सकारात्मक हुन् को लागि पोजिटिभ इम्पुट हुन जरुरि छ । जबसम्म सरिरमा आबस्याक तत्व इन्पुट  हुदैन तबसम्म सकारात्मक सोचको आउटपुट निस्कन सक्दैन । त्यसैले केहि आबस्याक तत्व र सारीरिक अबस्थाले यसलाई प्रभाव पार्दछ । सकारात्मक सोचको बिकास गर्नको लागि निम्न पांच तत्व सरिररलाई आबस्याकता पर्दछ ।

 

१. निद्रा : निद्रा नपुगेको मानिसले कुनै पनि सकारात्मक कुरा गर्न सक्दैन् र उ सकारात्मक हुनै सक्दैन ।

 

२. सारीरिक ब्यायाम, योगा ध्यान:  दैनिक रुपमा बिहान उठी ब्यायाम योगा नगरेसम्म सारीरिक र मानिसिक रुपमा ताजगी हुन् सकिदैन / यसले मस्तिष्कमा अक्सिजनको लेबल बढाउछ, मन मस्तिष्कमा ताजा तरोज बनाउदछ । यो नगरेसम्म त्यस व्यक्तिमा सकारात्मक  बिचार आउन सक्दैन ।

 

३. भिटामिन डी:  घामको सिधा सम्पर्क सरिरमा पार्न नसके पछि भिटामिन डी को कमि हुन्छ । भिटामिन डी  को कमीले हामीमा अल्छी लाग्ने, सरिर दुख्ने,रिस उठने र नकारात्मक सोच को बिकास हुन्छ । त्यसैले सुर्यको किरण मात्रै भिटामिन डी एउटा सर्वसुलभ माध्याम हो । त्यसैले भिटामिन डी सरिरमा पूर्ति जरुरि छ सकारात्मक सोच को बिकाशको लागि ।

 

४. खाना: हामीले जस्तो खाना खान्छु त्यस्तै हाम्रो मन हुन्छ । जस्तो खाना हामि खान्छौ हामि त्यसतै बन्छौ /  खानामा प्राय हाम्रो आब्स्यकीय फ्याट एसिड कम हुन्छ / जुन हाम्रो ब्रेनमा आबस्याक हुन्छ । एक्स्ट्रा अलिभ तेल  जसलाई नेपालीमा जैतुन भानिन्छ र अर्को आलसको तेलमा पनि ओमेगा थ्री तत्व पाइन्छ बिशेस किसिमको माछाको तेलमा पनि ओमेगा थ्री पाइन्छ । जुन हाम्रो ब्रेनलाई स्वास्थ्य र मजबुत बनाउन मदत गर्छ । शुध्द र पौष्टिक आहार भएन भने हाम्रो मतिश्क कमजोर हुन्छ । त्यसले सकारात्मक सोचको बिकाश गर्न आहारको पनि त्यत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । बदाम पिस्ता काजु किसमिस, ओखरले पनि ब्रेनालाई स्वस्थ राख्न मदत गर्दछ ।

 

५. सास प्रश्वास (अक्सिजन ) : सरिरमा प्रयाप्त अक्सिजनको मात्रा पुगेन भने धेरै रोग लाग्न सक्छ । ग्लुकोजलाई पचाउन र जलाउनको लागि पनि अक्सिजन चाहिन्छ । प्रत्येक सरिरको  कोषमा अक्सिजनको मात्रामा पुगेन भने त्यो कोष मर्दछ र क्यान्सर हुन् सक्छ । त्यसैले प्रयाप्त अक्सिजन सरिरमा पुर्याउन जरुरि हुन्छ । त्यसैले सास फेर्दा पुरै स्वास लिने छोडने गर्नु पर्दछ । लामो स्वास प्रस्वास अर्थात प्राणायामले सरिरलाई र ब्रेनलाई ताजगी र स्वस्थ राख्न मद्दत गर्दछ । जसले गर्दा, हामीले सकारात्मक सोच निर्माण गर्न मदत गर्दछ ।

 

हामीमा आइरहने नकारात्मक सोच जुन हामिले सिक्यौ कि जिन्दगि सोचे  जस्तो सजिलो छैन । यस कुरालाई सकारात्मक सोचमा बदल्नको लागि हामीले निरन्तर अभ्यास र प्रयोग गरिरहनु पर्दछ ।

 

सकारात्मक सोच निर्माणको लागि यसरी अभ्यास र प्रयोग गर्न सकिन्छ ।

 

–  जहिले पनी  बोल्दा सकारात्मक शब्द चयन गर्ने  :                                                              मैले सक्दिन, मैले गर्दिन, यस्तो हुदैन, हुदै हुदैन, जुनसुकै नकारात्मक शब्दको सट्टामा सकारात्मक जस्तै मैले सक्छु, यस्तो हुन्छ, यो हुन्छ भन्ने शब्द चयन गर्न सकिन्छ । यसले आफुले आफुलाई सुखद सम्बन्ध बनाइराख्न सम्भव बनाइ दिन्छ । सबै कुराहरु सम्भव छन भनेर स्वयं आफै स्विकार गर्न सक्नु पर्दछ ।

– आफुसंग भएका सबै नकारात्मक अनुभवहरुलाई मनबाट निकाली दिने :

आफ्नो अनुभव र यादमा भएका सबै नकारात्मक बिचार र सोचलाई खराब मुढमा पनी मतिश्कमा आउन नदिने, आउन नदिने प्रयास गर्ने, बितेका जिन्दगीका नराम्रा क्षणहरुलाई  भुलेर आगामी दिनहरु उज्जल देख्ने र त्यस दिशा तर्फ उन्मुख हुने, आफुलाई सकारात्मक बनाइ रहने, सदा भबिश्य प्रति आशाबादी बनेर, परिणाम समेतको लागि पर्ने ।

 –     जहिले पनी सफल पाउने शब्दहरु सचेत मन मश्तिश्क लिने ; सदा सफलता, खुशी र बलियो आत्माबिश्वासलाइ आफ्नोअधिनमा राख्न कोशिस गर्ने, नकारात्मक कुरालाइ ध्यान नदिने र सकारात्मक कुरालाइ केन्द्र बिन्दुमा राखी सम्बाद र चिन्तन गर्ने ।

–  सदा सकारात्मक बाक्यहरुलाइ बोलीमा आदत बसाल्ने, जसले गर्दा सबैमा प्रेम सदभाव बढोस  

–  सकारात्मक कुराबाट सफल भएका अबस्थाहरुलाई सोचेर कुराको शुरुवात गर्ने । कुनै पनि ढुक्क नभएको कुरालाई एकातिर राखी बिश्वासिलो तर्कका सफल बुदामा अगाडी बढाएर बहस गर्ने बानि गर्ने । – सकारात्मक कुरालाई कायम राख्दै केहि गलत भएका कुरालाइ पर्ख र हेरको नीति अनुसार समिक्षात्मक कुरा गरेर पनि भविष्यमा सकारात्मक काम हुने र सच्चिने कुरालाइ लिनु पर्दछ ।

– जुन कुरा गलत भए जुन कुरा सच्चिन सक्दैनन् तिनीहरुलाई भुलेर वा छोडेर आफुलाई अगाडी बढन प्रेरित गर्ने ।

– असफलता नै सफलताको राज हो भनि त्यसबाट  शिक्षा लीइ त्यसलाई अबसरको रुपमा स्विकार गर्नु । जसले गर्दा फेरी सफलता हासिल गर्ने सम्भावनालाइ  प्रबल गराउदछ ।

– काम गर्दा एउटा भिजन र तस्बिर बनाएर के प्राप्त गर्नेको लागि के कति टाढा छ  भनि सकारात्मक दुरी बनाएर लक्ष्य कायम गरेर आफ्नो लक्ष प्राप्त गर्न सकिने छ । भन्नेकुरा राखेर सकारात्मक सोच बनाउन उत्प्रेरित गर्ने ।

डालस, टेक्सास, २०१९/२/२१

 

Leave a Reply