खुट्टा तान्नेको कमि छैन यो दुनियाँमा ।

पछाडि फर्कदै नफर्क / मान्छेले तपाइलाइ तानेर आफूसंगै राख्ने छन र तपाइलाइ आफ्नो भरिया बनाउछन।  मान्छेको स्वभाव हुन्छ । तपाइको नजिकको मान्छेले तपाइका इष्टमित्रले  आफु भन्दा अगाडी बढन कुनै पनि हालतमा दिदैंनन  ।  तपाईका हातखुट्टालाई कुनै कुनै न कुनै बन्धनमा पारेर पछाडि तानिराखेका हुन्छन । तपाइकै समकक्षीले तपाइलाइ जहिले पनि एक कदम पछि पार्न हरदम कोशिश गर्ने छन् । यदी उनीहरुकै षडयन्त्र पर्नु भन्यो भने वा त्यो षडयन्त्र थाहा पाउनु भएन भने तपाइँ जिन्दगीमा अगाडी बढनै  सक्नु हुन्न। अझ राजनीतिमा भन्ने पर्दैन । नेपालमा जहिले पनि आफ्नै पार्टीका सदस्यले धोका दिएर सरकार ढली राखेको छ । एकले अर्कालाई धोका दिएर सिध्दाउने खेल हुन्छ । 

एउटा   कथा छ बाबु र छोरा एउटा नदि तरिरहेका हुन्छन । पानिको फोर्स बढ्दै जादा छोराले  आफ्नो बाबुलाई भन्छ  । बाबा मैले समातेको तपाइको हात फुस्किन पनि सक्छ ? यदि तपाइले मेरो हात समात्नु भयो भने त्यो हात मजबुत हुने छ।  मलाइ तपाइँले सजिलै तार्नु हुने छ । एउटा बाबुले आफ्नो सन्तानलाई जस्तो सुकै खतरा मोलेर पनि अगाडी बढाउन चाहन्छ तर अरु कसैले कुनै हालतमा तपाइलाइ आफु भन्दा अगाडी गएको देख्न सक्दैन । चाहे घरमा होस्, समाजमा होस् । राष्ट्रमा होस्  । त्यसैले हामी  कसैको हात समातेर धेरै अगाडी जान सकिदैन तर आफ्नो हात अरुलाई समात्न लगाउन सकियो भने र अर्को हातको बलले समात्ने मान्छे भन्दा अगाडी पुग्न सकिन्छ । त्यसले तपाइले आफ्नो हात समात्न लगाउन सक्नु भयो भने बल्ल तपाइँ अगाडी बढन सक्नु हुन्छ । कसैले तपाइलाइ गालि गर्न सक्छन । तपाइलाइ लडाउन सक्छन । बाधाहरु तघारा लाग्न सक्छन । ति सबैलाई पर्वाह नगरिकन आफ्नो लक्षमा अगाडी बढनु पर्छ । 

तपाइले बिचार गर्नु भएको यसुलाइ सुलीमा चढाउनेहरु के उनीहरु खराब मान्छे थिए, के उनीहरु पापी थिए । होइन तिनीहरु पनि मन्दिर जान्थे , पुजा गर्थे । असल थिए , धर्मार्थी थिए । असल मान्छेले असल मान्छेलाई सुली चढाए । मीरालाई बिष पिलाएर मारे  ।  के उनीहरु कृष्ण भक्त थिएनन र ? धर्मार्थी थिए ।  तर पनि मीरालाई कृष्णको भक्तिमा बाधा पुर्याउन यस्तो गरे । यो संसारमा कसैले कसैलाई छोडने वाला छैन । भाइले भाइलाई छोडदैन, भने अरुको के कुरा गर्नु हुन्छ ? यदि तपाइले एकाध बर्षमै तरक्की गर्नु भयो भने तपाइका इर्द गिर्द्का सबै  साथी भाइहरुको इगोमा हर्ट हुन्छ ।  अनि तपाइको खुट्टा सबै  मिलेरै तान्ने छन ।  अत :  कसैको पर्वाह नगरेर सिर्फ आफ्नो लक्ष साधेर अगाडी बढ्नुस, पछाडी फर्केर हेर्न थाल्नु भयो भने तपाइको उन्नति रोकिने छ । 

 

जय होस् । सबैको कल्याण होस् !!!  

 

०२/२६/२०२१ 

 

Leave a Reply