बलात्कार भन्ने बित्तिकै साधारणयता लोग्ने मानिसले आइमाइलाइ जबर्जस्ती करणी गर्नेलाइ भन्ने बुझ्दछौ ।  नियम कानून बिपरित वा कानूनको उलंघन पनि एक किसिमको बलात्कार नै।  शोषण गर्नु पनि मानव अधिकार माथि बलात्कार गर्नु हो। तर हाम्रो देशमा त उमेर नपुगेका बालाबालिका हरुलाई ललाई फकाई गरि एकान्तमा लगेर बलात्कार गरी  मारेर फालिरहेका छन्।  निर्मला पन्त, कमला कामि, भर्खर पश्चिममा भागीरथी भट्टलाइ बलात्कार गरी मारेका छन्  ।  अहिले सम्म जति बलात्कारमा परेका छन् ति सबै  निम्न स्तर गरिबीमा बाँचेका परिबारका नाबालक बालिका हुन् । जसको आवाज न्यायलयसम्म पुग्न सक्दैन । तिनीहरुको परिवारमा मात्रै यस्ता घटना घटिरहेका छन्  । एकैछिन यी घटनाको बारेका कुरा उठछ र बिस्तारै सेलाउदै जान्छ । यहि नियति भोगिरहेका छन् । यसरी आज यी गरिवले भोगीरहेको  पिडा भोलि पदमा बसेका नेता र सभ्रान्त परिवारमा नघटे सम्म कुनै ठोस नियमकानुन बन्दा पनी  बन्दैन ।  बनाउन पनि कसैले चाहन्नन् । किन र के कारणले यस्ता अमानवीय अपराध समाजमा बढ्दै गैरहेको छ । त्यस बारेमा विवेचनात्मक खोज गर्न कोशिश गरेको छु । यस्तो घटना दोहारी रहनको लागि निम्न कारण रहेका छन् । 

 

सामाजीक कारण

१.आमा बाबुमा चेतना र शिक्षाको कमि हुनाले 

२. बाउले आमालाई हेप्ने हुनाले पनि केटाले केटीलाई  हेपेर ब्यबहार गर्न प्रोत्साहन हुने मनोबैज्ञानिक प्रभाव । 

३. अभिभावक काममा व्यस्त भएकोले  छोरी घरमा एक्लै हुँदा बलात्कारीलाई अवसर प्राप्त हुने हुनाले 

३. साना बालिका यौन सम्बन्धि अनविज्ञ  हुन्छन र बलात्कारी भन्दा बालबालिका कमजोर हुदा, फुत्किन नसक्नुले बलात्कार शिकार हुन् पुग्दछन ।

४. यौन अपराधीको हाउभाउ बुझ्न नसकेर सावधान बन्न नसक्नु ।

६.. पैसाको लोभमा परेर यौनहिंशामा  फसेका पनि धेरै छन्  / 

७. साना नानि लाइ यौन हिंशा गर्न खोजेको कुरा लाजले आफ्ना बाउआमालाई बताउन नसक्नु !

८. आफ्ना छोरीहरुले भन्न खोजेकोकुरा बाबुआमाले सुन्न नखोज्ने हुनाले, नाता वा नजिकको मान्छेले कहाँ यस्तो गर्छ भनेर उल्टो छोरी गालि गर्नु ।

९. कसैले यौन हिंशा गर्दा आफ्नो इज्जत जान्छ भनेर गुपचुप राख्न खोज्नु ।

१०. जहिले पनी धनी वा सम्भ्रान्त परिबारका छोराहरुले गरिबको छोरीलाई बलात्कार गरेका हुन्छन र गरिबपक्षमा बोलिदिने मान्छे हुदैन र धनिमान्छेको बिपक्षमा नबोलिदिने हुनाले  बलात्कारको घटना ओझेलमा जहिले पनी  पर्दछ ।

११ . ठुला वडाकै छोराहरुले बलात्कार गरिरहदा उनिहरुलाई कारबाही गर्न उजुरी गर्न नसक्नु पनी कारण हो । 

१२. त्यसैले सरकारमा पुगेका मान्छेले  अपराधीलाई कडा सजाय दिने कानून  बन्न नदिने र नबनाउने हुनाले पनी /

१२. समाजको लाज र इज्जत जान्छ भन्ने डरले गर्दा बलात्कारका घटनालाई सार्वजनिक गर्न न खोज्नु । 

१३. Schizophrenia भन्ने एक किसिमको मानसिक रोगी भएका पुरुषहरु यस्तो कुकर्म गर्ने सम्भावना हुने गर्दछ । यो रोगको बारेमा समाजका मानिसले बुझ जरुरि छ । कतै आफ्ना छोराहरुलाई यस्तो रोगको शिकार त् छैनन भनि चनाखो हुन् जरुरि छ ? 

१४. बलात्कार प्राय : नजिकको छिमेकी, दाइ भाइको साथि, नजिकको नातेदार वा आफ्नै गाउ ठाउको मानिस नै हुन्छ । त्यस्ता मानिसको नियतलाइ आकलन गर्न नसकेर यस्ता घटना हुन् सक्छन ।

 

सँजायको कमी 

 

१.  नाबालकलाइ बलात्कार गरेर मार्नेलाई कम्सेसम फांसीको सजाय दिनु पर्ने कानून बन्नु पर्छ । 

२.  नाबालकलाई बलात्कार गरि मरणासन्न गराई छोडेमा उसको लिङ्ग भेदन गरि आजीवन काराबास बस्ने कानून बन्न पर्छ ।

३. कानुंनले उमेर पुगेका भए पनि  केटाले केटीलाई बलात्कार गरि मारेमा पनि  फांसीको सजाय दिनुपर्छ । यदि बलात्कार भैकी   युवति उपचार पछि ठिक हुन्सक्ने अबस्था रह्यो भने बलात्कारीलाई  १० बसर्को जेल सहित उसको लिङ्ग रिमुभ गरि छोडी दिनुपर्छ ।

४. ग्याङ्ग रेप बलात्कार  गर्नेलाई फासिको ब्यबस्था गरनु पर्छ ।

५. अश्लिल शब्द प्रयोग गरेर यौनिकहिंशा गर्ने खालको यौन ह्रासमेन्ट गर्न खोजेमा सिधै ६ महिनाको जेल चलान गर्ने ब्यबस्था गर्नआबस्याक छ । 

६. यौनजन्य अंगमा हातापाही गरे मात्र पनि उसलाई २ बर्षको जेल सजाए हुन् आवस्याक छ । 

७. एसिड छेप्ने अपराधीलाई कित उसको अनुहारमा एसिड नै हालेर सजाय दिनुपर्छ । यात  उसकोलिङ्ग काटेर सजाय नदिएसम्म यो घटना दोहारिरहंछ / अपराधीलाई पनि जीवनभर महसुस हुने सजाय आबश्याक छ ।

 

बच्ने उपाए

१.आफ्ना सन्तानलाई यौन सम्बन्धि यौन हिंशा बारे  सचेत गराउने ।

२. कम्तिमा आफ्नासाना छोरीलाइ एक्लै नछोडने गर्नुपर्दछ । 

साना नानीहरुलाई फकाई फुलाई गरि एकान्त स्थानमा लगेर बलात्कार गरेको घटना अगाडी आएका छन्  । 

३. .साना नानि लाइ यौन हिंशा गर्न खोजेको कुरा लाजले आफ्नाबाउआमालाई बताउन नसक्नु,

 आफ्ना छोरीहरुले भन्न खोजेकोकुरा बाबुआमाले सुन्न नखोज्नेहुनाले पनि,  यस्तो घटना हुने सम्भावना हुन्छ । आमा बाउले चनाखो हुन् आब्श्याक छ । 

४.  घरका प्रत्येक आमाबाबुले छोरी मान्छेलाई हातापाही गर्ने यौनिक अंगमा छुने समात्ने कार्य अपराध हो । भनेर आफ्ना छोरी र छोरालाइ पनि सचेत बनाउन आबश्यकछ  । छोरी बैनीहरुलाई सम्मानपुर्बक हेर्न दृष्टिकोण  बनाउन प्रेरित गर्नु पर्दछ ।

५. बलात्कारका घटनालाइ सकेसम्म कानुनी दायरामा कारबाही गराउन प्रशासन र राज्यलाई दबाव दिनु पर्दछ ।

( यी माथिका मेरा निजि बिचार हुन । तपाइहरुलाइ राम्रो नराम्रो लागेमा कमेन्ट गरिदिनु होला )

 

 

Leave a Reply