किन हामी बिमारी भैरहन्छौ ?

 

के हामीलाई  रोग लाग्नु भनेको किटाणुले गर्दा हो ? के ब्याक्टेरिया गर्दा हो ? के भाइरसले गर्दा हो ? अथवा जेनेटिकले गर्दा हो ? के तपाइले क्यान्सरलाई समातेर सरिरमा राखेको हो ? के तपाईले सुगर रोग अरुबाट ल्याएको हो ? के हार्ट एटक्ट 

अरुबाट आएको हो ? 

यसको उत्तर होइन नै हो । फेरी पनी केहि महामारी रोग बाहिरबाट सरिरहेको छ । यो अपवाद हो भवितव्य हुन् सक्छ । यो महामारी रोगले पनी नछुएको पनि कयौ मानिस छन् । महामारी रोगलाई जितेका मान्छेहरु कैयौ छन् । त्यसैले हाम्रा सरिरमा लाग्ने अनेकौ रोग हाम्रै खानपिन रहन सहन वातावरणले सृजना र निर्माण गर्ने हो । रोगको उत्पादन हाम्रै सरिरले गर्ने हो । 

  जंगलमा रहने र प्रकृतिमा बाच्ने सम्पूर्ण स्वतन्त्र जनावरमा माथि उल्लेखित कुनै रोग लागेको अनुसन्धानकर्ताले अहिलेसम्म भेट्याएका छैनन । जंगलमा रहने जनावर रोगबाट मुक्त छन् तर घर पालुवा जनावरहरु बिमारी भैरहन्छ किन ? यसको बारेमा कसैले सोचेका छैनन । किन भने घर पालुवा जनावरलाई मानिसले आफ्नो किसिमको दाना पानी दिन्छन, त्यसैले ति जनावरहरु बिमारी हुन्छन ।  

कुनै पनि मानिसमा लाग्ने रोगका जीवाणुलाइ मुसा र बादरलाइ हालेर बिरामी बनाइन्छ र त्यसमाथी अनुसन्धान गरिन्छ । त्यसले उत्पत्ती गरेको रोगको लक्षणलाइ दबाउनको लागी औषधी निर्माण गरिन्छ । ति औषधिहरु निरन्तर ख्वायर कन्ट्रोल मात्रै गर्ने औषधि बनाइन्छ । रोगलाई निमिठ्यान्न निर्मूल गर्ने कुनै पनी औषधी बनाइदैन । ति औशधीले यति धेरै साइड इफेक्ट गर्दछ कि  फेरी अर्को रोग निम्त्याइएको हुन्छ । यसरि फेरी अर्को औषधि थपिन्छ । यहि कारणले आधुनिक मानिसहरु औषधिकै भरमा बाँचिरहेका छौ । 

कुनै पनी रोगको निर्मूल पार्ने यो संसारमा औषधी बनाउन नसक्ने पक्कै होइन । यदि त्यस्तो औषधी बनाइयो भने संसारमा सबभन्दा बढी लगानी भएको मेडिकल फिल्ड नै धरासायी हुने डरले यो सतकार्य गर्न गरिदैन । मेडिकल फिल्ड औषधि, मेडिकल शिक्षा, हेल्थ इन्सुरेन्स र प्राइभेट हस्पिटलहरुले मुमागे रकम आम जनताबाट प्राप्त गरिरहेकै छन् । एलोपेथि डाक्टरहरुले औषधी प्रिस्काइप गर्दछन । तर कस्तो बिमारीले कस्तो खाने, कुन खानाले के असर गर्दछ । भन्ने कुरा न भनेर भन्दैनन,  जे खाए पनि हुन्छ भन्ने गर्छन । अमेरिकामा केहि बैज्ञानिकहरुले प्राकृतिक रुपमा अधिकांश रोगलाई निर्मूल बनाउन सकिन्छ भनेर प्रामाणित गरेको पाइन्छ । तर त्यसको प्रचार प्रसार भएको पाइदैन, अर्थात त्यसलाई निरुत्साही गराइएको छ । त्यस कुरालाई कुनै पनी मिडियाले साथ दीएको पाइदैन । मिडियालाई पैसा चाहिन्छ ।  आधुनिक एलोपेथी औषधिको यति धेरै बिज्ञापन हुन्छ कि प्राकृतिक उपचार पद्दति आम जनतासम्म पुग्ने सक्दैनन । संसारभरि अहिलेको जमानामा प्रोसेस फुड, पिजा बर्गर, आदि इत्यादी जंक फुड, फ्राई चिप्सहरु आफ्ना छोरा छोरीलाइ ख्वाउछौ । कोक फेन्टा, गुलियो जुस ख्वाउछौ । तर त्यसले स्वास्थ्यमा के असर पर्छ भन्ने कुरा कुनै अभिभावकले सोच्दैन । अर्थात हामीलाई त्यसको ज्ञान छैन । आधुनिक खानाले हाम्रो जिब्रो बिग्रिसकेको, हामीलाई त्यहि चाहिन्छ । त्यसतै खानाको लत लागिरहेको छ । म एउटा एलोपेथि डाक्टरलाइ भेटेको छु । मैले आयुर्वेद र नेचुरल मेडिसिन पद्दतिको बारेमा कुरा गरे । साच्चै नै उनले मलाइ नढाटी भने मैले यसको बारेमा अध्ययन गरेको छु । यो संसारमा सबभन्दा धनि मानिसहरु फुड र मेडिकल माफिया छन् । यिनीहरुको शक्तिशाली संजाल छ । हरेक खानामा केहि नकेही हानिकारक तत्व छ । त्यो मिसाइएको पनि हुन् सक्छ । बजारमा पाइने कतिपय स्वादिष्ठ खाना निरन्तर खाइरह्यौ भने चालिस बर्षको आस पासमा तपाइँ क्यान्सर शिकार पक्कै हुनुहुन्छ । यी खाना कै कारणले मानिसहरुमा रोगको उत्पत्ति भैरहेको छ । मानिसहरुमा प्राकृतिक रुपमा बनिरहने इम्यॊन पावरलाइ नष्ठ गर्दिन्छ । औषधिको कारणले पनी मानिसमा स्वत हुने इम्यून पावरमा ह्रास आइरहेको छ । इम्यून पावरको नास हुनमा वातावरनको हात हुन्छ । 

आयुर्वेद अनुसार मानिस तव बिमारी हुन्छ जब मानिसमा कफ वात र पित्तको ब्यालेन्स बिग्रन्छ । अर्थात सरिरलाई सन्तुलन राख्ने इम्यून सिस्टममा गडवडी हुन् थाल्दछ । खानाबाट प्राप्त हुने toxin अर्थात विषाक्त पदार्थ सरिर जमा हुन् गइ हाम्रा इम्यून सिस्टम नष्ट गरिदिन्छ र रोगले आक्रमण गर्दछ । रोगको उत्पती हुन्छ । 

रोग लाग्नाको कारण निम्न छन 

  • कहिँ  कतै व्याक्टेरिया र भाइरसको सम्पर्कमा आउनु भयो र तपाइको सरिरले  जित्न सकेन भने तपाइ तिनको शिकार बन्नुहुन्छ र बिमार पर्नु हुन्छ ।
  • अर्को कुरा तपाइको सरिरले नै कुनै यस्तो चिज उत्पादन गर्छ जुन तपाइको आफनै कम्जोर ठाउमा घात गरिदिन्छ । तव तपाइँ बिमारी हुनुहुन्छ ।

 यसको दुइवटा कारण हुन एउटा तपाइको इम्युन  सिस्टम कमजोर हुनु, अर्को भनेको तपाइको सरिरमा toxin विषाक्त तत्वले आक्रमण गरेर । अझ हामीले प्रश्न गर्ने ठाउ छ । के कारनले गर्दा माथि उल्लेखित अबस्था आउछ ? हामीले निम्न  निष्कर्ष निकाल्न सक्छौ ।

 

  • हाम्रो सरिरमा धेरै विषाक्त पदार्थ भएको कारणले ।
  • हामीमा यथोचित पौष्टिक खानाको अभावमा 
  • अत्यधिक बिधुतिय चुम्बिकीय अब्यबस्थामा  घेरिनु र नेगेटिभ असर हुनु ।
  • मानसिक र भावनात्मक दवाव भस्नु ।

यहि चार वटा कारणले गर्दा हाम्रा इम्यून पावर घटछ र यहि कारणले सरिरको बन्शानुगत कमजोरी भएको ठाउमा आक्रमण गर्दछ । यहि कारणले गर्दा हाम्रो सरिरमा स्वास्थमा असन्तुलन हुन् गइ रोगले  इन्ट्री गर्छ  । 

 

क्रमश : 

०५/२८/२०२२