सरोगेट मदर(surrogate mother) भनेको के हो ?
भाडामा अरुको लागी अरुकै बिर्य लिएर आफ्नो डिम्बमा गर्भधारण गरि सन्तान जन्माई अरुहरुको सुख शान्ति खातिर अरुलाई आमा बाबु बनाइ दिने सन्तानकी आमालाई सरोगेट मदर भनिन्छ / पछिल्लो समयमा आर्थिक अभावमा पिल्सिएका केहि दम्पतीले नेपालमा विदेशीको लागि दलाल मार्फत केहि पैसामा लिएर सरोगेट मदर बन्ने कामको चर्चा भएको थियो । सरोगेट मदरले बच्चा जन्माई दिने मात्रै काम हो । उसको लालन पालन तथा बच्चाको हक भोग सबै उसको बाबुकै (अरुकै)हुन्छ । त्यस्तो आमाले अरुको लागि नौनौमहिनासम्म गर्भ पेटमा राखी बिभिन्न कष्ट र अन्त्यमा प्रसव बेदना खपेर जन्म्याइ दिञ्छिन न त्यो सन्तानले आमालाई चिन्न पाउछ न त ति आमाले कहिल्यै त्यस सन्तानको मुख देख्न पाउछिन ।

आज करिब करिब बिदेशमा पठाएर सन्तानको सुख र सामिप्य नपाएर तडपिएका थुप्रै आमा बाबु नेपालमा छन । विदेश पठाएर न त सन्तानको मुख देख्न पाएका छन् न त उनीहरुको साथ पाएका छन । नेपालमा बिकराल रुपमा यसरी परिस्थिति बदलिएको छ । नेपाली दम्पतीले जन्माएका सबै सन्तानहरु आफैले लालनपालन गरेर पठन पाठन सिध्दाएर घरको सम्पति बन्धकी राखेर बिदेशी भूमिमा बिदेशी शासकको अधिनमा रहेर काममा जोतिनका लागि पठाउन बाध्य छन । आफुले पढाएर हुर्काएका सन्तानले रोजगारी नपाएपछि बाध्य भएर आमा बाबुले आफ्ना सन्तानलाई विदेशको जिम्मा लगाइदिएका हुन । गाउघर युवा बिहिन भएर रित्तिइ सकेको छ । कयौ आमा बुबाले धन कमाउने आश लिएर अरबको खाडीमा गएका छोराको धनको सट्टा आफ्ना सन्तानको लाश बुझ्न बाध्य पारिएको छ । गाउघर बुढा खाडा मात्रा छन । मलाइ सम्झना छ, भारतिय र ब्रिटिश भर्ति केन्द्र बन्द गर्न आन्दोलन हुने गर्थ्यो । तर प्रजातन्त्र आएपछि पंचायतकालमा स्थापित भएका आधारभूत आबस्याकता पूर्ति गर्ने उद्दोग प्रजातन्त्रको नौटंकी गर्ने शासकहरुले बेची सकेका छन । व्यक्तिले उद्योग खोल्नको लागि सास्ती छ । उद्योग खोलि हाले बिभिन्न पार्टीका मदजुरले संगठनले चल्न दिदैनन । राजनीति पार्टीका चन्दा आतंक छ । त्यसैमा सरकार कर र सैतान जस्ता करका कर्मचारीले आघात भएर धेरै उद्योग बन्द गर्न परेको गुनासो उद्योगीहरुको छन । सरकार कस्तो छ भने कच्चा पदार्थको भन्सार बनेको सामानको भन्दा दोब्बर लिन्छ । जसले गर्दा नेपालमा बनेको सामान भारतको भन्दा महँगो उत्पादन हुन्छ । मानौ सबै सरकारका मंत्रिहरु नै भारतका उद्योग चलाई दिन नेपालमा मन्त्रि बनेका हुन ?
हाम्रो देश कृषि प्रधान देश भने पनी दाल चामल आलु टमाटर, साग र खुर्सानी समेत भारतबाट आयात गरेर मात्र नेपालीको चुलो बल्छ । नेपालि युवाको रगत पसिना बेचेर ल्याएको रेमिट्यान्सले देशमा आधारभूत संरचना बन्ने होइन, छाक टार्न मात्र काम लागेको छ । देशका बिकाशमा बजेट १० प्रतिशत समेत खर्च नगरेर ल्याप्स गराइन्छ । केहि गरे पनि गुण स्तरहीन काम गरेका छन् केहि बन्न नपाउदै भत्किएका छन् भने केहि बनेको केहि समयमा नै बिग्रेका छन । धेरै मान्छेले जिन्दगि भर धन कमाउन काम गरेका छन तर उनीहरुलाई आफ्नो घरब्यबस्था मिलाउन पुरै जिन्दगि बितेको छ, नेपालमा । तर हिजो मात्र हातिछाप चप्पल लगाउनेहरु राज नीतिमा छिरेर दलाली गरि गरि महल र प्याजेरो चढेको नेपालि जनताले टुलुटुलु हेरेर बसेका छन । ति नेता जसले कहिले नोकरी गरेन, कहिले ब्यापार गरेन, हिजोको अवस्थामा खान लाउन समेत नपुग्ने आज कसरी तेस्ता भए । कुनै नेपाली जनताले सोध्दैनन कि ? पार्टीका कार्यकर्ता त दाश सरह नै छन कसैले भित्र भित्र भने पनी मुख खुल्दैनन ।
हिजका सर्बहारा जस्ता चाहे कांग्रेसका हुन वा कम्नुनिष्ठका नेताहरु हुन आज उनको हैसियत कुनै अरबपतिको भन्दा कम छैन । भ्रष्टाचार भन्ने हो भने पियन देखि सचिब मन्त्रि हुदै प्रधानमन्त्रिसम्मको सेटिंग छ । हिजो देखि आजसम्म, जनताले हिजोको शेरे बहादुरको सम्पति पनि देखेका छन्, केपी ओलीको पनि देखेका छन । एउटा खरदारले कतिसम्म कमाउन सक्छ, भन्ने कुरा पनि सबैले देखेका छन । पुलिस र सैनिकका हाकिमले जवानको रासन पानिमा समेत घोटाला गर्न पछि पर्दैनन । तरकारी, दुध, जग्गा र घुस सम्ममा बिचौलिया दलाल नभएको ठाउ छैन । मेन पावर त दलाल कम्पनि नै हो । यसरी खुलेयाम दलाली र भ्रटाचार भएर देश कहिलेसम्म चल्छ । एउटा अर्को दलाली अड्डा छ, अख्तियार जो कर्मचारी र नेता लाइ सुनपानी छर्केर शुध्दाउछ । अनि केहि न्यायधिश हरु छन । अदालतबाट सुध्याउन खप्पिस छन । बिध्दानहरुले भन्ने गर्छन : “व्यापारीले धन कमाएन भने उ बर्बाद हुन्छ । यदि नेताले धन कमायो भने देश बर्बाद हुन्छ” । हो, आज देश त्यस्तै भएको छ ।

देशका हुनाहार युवा जवानहरुको विदेशमा जिन्दगी पचेको छ । अनि केहि कर्मठ युवा पार्टीका अरिंगाल र मौरी भै देशलाइ बिगार्ने नेतालाई संरक्षण गरेका छन । एमाले नेता घनस्याम भुसालले भने झैँ दलाल पुँजीपतिका मतिहार बनेका नेता रहेसम्म देशले काँचुली फेर्न सक्दैन । अब देशले धान्न नसक्ने स्थिति सृजना भएको छ । सम्ब्रिध्दी र बिकाशको नाराले हुने भए पंचायत कालमा नै नेपाल स्वर्ग जस्तो हुने थियो ।
देशको समग्र आर्थिक स्थितिलाइ विश्लेषण गर्ने हो भने प्रजातन्त्र वा लोकतन्त्रले नेपालि जनताको आर्थिक स्थिति सुधार ल्याउन सकेको छैन र देशका हुन्हार छोराहरु बिदेशिन बाध्य पारिएको छ, देशका बरिष्ट बिध्दान भनिने अल्प ज्ञान र कमिशनखोरी र भष्ट्राचारी नेताको कामले । त्यसैले जनता पछाडी फर्कन बाध्य हुने छन । जनतालाई अगाडी बढे पनी पछाडी फर्के पनी उस्तै हो भने जनतालाइ सधै भेडो बनिरहन केहि खाँचो छैन ।
एउटी महिला नेपालमा आमा बनिराखेको हुन्छिन । किन भने उनकी छोरा छोरी ठुलो बनाएर बिदेशको जिम्मा लगाउन आतुर छिन । देशमा रोजगारी छैन । हामीले बनाएका नेताहरुले उद्योग धन्दा कमिसनमा बेचेर भएका मजदुरलाई बेरोजगार बनाए । उनीहरु देशका मालिक बनेका छन । ठेकेदार बनेका छन । उनीहरुको खर्च पर्चका लागि रेमिट्यान्स पठाउन विदेश पचास डिग्री भन्दा तातो ठाउमा पठाउनै बाध्य छन नेपालि बाबु आमाहरु !
मलाइ दुख लाग्छ सायद सबैलाई यस्तै हुन्छ । आफ्ना छोरा छोरी भएर पनी उनको साथ छैन । नेपालमा बस्ने आमा बाबुहरुको अनुहार मलिन छ । दुख र संच बिसन्चमा पनी सन्तानको साथ नपाएपछि, मेरा सन्तान छोरा छोरी छन भनेर देखाउने दात मात्र बनेको छन । नेपालमा पनि यो गलत भैरहेको छ भन्ने केहि व्यक्ति बिशेष छन तर शासक बर्गमा त्यो कुराको महसुस गरेको पाइदैन । मलाइ यो कुराले आतंकित बनाउछ कि बिदेशमा छोरा छोरी पठाएर नेपालमा आशमा बाँचेका आमाहरु सरोगेट मदर बनि राखेका त छैनन ? यसरी नेपाली दम्पति अरुकै लागि सन्तान जन्माइरहदा मलाइ लाग्छ ; के नेपाल सरोगेट मदरहरुको देश बन्न गैरहेको त छैन ?

०६/१८/२०१९
टेक्सास

Leave a Reply