मान्छेका बाच्ने बिभिशिकामा रमाउदा
मृत्युलाई अभिशापका पल ठानिरहदा
सधै रसरंगमा झुम्दै रमाई गानाबजाना
कहा पाइञ्छ र अमरत्वको यो खजाना

आशातित ध्यान मग्न भित्रदेखि स्वयममा
बिलिन भई जागरण अनुभूति स्वयममा
एक्लै शान्तशितल निष्कन्टक अन्धकारमा
मनमन्दिर मौन मुग्ध ध्यानमग्न अन्तर्मनमा

साधनारत मुद्रतातीत मनका उडानसंगै
आकाशमार्ग मनोरम तारापुञ्ज बिचरणसंगै
धर्तिबाटको उडान भरेर सुगन्धित हावासंगै
सप्तरंगी इन्द्रधनुशी विमानमा घामछायासंगै

सुक्ष्म ब्रह्माण्ड सौर्यमंडल अन्तरिक्षसम्मको
अनन्त यात्रासंगै आफु आफै जिबन्त बनेको
यो मांगलिक यात्रा शुखमय अनुभूति बनेको
अनुभूतिसंगै मार्ग भयो मेरो इश्वरत्व प्राप्तिको

सधै रसरंगमा झुम्दै रमाई गानाबजाना
कहा पाइञ्छ र अमरत्वको यो खजाना

११/०३/२०१७

Leave a Reply