पहिले,
सबैले उसको हिडाईमा शंका गर्थे
सबैले उसलाई बोलीमा शंका गर्थे
सबैले उसको कामलाइ शंका गर्थे
हेराइ, लवाई, खवाईमा शंका गर्थे

उ चोर हो जस्तो लाग्थ्यो
उ ठग हो जस्तो लाग्थ्यो
उ फटा हो जस्तो लाग्थ्यो
उ ढाट हो जस्तो लाग्थ्यो
उ घात हो जस्तो लाग्थ्यो
उ संकी हो जस्तो लाग्थ्यो

एक दिन यस्तो दिन आयो

उसको हिडाई राम्रो लाग्यो
उसको बोलि राम्रो लाग्यो
उसको काम राम्रो लाग्यो
उसका सबै काम राम्रा थिए
उसका काम हाम्रालागी थिए
समाज परिवर्तनका लागि
मानव कल्याणका लागि
जीवन जगतका लागि
देशका लागि
जनताका लागि
बिकाशका लागी

१०/२७ /२०१७

Leave a Reply