बालक हुदा सदा निर्धक्क हास्थे जहा कहिँ पनि
आजकल समय र ठाउ चाहिन्छ मुस्कराउन पनि
उनले सोधेको बेला संचबिसंच, सन्चैछ भन्दिन पर्ने
बिसन्चले पिरोलेको बेलामा पनि मुस्कुराउन नै पर्ने

समय र समाजले मान्छेलाई ढोगी बनाएरै छोड्यो
आत्मियता र सामिप्यता औपचारिताले नै जोड्यो
अचेल न म खितखिताउदै खुलेर हास्न नै सक्छु
अचेल न म भिडमा डाको छोडेर रुन नै सक्छु

टिकेको छ झुठो अनि नक्कली यो जमानामा
मित्रता छ नक्कली, झुटो त्यो तिम्रा मुस्कानमा
ए आँशु एक्लै हुदा मेरा आँखामा आए हुन्थ्यो
तमाशा किन बनाउछ् भिडमा न आए हुन्थ्यो

ति प्रिय मेरा आँशुलाई लाग्दो होला
भिडमा मलाइ एक्लो देख्दो होला
त्यसैले साथ निभाउन आउदो होला
सबैको परम मित्र यै आँशु नै होला !!!!

११/०५/२०१७

Leave a Reply