अंतर द्वन्द

उसले मलाइ मार्नैको लागि
मेरै घरमा आगो झोसी दियो

संजोगले म घरमा थिइन
गाउलेको सर्जमिनले
दोषी ठहरायो उसलाई

पुलिशले समातेर थुन्यो
टोले डन रहेछ, छुट्यो

मैले थाहा पाए,
उ दुर्घटनामा मर्यो रे
न मैले समबेदना दिन सके !
न म खुशी हुन सके !

१०/२६/२०१७

Leave a Reply