भागवतगीता अध्याय – ६ को नेपालीमा भावार्थ

FacebookTwitterGoogle+Share

भागवतगीताको अध्याय – ६ को नेपालीमा भावार्थ

भगवानले भन्नुहुन्छ ! जो मनुष्य कर्मफलको इच्छा र चाहना नराखी कर्म कर्तब्य गर्दछ, त्यस्तो व्यक्ति वास्तविक योगी र सन्यास हो | खालि अग्निकर्म त्याग गर्ने सन्यासी हुन् सक्दैन र मात्र कर्म योग त्याग्ने योगी हुन् सक्दैन | हे अर्जुन ! जसलाई कर्मको त्यागरुप सन्यास हो भन्दछन त्यसलाई तिमि निष्काम कर्मयोग भनेर जान जसले संकल्प, इच्छा स्वार्थभाव सान्सारिक बासनालाइ परित्याग नगरेका व्यक्ति योगी होइन | योग साधनामा जान इच्छा राख्ने मननशिल व्यक्तिका लागि निष्काम कर्म गर्नु नै योगको प्राप्तिको साधन हो भनिएको छ | योगमा लिन भएको मनुष्यका लागि कर्मबाट निबृत र संकल्प परित्याग गर्नु नै कल्याणकारी साधन बताइएको छ | योगसाधनामा लिन भएको व्यक्ति इन्द्रियादी भोगमा आसक्त हुदैन र सम्पूर्ण संकल्प र कर्महरूलाई त्याग गरेको अवस्थालाई योगारुढ़ भनिन्छ | मानिस आफुले सांसारिक भवसागरबाट, अध-पतन हुनबाट जोगिएर आफैलाई उद्दार गरोस अर्थात जोगियोस | किनभने मानिसको आफु नै मित्रु हो भने आफु नै सत्रु पनि हो | जो जिवात्माले मन र इन्द्रियलाई वशमा राख्न सकेको छ त्यो आफु नै आफ्नो मित्र हो जसले मन र इन्द्रियलाई जित्न सकेको हुदैन त्यसको लागि स्वयं आफु नै शत्रु समान सत्रुभावमा रहने छ | जो पुरुष गर्मि जाडो र सुख दुख र मान अपमानमा पनि सदा शान्त रही उसको अन्तस्करणकका चित्त ब्रितिहरु शान्त एवं विक्रितिरहित भएका हुन्छन त्यस्ता चित्त्तात्माहरु ज्ञानमा सच्चिनन्द परमात्मामा स्थित हुन्छन | जसको अन्तस्करण ज्ञान विज्ञानले तृप्त हुन्छन जसको चित्त स्थित्ति बिकाररहित छ जितिन्द्रिय छ जसले संसारिक बस्तुलाई मुल्यहीन समान ठान्दछ त्यस्ता व्यक्तिले परमात्मालाई साक्षात्कार गर्दछन भनिएको छ | सबैलाई हित गर्ने मित्र बैरी, पक्षपात रहित, मध्यस्थ भाव राख्ने सबैलाई समान भाव राख्ने व्यक्ति नै सर्बश्रेष्ट योगी ठहर्छ | मन र इन्द्रियलाई वशमा राख्ने वाला, संग्रहरहित भै आत्माको निरन्तर परमेश्वरमा चित्त लगाइ ध्यान मग्न रहनु सच्चा योगीको कर्म हो |

कुश, मृगछाला र कपडा बिछ्याइएको पबित्र स्थानमा न त तल न माथि भएको स्थान बनाइ त्यस्तो आशनमा बसेर मनलाई एकाग्र बनाइ इन्द्रियाहरुलाई वशमा राखी अन्त्स्करणको शुध्दीको लागि योगाभ्यास गर्नु पर्दछ | सरिर शिर मेरुदण्ड र घाटिलाई शिधा अचलरुपमा राखेर आफ्नो नाकको अग्र भागमा दृष्टि दिदै अन्य दिशा तर्फ अबलोकन नगरिकन स्थिर शान्त भएर ध्यान मग्न हुनु पर्दछ | जो ब्रह्मचारी ब्रतमा छ जसको अन्तस्करण शान्त पबित्र बनाएर चित्ताब्रितिलाई नियन्त्रित गरि ममा चित्त लगाउदै मेरै परायण भै स्थिर बनेर संयमित मन भएको आत्मालाई निरन्तर म अर्थात परमेश्वरको स्वरुपमा ध्यानमा मग्न हुदै जानाले ममा भएको परमानन्द परम शान्ति मिल्दछ | हे अर्जुन यो योग न त धेरै खाने, न बिल्कुल नखानेलाइ, न त धेरै सुत्नेलाई, न त सदा जागा बस्नेलाई नै शिध्द हुन्छ | संयमित व्यक्तिले मात्र शिध्द गर्न सक्दछ | यथा योग्य आहार बिहार, कर्ममा यथा योग्य चेष्टा र
यथायोग्य शयन र जागरण गर्ने व्यक्ति नै शिध्द हुने छन् | नियन्त्रित चित्त मन बुध्दी केवल आत्मामा सिमित हुनगई स्थिर बन्न पुग्दछ | निरासक्त ध्यानमा लिन भएको योग युक्त बन्दछ | जसरी हावा नचलेको स्थानमा दियो चलायमान हुदैन त्यसै गरि परमात्मा उपमा ध्यानमा निमग्न भै चित्तलाई आफ्नो वशमा राख्न सक्ने योग पुरुष भन्दछु |योग अनुष्ठान व्दारा बाहिरि ब्रितिबाट निरुध्द भएको चित्त माथि उठदछ र सो अबस्थामा साधक समाधिबाट परमात्माको ध्यानले शुध्द भएको ज्ञानले परमात्माको साक्षात्कार हुन पाउदछ र सच्चिदानन्दमा सन्तुष्टि भै आफुमा तृप्त भै आनन्द प्राप्त गर्दछ |

इन्द्रियको पहुच भन्दा परको केवल सुक्ष्म बुध्दी अंतर्ज्ञानव्दारा ग्रहण गर्न योग्य अनन्त एबम आनन्द छ, त्यस आनन्दमय अबस्थामा अनुभूति गर्दछ र त्यसै अबस्थामा स्थिर रही योगी परमात्मा स्वरूपबाट बिचलित हुदैन | यस प्रकारको परम आनन्द प्राप्त गरिसकेपछि अर्को कुनै पनि लाभलाई सो भन्दा बढी लाभ हो भनि ठान्दैन र परमात्मा स्वरूप प्राप्त भएपछी कठोर दुखमा पनि बिचलित हुन् सक्दैन | जसले सांसारिक बिषयको संसर्गबाट उत्पन्न दुखको संयोगबाट छुटाउछ यसैको नाम योगतत्व हो | यो योगको अभ्यास बिचलित नभैकन उत्साह युक्त चित्तले दृढ निश्चयका साथ गर्नु कर्तब्य हो | संकल्पबाट उत्पन्न हुने सम्पूर्ण कामनाहरु निशेष रुपले त्याग गरेर मनले सबै प्रकारले इन्द्रियको समुदायको संयमतापुर्बक रोकेर योगाभ्यास गर्नु पर्दछ | चंचल मन जो स्थिर रहन सक्दैन जो शब्दादी बिषयहरुमा संसारमा विचरण गर्दछ र त्यस बिषयलाई हटायर परमात्मामा चित्त लगाइयोस | यो चंचल र अस्थिर मन जता संसारिक मोहमा विचरण गर्दछ | त्यताबाट बिषयगत कुराबाट खिचेर वशमा राखी पटक पटक आत्मा परमात्मामा लिन वा आकर्षक गर्नु पर्दछ | जसको मन स्थिर र शान्त भएको हुन्छ जो बासनामय मलपापबाट मुक्त छ, जसको राजोगुन शान्त भैसकेको छ यस किसिमको ब्रह्ममय बनेर सचिदानन्द ब्रह्मको साथ् एकोभाव भएको योगीलाइ मात्र सर्वोच्चता सुख र आनन्द प्राप्त हुन्छ |
समस्त पापरहित निष्पाप योगी निरन्तर योगबाट आत्मालाई परमात्मामा समाहित गर्दै सुखपुर्वक परब्रह्म परमात्माको सम्पर्कबाट प्राप्त हुने परमसुख आनन्दको अनुभूति गर्दछ | योगव्दारा आत्मा परमात्मामा
एकोभाव भएको छ जो सबैमा समानता रहेको देख्दछ र भेद्दृष्टि गर्दैन यस्तो सिध्दीयोगी सबै प्राणि हरुलाई आत्मामा स्थित भएको देख्दछ | जो पुरुष सबै ठाउहरुमा सबै प्रानिहरुमा सबैको आत्मरूप म (बासुदेव/ कृष्ण ) लाइ देख्दछ र समस्त प्रानिहरुमा म एकिभावाले म अन्तर्गत देख्दछ त्यसको लागि म अकिल्यै अदृश्य हुन्न | त्यो पनि मेरोलागि परोक्ष वा अदृश्य हुदैन | जो पुरुष एकोभावमा स्थित भै समस्त प्रानिहरुको हृदयमा अबस्थित म बासुदेब परमेश्वरलाइ भजन गर्दछ वा उपासना गर्दछ त्यस्ता योगी अर्थात मेरा अनुयायी सबै प्रकारका क्रियाशिलामा रहेर पनि सदा ममा नै स्थित रहेका हुन्छन | हे अर्जुन जो योगी सुखमा होस् वा दुखमा होस् आफ्नै सरह सुख दुख मान्दछ र सम्पूर्ण जनालाई समभाव दृष्टिले हेर्दछ र महसुस गर्दछ त्यो व्यक्तिलाइ नै सर्बश्रेष्ठ मानिन्छ |

अर्जुनले बिन्ति गर्दछन : हे मधुसुदन हजुरले समभाव रुप योगको बारेमा बताउनु भयो मनको चंचलता ले गर्दा म यस योगमा स्थिर र अचल रहने अबस्था मैले देख्दिन | किनकि हे श्रीकृष्ण ! यो मन बडा चंचल, प्रमथनशिल स्वभाव, दृढ र बलवान छ त्यसैले यसलाई वशमा गर्न र रोक्न भनेको त बायुलाई वशमा गर्नु जस्तै दुष्कर र कठिन छ भन्ने ठान्दछु |

भगवान श्री कृष्ण बताउनु हुन्छ: हे महाबाहो अर्जुन, निशन्देह मन ज्यादै चंचल र कठिनापुर्बक बंशमा हुने वाला छ | तर हे अर्जुन निरन्तर अभ्यास वा बैरागीव्दारा मनलाई बश र निग्रह गर्न सकिन्छ |
आफ्नो मनलाई वशमा राख्न नसक्ने व्यक्तिले योग प्राप्त गर्न समर्थ हुदैन अर्थात कठिन हुन्छ | तर मन बन्शिभुत छ र स्वाधीन मन भएको प्रयत्नशील व्यक्तिले साधनाबाट योग प्राप्त गर्न सक्छ भन्ने मेरो धारणा छ |
अर्जुनले भन्नु हुन्छ हे कृष्ण ! जो पुरुष योगमा श्रध्दा राख्दछ तर योगसाधनामा संयम अप्नाउदैन उसको मन बिचलन भएको व्यक्तिलाइ योगको सर्बोच्च सीध्दी भगवान साक्षात्कार हुन् सक्दैन, यस्तो व्यक्तिलाई कस्तो गति प्राप्त होला ? हे शक्तिशाली बाहु भएका श्रीकृष्ण भगबत प्राप्त मार्गमा मोहित र आश्चर्यबिहिन व्यक्ति फाटेको बादल जस्तै छिन्न भिन्न ग्यान मार्ग र कर्ममार्गबाट नष्ट भ्रष्ट हुदैन र ? हे कृष्ण मेरो सन्देहहरुलाई सम्पूर्णरुपमा हटाउन हजुरनै योग्य र समर्थ हुनुहुन्छ | किनकि
तपाइँ बिना अर्को कसैबाट यस शंदेहलाइ मेटाउन सक्ने ब्यक्तित्व प्राप्त गर्न सम्भव छैन |

भगवान श्रीकृष्णले भन्नुहुन्छ : हे अर्जुन त्यस्ता पुरुषको न यस लोकमा बिनास हुन्छ न त परलोकमा नै | किनकि हे प्रिय अर्जुन ! जसले आत्मा उद्दार कल्याणकारीको लागि अर्थात भागवत प्राप्तिको लागि जसले कर्म गर्दछ त्यस्ता पुरुषको दुर्गति प्राप्त हुदैन | जो व्यक्ति योग भ्रष्ट भै बिचलन भै सफलता प्राप्त गर्न सकेको छैन त्यस्तो व्यक्ति पुन्यकर्मलोकमा पुगेर धेरै बर्षसम्म भोग गर्दछ र भोग क्षय पश्चात पवित्र आत्मा भएको घरमा जन्म लिन पाउदछ | अर्थात ग्यान सम्पन्न योगिहरुको कुलमा जन्म लिन पाउदछ तर यस प्रकारको जन्म त्यो यस लोकमा अन्तन्तै दुर्लभ मानिन्छ | यस कुलमा जन्मेपछि उसले पुर्बजन्ममा संचय गरेको बुध्दी संयोग सम्बुध्दिरूप योगको संस्कार अनायासै प्राप्त हुन्छ | पुर्ब संस्कारको प्रभावले फेरी उसले परमात्मा प्राप्ति सिध्दिको लागि पहिले भन्दा बढी प्रयत्नशील हुने छ | योगमा बिचलन भएको भए पनि पुर्बजन्ममा गरेको अभ्यासले निसन्देह योग्भ्यासमा आकर्षित हुन्छ र सम्बुध्दी योगका जिज्ञासु सकाम कर्मोफललाइ अतिक्रमण गर्दछ | परन्तु प्रयन्तपुर्बक अभ्यास गर्दै गरेमा अनेक जन्ममा संचित संस्कारले सिध्दी प्राप्त गरेर सम्पूर्ण पापबाट मुक्त भै परमगति प्राप्त गर्दछ |
योगी पुरुष तपस्वी र शास्त्र ग्यानिहरु भन्दा श्रेष्ट मानिएको छ र सकाम गर्नेहरु भन्दा पनि योगी श्रेष्ठ छ त्यसैले हे अर्जुन तिमि योगी होउ | सम्पूर्ण योगीहरू मध्ये जो योगी म मा समाहित भै अन्तरआत्माले मलाइ निरन्तर भज्दछ त्यो योगी मेरा लागि परम श्रेष्ठ मानिन्छ |

ओम् तत्सदिती श्रीमद्भागवतासुपनिषत्सु ब्रह्म बिध्यायाम् योगशास्त्रे श्रीक्रिश्नार्जुं सम्बादे आत्मसंयाम्योगो नाम षष्टोअध्याय ||६||


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273