भागवतगीताको अध्याय दश नेपालीमा भावानुबाद

भगवान श्रीकृष्ण भन्नु हुन्छ- हे महाबाहु अर्जुन ! तिमि फेरी पनि मेरा परम उपयोगी कुरा सुन, जुन कुरा तिमीलाई प्रिय लाग्ने छ र तिम्रो प्रसन्नता रहने हितको कामना सहित बताउछु । मेरो प्रभाव र उत्पतिलाइ न देवतागण न महर्षिहरुले नै जान्दछन किनकि म नै देवता र महार्शिहरुको पनि सबै प्रकारले मूलकारण हुं । जसले मलाई अजन्मा अनादि र समस्तलोकको इश्वरस्वरूप जान्दछ । त्यो मानिसहरु ज्ञानवान हुनुको साथै सम्पुर्ण पापहरुबाट मुक्त हुन्छन । बुध्दि ज्ञान, सम्मुढता क्षमा, सत्य इन्द्रिया निग्रह आत्मासम्यम सुख दुख, उत्पति, प्रलय , अस्तित्व , अभाव भय, अभय, अहिंशा, समता, सन्तोष तपस्या, दान , किर्ति अपकिर्ती, यसप्रकारका बिभिन्न भावहरु र अवस्थाहरु प्राणि जगतमा उत्पन्न हुने कारण पनि मेरै कारणले गर्दा हुन्छ । सात महर्षिजन र सो पुर्बका सनकाअदि चार ऋषिजन मेरो मन र संकल्पबाट पैदा भएका हुन् जो ममा श्रध्दा भाव राख्दछन र जसबाट यी संसारका सबै प्राणीजन उत्पन्न भएका हुन् । जसले मेरा विभूतिलाई (चमत्कारी लिला) अर्थात योगमायालाई जान्दछ । त्यो पुरुष अविचल भक्तियोगबाट युक्त हुन्छन भन्नेमा कुनै सन्देह छैन ।म नै सम्पूर्ण जिव जगतको उत्पत्तिको मूल कारण हु, म (परमेश्वर) नै बाट सृष्टि संचालित छ भन्ने भावयुक्त तत्वज्ञानीले मेरो भजन गर्दछन । ममा चित्त लगाउने , प्रण समर्पण गर्ने , परस्परमा मेरो रहस्यको बोध गराउने र मेरो लिलाचरित्रको गुनगान गर्ने भक्तजन नै यो जगतमा सन्तुष्ट भै म बासुदेवको सामिप्य प्राप्त गरि रमण गर्न सक्दछ । नित्य निरनात्र मेरो ध्यानमा लागिरहने र प्रेम पुर्बक मेरै सेवा गरिरहने ति भक्तजन लाई म बुद्धि योग तत्वज्ञान दिन्छु जसबाट तिनीहरुले मलाई प्राप्त गर्दछन ।
हे अर्जुन तिनीहरुको अनुग्रहको लागि उनकै अन्तस्करणमा स्थित भै म स्वयं ले नै अज्ञान जनित अन्धकारलाई प्रकाशमय ज्योति व्दारा नष्ट गरि दिन्छु । अर्जुनले बिन्ति गर्दछन : हे भगवान ! हजुर परम ब्रह्म , परम धाम र परम पवित्र हुनुहुन्छ, किनकि सबै ऋषिहरुले तपाइलाइ सनातन, दिब्य पुरुष , देवताका पनि आदि देव, अजन्मा र सर्वव्यापी पनि हुनुन्हुन्छ भनि बताउछन । त्यसैगरी देवर्शी नारद असित र देवल र ब्यासले पनि यहि भन्नुहुन्छ र स्वयं हजुरले पनि यहि कुरा भन्नुहुन्छ । हे केशब ! जे कुरा मलाइ भन्नुभयो,सबै कुरा सत्य मान्दछु । हे भगवान तपाइका व्यक्त लिलामय स्वरुपहरुलाइ न देवताले नै जान्दछन न त दानवहरुले नै जान्दछन । हे पुरुषोत्तम ! हे प्राणी जगतलाई उत्पन्न गर्ने इश्वर देवताका पनि देवता ! हे जगतका परिपालक हजुर स्वयं आफ़ैलॆ आफैलाई जान्नुहुन्छ । त्यसैले स्वयंका दिब्य स्वरुपहरु जे जति छन् तिनीहरुको समग्ररुपमा बताउन तपाइँ नै समर्थ हुनुहुन्छ । यी दिब्य स्वरुप व्दारा तपाइँ नै सबै लोकहरुमा रहनु भएको छ । हे योगेश्वर ! नित्य निरन्तर हजुरको ध्यान गरेर म कसरि जान्न बुझ्न सक्छु ? हे भगवन हजुरको कुन कुन भाव र रुपमा मैले चिन्तन ध्यान गर्न सक्दछु ? हे जनार्दन ! आफ्नो योगशक्ति र बिभुतिहरुलाई बिस्तारपुर्बक बताइरहनुहोस । किनकि तपाइको अमृतमय बचनलाइ सुनेर मेरो मन कहिले तृप्ति भएन र अरु सुनिरहन उत्सुकता भैरहन्छ । श्री भगवानले भन्नु हुन्छ ! हे कुरूश्रेष्ठ अब मैले जे जे मेरा दिब्य बिभूतिहरु छन् त्यसको तिम्रालागी प्रमुख र मुख्य रुपको प्रधानताको रुपमा बताउने छु, किनकी मेरो बिस्तारको अन्त छैन ।
हे गुडाकेश अर्जुन ! समस्त प्राणिहरुका हृदयमा स्थित भएको आत्मा म नै हुम । सम्पूर्ण प्राणिजगत र पदार्थको आदि, मध्य र अन्त्य पनि मै हुँ । अर्थात उत्त्पत्ति, स्थिति र लय पनि मै हुं । व्दादश आदित्यहरु मा म वामनरूप बिष्णु हुम, प्रकाशमा तेजिलो किरणबाला सुर्य हुं, उनपचास बायुदेवको तेजरुप मरिची हुँ र नक्षत्रहरुको अधिपति चन्द्रमा पनि नै हुं । चारै वेदहरुमा साम्बेद म हुँ , देवगणहरुमा इन्द्र हुम् , इन्द्रियहरुमा मन हुँ , प्राणीजनमा चेतना, ज्ञानशक्ति र जीवन शक्ति पनि मै हुँ । एकादश रुद्रहरुमा म शङ्कर हुँ , यक्ष र राक्षसहरुमा धनका स्वामी कुबेर हु , अष्ट वशुहरुमा म अग्नि हुँ , उच्च शिखरहरुमा म सुमेरु पर्वत हुँ । पुरोहितहरुमा देवगुरु बृहस्पति भनेर जान मलाई, हे पार्थ सेनापतिहरुमा स्कन्द र जलाशयहरुमा समुन्द्र सागर हुँ । महार्शिहरुमा भृगु हुं, बाणीहरुमा एक अक्षर ओमकार हुँ, सबै प्रकारका यज्ञमा जपयज्ञ हु, स्थिर रहने अचल बस्तुहरुमा हिमालय पर्वत हुं । सबै वृक्षहरुमध्येमा पिपल हुँ , देव ऋषी हरुमा नारद हुँ , गन्धर्वहरुमा चित्ररथ हुँ , सिध्दऋषीहरुमा कपिलमुनी हूँ । घोडाहरुमा अमृतसंगै उत्पन्न उच्चै श्रवा नामक घोडा हुँ , हात्तीहरुमा एरावत नामको हात्ती र मानिसहरुमा राजा भनि मलाइ जान । म अश्त्रशास्त्रहरुमा वज्र हुँ, गाइहरुमा कामधेनु गाइ हुँ , सन्तान पैदा गर्ने कामदेव हुँ, र सर्पहरुमा सर्प राज बासुकी हुँ । म नागहरुमा शेष नाग हूँ , जलदेवतामा म वरुण हुँ , पितृहरुमा पितृ राज अर्यमा हुँ र दण्ड दिने शासकहरूमा यमराज हुँ । म दैत्यहरुमा प्रल्हाद हुँ , गणना गर्नेमा काल र समय हुँ , पशुहरुमा मृगराज शिंह र पंक्षीहरुमा गरुढ़ मै नै हुँ । म पवित्र गर्नेवाला वायु हुँ , शस्त्रधारिहरुमा श्रीराम हुँ , जलचरहरुमा गोही हुँ , समस्त नदीहरुमा भागीरथी गङ्गा हुँ ।
हे अर्जुन! शृष्टिहरुको आदि अन्त्य र मध्य पनि मै नै हुँ, म बिध्याहरुमा अध्यात्मबिध्या ब्रह्मबिध्या हुँ, विवाद गर्नेहरुको तत्वनिर्णयको लागि गरिने वाद तर्क पनि म हुँ । म अक्षरहरुमा अ’ कार हुँ , र समास हरुमा द्वन्द समास हुँ , म नै अक्षयकाल कालको पनि महाकाल हुँ , चौतर्फी मुख भएका बिराट्स्वरूप सबै लाई धारण पोशण गर्नेवाला विधाता पनि मै हुँ । म सबैको संहार गर्ने मृत्यु हुँ र उत्पत्तिको मूल कारण पनि मै हुँ , नारीहरुमा कृति हुँ, श्रिमा शोभा हुँ बाकमा बाणी हुँ, स्मृति, मेधा, धृति, र क्षमा हुँ । गाउन उपयुक्त गीतहरुमा बृहत्साम हुँ, छन्दहरुमा गायत्री छन्द हुँ, महिनाहरूमा म मङ्सिर महिना हुँ र ऋतुहरुमा बसन्त ऋतु हुँ । म छल गर्नेहरुमा जुवा हुँ, तेजस्विहरुको तेज हुँ, जित्न चाह्नेवालाको म विजय हुँ । निश्चय गर्ने वालाको म निश्चय हुँ, र सात्विक मनुष्यकोलागि सात्विकभाव पनि म हुँ । वृष्णीवंशीमा म बासुदेव हु, र पाण्डवहरुमा तिमि अर्जुन नै म हुँ, मुनिहरुमा वेदव्यास र कविहरुमा शुक्राचार्य पनि मै हुँ ।म दमनगर्नेको लागि दण्ड दिने शक्ति हुँ, जित्न चाहनेवालाको लागि नीति हुँ, गोप्यमा मौन र ज्ञानिहरुको तत्वज्ञान पनि मै नै हुँ ।
हे अर्जुन ! म नै समस्त प्राणीहरुको उत्पत्तिका कारण हुँ, किनकि जगतका चर अचरका कुनै प्राणीहरु यस्ता छैनन जो म बिनाको होस्, । हे परन्तप अर्जुन, मेरा दिव्य शक्तिको कुनै अन्त छैन । यहा बताइएका मेरा चमात्कारी शक्तिहरुको बिस्तार एक्छेउमात्र तिमीलाई भनेको हुँ । जो जो चमत्कारी एश्वर्ययुक्त, शक्तिशाली, प्रभावशाली बस्तु वा प्राणिहरु छन् ति सत्व र बस्तुहरुलाई मेरो तेजको एक अंशबाट उत्पन्न भएको जान । अथवा हे अर्जुन ! धेरै कुरा जानेर तिमीलाई केहि काम प्रयोजन छैन । तिमीले यतिमात्र जाने हुन्छ कि म यस सम्पूर्ण जगतलाई आफ्नो योगशाक्तिको एक अंश मात्रले ब्यापक रुपले धारण गरेर रहेको छु ।

ओम तत्सदिती श्रीमदभागवतगीतासूपनिषत्सु ब्रह्म विध्यां योगशास्त्रे श्री कृष्णर्जुन सम्बादे विभुतियोगो नाम दशमोअध्याय : ।

Leave a Reply