अध्याय: ६, ६ श्लोक देखि १० श्लोक
बन्धुरात्मात्मनस्तस्य येनात्मैवात्मना जित: |
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ||६||
जितात्मन : प्रशान्तस्य परमात्मा समाहित: |
शितोष्णसुखदु:खेषु तथा मानापमानयो: ||७||
ज्ञानविज्ञानतृप्तात्मा कुटस्थो विजितेंद्रिय: |
युक्त इत्युच्यते योगी समलोष्टाश्मकान्चन ||८||
सुह्रिन्मीत्रार्युदासिनमध्यस्थव्देष्यबन्धुषू |
साधुश्वपि च पापेषु समबुध्दीर्विशिष्यते ||९||
योगी युन्जित सततमात्मानम् रहसि स्थित: |
एकाकी यतचीत्तात्मा निराशिरपरिग्रह : ||१०||
भावार्थ :जो जिवात्माले मन र इन्द्रियलाई वशमा राख्न सकेको छ त्यो आफु नै आफ्नो मित्र हो जसले मन र इन्द्रियलाई जित्न सकेको हुदैन त्यसको लागि स्वयं आफु नै शत्रु समान सत्रुभावमा रहने छ | जो पुरुष गर्मि जाडो र सुख दुख र मान अपमानमा पनि सदा शान्त रही उसको अन्तस्करणकका चित्त ब्रितिहरु शान्त एवं विक्रितिरहित भएका हुन्छन त्यस्ता चित्त्तात्माहरु ज्ञानमा सच्चिनन्द परमात्मा मा स्थित हुन्छन |जसको अन्तस्करण ज्ञान विज्ञानले तृप्त हुन्छन जसको चित्त स्थित्ति बिकाररहित छ जितिन्द्रिय छ जसले संसारिक बस्तुलाई मुल्यहीन समान ठान्दछ त्यस्ता व्यक्तिले परमात्मालाई साक्षात्कार गर्दछ भनिएको छ | सबैलाई हित गर्ने मित्र बैरी, पक्षपात रहित, मध्यस्थ भाव राख्ने सबैलाई समान भाव राख्ने व्यक्ति नै सर्बश्रेष्ट योगी ठहर्छ | मन र इन्द्रियलाई वशमा राख्ने वाला, संग्रहरहित भै आत्माको निरन्तर परमेश्वरमा चित्त लगाइ ध्यान मग्न रहनु सच्चा योगीको कर्म हो |