श्रीमद्भगवद्गीता (भावार्थ सहित) – अध्याय-१७
श्लोक १ देखि ५ सम्म
अर्जुन उवाच
ये शास्त्रविधिमुत्सृज्य यजन्ते श्रध्दयान्विता:।
तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तम :।।१॥
श्री भगवानुवाच
त्रिविधा भवति श्रध्दा देहिनां सा स्वभावजा ।
सात्त्विकी राजसी चिव तामसी चेति तां शृणु ।।२॥
सत्वानुरुपा सर्वस्य श्रध्दा भवति भारत ।
श्रध्दामयोअयं पुरुषो यो याच्छूध्द: स एव स: ।।३॥
यजन्ते सात्त्विका देवान्यक्षरक्षांसी राजसा: ।
प्रेतान्भूतागणांश्चान्ये यजन्ते तामसा जना : ।।४॥
अशास्त्रविहितं घोरं तप्यन्ते ये तपो जना ।
दम्भाहङ्कारसंयुक्ता: कामरागबलान्विता: ।।५॥
भावार्थ : अर्जुनले बिन्ति गर्दछन, जो व्यक्ति शास्त्रको बिधिविधानलाइ छोडेर श्रध्दाभक्तिले युक्त भै यज्ञ पुजादी कर्म गर्दछन । हे कृष्ण तिनिहरुको निष्ठा स्थिति कस्तो हो ? सात्विकी, राजसी वा तामसी कुन चाहि ! भगवान श्रीकृष्ण भन्नु हुन्छ ! समग्र देहधारीहरुको स्वभावबाट उत्पन्न हुने श्रध्दा सात्त्विकी, राजस र तामस तिन प्रकारका नै हुन्छन । त्यस बिषयलाई मसंग सुन ! हे अर्जुन ! सबै प्राणिहरुको श्रध्दा तिनका अन्तस्करणको स्वभाव अनुरूप हुन्छ । जो पुरुष श्रध्दामय छ त्यसैले जसको जस्तो श्रध्दा छ, त्यो स्वयम पनि त्यहि हुन्छ । जो सात्त्विकी पुरुषहरु छन् ति देवतालाई पुज्दछन, राजसीजनहरुले यक्ष र राक्षसलाई पुज्दछन भने तामसीजनहरु भुतप्रेतलाई पुज्दछन र उसको आराधाना गर्दछन । जो मनुष्य शास्त्रविधि रहित उग्र तपस्या गर्दछन तिनीहरुको दम्भ अहंकारयुक्त भएका हुन्छन र कामना तथा आसक्तिजन्य मुढेबल युक्त पनि हुन्छन ।
अध्याय १७ श्लोक ६ देखि १० सम्म
कर्शयन्त : शरिरस्थं भुताग्रामचेतस:।
मां चैवान्त:शरिरस्थं तान्विद्ध्यासुरनिश्चयान् ।।६॥
आहारस्त्वपि सर्वस्य त्रिविधो भवति प्रिय: ।
यज्ञस्तपस्तथा दानं तेषां भेदमिमं शृणु ।।७॥
आयु: सत्वबलारोग्यसुखाप्रितिविवर्धना : ।
रस्या:स्निग्धा:स्थिरा हृद्या आहारा: सात्त्विकप्रिया: ।।८॥
कट् वम्ललवणात्युष्णतीक्ष्णरुक्ष विदाहिन : ।
आहारा राजस्येष्टा डु:खशोकामयप्रदा : ।।९॥
यातायामं गतरसं पूति पर्युषितं च यत् ।
उच्छिष्ट मपि चामेध्यं भोजनं तामस प्रियम् ।।१०॥
भावार्थ : शरीरमा रहेका भुतसमुदायहरुलाई र अन्तस्करणमा रहने म परमात्मालाइ सताउने दुख दिने ति अज्ञानी मुर्खहरुलाई आसुरी प्रवृति हुन् भनेर जान । सबै प्रकृतिमा मानिसहरुलाई प्रिय लाग्ने भोजन पनि तिन किसिमका हुन्छन त्यसै गरि तपस्या, तप, दान पनि तिन प्रकारका हुन्छन । तिनिहरुको यी भेदलाई पनि सुन । आयु, बुध्दि, बल, आरोग्य, सुख, र प्रितिलाई बढाउने रसयुक्त चिल्लो र अडिलो मिठो यस्ता आहार भोजन सात्त्विकजनालाई प्रिय लाग्दछन ।पिरो, अमिलो, नुनिलो, तात्तातो तिख्खर रुखा सुखा जसले छटपटी हुने खालको भोजनलाई मनपराउने जनहरु राजस प्रवृतिका हुन्छन । जुन भोजन चिसो र बासि सढे गलेको अस्सुध्द भोजन मन पर्दछ त्यस्ता जनहरु तामस जान हुन्छन ।
अध्याय १७ श्लोक ११ देखि १५ सम्म
अफालाकांक्षीभिर्यज्ञो विधिदृष्टो य इज्यते ।
यष्टव्यमेवेति मन: समाधाय स सात्त्विक: ।।११॥
अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत् ।
इज्यते भरतश्रेष्ठ तं यज्ञं विध्दि राजसम् ।।१२॥
बिधिहिनमसृष्टान्नं मन्त्रहिनमदक्षिणम् ।
श्रध्दाविरहितं यज्ञं तामसं परिचक्षते ।।१३॥
देवद्विजगुरुप्राज्ञपुजनं शौचमार्जवम् ।
ब्रह्मचर्यमहिँसा च शारिरं तप उच्यते ।।१४॥
अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत् ।
स्वाध्यायाभ्यसनं चैव वाङ्ग्मयं तप उच्यते ।।१५॥
भावार्थ: यज्ञ गर्नु नै पर्छ भन्ने मान्यताले कर्तब्य ठानेर फलको आशा नराखेर आफ्नो मनलाई एकचित्त गरि शास्त्रले बताए बमोजिम यज्ञ गरिएको सात्त्विक यज्ञ हो । हे अर्जुन फल प्राप्तिको उदेश्य लिएर अरुलाई देखाउने दम्भले भरिएर गरिएको यज्ञ राजस हो । शास्त्रबिधि रहित, अन्नदानरहित, मन्त्रपाठरहित, र बिना दक्षिणा र श्रध्दा बिनाको यज्ञ तामस हो । देवता, ब्राह्मणर गुरु र ग्यानिजनहरुको पुजन आदर सत्कार, पवित्रता सरलता ब्रह्मचर्य र अहिंसाले शरीरले गरिने कार्यलाई शारीरिक तप भनिन्छ । जुन उव्देग नगर्ने, प्रिय सत्य तथ्य यथार्थ परक मधुर बोलीबचन छ । सर्बहिताय छ जसमा बेद शास्त्र र बाङ्गमयको अध्ययन र अभ्यास गरिएको छ त्यसलाई वाणी सम्बन्धि तप भएको छ ।
अध्याय १७ श्लोक १६ देखि २० सम्म
मन: प्रसाद: सौम्यत्वं मौनमात्माविनिग्रह: ।
भावसंशुध्दिरित्येतत्तपो मानसमुच्यते ।।१६॥
श्रद्धया पराया तप्तं तपस्तत्त्रिविधं नरै :।
अफ़लाकाङ्गक्षिभिर्युक्तै: सात्त्विकं परिचक्षते ।।१७॥
सत्कारमानपुजार्थ तपो दम्भेन चैव यत् ।
क्रियते तदिह प्रोक्तं राजसं चलमध्रुवम् ।।१८॥
मूढग्राहेणात्मेनो यत्पीडया क्रियते तप: ।
परस्योत्सादनार्थ वा तत्तामसमुदाहृताम् ।।१९॥
दाताव्यमिति यद्दानं दीयतेअनूपकारिणे ।
देशे काले च पात्रे तद्दान्नं सात्विकं स्मृतम् ।।२०॥
भावार्थ :मनको प्रसन्नता, शान्तभाव , मौनभाव, आत्मसंयम, छलकपट रहित भावशुध्दि अन्तस्करण पवित्रता भावले भागवत स्मरणलाइ मानस तपस्या भनिन्छ । फलको आश नराख्ने र चाहना नगरिकन सन्तुलित चित्त भएका मनुश्यबाट परम श्रध्दाले गरिएको माथि उल्लेखित तिन प्रकारका तपस्यालाई सात्त्विक भन्दछन । जुन तप मान, सम्मान, प्रतिष्ठा र स्वार्थ का लागि गरिन्छ जसमा दम्भ र पाखंडले भरिएको हुन्छ त्यस्तो तप देखावटी मात्रको अस्थिर, अनित्य र क्षणिक फलदायी हुन्छ यसलाई राजस भनिन्छ । मुढबुध्दिले हठ र दुराग्रहपुर्बक आफ्नै शरीर र आत्मा इन्द्रियलाई पिडा दिएर अरुको अनिष्ट कुभलो गर्नको लागि गरिने तपलाई तामस भएको छ । दान दिनु कर्तव्य हो भन्ने कर्तब्यभावले उचित स्थान उचित समय र उचित पात्रलाई दीइने दानलाइ नै सात्त्विक भनिएको छ ।
अध्याय १७ श्लोक २१ देखि २५ सम्म
यत्तु प्रत्युपकारार्थ फ़लमुद्दिश्य वा पुन :।
दीयते च परिक्लिष्टं तद्दानं राजसं स्मृतम् ।।२१।।
अदेशकाले यद्दानमपात्रेभ्यश्च दियते ।
असत्कृतमवज्ञातं तत्तामसमुदाहृतम् ।।२२।।
ओं तत्सदिति निर्देशो ब्रह्मणस्त्रिविध: स्मृत : ।
ब्राह्मणास्तेन वेदाश्च यज्ञाश्च विहिता: पुरा ।।२३॥
तस्मादोमित्युदाहृत्य यज्ञदानतप: क्रिया : ।
प्रवर्तन्ते विधानोक्ता: सततं ब्रह्मवादिनाम् ।।२४।।
तदित्यनभिसन्धाय फलं यज्ञतप: क्रिया: ।
दानक्रियाश्चविविधा: क्रियन्ते मोक्षकाङ्गक्षिभि : ।।२५॥
भावार्थ: जुन दान प्रत्युपकारार्थ वा फल प्राप्तिको उदेश्य लिएर बढो कठिनले पछुदो मानेर दीइएको हुन्छ, त्यो दान राजस भनिएको छ । जुन दान अपवित्र स्थान र अनुपयुक्त समयमा तिरस्कार र हेला गरि कुपात्रलाई दिइन्छ त्यस्तो दान तामस भनिएको छ । ‘ओम तत् सत् ‘ का यी तिन किसिमका सच्चिदानन्द ब्रह्मका नाम भनिएको छ यसैले आदिकालमा ब्राह्मण, बेद र यज्ञादीहरुको रचना गरिएको थियो । त्यसैले बेदध्याई ब्रह्मबादिहरुको शास्त्र विधिले बताइएको यज्ञ, दान र तपमा सदा “ओम “ यो परब्रह्माको नाम उच्चारण गरेरै आरम्भ गरिन्छ । तत् भन्ने नामबाट भनिएका ब्रह्मको नाम उच्चारण गरेर फलको चाहना नगरिकन नाना प्रकारका यज्ञ, तथा तपरुपका क्रिया र कल्याणकारी दान क्रियाहरु सम्पन्न गरिन्छन ।
अध्याय १७ श्लोक २६ देखि २८(अन्तिम) सम्म
सद्भावे साधुभावे च सदित्येतात्प्रयुज्यते ।
प्रशस्ते कर्मणि तथा सच्छब्द: पार्थ युज्यते ।।२६॥
यज्ञे तपसि दाने च स्थिति: सदिति चोच्यते ।
कर्म चैव तदर्थीयं सदित्येवाभिधीयते ।।२७।।
अश्रध्दया हुतं दत्तं तपस्तप्तं कृतं च यत् ।
असदित्युच्यते पार्थ न च तत्प्रेत्य नो इह ।।२८॥
भावार्थ: हे अर्जुन !सदभाव र साधुवादमा ब्रह्माको प्रतीकात्मक “सत्” भन्ने शब्दको प्रयोग गरिन्छ । त्यसैले हे पार्थ उत्तम र प्रशंशनिय कर्ममा पनि सत् ‘ शब्दको प्रयोग गरिन्छ ।यज्ञ कर्ममा, तापमा र दानमा जुन स्थिति दृढ आस्था रहन्छ त्यो पनि सत् न हो । परमेश्वर परमात्माका लागि गरिने कर्महरु यज्ञ तप दान कर्महरूलाई पनि निश्चय नै सत् कर्म भनिन्छ । हे अर्जुन ! बिना श्रध्दाले गरिएको हवन, दीइएको दान, गरिएको तपस्या वा श्रध्दा बिना गरिएको कुनै पनि शुभकर्म भए पनि ति सबै असत् मानिन्छन । त्यस्तो कर्मले न यस लोकमा लाभदायक हुन्छ न त परलोकमा नै हितकर हुन्छ।
ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे श्रध्दात्रयविभागयोगो नाम सप्तदशो अध्याय:।।१७ ॥