भगवान श्रीकृष्णले भन्नु हुन्छ – हे पार्थ म मा अनन्य प्रेमले मेरै परायण भै दत्तचित्त भएर योग साधनामा लागेका तिमि निसन्देह जुन प्रकारले सम्पूर्ण विभूति, बल एश्वर्यहरुको गुणले मलाइ जान्ने छौ त्यो समग्र ज्ञानलाई तिमिले सुन म तिमीलाई बिज्ञानसहित यो आत्मतत्वज्ञान समग्र रुपमा बताउछु |जसलाई जाने पछि फेरी यो जगतमा जान्न लायक केहि बाकि रहने छैन |हजारौ मानिसहरुमा कोइ एक मात्र मलाइ प्राप्त गर्नको लागि प्रयास गर्दछ र ती प्रयन्त गर्ने महात्माहरु मध्ये कोइ एक मात्र मलाइ यथार्थरुपले जान्दछ । पृथ्वी जल अग्नि वायु आकाश मन बुध्दी र अहंकार समेत गरि आठ प्रकारका जड प्रकृति छन् | यी मेरा आठ प्रकारका जड प्रकृति हुन् । हे महाबाहो ! यस भन्दा पर अर्को जिवरुपा मेरो परा (चेतन) प्रकृति छ भन्ने जान जुन परा चेतन प्रकृतिबाटै समस्त जगत धारण गरिन्छ ।
हे महाबाहो समस्त भुतप्राणि परा र अपरा प्रकृतिका कारणहरुबाट नै बाट उत्पन्न भएका हुन् | समस्त जगतको उत्पत्ति र संहार गर्ने पनि मै हु, तिमीले यो कुरा जान | हे धनन्जय म भन्दा अर्को कुनै परम कारण छैन | समस्त जगतलाइ एक सुत्रमा धागोले उनिएको मणिजस्तै म मा नै उनिएको छ | हे अर्जुन ! म जलमा रस(स्वाद) हुं | चन्द्रमा र सुर्यमा प्रकाश हु | सम्पूर्ण बेदमा ओमकार हु, आकाशमा शब्द हू, मनुस्यमा पुरुषत्व (सामर्थ) हु | म पृथ्वीमा पवित्र सुगन्ध हुँ, अग्निमा तेज म हुँ, सम्पूर्ण भुत अर्थात प्रानिहरुमा प्राण हुं र तपस्विमा म तप पनि हु | हे अर्जुन ! समस्त प्राणीहरुको सनातन बिज हुम, बुध्दिमानको बुध्दी र तेजस्विको तेज पनि हुम भनेर मलाइ जान |
हे भारत श्रेष्ठ अर्जुन ! म बलवान शक्तिशालीहरुका आसक्ति र कामनारहित बल र शक्तिको सामर्थ हुं र समस्त प्राणीहरुमा धर्म र शास्त्रहरुको अनुकुल काम र लालसा हुम् । जो सत्व गुणबाट उत्पन्न हुने सात्विक भाव छन्, रजोगुण र तमोगुणबाट उत्पन्न हुने राजस, तामस भावहरु छन् ति सबै म बाट उत्पन्न भएको कुरा जान । परन्तु बास्तबमा म ति भावको बसमा छैन र ति गुणहरु ममा छैनन् अर्थात मेरा अधिनमा छन् । सत्व, रजो र तमो गुणहरुको भावबाट यो सारा संसार प्रानिजगत मोहित भैरहेका छन् । त्यसैले कसैले पनि तिनै गुण हरुभंदा पर अविनासी भनेर मलाइ जान्दैनन् । किनकि यी अलैकिक त्रिगुणमयी मेरा माया अन्त्यन्त दुरुस्त छन् । परन्तु जो व्यक्ति केवल मलाइ मात्रै भज्दछ, मेरा शरणमा आउदछ, त्यसले मात्रै तिनिहरुले मात्रै यी मायावी भावबाट पार पाउदछ, मुक्त हुन्छन । मायाव्दारा जसको ज्ञान नाश भएको छ, जसले आसुरिभावलाइ धारण गरेको छ । जसले निच र दुष्कर्म गर्ने मोहमा परेको छ त्यस्ता मानिसहरु मेरा शरणमा पर्दैनन र मलाइ भज्दैनन ।
हे भरतबंशीय श्रेष्ठ अर्जुन ! (अर्थार्थी,) धन सम्पतिको लागि, संकट निवारणको लागि, (जिज्ञासु) भागवत खोजीको लागि, र मलाइ यथार्थ रुपमा बुझेको ज्ञानी, यी चार प्रकारका भक्तजनले मेरो आराधना गर्दछन ।
यी चार थरि मध्ये नित्य मेरो एकोभावाले भक्ति गर्ने ज्ञानी भक्त अति उत्तम हो । किनकि जो अनन्य भक्तिभावले मलाइ प्रेम गर्दछ र जान्दछ । यस्ता ज्ञानीपुरुषको म अन्त्यन्त प्रिय छु । र ति ज्ञानी पनि मेरा अति प्रिय छन् । यी चारै प्रकृतिका मनुस्य असल चित्त र उदार छन् तर ज्ञानिभक्त चाहि मेरो आत्मा स्वरुप हो । अनेक जन्म- जन्मान्तरको अन्त्यमा तत्वज्ञान प्राप्त मनुष्य परमेश्वर परमात्मा बासुदेव नै सबै हुनुन्हुन्छ भनि मेरो शरणागत हुन्छ । तर यस्तो ज्ञानवान ज्ञानी पाउन अन्त्यन्त दुर्लभ छ । बिशय भोगहरुको कामनाव्दारा विवेकज्ञान हराएका आफ्नो स्वभावले प्रेरित भएर उनका नियम धारण गरेर अन्य देवताहरुको पुजा आराधना गर्दछन ।
जो जो सकाम भक्तजन छन ति भक्तजनले जुन जुन देवताको स्वरुपलाइ श्रध्दाले पुजन गर्दछन तिनै देवताप्रति म ति भक्तजनलाई अटल श्रध्दा स्थिर गर्न चाहन्छु । त्यस व्यक्ति श्रध्दाले युक्त भै त्यस देवको पुजन गर्दछ र उस देवबाट पनि मेरै बिधान अनुसार उसको इच्छित भोगको फल निश्चित रुपमा पाउदछ । परन्तु अल्पबुध्दी भएका तिनीहरुको त्यो फल क्षणिक र नास्वान हुन्छन । ति देवताको आराधना पुजा गर्ने भक्तहरु तिनै देवतालाई पाउदछन । मेरा भक्त जसरि मलाइ भजे पनि अन्तमा मलाइ नै पाउदछन । बुध्दिहीन मनुष्य हरु मेरो सर्बोत्तम अविनासी परमभावलाइ जान्दैनान र तिनिहरुले मलाइ मन इन्द्रियदेखि पर परमात्माको ( अव्यक्त अप्रकाश नै) मनुश्यभाती जन्मेको ब्यक्तिभाबको प्राप्त भएको मान्दछन । आफ्नो योगमायाबाट लुकिएको म सबैसंग प्रत्यक्ष हुन् सक्दिन । त्यसैले यी अज्ञानी जनसमुदाय मलाइ अजन्मा अबिनाशिनी परमेश्वर मान्दैनन । अर्थात मनिश्य सरह हुन् भन्ने भ्रममा छन् । हे अर्जुन म यी समस्त प्रानिहरुलाइ जान्दछु जो पहिले भैसकेका छन् जो अहिले छन् र भविष्यमा हुनेवाला छन तर मलाइ भने कसैले चिन्दैनन र जान्दैनन् । हे भारत बंशीय अर्जुन संसारमा इच्छा र व्देषबाट उत्पन्न हुने सुख र दुख व्दंदरूप मोहको कारणले समस्त प्राणीहरु उत्पन्न हुनासाथ सम्मोहनमा परेर अज्ञानता प्राप्त गर्दछन । परन्तु राम्रो र पवित्र कर्म गर्ने जसको पाप नष्ट भएको छ र तिनीहरु सुख दुखको व्देष राग र मोहबाट मुक्त भै निर्भयले मेरो भजन गर्दछन । जो मेरा शरणमा आइ जन्म मरण बाट छुटकारा पाउन प्रयास गर्दछन ति पुरुष ब्रह्म, सम्पूर्ण अध्यात्म र कर्मलाइ जान्दछन ।जो मनुष्यले अधि भुत र अधी देव र अधि यज्ञसहित मलाइ जान्दछन । ममा चित्त समाहित भएका ति मनुष्यहरु अन्तकाल ( प्राण जाने क्षण ) पनि निश्चय मलाइ जानि रहन्छन ।

ओम् तत्सदिती श्रीमद्भागवतासुपनिषत्सु ब्रह्म बिध्यायाम् योगशास्त्रे श्रीकृष्णार्जुन सम्बादे ज्ञानबिज्ञानयोगे नाम
सप्तमो अध्याय ||

Leave a Reply