पहिलो भेटमै नजर तिम्रोमा परेको थियो
देख्नासाथ मेरो दिल तिम्रोमा झरेको थियो

तिमीसंग मिलाउदै किन टाढा हुर्याउदछ
समय हो कि भाग्य किन निष्ठुर भै दिन्छ

तिम्रा प्यारभरी ति आंचलमा झुल्न पाउ
तिम्रा नयनभरीका आँशुमा घुल्न पाउ

तिम्रा बदनका स्पर्सले पग्लिरहन पाउ
तिम्रा सासका उष्णमा जलिरहन पाउ

म तिम्रो प्यारमा अंगअंगमा फक्रिने छु
म तिम्रोआंचलमा तिमीसंग लटपत्नी छु

म तिम्रो तनमनमा मादकता छाउने छु
पुतली झैँ भइ गगनमा उडी जाने छु

चाह्यौ भने प्यारमा झुकाई राख्न सक्छौ
चाह्यौ भने प्यारको प्यासी राख्न सक्छौ

चाहन्छौ तिमि मलाइ बाँधि राख्न सक्छौ
प्यारमा जिन्दगि बन्धनपारि राख्न सक्छौ

बिछोडको तडपमा छटपटाइ रही रहेछु
तिमीसंग मिलनको प्रतिक्षामा बाची रहेछु

पुण्डरी अर्याल

०४/०९/२०१७

Leave a Reply