मौनतामा मग्न भइ साधनामा लिन हुदै
मनका कलुषित भावहरु लाई हटाउदै

मेरो तन मन, प्रेम, घृणा समर्पण गर्दै
पुष्पांजलि श्रद्धा अर्पण र आरधना गर्दै

म तिम्रो शरणमा आइ पुगेको छु |
एक सुन्दर मनोकामना लिएको छु |

पापकर्महरु छुटोस सबको धर्म फलोस
सद्भभाव जागोस, प्रेमको फुल खिलोस

मिलापका संगीतमा रमी शान्ति मिलोस
दुख नष्ट भै सुखमै जिबनभरि सजियोस

खुला गगनमा उडान भर्न सकियोस
शुध्द मनहरुमा रमण गर्न सकियोस

दिल खोलेर सबैसंग हास्न सकियोस
रिस राग इर्श्या पिडादर्द सबै मिटोस

सुख र खुशी र स्वास्थ जिबन मिलोस
आउने नयाँबर्ष सबैमा उन्नति फलोस

०४/०८/२०१७

Leave a Reply