आयो बसन्त यस बर्ष पतझडलाइ बिदा गर्दै
एले पनि हाँगा हाँगामा पातका वालुवा बन्दै
कति चिसा कठ्यान्ग्रिएका दिनहरु तताउदै
आखिर मौसमले ल्यायो बहार रंगिन बनाउदै

यहाँ चेरी ब्लुजुम फेष्टिबल चलिरहेका छन |
लाममा रोपिएका चेरीरुख फुलिरहेका छन
मान्छेले बनाएको बाग बगैचा सुन्दर छन |
फुल प्रेमी मान्छेहरु फुलैमा रमाएका छन |

देशमा लालीगुराँसहरु फक्रेर बनै ढाकेको
लालीगुराँस कपालमा यौवनाले सिउरिको
मुसुक्क हासेर पुतली जस्तै फुरफुर गरेको
प्रकृतिको मनोरम छटालाई चहारी रहेको |

को रमाउन्न होला ति हाम्रा पाखा पखेरामा
मान्छेको हुलभित्र यहा एक्लिदै छ कोठामा
उदेस्यहिन गन्तब्यहिन भएर बस्न बाध्यतामा
खै के खोजिरहेको छर उस्ले एस एकान्तमा

हरेक बर्षको बसन्त आएर न रमाउन सक्छ
धन कमाएर न त आफ्नै देश फर्कन सक्छ
घन्टे कामले बर्षौ बितेछ प्रदेशमा र ज्यु सक्यो
न उसले धन थुपार्न सक्छ न त पठाउन सक्यो

यस बर्ष पनि उसलाई बसन्त आएन !!!!!!!!!!

०४/१७/२०१७

Leave a Reply