अर्जुनले बिन्ति गर्दछन ! हे कृष्ण हजुरले कर्मको परित्याग सन्यासको कुरा गर्नुहुन्छ र पनि कर्मयोगको प्रसंशा पनि गर्नुहुन्छ | कर्मकै अनुष्ठान गर्ने कुरामा जोड दिनुहुन्छ | त्यसैले यी दुइमध्ये मेरो लागि उपयुक्त कल्याणकारी मार्ग बन्न सक्छ त्यसलाई भन्नुहोस | यो सुनेर भगवान श्री कृष्णले भन्नुहुन्छ: कर्म सन्यास र कर्मयोग यी दुवै परम कल्याणकारक छन् तर कर्म संयास भन्दा निस्वार्थ निष्काम कर्मयोग नै श्रेष्ठ छ | हे महाबाहू अर्जुन जो पुरुष न कसैको व्देष रिस राग गर्छ न त कुनै कुराको आकांक्षी बन्दछ |त्यस्ता कर्मयोगी पुरुष सदैब सन्यासी नै ठहर्छन |
रिस राग व्देष , सुख दुख र व्दंदरहित हुनाले त्यस्ता मनुष्य सुखपुर्बक संसारबन्धनबाट मुक्त हुन्छन | अज्ञानीजन सन्यास र कर्मयोगलाई बेग्लाबेग्लै फल दिने भनि बताउछन तर ज्ञानी पुरुष त्यसो भन्दैनन् किनकि यी दुइ मध्ये एकमा संयम भै स्थित भएमा दुबैको फलरुप परमात्मा प्राप्त हुन्छ |सांख्ययोग साधकहरु अर्थात ज्ञानयोगीहरुले परम धाम प्राप्त गर्दछन, त्यस्तै कर्मयोगीजनले पनि उत्तिकै परमधाम प्राप्त गर्दछन |त्यसैले जो पुरुषले ज्ञानयोग र कर्मयोगलाइ एक समानरुपमा देख्दछ त्यो नै यथार्थ कुरा देख्दछ | परन्तु हे अर्जुन ! कर्मयोग बिना कर्म परित्याग स्वरूप सन्यास अन्त्यन्त कठिन छ | निष्काम कर्मयोग गर्ने कर्मयोगिले मात्र शिघ्र परब्रह्म परमात्मालाइ प्राप्त गर्दछ | जसको मन आफ्नो वशमा छ जितेंद्रिय एवं विशुध्द अन्त:करण छ र सम्पुर्ण प्राणीको आत्मारूप परमात्मा नै जसको आत्मा छ , यस किसिमको कर्मयोगी कर्म गरिरहेको अबस्थामा पनि कर्ममा बाधिएको हुदैन | अर्थात लिप्त हुदैन | तत्वबेत्ता युक्त पुरुष जसलाई सान्ख्ययोगी भन्दछु यिनीहरु सुत्दा, हेर्दा, खादा, पिउदा, हिडदा,हरेक इन्द्रियादी कर्म गर्दा पनि आफुलाई निशन्देह मैले स्वयं केहि कार्य गरिरहेको छैन र केहि गरेको पनि छैन भन्ने ठान्दछ |जो पुरुषले पर्ब्रह्म परमेश्वरमा आफ्नो सम्पूर्ण कर्महरूलाई अर्पण गरि आसक्तिलाई त्यागेर कर्म गर्दछ त्यो पुरुस पानीबाट कमलको पात स्पर्श्राहित भए झैँ पापमा लिप्त हुदैन अर्थात उसलाई प्रवाहित पार्न सक्दैन |कर्मयोगीहरुले केवल इन्द्रियव्दारा मन बुध्दी,आसक्ति,अभिमानहरुलाई त्यागेर आत्म शुध्दिकरणका लागि कर्म गर्दछन | कर्मयोगी पुरुष सम्पूर्ण कर्मको फललाई त्यागेर भागवतप्राप्तिरुप परम शान्ति प्राप्त गर्दछ | तर सकाम पुरुष भने कर्मफल भोगको आसक्तले कर्मबंधनमा बाधिन्छ | इन्द्रियादी जसको वशमा हुन्छ त्यस्तो शान्ख्ययोगको आचरण गर्ने व्यक्ति समस्त कर्मलाई त्याग गरि न त आफु स्वयम केहि गर्दछ न त इन्द्रियलाई कर्ममा लिप्त गराउदछ र नवव्दारवाला शरीर रुपी महलमा सबै कर्मलाई त्यागगरी आनन्दपूर्वक परमात्मा स्वरुपमा स्थित रहन्छ |
परमेश्वरले मनुस्यलाई न त कर्तापन, न त कर्म , न त कर्मफलको संयोजन रचना गरेका हुन्छन | यो स्वत प्रबृत रुपमा अर्थात मायाविरुपमा चलिराखेको हुन्छ |सर्वव्यापी परमेश्वरले न त कसैको पापकर्म र न त कसैको शुभ कर्म लाइ ग्रहण गर्नुहुन्छ | परन्तु ज्ञानलाई अज्ञानताले ढाकिरहेको हुनाले त्यस्ता कर्ममा अज्ञानी मनुष्य मोहित भएका हुन्छन |अन्तस्करणमा स्थित अज्ञानलाई परमेश्वरको तत्वज्ञानबाट नष्ट गरिएको हुन्छ र त्यस ज्ञानले सुर्यको समान त्यस आत्मतत्व परमात्मालाई प्रकाशित गर्दछ | जसको मन बुध्दी आत्मा र निष्ठा परमात्मामा एकीकृत भएको छ | यसरि परमात्मामा एकिभाव भै रहने व्यक्ति परमेश्वरको कृपा ज्ञानले पापरहित भै परमगति प्राप्त गर्दछ | विध्दान ज्ञानी पण्डितजन बिद्या र विनयले भरिपूर्ण ब्राह्मण, गाइ, हाती कुकुर र चाण्डालमा समदर्शी वा समदृष्टीले हेर्ने गर्दछन | जसको मन एकत्व भाव अर्थात समभावमा निश्चल भएर रहेको हुन्छ तिनीहरुले जीवित अबस्था मै सम्पूर्ण संसारलाई वा जन्म बन्धनलाई जितिसकेका हुन्छन | किनभने पर्ब्रह्म परमात्मा निर्दोष र सम रहने हुदा तिनीहरु पनि पर्ब्रह्म परमात्मामा निश्चल अर्थात स्थित भै रहन्छन |जो व्यक्ति आफुलाई प्रिय बस्तु पाएर हर्षित र अप्रिय बस्तु पाएर दुखि हुदैन त्यो व्यक्ति मोह र सन्देहरहित ब्रह्मवेत्ता सरह पुरुष भै परमेश्वर परमात्मामा नै एकिकृतभावले सदा स्थित हुन्छन |जुनव्यक्ति बाहिरी बिषयगत आसक्तिहरुमा रहदैन, त्यस्ता ब्यक्ति ध्यानमग्न भैरहदा असिम आनन्द प्राप्त गर्दछ र त्यसपछि परब्रह्म समाधिरुप योगमा स्थित भै अक्षय सुख आनन्दको अनुभव गर्दछ | जुन इन्द्रिय र बिषयगत संयोजन ले उत्पन्न भएका सुख भोगहरु छन् ति सबै भोगमा भासिदै जान्छन र ति सबै दुखका कारण हुन् | यी सुख भोग क्षणिक र अनित्य छन् | हे कुन्तिपुत्र अर्जुन बुध्दिमान र विवेकी व्यक्ति परिणाम दुखित बनाउने क्षणिक सुखभोगमा रम्दैनन र आनन्दित पनि हुदैनन् | जो मानिस यस्लोकमा जीवित हुदासम्म काम क्रोधबाट उत्पन्न हुने वेगलाइ सहन गर्न सक्दछ वा सक्षम हुन्छ त्यही व्यक्ति योगी हो र त्यहि व्यक्ति सुखी पनि हो | जो व्यक्ति अन्तरआत्मामा सुखको अनुभूति गर्दछ र त्यसैमा रमाउछ जसको आत्मा ज्ञानज्योति स्वरूप छ, यस्ता सांख्ययोगी सच्चिदानन्द पर्ब्रह्मा संग एकाभाव हुदै शान्त परब्रह्म स्वरूप बनेर निर्वाणरुप ब्रह्मानंद प्राप्त हुन्छ | जसको पापादी दोषहरु नष्ट भएका छन् जसको ज्ञानव्दारा संसय संदेहहरु हटेका छन् र सम्पूर्ण प्राणिको हितमा रत छन् जसको मन एकाग्रभावले परमात्मामा स्थित छ त्यस्ता ब्रह्मबेत्ता व्यक्ति शान्त ब्रह्मालाई प्राप्त गर्दछ | जो व्यक्ति काम क्रोधबाट मुक्त छन् जसले मन बुध्दी चित्तलाई जितेका छन् र परमेश्वरलाई परमात्मालाई साक्षात्कार गरेका छन् त्यस्ता शिध्द ब्यक्तिलाई सबै तिरबाट निर्वाणस्वरूप शान्त पर्ब्रह्म परमेश्वररुपले परिपूर्ण रहन्छन | शब्द स्पर्शआदि बाहिरि भोग्य बस्तुलाइ अन्तस्करणबाट बाहिर निकाली अर्थात चिन्तनबाट मुक्त भै आँखाको दृष्टिलाई आँखी भौ को बिचमा स्थिर गरि नाकको भित्रि भागमा विचरण गर्ने उर्ध्वगामी प्राणवायु र अदोगामी अपांन वायुलाइ सम राखेर इन्द्रिय मन बुध्दीलाइ वशमा राखी इच्छा भय क्रोध सुन्य मोक्ष परायण जो व्यक्ति छ त्यो सदा मुक्त रहन्छ | मेरा भक्तले म बासुदेवलाइ सबै यज्ञ र तप भोग गर्ने भोक्ता समस्त लोकको महान इश्वर तथा समस्त प्राणिलाइ सुह्रिदय दयालु र प्रेमी हुन् भनि जानेर परम शान्ति प्राप्त गर्दछ |

इति पंचामोध्याय: |

Leave a Reply