Capture
म जे छु
म जस्तो देखिन्छु |
म उस्तै छु |
म आफु जस्तै भएर बाच्न चाहन्छु |
न कि फोटो कपि भएर !
न कि कसैको अभावमा
न त कसैको प्रभावमा
न त कसैको दासत्वमा
यो जिन्दगि आफ्नै त हो
त्यसैले त आफ्नै स्वभावमा बाच्न चाहन्छु |
न त मलाइ धनले बाध्न सक्ला !
न त मलाइ लोभले बाध्न सक्ला
ठुलो हुन् जानेको छैन म
सानो हुन् मानेको छैन म
त्यसैले त म आफ्नै स्वभावमा बाच्न चाहन्छु |
जे देख्छु भन्न मन लाग्छ र लेख्छु |
पढने मध्ये कसैलाई ठिक लाग्ला पनि
कसै कसैलाइ ठिक नलाग्न सक्ला पनि
न कि कसैको अभावमा
न त कसैको प्रभावमा
न त कसैको दासत्वमा
यो जिन्दगि आफ्नै त हो
त्यसैले त म आफ्नै स्वभावमा बाच्न चाहन्छु |
०७/०५/२०१६

Leave a Reply