लगभग १०बर्श अगाडी नायग्रा फल गएका थियौ | थुप्रै साथीहरुको समुह बनाएर गएका थियौ | तर क्यानाडा कुचेका भने थिएनौ | पारि पट्टि देखिने टोरोन्टो सिटीको दृश्यले हामिलाइ कम लोभ्याएको थिएन | तर हामि नायग्राफलसम्मको पाकेज टुरमा थियौ | उसैको तजबिजमा हिड्नु पर्थ्यो | पारि गइएन | एउटा लामो छुट्टी परेको थियो छोरा छोरीको, डालसबाट प्रवेस ज्वाइ पनि न्यु योर्क आउनु भएको थियो | अघिल्लो दिन बन्दना छोरीको साथी समीक्षाको छोरीको भात्ख्याई पार्टी थियो | नत्र हामि सुक्रवार नै क्यानाडा जाने तरखर थियो | त्यो पार्टीले गर्दा हिडन भ्याएनौ | बिपिनलाई अलि सन्चो थिएन |

फ्लु भएछ, डाक्टरलाइ चेक जांच गराएर औशधि खाए पछी अलि बिसेक भयो | बिशेक भए पनि बिब्पिनले जान मानेन घुम्न गए आराम हुदैन म रेष्ट गर्छु भन्दै थियो | संच नभएको छोरालाई घर छोडेर जान मन थिएन | बिहान अलि ढिलो उठियो | ज्वाईले क्यानाडा जान योजना पहिले नै बनाएर आउनु भएको थियो | लक्ष्मी र म जान्नम बिपिनलाइ अलि सन्चो पनि छैन भनि बिशाल र बिनिशा अनि ज्वाई छोरी नाति भएर एउटा कार लैजाउ भन्दा पनि मानेन | सबैले अल्छी गरिराखे | बिपिनले हैन डेडी मैले आराम गर्न खोजेको हिडे पछी थकान हुन्छ भनेर हो तपाइँहरु जानुस म फेरी जाउला भन्यो उसले भने पछी असजिलो मानि हामि तयार भयौ | यहि घरको तल अपार्टमेन्टमा बस्ने दिपकजीको छोरा आयुषको पनि छुट्टी थियो | आयुसलाइ नछोड्नु भनेर हामि नास्ता गरि क्यानाडाको मोन्टेंरियलको लागि प्रस्थान बिहान ९ बजेतिर प्रस्थान गर्यौ | एउटा कारमा छोरी ज्वाई र नाति अर्को कारमा बिशाल बिनिषा हामि पति पत्नी भएर मेनाहाटनको एफ डी आर हुदै ८७ हाइवे लिएर अल्वानी हुदै बीचमा फस्ट फुड खायौ पार्क बिश्राम गर्दै, क्यानाडा बोर्डरमामा पुग्यौ | अल्वानिको डाउन टाउन शहर बाहिर बाट मात्र हेर्न पाइयो | रुट सिटि बाहिर बाट रहेछ |

बीच बिचमा मनोरम दृश्य दृश्यावलोकन गर्दै बोर्डरमा पुगेका थियौ | क्यानाडा बोर्डरमा गाडीबाट उत्रिन पनि पर्ने रहेनछ | मौफिक सोधपुछ गर्यो | सबैले आफ्नो पासपोर्ट र ग्रीन कार्ड बुझाए पछी इमिगग्रेसन अफिसरले स्कान गरि हामीलाई पासपोर्ट फिर्ता गर्यो | न्यु योर्कको मान्छे बल्ल तिमीहरु क्यानाडा आउदै छौ ? किन भनेर सोध्दा हामीले हासेर जवाफ दियौ | हामीलाई लाग्यो प्राय : न्युयोर्क बासिहरु क्यानाडा भिजिट गरेकै हुदा रहेछन | हामि दशौ वर्ष न्युयोर्क बसेर पनि क्यानाडा नगएको भनेर होला भनेर अनुमान लगायौ | हामि क्यानाडा छिरियो | सडकमा ट्राफिकका भाषा फ्रेन्च हुदो रहेछ | exit लाइ sortie लेख्दो रहेछ | स्पिड mile नभएर किलोमीटरमा चल्दो रहेछ | ड्राभिंग भने दाया नै भएकाले चलाउन गारो भएन | english साइन बोर्ड नलेख्ने रहेछन | न्युयोर्कमा कहिँ पहाड कहिँ सम्मो देखिए पनि पारि क्यानाडातिरका जमिनहरु सम्म परेका पाटा मिलेका रहेछन | अहिले खेति पाती लाउन खत जोत गरि सम्म पारेका ठुला ठुला प्लटहरु बाटाबाट देखिन्थे | जताततै हरियाली थियो | मोंटेरियलको नजिक पर्ने गरि इन्टरनेसनल मोटेल नामको मोटेल रहेछ | त्यस मोटेलमा बुक गरेका थियौ | साँझ पर्न थालेको थियो | हामि मोटेल पुगी सबै लगेज कोठामा राखी मोंटेरियल सिटि तर्फ लाग्यौ | मोतेलबाट करिब १५ मिनेट पछी हामि सिटिमा पुग्यौ |

सिटीमा पुगेर बल्ल बल्ल एउटा पार्किंग खोजेर गाडीलाई पार्किंग गर्यौ र शहरको मुख्य चोकतिर लाग्यौ | शहरका घरहरु युरोपका जस्ता थिए | म युरोप त गएको छैन | मिडियामा हामि सबैले देखेकै छौ | हामि लगभग पर्यटक आकर्षक स्थान मा नै पुगेछौ | ठ्याक्कै टाइम्स स्क्यार जस्तै वा भनौ रत्न पार्क टुडिखेल जस्तै ओपन म्युजिक प्रोग्राम, चटकेहरु, बार्दलीमा रेस्टुरेन्ट बसेर खाइ पिई रहेका टुरिष्टहरु ओहोर दोहोर पुराना घरहरु हेरेर रमायौ | फोटो खिच्यौ | रमाइलोमा हिडदा डुल्दा रात गहिरियछ | रेस्टुरेन्ट बन्द भैरहेका थिए | चाइनिजहरुकै चाइना टाउन जस्तै रहेछ शहरको एक पाटोमा त्यहा पुग्यौ र हत्तपत्त रेस्टुरेन्ट छिरेर खानाको अर्डर गर्यौ र धेरै जसो रेस्टुरेन्ट बन्द भैसकेका थिए |

शहरका साघुरा गल्लि छिचोलेर त्यहा पुगेका थियौ | खाना खायौ | धन्यै अमेरिकाको क्रेडिट कार्ड चल्दो रहेछ | बल्ल बल्ल एउटा बैकमा गएर डेबिड कार्डबाट क्यानाडियन डलर लिएका थियौ | यहाको डलर प्लास्टिककागजका हुदा रैछन | कार्ड चल्ने भएकोले धेरै पैसा निकालेनौ | कार्ड नचल्ने ठाउको लागिमात्रै पुग्ने गरि निकाल्यौ | त्यसपछि हामि मोटेलमा गयौ, मोटेलमा पुग्दा १ बजे सकेको थियो | हामि मोंटेरियल आएको रमा बैनीले फोटा देखेर थाहा पाइछन | रमा बैनी र श्याम भाइ न्यु योर्कमा हामि एकै बिल्डिंगमा बस्थ्यौ |

उनीहरु २बी मा हामि ५ बि मा, श्याम भाइले नै मलाइ यो अपार्टमेन्ट खोजिदिएको हो | अझै म त्यही छु | रमा र श्याम भाइको क्यानाडाको ग्रीनकार्ड भए पछी क्यानाडा मुभ हुनुभएको हो | श्याम भाइको आमा पहिले देखिने क्यानाडा हुनुहुन्थ्यो | हामीलाई ओटाहा आउनको लागि फोन गर्नु भयो | त्यति नजिक आएर यहा नआईकन जान जान पाइन्छ ? भने पछी आत्मियता साथ कर गरिसके पछी अर्को दिन रमा/श्याम बैनी भाइ कहा नगई मनले मानेन | हामि मोंटेरियल मात्र घुमेर फर्किने सोच थियो | मात्र २ घण्टाको ड्राइभींग रहेछ | हामीले मोंटेरियलको भिजिटलाई छोट्याएर ओटाहा जाने निर्णय गरियो | अर्को दिन साझ पुग्ने गरि आउछौ भनेर भन्यौ | त्यस दिन धेरै रात परिसकेको थियो | सुत्यौ | बिहान अलि ढिलै उठियो | नुवाई धुवाई सकेर मोटेलबाट चेकआउट भएर त्यहाको एतिहासिक सेन्ट जोसेफ ओरेटोरी अफ माउन्ट रोयल (church ) हेर्न गयौ | बिशाल रहेछ | आइतबार परेको थियो | भिडभाड रहेछ | भब्य चर्च डाँडाको काखमा अबस्थित सुन्दर भब्य चर्च रहेछ | पर्यटकको लागिपनि मनोरम दृश्याबलोकन गर्न सकिने र क्याथोलिक इशाइहरुकोलागि पवित्र तिर्थस्थल रहेछ | इशाइहरु मन्त्र जपेर प्रत्येक सिढीमा टेकेर मात्र माथिसम्म पुग्दा रहेछन | यो रोमन क्याथोलिक संग एफिलियट रहेछ |सन् १९६७ मा निर्माण पुरा गरिएको रहेछ | भित्र पट्टि क्राइष्टका जिबन संग सम्बन्धित मुर्ति कलात्मक किसिमबाट म्युजियम गराइएको रहेछ |

12871461_10154025859280210_851107480974152540_n



पचासौ वर्षगाठको अबसरमा सबैलाई यो म्युजियम खुला गरिएको रहेछ | त्यहाको केहि मनोरम दृश्यलाई क्यामेरामा कैद गर्यौ र श्याम भाइको ओटावा तर्फ हिड्यौ | बिचमा हामीले लन्च पनि गर्यौ र एउटा मलमा पसेर नानीहरुलाई सामान किन्यौ | न्युयोर्कमा कपडाहरुमा टेक्स लाग्दैन क्यानाडामा लगभग १५ % टेक्स लाग्दो रहेछ | क्यानाडा अमेरिका भन्दा महँगो रहेछ तर सरकारले सबै जनतालाई फ्री हेल्थ इन्सुरेन्स र अन्य सुबिधा धेरै दिदो रहेछ | हामि करिब 4 बजेतिर रमा बैनीको मा पुग्यौ | उनिहरुले नया घर किनेका रहेछन | ओटावा सिटि देखि करिब २०मिनेट मात्रा टाढा रहेछ | ३ बेड रुमको टाउन हाउस बेस्मेंट ठुलो स्पेस भएको, पछाडीपनि राम्रो ठाउ नया कोलोनी सुन्दर रहेछ | न्यु योर्क साघुरो बसाइ बसेकोलाई ठुलो नै लाग्दो रहेछ | न्युयोर्क बस्दाको यादगार सम्झनालाइ सम्झदै मिठा मिठा कुरा कानी भए | नास्ता खाइवरी श्याम भाइले हामीलाई ओटावा सिटि घुमाउनु भयो | ओटावा क्यानाडाको राजधानी हो | हुन् त हेर्न लायक धेरै ठाउ थिए | हामीलाइ कम समयमा धेरै ठाउ भिजिट गर्न परेको पनि थियो | श्याम भाइले कारबाट केहि ठाउमाघुमाइदिनु भयो | केहि तस्विर कैद गर्न पायौ | पार्ल्यामेंट हिल बिल्डिंग, प्राईमिनिस्टरको कार्यालय, निवासआदि र शहरका केन्द्र बिन्दु मा रहेका बजारहरु गाडीबाटै भए पनि दृष्याबलोक गर्न पाइयो |ओटावा पुगे पछी मैले प्रदिप शर्मा र गोबिन्द दाहाललाइ फोन गरे गोबिन्दजी बाहिर जानु भएको रहेछ | प्रदिपसंग फोनमा कुरा हुन् सक्यो | फोनमा कुरा भए पनि हामि नभेटेको पनि २० सौ बर्ष भैसकेको थियो | प्रदीपले पनि भेटन उत्सुक हुनु भयो | प्रदिपजी मेरो हाइस्कुलदेखिको मित्र हुनुहुन्छ | प्रदिप प्राय भैरहवा आफ्नो घरमा आउदा जादा प्राय मलाइ भेटने गर्नु हुन्थ्यो | घन्टौ गफ हुने गर्थ्यो | मैले त भेटने खोजेको थिए | त्यसैले पनि नजिक भए भेटन जाउला भनेर फोन गरेको थिए | उनले आफ्नै घरमा बस्न भन्नु पनि भएको थियो | हामि रमाको बस्ने भएको र खाना पनि रमा बनाइ सकेकोले हामि भेट्न मात्रै आउछौ भनेर भयौ | सिटिबाट करिब २०/२५ मिनेटमा पुगिने रहेछ | सिटि घुम्दा रात परि सकेको थियो | श्याम भाइ र रमालाई समेत लिएर सिटिबाट हामि प्रदीपको घरमा गयौ | श्याम भाइ कलाकार पनि हो | वहाले गाउनु हुन्छ | प्रदीपले चिन्दा रहेछन | स्टेजमा उत्रेको मान्छेलाई चिनिहालिंछ भन्दै प्रदीपको घरमा सपरिवार चिनजान र भेटघाट गर्यौ सबैले नास्ता पनि गर्यौ | छोटो मिठो भेटघाट भलाकुसारी पछी स्यामको घरमा फर्कियो | खाना खाइवरी सुत्यौ | लगभग ८ बर्ष भएको थियो हाम्रो भेटघाट नभएको उनीहरुसंग | भोलि पल्ट बिहान हामि न्यु योर्क फर्किन पर्ने थियो | पर्सि पल्ट सबैको काम थियो | बिहान ९ बजे रमा बैनी काममा जानु थियो | श्यामको इन्तार्भ्यु थियो | उनुहरुको २ छोरी छन् | उनीहरुलाई स्कुलबस सम्म पुर्याउनु थियो | हामि पनि न्युयोर्क फर्कनु पर्ने हुनाले उनीहरुसंग संगै घरबाट बाहिरियौ | बन्दनाको स्कुलदेखिको साथी अर्चना पनि रमाको घर नजिकै रहिछिन उनले बन्दनालाई भेटन खोजेर बोलाकी थिइन् | हामीले आउने बाटोको अन द वे पर्ने भएकोले हामि सबै अर्चना भेटेर फर्किने भयौ र अर्चना कहा पस्यौ | अर्चानाका पति पत्नी क्यानाडाको आप्रबासी भिषामा आएका रहेछन | उनको श्रीमान्ले नेपालको बैकमा काम गरिरहेका थिए | त्यहाको प्रकिया पुर्याएर पीआर भएर आएका रहेछन तर यहा पनि उनले उच्च शिक्षा अध्ययन गरिरहेका रहेछन | अझ राम्रो जबको लागि | हामि उनकोमा जानी बित्तकै हग गरेर रोइन | उनको आमाको हालसालै स्वर्गे हुनु भएको थियो | बन्दना उनको मिल्ने साथि अनि बन्दनाको ममीलाइ आफ्नै ममी जस्तो मानेर होला | खालि भेटेर मात्रै हामि हिडीहाल्यौ | न्युयोर्क फर्किदा थाउजेंट आइलैंड अन द वे पर्दो रहेछ | त्यहा हामि पुग्यौ | यो आइलैंड न्युयोर्क र क्यानाडा सिमा क्षेत्रमा पर्दछ | सम्पूर्ण आइलैन्डको लगभग दुइ तिहाइ भाग क्यानाडाको ओन्टारियोमा पर्ने रहेछ | ठुलो ताल बीच बिचमा स साना आइलैंड प्रतेक आइलैंडमा घर रहेछन, कुनै कुनै अलि ठुलै पनि थिए | ठुलो आइलैंडमा गार्डेन पनि देखिन्थे | सबभन्दा सानो टापु एक मिटर स्वायर र दुइ वटा रुख भएकोलाई काउन्टमा राख्दो रहेछ | १८६४ वटा ससाना टापु मध्ये १००८ वटा क्यानाडामा पर्ने रहेछ | तर पनि यसलाई थाउजेंट आइलेंड भनिने रहेछ | हामी त्यहाबाट शिपको टिकट काटेर क्यानाडापट्टिका आइलैंडहरुमा घुमियो | असाध्यै राम्रो मौसम थियो | निलो आकास तालको निलो सफा पानि अनि शिपको माथि बसेर चिसो बतास संगै हिडीरहदा एउटा स्वर्णिम आनन्दको अनुभूति भयो | ती घुमाउने शिप हरु २ प्रकारका हुने रहेछन |

एक खाले 4 घन्टाको शिप टुरले केहि ठुला आइलैंडमा उतारेर भिजिट गराउने रहेछ | अर्को खाले २ घण्टा को शिपमा ती आइलैंडको नजारा गराउने रहेछ | हामि त्यसैमा टिकट लिएका थियौ | त्यहाको बोल्ड क्यास्टल एतिहासिक रहेछ | यी आइलैंडमा न्युयोर्कको स्टेट पार्क र क्यानाडाको नेशनल पार्क समेत अवस्थित छन् | हामीले शिपबाट मात्रै हेर्यौ | यो थाउजेंट आइलैन्डको भ्रमण सकेपछी लामो थाउजेंट आइलैंड ब्रिज तरेर हामि न्युयोर्क बोर्डरमा प्रवेस गर्यौ | लामो बाटो थियो | दिपकजी आयुस मैया दिदि र छोरा बिपिन पनि न्युजर्सी सुधिर हसिनाको निम्तामा गएका थिए | हामि पनि सामेल भै घर आउने कार्यक्रम भयो | सुधिर भाइले हामीलाई पनि पटक पटक आफुले किनेको घरमा आइदिन आग्रह गरिराखेका थिए | संजोगले त्यहाको भेटघाटमा सामेल हुने मनसायले हामि सुधिरको घर तिर लाग्यौ | साढे नौ बजे तिर मात्रै हामि त्यहा पुग्यौ बाटोमा धेरै ट्राफिक भयो | सुधिरले नयाघरको कोठा चोटा देखाए | घरको ब्याक यार्डमा बारबार क्यु गरि राखेका खाइ रहेछन | हामि गएपछि हाम्रोलागी पनि खानेकुरा तयार भयो | खायौ पियौ | रात छिप्पिदै थियो | ११.३० बजेतिर् सुधिर भाइकोबाट हामि न्युयोर्क कोठामा आउदा १ नै बज्न आटेको थियो | अमेरिकाको व्यस्त जिबनबाट २,4 दिन समय निकालेर हामीलाई पनि यी मनोरम यात्रामा समाबेस बनाउन पछी नपर्ने छोराछोरीहरु धन्यबादका पात्र छन् | जहा पुग्यौ, हामीलाई समान गर्ने, माया गर्ने श्याम भाइ रमा बैनी, प्रदीपजी परिवार, सुधिर र हसिना बैनीलाइ पनि धन्यबाद दिन्छु |

मिति : मे २७ देखि ३० सम्म २०१६

Leave a Reply