मेरो स्वास्थ्यको कारणले पनि मेरा थुप्रै कामहरु धरासाही भएका थिए | हुन् त मेरो स्वास्थ्यमा देखापरेका अफ्थ्याराहरुले मेरो समुल परिवारलाइ र भविष्यलाई नै अनिश्चिततातिर धकलेको थियो | धेरै बाधा अडचनको बाबजुद मेरो कलेजोको प्रत्यारोपण पछी भने मेरो परिवार सदस्यहरुले संतोसको सास फेर्न पाएका छन् | अन्य ससाना समस्याहरु भने हरेक मान्छेका जिबनमा आइरहने कुराहरु हुन् | कलेजो प्रत्यारोपण पछी भने मेरो सोचाइमा परिबर्तन निश्चितरुपमा भएको छ | मसंग भएका निजि सपनाहरु भताभुंग भएर भत्किए भन्दा पनि हुन्छ | व्यक्तिगत इर्श्या, घृणा र प्रतिस्पर्दाहरु मन्थर भएर गएछन् | नकारात्मक सोचहरु बिलिन हुन् थालेछन् भने सकारात्मक सोचहरु मष्तिष्कमा उर्बर हुन् प्रारम्भ गरेछन | बाकी रहेको जिबनलाई अब कसरी उन्नत बनाउने, समाजमा सकारात्मक भावनालाइ कसरि बिकसितको बनाउने, साचो सत्य कुराको पक्षमा भयमुक्त भै कसरी उभिन सकिन्छ | यहि कुरा मेरा अगाडी उभिएका छन् | हाम्रो समाज असाध्यै नकारात्मक भावनाबाट ग्रसित छ, सहयोगी भन्दा पनि कसरि असहयोग गरि असफल बनाउन सकिन्छ भनि लागिरहेको देखिन्छ | जबकी हामीले सहयोगी भावनाले एक अर्काका परिपुरक रुपमा काम गर्यौ भने सबैलाई फाइदा हुने थियो | तर त्यसो हुन् सकिरहेको छैन | हाम्रो समाजमा कसैलाई होच्याएर मात्रै आफु ठुलो भइन्छ भन्ने कुभावना बोकेका प्रसस्त व्यक्तित्वहरु छन् | बास्तबमा भन्ने हो भने ठुलो हुनको लागि कसैलाई नहोच्याईकन पनि ठुलो मान्छे भइन्छ भन्ने मेरो धारणा हो | फेरी ठुलो भन्ने के हो ? प्रश्नको जवाफ यहिनै हो भन्ने पनि भेट्टाउन सकिएको छैन | सबभन्दा धेरै उमेर भएको मान्छेलाई ठुलो भन्ने कि ! सबभन्दा धेरै वजन भएको मान्छेलाइ भन्ने कि ! धेरै पैसा भएको मान्छेलाइ ठुलो भन्ने कि ! धेरै पढेको मान्छेला भन्ने कि ! त्यो पनि कति बर्षसम्म पढेको मान्छे लाइ भन्ने ! पी एच डी गरेको मान्छेलाई भन्ने कि ! कुन बिषयमा पी एच डी गरेको मान्छेलाई भन्ने ? नेपालीमा पी एच डी गरेकोलाइ, अंग्रेजीमा पी एच डी गरेको, समाज शात्रमा पी एच डी गरेको, भौतिक शाश्त्रमा पी एच डी गरेको , रसाय शास्त्रमा पी एच डी गरेको, बयोलोजिमा पी एच डी गर्नेलाइ, मेडिकल साइन्समा पी एच डी गरेकोलाई भन्ने कि ! नेतालाइ भन्ने कि, प्रधान मन्त्रीलाई भन्ने कि ! राष्ट्रपतिलाई भन्ने कि ! डन, गुण्डा, राजा महाराजा कसलाई ठुलो मान्छे भन्ने ? संसारमा लाखौ मान्छे छन् जो लाखौ बिषयमा उच्च ज्ञान राख्दछन | हरेक क्षेत्रका मान्छे ठुला हुन् साधारण देखिने मान्छेमा पनि असाधारण प्रतिभा र क्षमता हुन्छन भन्ने कुरा हामिले बुझ्न आबस्याक छ भन्ने मलाइ लाग्दछ | जसले आफुलाई म ठुलो मान्छे हुम भन्ने लाग्छ त्यो मान्छे पनि कुनै ठाउमा होचो र फुच्चे साबित हुन्छ | कोइ शेर छ भने अर्को सवा शेर छ भन्ने कहावतले साबित गर्दछ | संसारमा सर्बज्ञानी र ठुलो मानिस कोइ पनि छैन | यो ठोकुवा गरेर भन्न सकिने ठाउ छ | हरेक मान्छेका केहि नै केहि कमजोरी छन्, अज्ञानता छ | तर त्यस कमजोरीलाइ ढाकछोप गरेर पाखंडीपन देखाउन मान्छे पछी पर्दैनन् | मानिसको लागि सबभन्दा बलवान समय हुदो रहेछ | समय र परिश्थितिले मान्छेको छद्मरुपी मुकुण्डो खोलिएको पाइरहेका छौ | मानिसको हरेक समय उसको लागि नया हुन्छ र त्यसलाई नया ढंगले बुझ्न आबस्याक छ | संसार परिवर्तनशील छ | त्यसैगरी आफु पनि संगसंगै सिक्न र परिवर्तन हुन् आबस्याक छ | आफुलाई अपडेट राख्न आबस्याक छ | समय बलवान छ, जे जति भएको छ त्यो समय हो, संसारको बिज (बिउ) समय हो | पृथ्वीको आविस्कार पनि समयले नै निर्धारण गरेको हो | समयले हरेक मान्छेलाई चलाइरहेको छ | यो कसैले मानोस वा नमानोस् तथ्य कुरा त्यहि हो | समयले मान्छेलाई माथि लैजाने र खसाल्ने गर्दछ | समयले मान्छेको मन मश्तिश्क सरिर सजिलै परिबर्तन गर्दो रहेछ |
मैले ठुलो मान्छे र सानो मान्छे चिनेको छैन ! मानबता मैले बुझ्छु, ठुलो मान्छे मैले त्यसलाई मान्छु जो जसले आफुसंग भएको ग्यान र धन र बैभव प्रतिष्ठाको जिकिर र घमण्ड गर्दैन | सधै असल मान्छेको सम्मान गर्छ | फलेको हाँगो जहिले पनि नुगेको हुन्छ |

म जहा पुग्छु त्यहाको बारेमा आफुले भेटेका व्यक्ति बिशेष, स्थान र भेटघाटलाई स्मरणीय अभिलेख बनाउन संग्रह गर्ने कोशिसमा लागेको छु |

धेरै बर्ष अमेरिका बसिरहदा पनि टेक्सास जान अनुकुल परिरहेको थिएन | छोरि बन्दना ४ दिने छुट्टीको मौका पारेर टेक्सास जाने कुरा चल्यो | बन्दनाले न्युयोर्क बाटै एम बि ए पढ्दै छिन | केहि महिनापछी बन्दना छोरी उतै मुभ हुने छिन | बन्दनाको पनि न्युयोर्कमा जागिर छ | प्रवेस ज्वाई टेक्सासमा राम्रो नोकरी पाएपछी उता जानु भएको र हाल त्यही हुनुहुन्छ | ज्वाइले पनि हामीलाई टेक्सास घुम्न आउन पटक पटक भनिरहनु भएको थियो | कान्छो ज्वाइ अर्थात ज्वाइको भाइ निषेधको साली अन्जुको बिबाह पनि परेको थियो | वहाले पनि निम्ता पठाउनु भएको र फोन बाट पनि आग्रह गर्नु भएकोले यो पटक टेक्सास जाने साइत जुर्ने पक्का पक्कि भयो र टिकटको बुक छोरीले गर्दीइन | बन्दना, नाति प्रवन, लक्ष्मी अनि म टेक्सासको प्रस्थान गर्न न्यु योर्कको लागडीया एयरपोर्टमा करिब ४ बजे पुग्यौ | त्यहाबाट हामि भर्जिन एयरलाइन्सबाट डालस जानु थियो | एयरपोर्टको आबस्याक जांच सेक्युरिटी पार गरेर वेटिंग कक्षमा केहि बेर कुर्नु थियो | करिब ४ घन्टाको उडान हुदो रहेछ | अमेरिकाको उडान लामो उडानमा पनि खाना ख्याउने ब्यबस्था पानि, जुस बाहेक अरु हुदैन | त्यस बाहेक अन्य स्नाक्स र अल्कोहल ड्रिंक्स किनेर लिन सकिने हुन्छ | एयर लायन्सको तर्फ बाट प्रोभाइड गर्दैन | कुर्ने समयलाई सदुपयोग गर्दै स्टलबाट केहि जुस पानि र नास्ता खायौ | पासेंजर प्लेनमा चढन लाइनमा लागेपछि हामि पनि पछी पछी पछ्याउदै लाग्यौ | नातिको सिट थिएन उसलाई सिटमा बसाल्न पनि सकिने थिएन | २ वर्ष सम्म प्लेनमा बच्चाको लागि टिकट लाग्थेन र सिट पनि पाइदो रहेनछ |काखमै बसाल्न पर्यो | सिट संगै भएकोले हामि सबैले प्रबंलाई काखमा पाली पालो गरेर लियौ | करिब ९ बजे पछी डालासको लभफिल्ड एयरपोर्ट आइ सकेको सुचना एयर होस्टेजले दीइन | प्लेनबाट तल पट्टि हेर्दा बिशाल क्षेत्रमा फैलिएको डालस शहर नया प्लानिंग गरेर बसाइएको शहर रहेछ | बत्तीले झिलिमिली देखिन्थ्यो | जे प्लेन ढिलो भएको थिएन | ठुलो आवाज संगै प्लेन लेण्ड गर्यो | हामि प्लेनको पछ्दीको सिटमा थियौ, सबै पेसेन्जर अगाडी लगाएर सबभन्दा पछी हामि बाहिर निस्कियौ | बाहिर ज्वाईसाप हाम्रो प्रतीक्षा बसिरहनु भएको थियो | प्रवनले बाबा भनेर वहाको काखमा गैहाल्यो | वहासंगको भलाकुसारी गर्दै हामि लगेज लिन गयौ | लगेज लिएर पार्किंग गएर गाडीमा लगेज राखी ज्वाई सापले आफ्नो अपार्टमेन्टमा हामीलाई करिब १० बजे तिर पुर्याउनु भयो | बाहिर खाने बिचार थियो तर हामि आउन ढिला हुने हुनाले खाना बनाएर जानु भएको रहेछ | खाना खायौ, धेरै बेर सम्म बातचित गरेर सुत्यौ |
बिहान त्यहाको पार्कमा मार्निंग वाक गरेर नुवाई धुवाई गरि ह्युस्टन जाने तयारि गर्यौ | ज्वाइको कोठाबाट करिब ४५ मिनेटको बाटो रहेछ, अर्विन अन द वे पर्ने भएकोले अर्विन भएरै जाने भइयो | डालसको अर्विनमा मेरो भान्जादाइको छोरी मेरी भतिजी सिता अर्यालसंग कुरा भएको थियो | उनले हामीलाई बिहानको खाना खाने गरि धेरै आग्रह गरिन हामि त्यहा हामि नगई सुखै पाइएन | नभेटीकन पनि मनले मानेन यी छोरीलाई मैले सानैमा देखेपनि बिचमा हाम्रो भेट भएको थिएन | उनि अमेरिका आएपछी मलाइ खोजखबर गरेर मलाइ सम्पर्क गरेकी थिइन् | फोनमा र कहिले काही स्कापमा कुरा कानी भैरहन्थ्यो | भान्जादाई उनि सानै हुदा बित्नु भएको थियो |



सिताले हामीलाई मिठो खाना ख्वाइन | हाम्रो असाध्य छोटो भ्रमण भएकाले सुबिस्ताले बस्न पाइएन | ज्वाई काममा जानु भएको र नानिहरु स्कुलमा गएकाले उनिहरु संग भेट हुन् सकेन | हामीलाई हतार थियो | त्यसदिन हामि ह्युस्टन जानु थियो | अर्विनमा मेरो माइलदाइको कान्छी छोरी मना र ज्वाई पनि हुनुहुन्छ | मनाको जागिरको सिलसिलामा सन् डीगो बस्न थालिकी थिइन्, भर्खर जागिर लागेको हुनाले उ भेट आउन सकिन तर ज्वाई त्यहि हुनुहुन्थ्यो | हामि त्यसदिन वहालाई भेटन सकेनौ | सीताको कोठाको नजिकै सुलोचना घिमिरे बस्थिन | उनि मलाइ भेटन आउन सकिनन् उनि पेग्नेनेंट रहिछन डेलिभरीको समय नजिक भएकोले हामि उनैको कोठामा भेटन गयौ | सुलोचना छोरी बन्दनाको पनि साथी हुन् | सुलोचना हाम्रै मित्र लक्ष्मण घिमिरेको छोरी हुन् | उनको माइती शंकर नगर घरै नजिकको छिमेकी पनि हुन् | उनलाई भेटेपछि हामीलाई हग गरेर रोइन | उनलाई बाबा आमा आए जस्तो भएछ | हामि उनलाई नभेटेको भए हामीलाई पनि पछुतो हुने रहेछ | एकै छिन त्यहा बस्यौ | भलाकुसारी गर्यौ | नआत्तिन भन्यौ | केहि दिन पछी उनको बाबा ममी पनि आउदै हुनु हुदो रहेछ | यो अलि सन्तोष कुरा भएछ | नत्र भने आपत्ती पर्छ | उनको श्रीमानसंग भेट हुन् सकेन उनि काममा थिए | डालसबाट हुस्टन जान ४/५ घण्टा लाग्ने हुनाले हामि त्यहाबाट हिड्यौ | बाटोमा पर्ने एउटा मलमा पसी २/ ४ वटा तस्विर खिच्यौ | फोर्ट ओर्ट वाटर गार्डेन रहेछ | कलात्मक किसिमबाट पानीलाई माथिबाट स्टेप बाइ स्टेप खसाएर तल ताल बनाइएको रहेछ | न्युयोर्क तुलनामा टेक्सास धेरै गर्मि रहेछ | एकै छिन वाटर गार्डेनमा तल माथि गर्दा पनि मन र तन शितल भयो | बाटोमा कृष्ण ज्ञवालीको बस्ने सानो सिटि रहेछ | फोनमा कुरा भएको थियो | वहा काममा भएकोले पनि हामि पसेनौ



| हुस्टन पुन राति हुने भयो भनेर सिधै ह्युस्टन पियरर्लैंड मा निषेधको घर पुग्यौ | निषेधको सालीको बिबाहको लागि आउने पाहुना त्यहा भएका थिए | भिडभाड नै थियो | निषेधबाबुको सासु ससुराहरु नेपालबाट बिबाहको लागि आउनु भएको रहेछ | वहासंग पुन भेट हुन् पाइयो | वहा लगभग २ बर्ष अगाडी न्युयोर्क हामीलाई भेट आउनु भएको थियो | वहाको कान्छी छोरी रंजुको बिबाहकै लागि आउनु भएको रहेछ | बाबु आमाको कर्तब्य नै त रहेछ छोरिलाई पढाइ लेखाइ गराएर सक्षम बनाएपछि अर्काको छोरालाई सुम्पन पर्दो रहेछ | अभिभावकलाइ दुख लागेर के गर्ने संसार कै रित त हो | भन्ने हरु भन्छन छोरा पायो बुहारीलाई ! छोरी पायो जुवाईलाई ! आफु त रित्ताको रित्तै !!!! यस्तै गफ गफमा गफ्फियौ केहि बेर ! निषेधको राम्रो र ठुलो घर रहेछ | कलोनीमा भएका सबै घर राम्रा थिए | बाथरुम एट्याज रुम हामि ५ जनाको लागि बन्दोबस्त गरिदिनु भयो | पाहुना धेरै थिए | हामिलाइ रुम नै चाहिन्थेन | तर पनि हामीले सो कोठामा बस्न पायौ | छिमेकी साथिहरुकहा मिलाएर पाहुनालाई ब्यबस्थापन भएछ | नेपालमा जस्तै सरसहयोग गर्ने छिमेकी रहेछन | रात त्यसै पनि ढिलो भयो |



बिबाह मन्दिरबाट हुने रहेछ | सबैले नुवाई धुवाई गरेरै तयारि हुन् धेरै बेर लाग्यो | जति चाडो गरेर हिडने भने आखिर दुलही निकाल्ने न हो ! ढिलो त भैहाल्छ | भोलिपल्ट बिहान ९ बजेपछी मात्र हामि मन्दिरको प्रस्थान गर्यौ | मन्दिर सुगरलैंडमा रहेछ करिब आधाघंटा कारमा लाग्दो रहेछ | आआफ्ना सवारी भएकोले मन्दिरमा पुगियो | दुलाहा पार्टीलाई स्वागत गरि दुलहीलाई जज्ञमा बसाली हामि मन्दिरको दर्शन गर्न लाग्यौ | श्री स्वामी नारायण मन्दिर ११५० ब्रान्ड लेन स्टाफोर्ड, ह्युस्टन | यो मन्दिर एउटा फराकिलो क्षेत्रफल ओगेटेको ठुलो ठाउमा फैलिएको रहेछ | हिन्दु मात्रैको होइन अन्यको लागि पनि गन्तब्य स्थलमा पर्दो रहेछ | असाध्य भब्य रहेछ मन्दिरको बाहिरि भागमा टुर्किस लाइमस्टोन र भित्र पट्टि इटालीयन मार्बलबाट बनाइएको रहेछ | करिब ३३००० हजार भन्दा बढी टुक्राहरूमा हातले कुदेर इन्डियाबाट ल्याइएको रहेछ | र यहा ल्याएर जोडेर बनाइएको रहेछ | कलात्मक छ | बिशिष्ठ खाले छ | मन्दिरको अगाडी पोखरीमा फोहरा फालेको सुन्दर दृश्य हामीले हेर्न पाएनौ | समयको अन्तर परेछ | बिबाहको निम्ता संगसंगै यो हाम्रो पनि गन्तब्य स्थान थियो | राधाकृष्णका सुन्दर मुर्ति आनन्ददायक छन् | मन्दिरलाई अन्त्यान्तै सफा सुन्दर राखिएको छ | बिबाह बारी मन्दिरको हाताभित्र रहेको हलमा गरिएको थियो |बिबाह भएपछी दुहाला दुलहीलाइ भगवानको दर्शन गराउन लगिने रहेछ | हाताभित्र ठुला ठुला हल छन् | जहा प्रवव्चन गर्ने सभा गर्ने गरिन्छ | मन्दिर घुमेर सकेपछी बिबाहपनी सकिसकेछ | दुलहीलाई दुलाहाले लगे |
हामि निषेधको घर नफर्कर मेरा मित्रहरुलाई भेटन जाने निर्णय गर्यौ र ज्वाईलाई भन्यौ आज हजुरलाइ पनि मेरा साथीसंग भेटघाट गराउछु हामिलाइ घुमाउन पर्यो भने वहाले हामीलाई टेक्सास घुमाउन कै लागि बोलाउनु भएको थियो | मैले यो 4 दिन छुट्टी लिएको छु जहा भने मैले घुमाउन सक्छु भन्दै तयार हुनु भयो | हामि ह्युस्टन भएको बेला मुना पौडेल र डीबी थापा र भिष्म दाईलाइ भेटने मन थियो | मैले मुना जी कृष्ण दाइलाई फोन गरे अनि डीबी दाइलाई पनि वहाको ठेगाना लिएर जीपिएस लगाएर मुना पौडेलजिको पुग्यौ | कृष्ण दाइ र मुनाजी भैरहवामा वरपर थियौ | एकदमै घरायसी सम्बन्ध थियो | मुनाजी सामाजिक कार्यकर्ता पनि हुनु हुन्थ्यो | कृष्णदाइ भलादमी सज्जन व्यक्तित्व हुनहुन्छ | मुनाजी अहिले पनि ह्युस्टनमा सामाजिक कार्यमा व्यस्त भैरहेको सुनेको छु | हामीलाई सहृदयी स्वागत गर्नु भयो | मुनाजी र कृष्णजी छोरी बन्दनाको बिबाहमा न्युयोर्क आइ सहभागी समेत हुनुभएको थियो | त्यसपछि कृष्ण दाइ मुनाजीले डीबी दाइको घरमा हामीलाई लिएर जानु भयो | वहाको घरबाट नजिकै छ भने पनि १० मिनेटको गाडीको बाटो रहेछ | कृष्णदाइ लाइ पछ्याउदै डीबी दाइको पुग्यौ | डी बि दाई मेरो दाइको साथि हुनुन्थ्यो | उमेरमा धेरै भए पनि मसंग पनी साथि जस्तै ब्यबहार गर्नु हुन्थ्यो | भैरहवामा मैले गर्दा नै वहा पुस्तक पसलको व्यवसायमा आउनु भएको थियो | धेरै बर्ष संगसंगै जस्तै बसियो भैरहवामा, वहा राजनैतिक चिन्तन राख्ने मान्छे, नोकरीमा अटाउन सक्नु भएन पंचायत कालमा, वहाले बहुदलको पक्षमा काम गरेबापत नोकरीबाट हट्नु पर्यो | गुल्मी जिल्लाको तत्कालिन अबस्था डिग्रीसम्म पढने मान्छे २ /4 जना मात्रै थिए | वहा त्यस भित्र पर्नु हुन्थ्यो | देशको राजनीति अबस्था त फेरियो | तर वहाले भने जस्तो उपलब्धि हासिल गर्न सक्नु भएन | अमेरिकाको डीभिले वहाको सपरिवार यहा ल्याई पुरायो | थापा दाइले निरु भाउजु जस्तो कर्मठ महिला पाउनु भएको छ | जसले घर परिवारलाई स्वर्ग बनाउन सक्नु भएको छ | २ छोरा छन् | एक छोराको बिबाह भएर नाति समेत जन्मेको छ | अब दुवै छोराहरुले राम्रो नोकरि गर्छन | अब वहाले रिटायर लाइफ बिताउनु भएको छ | हामि गएपछि मलाइ पनि भैरहवा गए जस्तै भयो | पुराना अतितका कुराहरुलाइ बर्तमानमा ओराल्न खोजियो | एउटा मिठो अनुभूति गर्न सकियो | एक एक कप चिया खायौ | तस्विर खिच्यौ | खाना मैले बनाउछु भनेर मुनाजी घर जानु भयो | हुनत थापादाई यहि खाना खाएर मात्रै जान दिन्छु भन्दै हुनुहुन्थ्यो | तर मैले मुनाजिको खाना खाने बचन दिइसकेको थिए त्यसैले कृष्णजीले थापादाइ समेतलाई आफ्नो घर लिएर जानु भयो | हामि वहाको कारको पछी पछी लागेर गयौ | कृष्णजी र मुनाजिका २ छोरा एक छोरी हुन् | सबैको बिहाबारी सकिदिनु भएको छ | लगभग रिटायर्ड लाइफ बिताउनु भएको छ भने पनि हुन्छ | नाति नातिना पनि भएका छन्, वहाको जेठो छोरो टेक्सास बाट बाहिर नोकरी गर्ने हुदा हामीले भेटन सकेनौ | कान्छो छोरा घरै थिए | थापा दाइको बाट फर्के पछी कान्छी बुहारी पनि काम बाट आइन | फरासिली रहिछिन, मुनाजिलाई सहयोग गरि हामीलाई खुवाउन डाइनिंग टेबलमा खाना ल्याए पछी सबै बसेर कुरा गर्दै खाना खान थाल्यौ | केहि बेरमा निरु भाउजु आइ पुग्नु भयो | वहाहरुसंग भेट भए पछी मलाइ पनि टेक्सास मुभ हुन् मन लाग्यो | वहाहरुले त्यहा मुभ भएमा सबै किसिमको सहयोग गर्ने बचन पनि दिनु भयो | म टेक्सासमा नभई नेपालको भैरहवामा भए जस्तो भान भैरहेको थियो | थोरै समय थियो हाम्रो वहाहरुले कमसेकम १ हप्ताको समय लिएर आउनु पर्ने थियो भनि भन्दै त हुनुहुन्थ्यो | तर हाम्रो बसाइ छोटो थियो | राति हामि निषेधको घर फर्किनु थियो | मैले त्यहा शंकर दाइलाइ नभेटिकन फर्किन भएको थिएन | वहा हाम्रो दाजु भाइ हो | कृष्णजीको घर नजिक छ भनेको सुनेको थिए | हामि डिनर खाइ सकेपछी सबै संग बिदाबारी भै, शंकर दाइकोसम्म कृष्ण दाइ र थापा दाइ भएर गयौ | शंकर दाइ कामबाट आउनु भएको रहेनछ | भाउजु हुनुहुन्थ्यो | वहालाई भेट गर्यौ | बस्न भन्नु हुन्थ्यो | दाइलाई पनि कुर्न सकेनौ | शंकर दाइ कामबाट १२ बजे राति आउने भएपछी हामि भाउजु संग बिदा माग्यौ | कृष्ण दाइ थापादाई आफ्नो घर तिर लाग्नु भयो | बाटोमा पर्ने भए संगीताकोमा पस्ने बिचार थियो फोन गरेर ठेगाना मागे तर हाम्रो रुटमा नपरेको हुनाले ढिलो पनि भैसकेकोले फेरी पछी आउदा पस्ने बाचा गरेर फोन राखे | संगीता शिब भान्जाकि छोरी नातिनी पर्छिन र शंकर दाइको जेठो छोरासँग बिबाह भएको छ | रात छिप्पिदै थ्यो | हामि निषेधको घर तिर लाग्यौ | करिब १ घन्टाको ड्राभिंग थियो | करिब १२ बजे पछी मात्र निषेधको घरमा पुग्यौ |


बस्नेलाई त थकाइ लागेको छ भने प्रवेस ज्वाईलाइ कति थकाइ लागेको होला ? थाकेका हुनाले चाडै सुत्यौ | बिहान अलि ढिला उठ्यौ | टेक्सास पुग्ने बित्तिकै मैले डालसको फोटो राखेर टेक्सास आएको कुरा स्ताट्समा लेखेको थिए | उत्सवले थाहा पाएर हजुरबा म संग भेट नभई जान पाउनु हुन् भनेर ताकेता गरे | मदन भान्जाको कान्छा छोरा पहिला अस्टिनमा नोकरी गर्दै थिए | पछी ह्युस्तानामा घर किनेर बस्न थालेका रहेछन् | बिहानको लन्च हामि उत्सबकहा खाने गरि तयार भै उनको निवासमा लाग्यौ | बाटोमा पर्ने मल सुपर मार्केटमा पस्यौ र आर्तिफिसेल झरना बनाइएको रहेछ डाउन टाउनमा गेलेरिया मल, त्यसठाउमा केहि सनाप फोटाहरु खिच्यौ | गर्मीमा छहराबाट निस्केका पानीका छिटाले टेक्सासको गर्मीलाइ राहत मिल्दो रहेछ | एकछिन त्यहाको मजा पनि लिन चुकेनौ | बन्दनाले भन्दै थिइन् यहाको सुतिंग कुन हिन्दि फिल्ममा छ भनेर | टेक्सासका बाटाहरु लन्च खान हिडेको मान्छे डिनर खान पुग्ने जस्तो रहेछ | अलिकति ट्राफिक पर्यो भने त सकस नै हुदो रहेछ | हामी करिब २ बजे पछी मात्र उत्सबकहा पुग्यौ | सनिबारको दिन उत्सब र सन्जुको पनि छुट्टी भएकोले दुवै संग भेटन पाइयो | संजु कृष्ण नेपाल कि छोरी हुन् | वहा पनि मेरो मित्र हुनुहुन्छ | १ छोरा जन्मेको छ,करिब २,३ बर्षको भएको रहेछ | उत्सब सानो हुदा घरमा जाइ आइ हुन्थ्यो | म भैरहवा बस्न थाले पछी कम भयो | पछी यिनी हरु पढन बाहिर हुन् थाले पछी झन् पातलो भयो | तर पनि उनले सम्झेका रहेछन | राम्रै संग | आफ्ना सम्झेका कुराहरु पनि भने | हामीले उनि अस्टिन नै छन् भन्ने थियो | उनि अस्टिन हुदा मदन भान्जा र दुर्गा भान्जी न्युयोर्क भेटन आउनु भएको थियो | हामि संगै बसेर खाना खायौ | संजुले मिठो खाना बनेकी रहिछिन | अझ मलाइ खान मिल्ने अलगै बनाएर राखिकी रहिछन | भोक पनि लागेको थियो | मजाले खाइयो | बच्चा संग ३ जनाको लागि 4 कोठाको घर ठुलै भयो | सिंगल फेमिलिको घर त्यस्तै हुदोरहेछ त्यहा | एकै छिन गफ गाफ गर्यौ | भलाकुसारी भयो | साझ हामि बिबाहको पार्टीमा उपस्थित हुन् पर्ने थियो | हामि उत्सव र संजुसंग बिदा भएर निषेधको घर फर्कियौ |



एकै छिन रेस्ट गरि पार्टीमा जान तयारि हुन् थाल्यो | ८ बले साँझ पार्टीमा जान थियो | | साझ पार्टीको लागि आइमाई पार्टी सिगारिन थाले | एकसा एक सुन्दरी बनि हाले | मज्जाले फोटो पर्दशन हुन् थाल्यो | सबैले मंन चाहे फोटो खिच्न थाले हामीले पनि सहयोग गर्यौ | हामि केटाथरे पनि सुटबुट कसेर आफ्ना आफ्ना पत्नी संग फोटो खिचायौ | सांझात परिहाल्यो | सानदार रेष्टुरेन्टमा पार्टी थियो | भिन्दा भिन्दै कटेजमा थुप्रै पार्टी रहेछ | दुलही पनि राम्रो कम्पनीमा काम गर्ने, कमाइ पनि राम्रै छ | दुलाहा पनि आइ टी इन्जिनियर रे के चाहियो | मन खोलेरै खर्चेका रहेछन | अमेरिकामा बिबाह पार्टी एउटइ गर्ने र खर्च दुलाह र दुलहीले मिलेर गर्ने चलन पनि रहेछ | सबै साथि भाइ मिलेर सानदार नेपालि सास्कृतिक नाच गान गरे, थुप्रै उनीहरुका अमेरिकन साथीहरु आएका थिए, उनीहरुले पनि मनोरंजन गर्न पाए | सबै नाचे | राति १ बजे पार्टी सकियो |

पार्टीमा सबैले खाए पिएका थिए | त्यहाबाट निषेधको घरसम्म ड्राभिंग गर्ने मेरो जिम्मा थियो | मैले गाडी चलाएर त्यहा पुग्यौ | रात धेरै भैसकेको थियो | हामि सुत्यौ |
बिहान अलि ढिला उठ्यौ | हत्तपत्त चिया नास्ता गर्यौ | औषधि टाइममा खान पर्ने | संजोगले निषेधका ससुराली तर्फका नातेदार संग परिचय भयो निशेधका साथीहरु संग परिचय भयो | निशेधकै साथि मध्ये एक जना भैरहवाका रहेछ | कुरा गर्दै जादा बर्मेली टोल कै रहेछन | मैले मेरो घर त्यहि हो भन्दा उनी त घर कै छेउका रहेछन | उनको बुबा लेखनाथ अधिकारि मेरो दाइको साथि, उनको माइलो छोरा कमल रहेछन उनको दाइ लाइ त मैले चिनेको थिए | बिमल डिभी परेर उनी पनि अमेरिका आएका हुन् तर म संग भेट भएको छैन | संजय र सन्दिप प्रवेश ज्वाइको ठुलो ममीको छोराहरु संग चिन जान भयो | संजय संग पहिला चिनजान थिएन | तर सन्दिपसंग भने न्युयोर्क आउदा भेट घाट भएको थियो | संजय टेक्सासबाट कोलोराडो मुभ भएका रहेछन | संजयले पार्टीलाइ एन्करिंग गरेर आकर्षक गराएका थिए | सबै थाकेका थिए | खाना खाएर हामीलाई ज्वाईसापले अस्टिन घुमाउन लैजाने हुनु भयो |
त्यहाबाट हामि सबै संग बिदा बारी भै लगेजहरु गाडीमा राख्यौ र अस्टिनको सवारी चल्यो | टेक्सास जति कुदेपनी सडक नाप्न सकिने रहेनछ | सडकै सडक लामो कारको कुदाइ पछी अस्टिनको सिटि डाउन टाउन देखियो | साथसाथै मन्दिरको चुचुरो पनि देख्यौ | अमेरिकामा हिन्दु मन्दिरहरु असाध्यै भब्य बनाएका छन् | सुन्दर छन् | हामि त्यस मन्दिरमा जाने निर्णय गरेर त्यहा गयौ | त्यो भब्य कृष्ण मन्दिर रहेछ | श्री प्रभुपादले खडा गरेको मन्दिर रहेछ | त्यहाका अमेरिक बाट संचालित रहेको सुन्दर मन्दिर अति ब्यबस्थित रहेछ | ठुलो ठाउमा फैलिएको प्राकृतिक सौन्दर्य भरि पूर्ण रहेछ | मयुरले पंख फैलाएर नाचेको दृश्य सच्चाई मनमोहक थियो | त्यहा बाट हामि कभर्ट पार्क गयौ, कभर्ट पार्क बाट माथि शिखरमा गै तल देखिने नदि किनारामा बसेको सुन्दर बस्ति देखिदो रहेछ |


त्यहाबाट देखिने दृश्य मनोरम थिए | पर्यटक घुइचो लाग्दो रहेछ | त्यहा केहि बेर घुमेर कारबाट नै अस्टिनको मनोरम दृश्यहरु आँखा भरि कैद गर्यौ | केहि तस्विरहरु क्यामेरामा पनि कैद हुन् सक्यो | ज्वाइको सन्दिप संग कुरा भएको थियो | सन्दीपले हामीलाई खान बोलाउनु भयो | हामि फर्कदा ढिलो त हुदै थियो | तै पनि हामि आउने बाचा गरेर सन्दीपको घरको ठेगाना जिपिएस्मा हानेर त्यतातिर लाग्यौ | सन्दीपले अमेरिकन केटीसंग बिबाह गरेका हुन् | डालिया बोलीचाली राम्रो रहेछ | बन्दनालाइ उनले माया गर्दी रहेछन | उनि हामि आउन्जेल पर्खेरै बसिकी थिइन् | उनले नेपालि खाना नखाए पनि हामिसंगै खायौ | सन्दीपले भने हामीलाई असाध्यै मिठो खाना खुवाउनु भयो आफ्नै हातले बनाएर | सन्दीपले डालसको राम्रो ठाउमा घर लिएका रहेछन | सबै कोठा चोटा देखाउनु भयो | हामीलाई टेक्सास मुभ हुन मन भयो भने सहयोग गर्ने समेत कुरा भन्नु भयो | राति करिब साढे एघार बजे हामि त्यहाबाट बिदा भै ज्वाईको कोठामा गयौ |
कोठामा पुग्न पाएका थिएनौ नातिलाइ उल्टी हुन् थाल्यो | दिन भरि पनि केहि खाएको थिएन | धेरै बेर उल्टी भयो र पानि पनि निल्दैन, खान मान्दैन | हामीलाई निद्रा लाग्ने कुरै भएन | त्यहाको नजिक इमेर्जेंसिमा लगेर डाक्टरलाई देखायौ | उसले त्यस्तो केहि छैन मोसन सिकनेस भएर हो भनेर भन्यो | नाति भने गली रहेको छ | pediatric electrolyte लिएर खुवाउन खोजियो | खान मान्देन | सिरीन्जले जबर्जस्ति इलेक्ट्रोलाइट खुलायै | एक छिनमा बल्ल पानि मागेर खायो | नातिलाई संच नभएर हामीलाई सातो लग्यो | बिहान उसलाई अलिक बिशेक भयो | केहि खाने कुरा खायो पनि, साझ ८ बजेको न्युयोर्क आउने रिटर्न टिकट थियो | बिहान नास्ता खाएर हामि कोठामा नआइकन एयरपोर्ट जाने गरेर सबै लगेज गाडीमा राख्यौ र महेश ज्वाईलाई भेटने गरि अर्विन तिर लाग्यौ | कृष्ण ज्ञवाली दाइसंग टेक्सासको नेपालि मन्दिरमा भेटने भन्ने थियो |

महेस ज्वाईलाई समेत लिएर हामीपनि नेपालि मन्दिरमा गयौ | मन्दिर बन्द हुन् लागि सकेको रहेछ | पुजारी संग मौकैमा भेट भैहाल्यो र भित्र पसेर मन्दिरको दर्शन गर्न पाइयो | दर्शन गरेर बाहिर कृष्ण दाइलाइ कुरेर बसेका थियौ | केहि बेर पछी कृष्ण दाइ भाउजु र छोरी नाति समेत भएर आउनु भएको रहेछ | वहा आए पछी हामि त्यहाको नेपालि रेष्टुरेन्ट एभरेष्ट नामको रहेछ |हामि त्यति तिर लाग्यौ | नजिकै छ भने पनि कोसौ कुदन पर्ने, त्यहा पुगी मोमो इत्यादि खायौ | घरायसी कुराकानी भए | धेरै बर्ष पछी भेटेका थियौ | कृष्णदाइ त बन्दनाको बिबाहमा पनि आउनु भएको थियो | म बिरामी भै कोलोम्बिया हस्पिटलमा भएको बेला भेटन पनि आउनु भएको थियो | वहा मलाइ धेरै माया गर्नु हुन्छ | अब हामीलाई एयरपोर्ट जान ढिला हुन् थालेको थियो | सबैसित फेरी भेटने गरि बिदा भै लभ फिल्ड एयरपोर्टतर्फ लाग्यौ | ज्वाईले म बन्दना र प्रबन नातिलाई एयरपोर्ट द्रोप गरिदिनु भयो | प्रबन र ज्वाई एकापसमा छुट्टिन गारो भैरहेको थियो| बाबु छोराको प्रेमले हाम्रा पनि आँखा रसाए | बन्दनाको mba डिसेम्बरमा सकिन्छ | यो समयपनि टाढा भएको लाग्दथ्यो |अर्को महिना ज्वाईलाइ न्युयोर्क आउने गरि हामि बिदा भयौ |
यसरी टेक्सासको 4 दिने भिजिटमा संसारकै चर्चित नाशाको भिजिट गर्न अनुकुल मिलेन र अन्य केहि मित्रहरुसंग भेटन सकिएन | नाशा जादा शेषराजजी कहा भेटने मन थियो |अब अर्को टेक्सास भिजिटमा भेट त हुने छ |यसरी ज्वाईले हामीलाई थकाइ नभनिकन छोटो समयमा धेरै भन्दा धेरै टेक्सासका ठाउहरुमा घुमाउनु भयो | आभारी छौ, छोरिज्वाई धन्यबादको पात्र हुनुहुन्छ |

मिति: अप्रिल २०- २५, २०१६

Leave a Reply