Capture
यो सुन्दर सृष्टिकि जननी मेरालागी तपाइ नै हो |
आमा मेरी जननी मेरो अस्तित्व नै तपाइको हो |
मेरो सरिरमा दौडने रगतका थोपा तपाइको हो |
मेरा सफलता र प्रगतिहरु तपाईका आशा हुन् |

तपाइँ भएर नै त म हुन् सके, |
तपाइँ भएर नै संसार देख्न सके |
तपाइँ भएर नै ताते ताते गर्न सिके |
आमाको ममता नै मेरो शक्ति हो |
तपाइको सृजना नै मेरो भक्ति हो |
तपाइको पौरख नै मेरो प्रेरणा हो |
को सक्छ र आमाको ऋण तिर्न !
फेसबुकको फोटोमा भक्ति देखाएर
के चित्त बुझ्द्छ र आमा तपाईलाई ?

आमा मेरो मानसपटलमा सदा सदा बसिरहनु भएको छ |
आमा तपाइको अभावलाई प्रत्येक क्षण महसुस भएको छ |
सम्पूर्ण आमाहरुलाई प्रणाम ! सबैलाई हेप्पी मदर्स डे छ है !

०५/०६/२०१६

Leave a Reply