पुन्डरी  अर्याल
पुन्डरी अर्याल

पारि ठुलो बिस्तारबादी बादशाह छ |
उसले यस पार आउन खोजिरहेको छ |

सानो भए पनि देशका जनता बहादुर छन् |
यताका मान्छे त्यता पट्टिको देशरक्षक छन् |

ती गोर्खा हुन्, त्यहाको जमिनको सुरक्षा गर्छन |
मिचिन दिदैनन, आफ्नो ज्यान बरु दिने गर्छन |

देशका जनता बहादुर छन्, |
जनता स्वाभिमानी पनि छन् |
भोकै बस्छन तर गुलाम हुन्नन्
तिनलाई नेपालि सपुत भन्दछन |

राजनीतिमा लागेको गाउले ठिटो

एउटा सानो गाउमा गाउले ठिटो थियो |
ठिटोले ठुलो शहरमा पस्ने निर्णय गर्यो |

ठिटो चाकरी चाप्लुसी खुबै गर्न जान्दथ्यो |
खायो पियो, बलियो भयो, पढ्यो लेख्यो |
अब राजनीतिको कुरा गर्न पनि सिक्यो
प्रजातन्त्र समाजवाद दर्शन छाटन सक्यो

ठुलो पार्टीको ठुलो नेता छिट्टै बन्न सक्यो |
कसैलाई पछार्नु, कसैलाई झराल्नु थियो |
त्यसैले उसले पार्टी नेता हुने मौका पायो |
उसलाई दरवार छिर्नु कोशिश गर्नु थियो |
दर्बारलाइ उसको अति आबस्याक थियो |

दरबारी सुन्दरीलाइ बिहा गरिदिए |
पार्टी फुटाए बापत प्रधानमन्त्रि दिए |
उ आफु कसैगरी माथि जानु थियो |
अब उनि दर्बारी ज्वाई बन्न पाएका छन् |
अब उनि माथिल्लो श्रेणीमा भएका छन् |

लाहाछापवाला प्रजातन्त्रबादी अब छैनन |
अब उनिसंग तन्त्रमन्त्र जान्नेहरु साथमा छन् |
पारिकालाइ थाहा छ, यसले मौका पाए पार्टी भन्दैन |
यो गुण थाहा भएकोले मौका पाए देश पनि भन्ने छैन |

त्यसैले उसले उसलाई मतियार बनाइ
फेरी देशमा धावा बोलेको छ |
फेरी उसैको छल खेल बढाउने खेल खेल्दछ |
अर्को मतियार तयार हुन्छ
जो देशले कारवाही मागेको छ |

अस्ति भर्खर नेपालि जनताले नाकाबन्दी सहेको छ |
आजै उ उतै जान्छ र देशलाई अनिष्ट गर्न खोज्दछ |

घाम जत्तिकै छर्लग्न छ, जनताले बुझेका छन् |
यो संविधानले नेता जिम्मेबार बनाएन बनाएन |
जनताले बुझेका छन् |
प्रत्यक्ष निर्वाचित सरकार नबनाएको रहस्य के हो ?
स्यालहरु बाघको खोल ओडेर फेरी आएका छन् |

०५/०६/२०१६

Leave a Reply