पुण्डरी अर्याल
पुण्डरी अर्याल

भूकम्प पिडित नाममा उठाइएको पैसा खै ?

सिनेमा देखाइन्छ
तिनकै नाममा
चन्दाको बाकस थापिन्छ
तिनैको नाममा
चन्दा रसिद काटिन्छ |
तिनैकै नाममा
नाटक देखाइन्छ
तिनैका नाममा
सबै देशी, बिदेशी संस्थाले
पैसा उठाएका छन्
तिनैकै नाममा
वेभ साइडहरुमा
चन्दा उठाइन्छ |
तीनैको नाममा |
नेपालमा पैसा जान्छ रे
जान्छ कि जान्दैन ?
कहा जान्छ !
कसैले देखेको छ ?
यो मेरो मात्रै प्रश्न हैन
धेरैको हो |

एउटा मित्रले पाच हजार डलर उठाएर
एउटा संस्थालाई दिए |
सस्थाले उसलाई न रसिद दियो
न त धन्यबादको पत्र नै |
उसले आशागरेको थियो |
तपाइले पठाएको रकमले
यतिजनाको फलना ठाउमा
टहरा बनाइयो,
यति खाधान्न बाडियो |
महिनौ पर्खियो |
संस्थाले खबर गरेन |
सोध्न गए कसलाई दिनु भएको
उनको नाम थाहा भएन
रसिद लिनु पर्दैन भनेर
उल्टै मलाइ थर्काए |
उनले मलाइ गुनासो पोखे |

यस्ता हजारौ डलर उठे होला !
लाखौ उठे होला !

चन्दा उठाउन छोडिएको छैन |
पिडितलाइ बस्न न छत छ |
न औषधि छ | न त रासन पानि छ |
कति मरे, अधमरा मर्ने क्रम जारि छ |
पुनर्निर्माण कानमा तेल हालेर बसेको छ |
सरकार कुर्ची जोगाउनमा व्यस्त छ |
बिपक्षी सरकार ढलाउन दिल्ली धाउदै छ |
नेपालीको यहि बनेको छ |
उखान टुक्कामा देश चलेको छ |
पिडितले नाङ्गो आकाशमा बर्षात बिताए
यो सालको बर्षातले पनि घेरिसक्यो |
प्राधिकरण कहा छ ? खोजि गर्ने हो कि ?

धुर्मुस र सुन्तली
अमेरिका आएर
नाचे, गाए, केहि रकम जुटाए
भूकम्प पिडितलाई
नमुना घर बनाइदिए |
आफ्ना खोल्ति रित्याए !
उनीहरुको दाँजोमा
कोइ देखिएन
भूकम्प पिडितलाइ
कसले के दिए कति दिए
कति लिए कहा कहा दिए
बेहिसाब छ | सबैले थाहा पाए हुन्थ्यो !
भूकम्प पीडितले चाडै सहयोग पाए हुन्थ्यो !

Leave a Reply