पुण्डरी अर्याल
पुण्डरी अर्याल

मधुमेह (diabetes):

डाइबेटिज २ किसिमको हुन्छ |

मधुमेह टाइप १ एक ;
मधुमेह टाइप एक हो भनेर पत्ता लगाउनु भनेको हाम्रो पेक्रैज(pancreas)ले आबस्याकता अनुसार इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने बुझ्नु पर्दछ | त्यसैले आफ्नो रगतमा ग्लुकोज लेबेल मोनिटर हेरेर डाक्टरको सल्लाह अनुसार दैनिक रुपमा इन्सुलिनको सुइ लिनु पर्दछ यो प्राय बच्चा र युवा पुस्तामा देखिने गर्छ | शुरुमा देखिने मधुमेहलाई जुवेनाइल (juvenile diabetes) भनिन्छ | यसमा सरिरले इन्सुलिन उत्पादन गर्दैन | इन्सुलिन एउटा यस्तो हर्मोन हो, जस्ले गुलियो, स्टार्च र अन्य खानालाई शक्तिमा परिणत गर्न मद्दत गर्दछ | इन्सुलिन एक महत्वपूर्ण रसायन हो, यस्ले खानालाई शक्ति (energy) मा परिणत गर्दछ र हाम्रो दैनिकी जीवनको परिचालनमा शक्ति प्रदान गर्दछ |

मधुमेह टाइप २

रगतमा चिनीको मात्रा नर्मल लेबलबाट माथि गएपछि हामीलाई मधुमेह हुन्छ | यसलाई हाइपरग्लिसेमिया पनि भन्दछन | मधुमेह टाइप २ मधुमेहको साधारण अबस्था हो | यदि हाम्रो शरीरमा इन्सुलिन ठीकठाक प्रयोग हुन् सकेन भने यो मधुमेह टाइप २ हो, यसलाई इन्सुलिन उत्पादनमा अबरोध भएको मानिन्छ | पहिले पेंक्रैजले प्रसस्त इन्सुलिन उत्पादन गर्छ, पछी गएर आबस्याक इन्सुलिन रगतमा पुराउन नसकी मधुमेह रोग बन्न पुग्दछ |

जब ग्लुकोज सरिरको कोषमा जानको सट्टा रगतमा गैरहेको हुन्छ | यसको २ वटा कारण छन् | यसले तुरुन्त हाम्रो सरिरको कोषले शक्तिको लागि खाना मागिरहेको हुन्छ | धेरै समयसम्म उच्च मधुमेह (high blood glucose levels) सरिरमा रहिरह्यो भने यस्ले आँखा, किडनी, नशा र मुटुमा नोक्सान गर्छ | केहि मान्छेले आफ्नो टाइप २ मधुमेहलाइ स्वास्थ्य खाना र सारीरिक क्रियाशील भैरहेर कन्ट्रोल गर्न सक्छन | टाइप २ मधुमेहलाइ प्राय शुरुका दिनमा औषधि चाहिदैन तर लामो समय बित्दै जादा यस्ले धेरै नोक्सान गर्न सक्छ त्यसैले आफ्नो रगतमा चिनीको मात्रा रोग लाग्यो भनेर आत्ती हाल्नु पर्दैन | तर साबधानी भने भै रहन पर्ने हुन्छ | यसमा आफ्नो रगतमा ग्लुकोज लेबल कति छ ? कति इन्सुलिन कति पटक लगाउनु पर्छ ? भन्ने कुरा भुल्नु हुदैन | बेला बेलामा डाक्टर संग सल्लाह लिन जरुरि छ |
मधुमेह हुने रोगीले ब्लड सुगर लेबल यस अनुसार ब्यबस्थापन गर्नु आबस्याक छ |

भोको पेटमा – 100 mg/dl भन्दा कम हुन् पर्छ |
खाना खानु अघि – 70 – 130 mg/dl हुन् पर्छ |
खाना खाएपछि – 180 mg/dl (१ -२ घण्टा सम्म)भन्दा कम हुन् पर्छ |
ब्यायाम गर्नु भन्दा – 100 mg/dl कससे कम हुन् पर्छ यदि रोगीले इन्सुलिनको सुइ लिएको छ भने |
सुत्ने बेलामा – 100 – 140 mg/dl बिचमा हुनु पर्छ |

औषधि उपचार :
सरिरमा ग्लुकोजको मात्रा सन्तुलन राख्न आबस्याक पर्ने हुनसक्छ, त्यसैले आफ्नो डाक्टरबाट खाने औषधि र इन्सुलीनका इन्जेसन साथमा लिई राख्नु पर्दछ |

सारीरिक ब्यायाम::(Exercise)
ब्यायाम र योगाले मधुमेहलाइ सन्तुलन राख्नलाइ ठुलो मदत गर्दछ | यसो गर्यो भने आफुलाई चुस्त दुरुस्त पनि राख्छ र ग्लुकोज लेबललाई सन्तुलन बनाउछ |

आहार: (Nutrition)
मधुमेह रोगमा खानाको बिशेष महत्वपूर्ण भूमिका हुन्छ | फरक किसिमका खानाले हाम्रो सरिरमा र रगतमा ग्लुकोजको कस्तो प्रभाव पार्छ भनेर जान्नु पर्छ र खुराकको दैनिक तालिकाको ठोस योजना सिक्नु पर्दछ |

सरसहयोग Support
मधुमेह भएका रोगीहरुलाई भावनात्मक सहयोग गर्नु पर्दछ | प्राय बिशेष गरेर मधुमेह भएका रोगीहरुकालागी खानामा कार्बोहाइड्रेट गणना दैनिक रुपमा रगत जाच गर्न समेत सहयोग गर्न ग्लुकोज लेबल कम बेशी भएको जानकारी गराउन भावात्मक र भौतिक रुपमा सपोर्ट गर्नु पर्दछ |

बैकल्पिक उपचार :

योगा: कपालभाती ,भस्त्रिका ,अग्निसार,अनुलोमविलोम ,मंडु कासन, बक्रासन, मत्स्यासन, अर्द्ध हलासन, भुजंगासन

आयुर्वेदिक औषधि: मधुकल्प ,ग्लुकोसिल, सिलाजित ,चन्द्रप्रभा

घरेलु:
नखाने= मिठाइ , भात,आलु , तैलीय पदार्थ ,मसालायुक्त, आँप, अनारस,अंगुर , दहि
खाने = दैनिक २ चम्चा करेलाको रस, दिनको २ पटक मेथीको धुलो पानीसंग
काक्रो करेला, टमाटरको जुस, बैकल्पिक उपचार विधिले डाइबेटिजको कारणले हुने रोग मुटु रोग,किडनी रोग र आखाको अन्धापन हुन बाट जोगाउछ | योगासनले यो रोगलाई निर्मुल पनि गराउन सक्छ !

Leave a Reply