पुण्डरी अर्याल
पुण्डरी अर्याल

भर्खरै जुन २६ २०१५ मा अमेरिकाको सुप्रिमकोर्टले अमेरिकाभरि सम-लिंगी(same- sex) बिबाहलाइ संबैधानिक रुपमा मान्यता दिएको छ, अर्थात ग्यारेन्टी गरेको छ | सुप्रिम कोर्टका ९ जना न्यायमूर्तिहरु मध्ये ५ जनाले यसको पक्षमा भोट गरेका थिए | न्यायमूर्तिले भनेका छन् यस्तो स्वतन्त्रतालाइ हामीले सधैभरि अस्विकार गर्न सक्ने छैनौ, यो एतिहासिक निर्णय बहुसंख्यक जनताको लागि हो भनेर समेत लेखेका छन् | प्रेम, इमान्दारी, बलिदानी र परिवारको उच्चतम आदर्श बिबाह भन्दा उच्च कुनै संघ (युनियन)हुनै सक्दैन, तिनीहरु एक्लै उपेक्षित भएर बाच्नु भन्दा दुइ जना व्यक्ति बैबाहिक गठबन्धनमा जोडिनु (बाधिनु) पक्कै पनि केहि उच्चतम कुरा हो | यस्ता आसय र रायका आधारमा यो निर्णय गरेर गे र लेस्बिं सस्कृतिलाई बैधानिक बनाइएको छ, ताकी यी समलिंगी बिबाहका पक्षधरलाइ पनि ससम्मान बाच्ने समान कानुनी उपचार हुने हुनाले, यी समुहहरु अन्त्यन्तै हर्षोल्लास भएको फोटोहरु अमेरिकन न्युज च्यानेल र अखबारमा समेत चर्चा भैरहेको छ |
यो मुद्दा धेरै अगाडिबाट उठाइएको थियो | तर यहाको सर्बोच्च अदालतबाट हराइएको थियो भने अमेरिकाको केहि राज्यमा मात्र यो कुराले मान्यता पाएको थियो | अब भने लेस्बिं र गे पक्षधरहरुको भावनालाइ कदर गरिएको छ र यस कुरालाई बैधानिक बनाइएको छ | भलै हाम्रो समाजमा पच्न सक्दैन यसलाई अप्राकृतीक मानिन्छ | सुप्रिम कोर्टमा समेत ९ जना मध्ये ४ जना न्यायमुर्तिहरुले जमेर प्रतिवाद गरेका थिए | यो संकारले समाजलाई कतातिर लैजादै छ त ? यो सस्कारलाइ कुनै पनि धर्मले स्वीकार्दैन | यो अधार्मिक कुरा हो भन्ने समुदायहरुको संख्या पनि ठुलै छ | बैज्ञानिक ढंगले बिचार बिमर्स गर्दा पनि अबैज्ञानिक हो भन्छन बुध्दिजिबिहरु, कुनै पुरुषलाइ आइमाई बन्न मन लागे लिंग परिबर्तन गर्न पाइन्छ ! त्यसतै महिलालाई पुरुष भने, किन समलिंगी बिबाह गर्न पर्यो ?
समलिंगी(same sex marriage)बिबाह के हो ?
पुरुष र पुरुष अनि महिला महिला बिचको बिबाहलाइ समलिंगी बिबाह भनिएको छ | किन पुरुसजोडीमा महिलाको भूमिका र पुरुषको भूमिका निर्वाह गर्न गे मेरिज गर्ने ? त्यसतै लेस्बिंमा एकले पुरुषको भूमिका निर्वाह गर्ने र अर्कीले महिलाको भूमिका निर्बाह गर्ने ? यस्ता मनोगत बिकारलाइ कानुनि मान्यता दीइरहदा आजको समाज कतातिर जादै छ यो ठुलो चिन्ताको बिषय बनेको छ, भन्नेहरुको लाम पनि लामै छ | यो के हो भनेर बुझ्न खोज्नेहरुको जमात पनि देखिन्छ | किन यी व्यक्तिहरुले समलिंगी बिबाहको पक्ष्यमा अनवरत संघर्ष गरि रहे | किन उनिहरु विपरीत लिंगिसंग बिबाह गर्न मान्दैनन र घर छोडेर समलिंगी बिबाह गरेर बस्न मन पराउछन ? समाज शास्त्रीहरुले यसको बारेमा रिसर्च गर्न आबस्याक छ | यिनीहरुको संख्या बढिरहेको देख्दा जो कोइ पनि ससंकित हुन् परिरहेको छ ! हरेक आमाबाबुले आफ्ना छोरा छोरी यस्तै बन्ने हुन् कि भनेर चिन्ता गरेको अबस्था छ ?
के सेम सेक्स मेरिज पागलपन मात्रै हो त ?
धेरै पढे लेखेका मान्छे पनि यस खेमामा परेका छन्, अमेरिकामा त उच्च ओहदामा पुगेका व्यक्ति पनि गे अथवा लेस्बियन भएको अघिका बर्षका छापाहरुले प्रकाशित गरेका थिए, | के यी सबै पागल हुन् त ? के यो सनक मात्रै हो त ? अमेरिकी समाजमा बढ्दै गैरहेको डिभोर्सले गर्दा एकल महिला र पुरुषको संख्या बढ्दै गैरहेको अबस्था छ | ती एकल महिलाले पुरुषलाई घृणा गर्ने अनि एकल पुरुषले महिलालाई घृणा गर्ने हुदा कतै पुरुष र पुरुषले बिचमा प्रेम बढ्दै जाने अथवा महिला महिलामा प्रेम बढ्दै जादा अकाकीपनको समाधानको बाटो रोजेको हो भने यस अर्थमा कतै ठिक भएको पनि हुन् सक्छ | अर्को अर्थमा ठिक भन्ने हो भने दुवै पुरुषरुपी व्यक्ति महिला संग बैबाहिक जिबन बिताउन नसक्ने सारीरिक कमजोरी भएका हुन् भने यी दुइको बिचमा बिबाह हुनु सान्दर्भिक पनि हुन् सक्ला ! त्यस्तै महिलाहरुमा ! पुरुषहरु कुनै पनि हालतमा स्वास्नीसंग सुत्ने हैसियत वा शरीरिक रुपमा योग्य हुदैनन् भने उनीहरुले आफ्नो कमजोरी परिवारसंग भन्न नसकेर आत्महत्या गरिरहेक अबस्था छ भने त्यस्तै महिलामा पनि अबस्था हुन् सक्छ ! यस्ता परिस्थितिमा यी व्यक्तिहरुले यस्तो अधिकार पाउनु उनीहरुको लागि अन्त्यन्त खुशीको कुरा हुन् सक्छ ! उनीहरु सगौरव यस समाजमा पहिचान सहित बाच्न पाउने छन् | यसलाई यसरी हेर्दा ठिक हो भन्न सकिने ठाउ छ | अन्यथा हाम्रो पूर्वीय समाजमा त कुरै छोडौ | पश्चिमी समाजमा पनि सहस्र स्विकारी रहन सकेका छैनन | न स्वीकारे पनि न्यायमूर्तिले फैसला सुनाइ सकेका छन् | अमेरिकि कानुनले जनताको खुशी र स्वतन्त्रताको लागि जहिले पनि सम्मान गरेको छ | यी समुहले अरु कुनै समुदायलाई हानि नोकसानी नगरेसम्म् यिनलाई पनि खुशी र स्वतन्त्रता पुर्वक बाच्न अधिकार दीनु पर्छ भन्ने मान्यता रहनु स्वभाविक हो |
यसमा केहि खेल अथवा राज छ ! कसको खेल हुन् सक्छ ?
समाजको ! परिवारको ! अथवा सरिरको अंग अवयव, अथवा सरिरमा उत्पन्न हुने ग्ल्यांड (रस, रसायन ) को, जसले बिपरित लिंगिमा आकर्षण घटाएर सेम सेक्समा आकर्षण बढछ, र त्यो तत्व के हो ? यो पनि रिसर्च गर्न पर्ने बिषय हुन् सक्छ | कतै यो परामनोधारा आत्मिक केमिष्ट्री त होइन ? पुर्व जन्मका दुइ व्यक्तिबिचमा आत्मिक प्रेम रहेको थियो कि ? यहा यिनी आपसमा भेटे पछी नछुट्टिन खोजेको हो कि ? यी कुराको समलिंगीहरुको अध्ययन गर्न आबस्याक छ | के यी समुदायका मान्छे बिपरित लिंगिसंगीसंग यौनिक कार्य गर्न असमर्थ भएको कारण वा हिनभावना भएको कारणले हो ? यिनीहरु किन बिपरित लिंगीसंग बिबाह गर्न डराउछन् ? यस्ता कुराहरु बारेमा पनि हामीले बुझन आबस्याक छ |
सेम सेक्स मेरिज गर्नु मनोबैज्ञानिक रोग हो कि ?
पर्फेक्ट पुरुष वा महिला भएर पनि सेक्सुयल र रिप्रोडक्टिभ अर्गन ठिक ठाक हुदा हुदै पनि बिपरित लिंगमा आकर्षित नहुनु बिडम्बना नै हो | यसमा पुरुष र महिलामा हुने हर्मनको खेल हुन् सक्छ | यसको लागि चिकित्सकले मात्र छुट्याउन सक्छ ! हर्मन डीस्बैलेंस हुदा पुरुष तथा महिलाको भावनामा पनि परिवर्तन हुन् सक्छ ! यसले गर्दा यस्ता बिचार आउँन पनि सक्छ | आफ्ना छोरा छोरीको गतिविधिलाई नियालेर छिटै चिकित्सक कहा जाच पडताल गराएमा के हो र पछी के हुन् सक्छ भनेर किटान गर्न सकिन्छ | अगर मनोबैज्ञानिक असर मात्रै हो भने मेच्युर नहुदै साइको थेरापी गरेर पनि ठिक ठाउमा ल्याउन सकिन्छ | कहिले काही संगतले गर्दा पनि केटा केटि यो लतमा फसेका हुन् सक्छन ! पछी छुटाउन नसकिने हुन्छ | कहिले काही यो मनोबैज्ञानिक कारणले नै हुन् सक्छ | पोहोर साल डिसीमा एक नेपालि छात्राको हत्या भएको थियो | उनको हत्या हुनको रहस्य अहिले आएर खोल्न गएको छ | उनलाई एक महिलाले लेस्बियन गराउन खोजिकी रहिछ | ति छात्रा उसको लेस्बियन पार्टनर हुन् नमान्दा उनको हत्या गरेको रहस्य खुलेको छ | तिनको हत्या गर्ने महिलालाई ४५ बर्षको जेल सजाय भैसकेको छ | यस्ता लतमा लागेका मानिसहरुले सद्दे मानिसलाई पनि आफु जस्तै बनाउन कोशिस गरिरहेका हुन्छन | भारतमा एक हिजडा समुदाय छ | वास्तब भन्ने हो ति तेश्रो लिंगी हुन् पछी उनीहरुले आफ्नो समुह ठुलो बनाउन पुरुषको जनिन्द्रिया काटी दिएर् हिजडा बनाएको रहस्य खुल्न गएको थियो | ति हिजडाहरु पुरुषबर्गका हुन् |
हाम्रो समुदाय वा समाजमा यौनिक अपाङ्गता भएका व्यक्तिले समलिगी बिबाह गरेर आफ्नो जिन्दगि गे वा लेस्बियन भएर बिताउदा ठिकै हुन्छ होला ! तर पूर्ण मानब व्यक्तिले समलिंगी हुनु भएकोलाइ मानसिक बिकृति हो अथवा मानसिक रोगि हुन् भन्न सकिन्छ |

पुण्डरी अर्याल
०६/२८/२०१५

Leave a Reply