नेपालमा भर्खरै निस्केको एल एल सि को परिणामले लगभग ४८ प्रतिशतमात्रै पास भएको जनाएको छ | सबै राम्रो अंक ल्याउनेलाइ आफ्ना र आफन्तका छोरा छोरीहरुलाई बधाई दिइरहेका छौ | तिनी हरु खुशी भैरहेका छन् |ठिक त्यस्को अर्को अध्यारो पाटो छ | ५२ प्रतिसत बिध्यार्थिहरु फेल भएका छन् | यति धेरै बिद्यार्थीहरु फेल हुदा हाम्रा अभिभावक, हाम्रा शिक्षक, हाम्रा शिक्षा मन्त्रि, देशका बुधिजिविहरुले किन यस्तो भैरहेको छ ? किन यति धेरै बिद्यार्थी फेल भैरहेका छन ? यसको बारेमा सकारात्कम सोच बनाउन सकेका छैनौ | सबै सबैले फेल हुने आफ्ना सन्तानलाइ गालि गरिरहेका छौ किन ? के यति धेरै बिद्यार्थी फेल हुनाको कारण स्वयम बिधार्थी वा तपाइका छोरा छोरीको मात्रैको दोष हो त ? यस बारे अनुसन्धान गर्न आबस्याक छ | के असफल विद्यार्थी हुन् हाम्रा छोरा छोरीको इच्छा हो त ? अथवा हाम्रा छोरा छोरीलाइ पढने मन नभएर यस्तो भएको हो त ? अविभावक भएर हामीले आफ्नो भूमिका निर्वाह गर्न नसकेको कारणले हो कि ? अथवा शिक्षकहरु अयोग्य भएर हो ? वा शिक्षकले आफ्नो काम कर्तब्यमा कमि कमजोरी गरेको कारणले हो कि ? अथवा हाम्रो शिक्षा नीति नै राम्रो नभएर हो ? प्रश्नहरु थुपै छन् | एल एल सि मा उत्तीर्ण नहुन सकेको कारणले कयौ हाम्रा छोराछोरीले आत्म हत्या गर्न पुगेका छन् ! तिनीहरुलाई कम्जोर मानसिकता कतै हामीले बनाइ राखेका त छैनौ | असफल भएका बिधार्थीको लागि उनिहरुको कमि कमजोरी औल्याएर सफलताको लागि आत्म बिश्वास जगाउन हामीले पहल गरिराखेका छौ कि छैनौ ? उनीहरुलाई मात्रै दोष नदिउ र सच्याउन अवसर प्रदान गरु हौसला दिउ, उसलाई वातावरण मिलाई दिउ |
संसारमा थुप्रै मान्छेहरु स्कुल कलेजमा असफल भए पनि बास्तविक जीवनमा ठुला ठुला काम गरेका छन् | थुप्रै मान्छेहरु कलेजको पढाइ पुरा नगरेका र बिचमा छोडेका बिद्यार्थीहरुले ठुलो ख्याती प्राप्त गरेका छन् | त्यसैले एक पटक असफल हुदैमा आत्तिइ हाल्नु पर्ने छैन फेरी झन् राम्रो श्रेणीमा पास गर्न सकिने छ | असफल मान्छे भनेको सफलताको नजिक पुगेर लडेको मान्छे हो, आफ्नो त्रुटी कहानेर भयो भनेर खोज्यो भने स्वयं थाहा पाएर फेरी सफलता पाउन सकिन्छ, यो ध्रुबसत्य कुरा हो | हामीले आफ्ना छोरा छोरीलाई असफल भएकोमा कहि न कहिँ हामि, स्कुलमा पढाउने शिक्षक, अथवा बिद्यार्थी कसको कमजोरी रह्यो त्यसमा बिचार पुर्याएर गल्ति भएका ठाउमा सच्याउन सके, सुधार पक्कै हुन्छ |
अहिलेको बोर्ड परिक्षामा केहि सरकारी विद्यालयमा पढेका विद्यार्थीको पनि राम्रो नतिजा आएको खबर छ, यो चाहि राम्रो लक्षण हो, बिगतमा बोर्डिंग स्कुलका बिद्यार्थी ८० प्रतिसतभन्दा बढी बोर्ड परिक्ष्यामा पास भएको तथ्य अगाडी आएको थियो |सरकारी स्कुलबाट अन्त्यन्त न्यून प्रतिशत पास हुने तथ्यांकले लोकसेवा पास नभैकन बोर्डिंग स्कुलमा पढाउने शिक्षकहरुले पढाएका बिधार्थीहरु उत्कृष्ठ हुनु भनेको सरकारी स्कुलका शिक्षकहरुलाई नैतिक दवाव हुनु पर्ने हो ! तर त्यसो हुन् सकेको छैन | हामीले सरकारी स्कुललाई अझ बढी प्रभावकारी बनाउन सकिन्छ | अलिकति सकारात्मक हुन् पर्यो | सरकारी लोकसेवा पास गरेका शिक्षक भएको ठाउमा पढाइको स्तर कम हुनु पक्कै पनि त्यहा भित्र दोष छ | मुलुकमा चलिरहेको क्षुद्र राजनीतिले सबभन्दा बढी सरकारी स्कुलका शीक्षक र विधार्थीलाई पारेको जो कोइले पनि महसुस गर्न सकिन्छ | त्यसलाई कम गर्न सरकारी निकायले मात्र सक्छ | प्राइभेट स्कुल क्याम्पसमा पढेका उत्कृष्ट बिद्यार्थीहरु विदेश जानकै लागि सोच बनाएको पाइन्छ | धेरैजसो शिक्षित व्यक्तित्व हरुले आफ्नो करियर बनाउने सोच राखेर विदेशिने गरेको तथ्यांक आकाशिदो छ | बुध्दीजीवि बर्गहरुले राम्रो काम नोकरी गर्ने सोच राखेको कारणले त्यो बर्गले राजनीतिमा सरिक नभएको देखिन्छ | नेपालि राजनीतिमा कम पढेका, गुण्डागर्दी गरने , राजनीतिमा सामन्तीपन सोच भएका व्यक्तिहरु , फटाहा चरित्रका ब्यक्ति हरुको हावी भैरहेको अनुभूति हुन्छ | किन भने अहिलेका राजनीति गर्ने नेता र कार्यकर्ताहरु ब्यबहार बोलाइ गराई त्यस्तै किसिमको छ | देश र जनताको अधोगतिको कारण त्यही हो | ५२ प्रतिशत असफल भएका बिधार्थीहरु राजनीति पार्टीका कार्यकर्ता हुने छन् | उनीहरुलाई लठैत बनाइने छ | केहि व्यक्ति राजनीति पार्टीका गुण्डा बनाइने छ | अलि सोझाखाले अरबका खाडीमा काम गर्न जाने छन् | देशको शिक्षानीति र शिक्षामा सुधार गर्नको सोच गरेका पाइदैन |
जबसम्म बुध्दीजीबी र शिक्षित बर्गले देसको शासन शक्तिमा हाबी हुन् सक्दैन तबसम्म मुर्खहरुले बुध्दीजीबीलाइ कजाउने काम हुन्छ | मुर्खले बुध्दिजिविमाथी शासन गरिरहने छन् | यो कुरा नेपालका शिक्षित व्यक्तित्वहरुले सोच्न आबस्याक | शिक्षित र बुध्दिजिवी बर्ग शासन सक्तिमा पुगेपछि मात्र न्यायिक र अनुसाशित सरकार बन्न सक्ने आधार प्रसस्तै हुने छन |
अन्तमा असफल भएका बिधार्थीमा मेरो धेरै सहानुभूति छ | यो असफताले तपाइहरुलाई आगामी दिनहरुमा सफल हुने प्रेरणा प्राप्त गरोस | तपाईहरु आफ्नो कमजोरीलाई केलाउनुहोस | सुधार गर्न सक्ने जति कोशिस गर्नु होस् | तपाइँ असफल हुनमा तपाइँ मात्रै दोषी नहुन पनि सक्नु हुन्छ ! आत्म बिश्वास दरो गराउनु होस् | तपाइँ गर्न नसक्ने कुनै कुरा संसार छैनन | मात्र तपाइँ जाग्नुस ! यदि तपाइँलाइ पढाइमा पटक्कै रुची छैन भने तपाइले चाहेको प्राविधिक सिप सिक्नुस ट्रेनिंग गर्नुस, तपाइँ राम्रो ब्यबसायी बन्न सक्नु हुन्छ | पास हुनले भन्दा बढी प्रगति गर्न सक्नु हुन्छ | तपाइले गरेका असाध्यै साना गल्तीहरुले तपाइलाइ असफल गराएको हुन सक्छ | गल्ति थाहा पाउनुस फेरी त्यस्तै किसिमको अर्को गल्ति नगर्नुस त्यति गरे पुग्छ, तपाइको जुनसुकै काममा सफल हुनुहुने छ | यहि हो सफलताको कुंजी !
06/21/2015