पुण्डरी अर्याल
पुण्डरी अर्याल

पत्रकारिताको नशा !
आधुनिक समाजमा पत्रकारिता एक प्रतिष्ठाको पेशा मानिएको छ | पत्रकारिकतालाई राष्ट्रको चौथो अंग समेत भन्दछौ | सबैजसो प्रजातान्त्रिक मुलुकमा पत्रकारलाइ बिशेष महत्वको साथमा हेरिन्छ | मिडिया अर्थात संचार माध्यमका प्राण नै पत्रकार हुन् | यिनीहरुको मेहनत परिश्रमले गर्दा नै पत्रिका वा संचार मिडियाको ख्याती बनेको हुन्छ | यिनीहरुको जागर, उत्साह र मेहनतले संचार मिडियाहरु स्थापित भैराखेका छन् | अब आएर पत्रकारिताको क्षेत्र बिस्तारित भैरहेको छ | इलेक्ट्रोनिक साधनले गर्दा संचार क्षेत्र चुस्त दुरुस्त भैरहेको पनि छ | संसारको समाचारहरु क्षण भरमा बिश्वब्यापी हुन् पाइरहेको छ | यसरी हिजो भन्दा आज आम जनता चाडै सुसुचित हुन् पाइरहेका छन् | संचार वा मिडियाले राजनीतीलाइ पल्टा ख्वाउन र हल्लाईदीन सक्छन | यो कुरा सबैलाई थाहा भएकै हो | यस क्षेत्रमा रुची राख्नेहरुले वा यो पेशामा लाग्ने पत्रकारहरु वा पत्रकारिता पेशा कै रुपमा अगालेका बन्धुहरुलाइ धेर थोर नेपालमा चिनेको थिए, पन्चायतकाल देखी गण तन्त्रसंम |
केहीलाई यहा पनि चिन्न थालेको छु | पत्रकारितामा लाग्नेहरुको नैतिकता नै प्रमुख गुदो हो | पत्रकारितामा इथिक भएन भने पित पत्रकारिता हुन्छ | आफ्नो स्वार्थ पुरा गर्न जस्तोपनि काम गर्ने खाले पत्रकारहरु पनि नदेखिएका होइनन | पत्रकारितामा सत्यता, शुध्दता, निष्पक्षता र जवाफदेहिता जस्ता साझा सिध्दान्तका तत्व हुन् | मैले यहा पत्रकारिताको बारेमा व्याख्या गर्न खोजेको होइन | पत्रकारिता एक किसिमको अफिमको नशा हो भन्न खोजेको हु | संसारभर दुइखाले पत्रकार बर्ग हुन्छन मालिकबर्गका पत्रकार जससँग प्रेस र प्रकाशन छ र अर्काखाले श्रमजीवी पत्रकार छन् जसले पत्रिका र प्रकाशनको लागि दिलोज्यान लगाएर काम गर्छन |
श्रमजीवी पत्रकार पत्रकारिताको इथिकको कुरा गर्छन पत्रकारिताको इथिकअनुसार काम पनि गर्छन | मालिक पत्रकारहरु इथिका कुरा त गर्छन तर मौका आउने बित्तिकै उनीहरु नाफा नोक्सानको ब्यालेन्स हेरेर कार्यन्वयन गर्छन | नेपालमा चलिरहेका मिडिया क्षेत्रमा कार्यरत श्रमजीवी पत्रकारहरुले संचार क्षेत्रलाई ससक्त बनाएका छन् | कतिपय श्रमजीवी पत्रकारले एकदमै न्यून पारिश्रमिकमा काम गरि राखेका छन् भने कतिपय पत्रकारले महिनौ तलब नपाएको कुरा सुनिदै आएका छौ | कतिपय श्रमजीवि सम्पादक मण्डललाई हामीले यस प्रकाशकका लागि काम गरेर प्रकाशकलाइ स्थापित गरायौ भन्ने लाग्छ र प्रकासक संग टसल हुने बित्तिकै अर्को प्रकासन शुरु गर्छन | प्रकाशकलाइ पनि लाग्छ कि मैले वा मेरो प्रकासनले गर्दा यिनीहरुलाई सफल पत्रकार बनायो भन्ने भ्रम हुन्छ | जसले गर्दा उनीहरुलाई सो प्रकाशनबाट हटाइन्छ | हटाइएका सम्पादकहरुले अर्को प्रकाशनको प्रारम्भ गर्छन |
मलाइ सम्झना छ भैरहवामा एउटा पुरानो दैनिक पत्रिका दैनिक निर्णय थियो, यस पत्रिकाका काम गर्ने सम्पादकहरुले त्यस पत्रिकाबाट निस्कने बित्तिकै अर्को पत्रिकाको शुरुवात हुन्थ्यो, पछी दैनिक सिध्दार्थ, निश्पक्ष ध्वनी, समालोचना, दैनिक लुम्बिनी, लुम्बिनी दुत, परिबर्तन, जन संघर्ष, मुक्ति संदेश आदि प्रकाशन खुले | श्रमजीबी पत्रकारहरु आफुले प्रकासन खोल्न सक्नेले खोले, नसक्ने ले प्रकासन फेर्दै पत्रकारितालाई निरन्तरता दिइरहेका थिए | एक जना मेरो पत्रकार साथि थिए | उनको राम्रै कलम चल्थ्यो | दैनिक निर्णय हुदै अरु प्रकासनमा काम गर्दै थिए | श्रमजीवी पत्रकार प्रेसले उनको परिवारको खर्च पुर्याउन सकेन | उनले प्रत्रकारितामा इथिकको कुरा हुन्छ भन्थे | प्रकाशकको भनाइमा नलागेर पत्रकारिता धर्म निभाउन खोज्दा नोकरी जहिले पनि धरापमा पर्थ्यो | पुलिश प्रशासन संग बेलेंस मिलाउनै पर्थ्यो त्यसमा पन्चहरु त त्यतिबेलाका शेरै थिए | सानो ठाउ समाचारको कारणले बेलाबेलामा कुटाइ खान पनि पर्त्यो | उनको नाम बुध्द न्यौपाने थियो | पछिल्लो पटक भेट भएको थियो | मेरो घरमा आएका थिए | मैले उनलाई जबर्जस्ति खाना खुवाएर पठाएको थिए | उनले भनेका थिए, यो पत्रकारितामा लागेर मैले जिन्दगि बिगारे, पत्रकारिता त अफिमको नशा रहेछ यार ! न म यसलाई छोडन सक्छु, न त यसले मलाइ छोडन सक्छ | यहि पत्रकारिताले मलाइ जडया बनायो अहिले त म अल्कोहलिक भै सके, जुनसुकै साथि भाइकहा जान्छु कसैले भात खान भन्दैनन, तिमीले घरपरिवार कसरि चलाएका छौ भन्दैनन | ठुला ब्यापारी र नेताकहा जादा पनि उनीहरुले रक्सि खुवाउन हजारौ रुपिया खर्च गर्छन तर एक छाक भात खुवाउदैनन् | देशको ठुला ठुला राजनीतिका दर्शनका कुरा हुन्छन | नैतिकता कुरा हुन्छन, मेरा पत्रकारिताको र समाचारको सहराना हुन्छ | म उनीहरुसंग गिरेर पैसा माग्न सक्दिन | यो मेरो पत्रकारिताको इथिक हो | पत्रकारिताको नैतिकता बेचेर मैले पत्रकारिता गर्न जानिन | मेरो प्रकाशकले मेरो खर्च दिन सक्दैन तर पनि म पत्रकारिता छोडन सक्दिन | उनीले यसै भन्दै थिए | उनि पछी ब्रेन हेम्रेज भएर मरे | यो राजधानी भन्दा बाहिरको मोफसलको पत्रकारिताको कुरा थियो |राजधानीमा पनि श्रमजीवी पत्रकारको अबस्था पनि उस्तै छ भनेर अनुमान लाउन सक्छौ | यदाकदा संचारकर्मीले तलब नपाएको समाचार सुन्न पाउछौ |
आज म न्यु योर्कमा छु | यहा पनि नेपाली भाषी पत्रिका छन् | अब यो संख्या चार पुगेको छन | नेपाली समुदायलाई खुशीको कुरा हुनुपर्छ | अर्को पत्रिका पनि शुरु भयो | अमेरिका भनेको प्रतिश्पर्दा हुने देश हो प्रतिश्पर्दाले व्यवसायमा क्वालिटी बढाउछ | यसले बजार बिस्तार गराउछ | यसो भयो भने खुशीको कुरो हुने छ |पत्रकारिता पेशामा लागेका मित्रहरु अमेरिका आएपछि पनि यो पेशालाई निरन्तर गर्नको लागि अरु ठाउमा काम गरेर भएपनि पत्रिका चलाई रहेका छन् | थुप्रै कठिनाइ भएपनि यस पेशालाई निरन्तरता दिन कटिबध्द भएको पाउछौ | यो निरन्तरता दिनको लागी कडा परिश्रम त चाहिन्छ नै | जस्तो परिस्थिति परे पनि वहाहरु पत्रकारिताको पेशाबाट अलग हुन् सक्नु हुन्न जस्तो लाग्छ |पत्रकारिता पनि किसिमको अफिमको नशा भन्दा कम नहुदो रहेछ भन्ने लाग्दछ | तर जे होस यो प्रतिष्ठित पेशामा इमेज बनाइ राखेर अगाडी बढंन सक्नु होस् तपाइहरुलाई मेरो यही शुभकामना छ | सिमित समुदाय संख्या भित्र यी नेपाली पत्रिका नबाच्ने परिस्थिति नहोस | तपाईहरुको हौसला सधै कायम होस् |यस पेशामा निरन्तर लागेर धर्यता कायम गर्न सकेकोमा सबै पत्रकार बन्धुलाई हार्दिक बधाई छ |
०३/२०/२०१५

Leave a Reply