पुण्डरी अर्याल
पुण्डरी अर्याल

देशका नेताहरु नै भ्रष्ट भएपछी हामि के गर्न सक्छौ र !
राष्ट्र सेवक नै भ्रष्ट भएपछी हामि के गर्न सक्छौ र !
सुरक्षामा खटिएका नै लुटेरा,बलात्कारी भएपछी,
हामी के नै गर्न सक्छौ र !

मैले “मेरो देश नेपाल” शिर्षकमा लेखेको कविताको अंश हो | आज गृहमन्त्री बामदेव गौतमले ‘संक्रमणकालमा बलात्कारका घटना हुने गर्छन’ भन्नु हुन्छ | देशका दिर्घ रोगि प्रधान मन्त्रि शुशील कोइरालाले “डा. के.शी. मर्छन त म के गरू “भन्नु हुन्छ | नागरिकहरुले प्रधान मन्त्रिलाइ डा. के शी बचाउन पर्यो भनेर भन्न जादा यस्तो बचन सुन्न परेपछि नेपाली जनता र अलिकता पनि सम्बेदनशील नागरिकलाइ कस्तो लाग्छ ? ससश्त्र गार्डको बिचमा हिडने गृहमन्त्री, उनको छोरीको बलात्कार भएको भए के भन्थ्ये ?
उहाले किन सोच्नु हुन्न ! त्यस्तो गरिमामय पदमा बसेर तेती सजिलै उम्किने कोशिश गर्न हुन्छ ?
देशको प्रधानमन्त्रि क्यान्सरले पिडित भएर केमो चढाई रहन पर्ने मान्छे | उहा त देशको सम्पत्तिमा अमेरिका उपचार गरेर सास थाम्ने गर्नु भएको छ | अस्पतालमा भ्रष्टाचार भयो, निजी क्षेत्रका अस्पतालले जनतालाई उपचार गर्नु भन्दा पनि जनतालाई ठग्ने काम भएको छ भनेर स्वास्थ्य र जनताको स्वास्थ्यमा खेलबाड नगरौ भन्दै यस क्षेत्रमा भएको भष्ट्राचार अनैतिकतालाइ निर्मुल पार्न उनले बिगुल फुकेर अनसन बसे | नागरिकले उनको माग पुरा गराउने आयोग गठन गरि प्रधानमन्त्रिलाइ सुल्झाउन भने तर गरिब जनताको स्वास्थ्यको उनलाई के पर्वाह हुन्छ र ? प्रधान मन्त्रि सुशीलले देशमा कर्मचारीबाट काम गराउन पैसा तिर्नु पर्छ , कर्मचारीले पैसा माग्छन, पुलिशले पैसा माग्छन भनेर खुलेयाम मंच बाट भाषण गर्छन ? उनलाई थाहा नभएको त होइन रहेछ | तर किन यसो गर्छन ह !
नेपालका डाक्टरलाई उनले बिश्वासै गर्दैनन् | तिनलाई थाहा छैन र बिदेशमा नेपालि डाक्टरहरुले मरेको मुटुलाई जगाएर मुटुको प्रत्यारोपण गरेका छन् ! नेपालका अस्पतालमा यदि भष्ट्राचार निर्मुल र व्यवस्थापन राम्रो हुने हो भने केहीलाई छोडेर नेपाली डाक्टर पनि कम छैनन कुरा सबैले बुझेको हो | सरकारको संयन्त्र समालेर बसेपछि कि त आफ्नो ड्युटी पुरा इमान्दारिताले गर्नु पर्यो नत्र त्यो पद छोड दिनु पर्यो लाज नभई कन काम न काजसित कुर्चीमा बस्न सुहाउछ ? कती तमाशा गर्ने ! कति हेर्ने ? डाक्टर गोविन्दजी यी अन्धा धृष्टराष्ट्र जस्ता प्रधान मन्त्रि भएको देशमा तपाइँ जस्ता सत्यबादी पाण्डबहरुले गुप्तबास बस्नु पर्ने हुन्छ, अर्को महाभारत युध्दकोलागि यसरी भोकै प्यासै मर्नु हुन्न ! तपाइँ यस्तो कायर हुनु भयो भने कौरवहरुले हस्तिनापुरमा(नेपाल) जनतालाई कालान्तर सम्म यस्तै कालो शासन गर्ने छन् | देशको सम्पत्तिमा राज गरेर गरिब जनताको खुन पशिनामा राज गरिरहने छन् |
डाक्टर गोविन्द तपाइँ उठनुस केजरिलाल जस्तै आम जनतालाई उठानुस, यिनीहरुलाई बढारि दिनुस यदि तपाइँ जनताको डाक्टर हो भने ! भोकै मरेर अन्धा र बहिरा अबेबिचारी मन्त्रिसित भिक मागेर केहि हुने छैन | तपाइँ उठ्नोस डाक्टर गोबिन्द्जी ! गलत कुरालाई सुधार्न सकिन्छ भने डाक्टरले नेतृत्व गर्न पनि हुन्छ | यसरी न सुत्नुस | यी देशका गरिब जनताको खुन खान पल्केकाहरुले तपाईका माग पुरा गर्ने छैनन् | अर्को नन्दलाल अधिकार नहुनुहोस | त्यसले न्याय बचाउन पनि तपाइँ उठनोस, तपाईलाई सेलिब्रेटी बनाएर उक्साएर एउटा एनेर्जिक डाक्टरलाई मार्ने षडयन्त्र भैरहेको छ | यस्तो गर्नु भयो भने हरेक नागरिक न्याय माग्दा माग्दै मर्दै जाने छन् |त्यसैले जाग्नोस, उठ्नोस !
पुण्डरी अर्याल,
न्यु योर्क

०३/२७/२०१५

Leave a Reply