पुण्डरी अर्याल
पुण्डरी अर्याल

२०४६ सालपछी स्थापना भएको प्रजातान्त्रिक सरकार बने पछी जनता अपेक्ष्या गरेको कुनै पनी कामहरु दुरदर्शी किसिमबाट हुन् सकेनन | पार्टीगत स्वार्थ र पार्टी हरुमा सत्ता लोलुपताले गर्दा आफ्नै पार्टीलाई ढलाउने र पार्टीका माथिला पदका मान्छे समेत भ्रष्टाचारमा लिप्त भै नेपालमा पंचायत कालमा स्थापना भएका उद्योग समेत धरासायी बनाइयो | जनतालाई अति आबस्याक पर्ने खाने पानि, बिजुली, औषधि उपचार, खाद्यान्न सामाग्री समेतको आपूर्ति दिन सकेन भ्रष्टहरुको बोलवाला भै रह्यो | पार्टीहरु आपसी व्दन्दमा फस्दै गए | परिणाम त सरकारको विरुध्दमा जनताहरु आकर्शीत हुन थाले | यहि पृष्ठभूमिमा माओवादी पार्टीको जन्म भयो | माओवादीले नेपालमा ०५२ सालदेखि थालिएको जनयुध्दले एक हदसम्मको उचाई लियो | यसै बिचमा बिरेन्द्र राजाको बंश नासक दरवार हत्या काण्ड भयो | ग्यानेद्र राजा भए | उंनले पनी प्रजातान्त्रिक पार्टी कमजोर भएको बेलामा मौका छोपी प्रजातान्त्रिक पार्टीहरुबाट सत्ता खोसेर आफ्नै बाहुबलले राज्य चलाउने सपना देखेका थिए | खोसेपनी, तर उनले जनतालाई केहि दिन सकेनन बरु उनले तानाशाही राज्य चलाउन खोजे |
जसको परिणाम नेपालि कांग्रेस, एमाले ले माओवादी संग १२ बुदे सम्झौता गर्न पुगे | ती पार्टीहरुले चलाएको जन आन्दोलन सफल भयो | राजाले आफ्नो श्रीपेच जनता बुझाए भनेर घोषणा गरे | देशमा गणतन्त्र आयो, संबिधान सभा भएर प्रचण्ड प्रधान मन्त्रि भए | शान्ति प्रकिया अघि बढ्यो | माओबादीहरुले हतियार बुझाउने काम सम्पन्न भयो | पहिलो सम्बिधान सभाले संबिधान दिन सकेन | दोश्रो सम्बोधान सभा चुनाब भयो | यसले पनि संबिधान दिन्छु भनेको मिति सरिरहेको छ |
देश ०५२ साल देखि आजको दिन सम्म नेपालमा महंगी, भ्रष्टाचार, अनियमता, लोड सेडिंग, कहिले तेलको हाहाकार, पानीको हाहाकार, एक दम अब्यबस्था बढिरहेको छ | ६०१ जना सांसद सुतेर तलब खान्छन | सरकार कार्यकारी मन्त्रिहरु कसैलाई केमो चढाउँन परेको छ, कसैलाई मुत्र नली ठिक पार्नु छ, कसलाई किडनीको उपचार गर्नु छ | मानौ उपचार गर्नकै लागि सत्तामा लागिएको हो | अरबौ रुपिया खर्च भएको छ संबिधान को लागि चार नेताले रिसोर्टमा लन्च खादै सहमति गर्नेको नाममा करोडौ खर्च गरियो | यस्तो अबस्था देशमा गुज्रिरहेको छ |०५२ साल देखि जनतामा पहिरो जान थाल्यो | धेरै मान्छे हरु बिदेशीय, सक्ने अमेरिकाआए, आ-आफ्नै औकात अनुसारले युरोप, अष्ट्रेलिया, अरब, मलेशिया, कतार, जापान,तिर हानीए | केहिशिप नलाग्ने भारतमा मजुरी गर्न बाध्य हुन् पर्यो | अझै पनि ठुलो संख्यामा नेपालि युवाले खुट्टा उचालेर बसेको अबस्था छ | अब त मलाइ लाग्छ १ करोड नेपाली नेपाल बाहिर छन् होला | देशका नेताहरुले यति ठुलो सक्षम जनशक्ति देश बाहिर छ भनी कहिले सोचेनन | देसमा जनताको छोरालाई रोजगारी दिने कुरा नगरेर आफ्ना लठैत मात्र राख्न खोजिएको छ |
हाम्रो देशको आफ्ना दाजुभाइले भोग्न परेको पिडालाइ मैले औलाउन खोजेको हु | मैले देशमा हुदा देशको वारेमा कहिल्यै सोचिन | जब म अमेरिका आए मैले जे यहाको राम्रो कुरा देख्छु ,यस्तो नेपालमा पनि बनाउन सकिन्छ | भन्ने लाग्छ | त्यहाको राज्य ब्यबस्थामा यो यो सुधार भयो भने भ्रष्टाचार हुदैन भन्ने कुरा भन्न मन लाग्छ |हा म्रा सबै नेता अमेरिका आएका छन् यहाको बारेमा नजानेका कोइ छैनन् | उनीहरुले बुझ पचाएको देख्दा दुखि हुन्छु | त्यो भन्दा म के हुन् सक्छु र!
बिदेशमा आएर सम्पन्नता कायम गरि बस्न सक्नु आफैमा पुरुस्वार्थ हो | केहि नेपाली साथिहरुले त्यो
हैसीयत राख्न सक्नु भएको छ | संसारको सबै भन्दा बढी एन आर एन सदस्यता भएको देश अमेरिका हुन् पुगेको छ | विद्यार्थीको रुपमा अमेरिका आएर उच्च स्तरीय तकनिकी र ज्ञान बटुलेका थुपै युवा पुस्ता छन् | यो देशमा थुपै यस्ता नेपाली अर्थशास्त्री छन् जसले देशको अर्थतन्त्र कसरि सुदृढ गर्न सकिन्छ भनेर ब्याख्या गर्न सक्छन | केहि नेपाली बैज्ञानिक जन्मिसकेका छन् जसले स्वास्थ क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेका छन | नेपाली डाक्टरहरुलाई मात्र समेटेर नेपालमा गुणस्तरको हस्पिटल बनाएर संचालन गर्न सकिन्छ | केहि डाक्टरहरु समेत उत्साहित भएको मैले भेटेको छु |
थुप्रै युवा पुस्ता जन्मेका छन् जसले राज्य संचालनमा इलेक्ट्रोनिक कन्ट्रोलिंग राज्य ब्यबस्थाको व्याख्या गरेका छन् | देश विकास क्षमता बनाउन सक्ने हैसियत राख्न सक्छन | मलाइ लाग्छ, एन आर एन को हैसियत धेरै माथि छ र जाने थियो तर बिडम्बना कस्तो छ भने नेपालको फोहरी राजनीति हावी भैराखेको देखेको छु | यो धमिलो भैरहेको अबस्थालाइ संग्लाउने हो भने अमेरिकन सरकारसंग पहुच दरो बनाउन सकिन्छ | प्रवासी नेपाली हरुको पहुच अझ माथि पुग्न जरुरि छ,नेपाल र नेपालीको इज्जतको लागि पनि | यदि हामीले अमेरिकामा एन आर रन लाइ ससक्त बनायौ भने सांसद सम्म पनि पहुच राख्न सक्ने छौ | एकताबध्द भएर जाने हो भने धेरै महत्वपूर्ण कुरा हुन् सक्छन | सबै साथीहरुले सोच्न आबस्याक छ | प्रवासी नेपाली भएर अमेरिका बसोवास गर्ने साथीहरुले नेपालका पार्टीका भात्री पार्टीलाई ध्यान दिनुको सट्टा एन आर एन संगठनलाइ मजबुत बनाउन कोशिस गरौ | एन आर एनको कार्य समितिमा जाने व्यक्ति कमसेकम नेपाल र अमेरिका भएका नेपालीको लागी योगदान दिन सक्छु भन्ने साथी मात्रै उठौ | टपरटुइया संगठनलाई नै बदनाम बनाउने खालका मान्छेलाइ कार्य समितिमा नपारौ | नेपालीको दुख सुखमा साथ् दिने मन पनि भाको धन पनि भाको र क्षमता पनि भाको हुन् पर्यो अमेरिकन एन आर एन सदस्य ! जसले अन्तरराष्ट्रिय एन आर एन को नेतृत्व लिन सकोस यो पनि हामीसबैले सोच्न आबस्याक छ |
जब सम्म नेपालको हैसियत उचो हुदैन तबसम्म संसारका नेपालीको पनि शिर उचो हुदैन भन्ने कुरा सबैले बुझ्न जरुरि छ | बिशेष गरेर यदि अमेरिकाको एन आर एन को अन्तरराष्ट्रिय नेतृत्व लिन सक्यो भने अमेरि कन सरकार संगको र नेपाल सरकार संग व्यापारिक पुल बनाउन सकिने छ | जसले गर्दा नेपालीलाइ रोजगारी अबस्था सिर्जना गर्न सकिने थुपै सम्भावनाहरु देखिएको छ | आगामी एन आर एन चुनावी नतिजाले इमान्दार , सक्षम, कर्मठ, कार्य समिति बनाउन सकोस | प्रतिनिधित्व सबै क्षेत्रबाट आओस | यो एन आर एन राजनीतिक पार्टी नभएर सामाजिक संस्था बनोस भन्ने धेरै जसो प्रवासी नेपालिहरुको छ | भोटरले पनि मुल्याकन गर्न सक्नु भयो भने पक्कै तपाइँ हामीले सोचे जस्तो नेतृत्व आउने छ |
पुण्डरी अर्याल
०२/२५/२०१५

Leave a Reply