पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

 

 

 

 

 

 

 

श्री भगवानुवाच

इदं शरिरं कौन्तेय  क्षेत्रमित्यभिधीयते ।

एतध्यो वेत्ति तं प्राहु: क्षेत्रज्ञ इति तव्दिद :।।१॥

क्षेत्रज्ञं चापि मां विध्दि सर्वक्षेत्रेषु भारत ।

क्षेत्रक्षेत्रज्ञयोर्ज्ञानं यत्तज्ज्ञानं  मतं मम ।।२॥

तत्क्षेत्रन् यच्च यादृक्च यव्दिकारि यतश्च यत् ।

स च  यो यत्प्रभावश्च तत्समासेन मे शृणु ।।३॥

ऋषिभिर्बहुधा गितं छन्दोभिर्विविधै: पृथक् ।

ब्रह्मसुत्रपदश्चैव           हेतुमध्दिर्विनिश्चितै: ।।४॥

महाभुतान्य हङ्कारो बुध्दिरव्यक्तमेव  च ।

इन्द्रियाणि दशैकं च पन्च चेन्द्रियगोचरा: ।।५॥

भावार्थ : भगवान भन्नुहुन्छ : हे अर्जुन यो शरीर क्षेत्र हो भनि जानिन्छ । यस शरिररूप क्षेत्रलाई जान्दछ त्यस्तो जान्नेलाई क्षेत्रज्ञ भनिन्छ र क्षेत्र र यस सम्बन्धि तत्व जानकार व्यक्तिलाई ज्ञानिजन भन्दछन । हे भरत बंश अर्जुन ! सबै क्षेत्रहरुमा म नै क्षेत्रज्ञ हुँ र जीवात्मा पनि म नै हु भनि बुझ , क्षेत्र र क्षेत्रज्ञ अर्थात बिकार रहित प्रकृति र पुरुषको तत्वलाइ जान्ने नै ग्यान हो भन्ने मेरो बिचार छ ।त्यो क्षेत्र जे होस्, जे बिचारवाला छ जसको कारणबाट जे भएको छ, त्यो क्षेत्रज्ञ र जो यसबाट प्रभावित भएका छन् । यी सबै बिस्तारमा म बाट सुन । क्षेत्र र क्षेत्रज्ञ तत्वको बिषयमा ऋषिहरुले धेरै प्रकारले बताएका छन् र बिबिध बेद मन्त्र अलगअलग रुपमा व्याख्या गरिएका छन् । ब्रह्म तत्वको बोध गराउने ब्रह्मसुत्रको ब्रह्मपदबाट पनि बयान गरिएको छ ।

पांच महाभुतका अव्यक्त, अहंकार, बुध्दि मूल प्रकृति र दश इन्द्रियहरु, एउटा मन र पांच इन्द्रिय शब्द, स्पर्श, रुप, रस, र गन्ध गरि  यो सरिरमा २४ वटा तत्वले युक्त छ ।

इच्छा व्देष: सुखं दु:खं सङ्घातश्चेतना धृति :।

एतात्क्षेत्रन् समासें सविकारमुदाहृतम् ।।६॥

अमानित्वमदम्भित्वमहिंसा  क्षान्तिरार्जवम् ।

आचार्योपासनं शौचं स्थैर्यमात्मविनिग्रह:।।७॥

इन्द्रियार्थेषु        वैराग्यमनहंकार एव च ।

जन्ममृत्युजराव्याधिडदु:ख दोषानुदर्शानम् ।।८॥

आसक्तिरनभिष्वङ्ग :       पुत्रदारगृहादिषु ।

नित्यं च समचित्तत्वमिष्टानिष्टोपपत्तिषु ।।९॥

मयि  चानन्ययोगेन भक्तिरवीभिचारिणी ।

विविक्तदेश्सेवित्वमरतिर्जनसंसदि    ।।१० ।।

भावार्थ : इच्छा व्देष, सुख, दुख, स्थुल सरिर संघात चेतना, यसबाट धारण गरिएको बिकार हुन, यसरी विकार सहित क्षेत्रका बारेमा संक्षेपमा बताइयो । बडप्पनको अभिमान नहुनु, छलकपट र ढोगी नहुनु र कसैको कुनै किसिन्मको हिँसा नगर्नु, कसैलाई नसताउनु,  क्षमाशील बन्नु, सरल बन्नु गुरुको सेवा गर्नु, भित्र बाहिर अन्त:स्करण शुध्दी स्थिरता र मन इन्द्रियहरुसहित निग्रह हुनु, इन्द्रियका बिशयहरुमा वैराग्य हुनु, भोगबिलाशमा आसक्त नहुनु, अहंकाररहित र जन्म मृत्यु जरा बुढ्याई र रोग दुख र दोशहरुमा बिचार गर्नु, पुत्र, स्त्री, घर र धन सम्पत्ति प्रियजनामा आसक्तिरहित हुनु, ममत्वभाव राखी त्यसैमा आसक्त नबन्नु, प्रिय र अप्रिय कुरा प्राप्तिमा सम भाव हुनु, म मा बाहेक अन्त  कतै नलागी अनन्य भक्ति गर्दै बिचलित नभई निरन्तर भक्ति गर्नु, शुध्द र एकान्तस्थानमा निबास गर्नु बिषयगत आसक्तियुक्त मान्छेमा प्रेम नगर्नु, यी सबै ज्ञानका साधनहरु हुन ।

अध्यात्मज्ञाननित्यत्वं तत्वज्ञानार्थदर्शनम् ।

एतज्ज्ञानमिति प्रोक्तमज्ञानं यादतोअन्यथा ।।११॥

ज्ञेयं यत्तत्प्रवक्ष्यामी यज्ज्ञात्वामृतमष्नुते ।

अनादिमत्परं ब्रह्म न सत्तन्नासदुच्येते ।।१२॥

सर्वत: पाणिपांद तत्सर्वतोअक्षिशिरोमुखम् ।

सर्वत: श्रुतिमल्लोके सर्वमावृत्य तिष्ठति ।।१३॥

सर्वेन्द्रियगुणाभांस सर्वेन्द्रियविवर्जितम् ।

असक्तं सर्वभ्रीच्चैव निर्गुणं गुणभोक्त्री  च ।।१४॥

बहिरन्तश्च भुतानामचरं चरमेव  च ।

सुक्ष्मत्वात्तदवीज्ञेयं दुरस्थं चान्तिके च तत् ।।१५॥

भावार्थ : अध्यात्मसम्बन्धि ज्ञानमा निरन्तर लागिरही, प्रकाशमय तत्वज्ञान अर्थरूप परमात्माको साक्षात्कार गर्नुलाई नै ज्ञान भनिन्छ ।  सो को बिपरित वा भिन्न अज्ञान हो भनिएको छ । जो जान्न योग्य छ जसलाई जानेपछि मनुष्यले अमृततत्व परमानन्दलाइ प्राप्त गर्दछ । जो अनादिकालवाला परमब्रह्म न त अस्तित्वमा छ न त अस्तित्व बिहिन छ । जसका हातपाउहरु सबैतिर फैलिएका छन, आँखा शिर र कानहरु सबैतिर छन् किनकि ज्ञेय परब्रह्म सबैमा व्याप्त भएर रहनु भएको छ । त्यो ज्ञेय परब्रह्मतत्व सम्पूर्ण इन्द्रियहरुका बिषयलाई जान्नेवाला र इन्द्रियामा रहेर पनि इन्द्रियरहित छ र आसक्तिरहित  भएर पनि सबैलाई पालन पोषण गर्नेवाला छ र निर्गुण भएर पनि गुणहरुलाई भोग्दछन । ज्ञेय परब्रह्म परमात्मा सबै प्राणीहरुमा भित्र बाहिर व्याप्त हुनुहुन्छ । जो चल र अचल भएर बस्नुहुन्छ , जो अति सुक्ष्म भै अन्त्यन्त नजिक र अन्तन्तै टाढा रहनुहुन्छ । तिनै नै परमात्मा हुनुहुन्छ ।

अविभतं च भुतेषु विभक्तमिव च स्थितम् ।

भूतभर्त्री च तज्ज्ञेयं ग्रसिष्णु प्रभविष्णु च ।।१६॥

ज्योतिषामपि तज्ज्योतिस्तमस: परमुच्यते ।

ज्ञानं ज्ञेयं ज्ञानगम्यं हृदि सर्वस्य विष्ठितम् ।।१७॥

इति क्षेत्रं तथा ज्ञानं ज्ञेयं चोक्तं समासत :।

मद्भक्त एतव्दिज्ञाय मद्भावायोपपध्यते ।।१८॥

प्रकृतिं पुरुषं चैव विध्दय्नादी उभावपि ।

विकारांश्च गुणांश्चैव विध्दि प्रकृतिसम्भवान् ।।१९॥

कार्यकरणकर्तृत्वे  हेतु: प्रकृतिरुच्यते ।

पुरुष: सुखदुखानां भाक्तृत्वे हेतुरुच्यते ।।२०॥

भावार्थ : परब्रह्मा परमेश्वर विभक्त नभई एक रुपले आकाशमा आभा सदृश्य परिपूर्ण भएर पनि सम्पूर्ण प्रानिजगतमा विभक्त रुपमा भिन्न भिन्न भै स्थित हुनुहुन्छ । त्यसरी नै जान्नेयोग्य परमात्मा सृष्टिकर्ता, पालन पोषण गर्ने बिष्णु, र संहार गर्ने रुद्ररूपमा एक्लै भएर पनि  तिन रुपमा रहनुहुन्छ । ज्ञेयस्वरुप परब्रह्मा ज्योतिरुपको पनि ज्योति हुनुहुन्छ । उहाँ अन्धकारबाट धेरै पर हुनुहुन्छ । माया बाट परहुनुको साथै बोधस्वरुप जान्नेयोग्य तत्वज्ञानबाट प्राप्त गर्न सकिने र सबैको हृदयमा बिशेष रुपले स्थित रहनुहुन्छ । यस प्रकार क्षेत्र, ज्ञान र ज्ञेय स्वरुप परमात्माको संक्षेपमा बताइएको छ । मेरा भक्तले यस तत्वलाइ बुझेर  मेरो भाव र स्वरुपलाई प्राप्त गर्दछन । प्रकृति र पुरुष यी दुबै अनादि काल देखि निरन्तर छन् । राग व्देष सुख दुखादी बिकारहरु र त्रिगुनात्मक सम्पूर्ण पदार्थ पनि प्रकृतिबाटै उत्पन्न भएको जान । कार्य(आकाश, वायु, जल, र पृथ्वी, शब्द, स्पर्श , रुप रस गन्ध), करण ( बुध्दि , अहंकार, मन, श्रोत्र, त्वचा, रसना, नेत्र, घ्राण, वाक हस्त पाद, उपस्थ, र गुदा यिनी १३ का नाम करण भनिन्छ ।) यीनलाई  उत्पतिका गराउने प्रकृति हो भने यसबाट उत्पन्न हुने सुख दुखादी भोक्ता जीवात्मा हो ।

पुरुष: प्रकृतिस्ठो हि भुङ्क्ते प्रकृतिजान्गुणान् ।

कारणं गुणसङ्गोअस्य सदसद्योनिजन्मसु   ।।२१ ।।

उपद्रष्टानुमन्ता च भर्ता भोक्ता महेश्वर : ।

परमात्मेती चाप्युक्तो देहेअस्मिन्पुरुष : पर: ।।२२॥

य एवं वेत्ति पुरुषं प्रकृतिं च गुणै : सह ।

सर्वथा वर्तामानोअपि न स भूयोअभीजायते ।।२३॥

ध्यानेनात्मनि पश्यान्ति केचिदात्मनमात्मना ।

अन्य साङ्ख्येन योगेन कर्मयोगेन  चापरे ।।२४॥

अन्य त्वेवमजानन्त श्रुत्वान्येभ्य उपासते ।

तेअपि चातितारन्त्येव मृत्युं श्रुतिपरायाणा :।।२५॥

भावार्थ : प्रकृतिमा स्थित जिवात्माले नै प्रकृतिबाट  उत्पत्ति त्रिगुणात्मक पदार्थलाई भोग्दछ । हरेक मनुष्यका  यी गुणहरुको आसक्तिका बस्तु वा जीवात्माको राम्रो वा नराम्रो योनिमा  जन्म हुनुको कारण भएको हुन्छ । यस सरिरमा स्थित आत्मरूप नै परमेश्वर हुनुहुन्छ । जो साक्षी “उपद्रष्टा’ भएर पनि यथार्त अनुमति दिने हुदा अनुमन्ता, सबैको भरण पोषण गर्ने हुदा भर्ता, सुख दुख बोगगारने हुदा भोक्ता सबैका महान इश्वर भएकाले महेश्वर परम आत्मा भनिएको छ । जो मनुष्य यसप्रकार प्रकृतिका तिनै तत्व गुणहरुलाई बुझ्दछ त्यो मनुस्य सबै प्रकारले कर्म गरिरहेर पनी फेरी जन्मनु पर्दैन र मुक्ति प्राप्त गर्दछ । कतिपय साधकहरु आफ्नो ध्यानले आफ्नो आत्माली शुध्दी गरेर हृदयमा परमात्मालाई साक्षात्कार गर्दछन । अन्य केहि साधकहरुले ज्ञान योगव्दारा आत्माको दर्शन गर्दछन भने कसैले कर्मयोगको साधनाले आत्मालाइ प्राप्त गर्दछन । अर्का थरि साधकहरु यी सबै योगलाई नजानेर पनि अरु ज्ञानी जनबाट सुनेर उपासना गर्दछन र कर्तब्य परायण भै कर्म गर्दछन भने पनि यस भाव सागरबाट तर्न सक्दछन ।

यावत्सन्ज्यायते किन्चित्सत्त्वं स्थावरजङ्गमंम् ।

क्षेत्रक्षेत्रज्ञ संयोगात्तव्दिध्दी  भारतर्षभ ।।२६।।

समं सर्वेषु भुतेषु तिष्ठन्तं परमेश्वरम् ।

विनश्यत्स्वविनसयन्तं य: पश्यति स पश्यति ।।२७।।

समं पश्यन्हि सर्वत्र सम्वास्थितमिश्वरम् ।

न हिनस्त्यात्मनात्मानं तातो याति परां गतिम् ।।२८॥

प्रक्रित्यैव च कर्माणि कृयमाणानी सर्वश: ।

य: पश्यति तथात्मान मकर्तारं स पश्यति ।।२९॥

यदा भुतपृथग्भावमेकस्थमनुपश्यति ।

तत एव च विस्तारं ब्रह्म सम्पदद्यते तदा ।।३०॥

भावार्थ : हे अर्जुन जतिमात्रामा जतिसुकै परिणाममा प्राणि र बस्तुहरु उत्पन्न हुन्छन ति सबै क्षेत्र र क्षेत्रज्ञको संयोगबाट भएको जान । जो पुरुष सबै भुताप्रानिहरुमा  समभावले रहने र ति नाशवान प्राणिहरुमा नष्ठ नहुने इश्वर देख्दछ त्यसले यथार्थ देख्दछ । जो मनुष्य सबैमा समभावले स्थित रहनुभएका परमेश्वरलाइ देख्दछ र आफ़ुले आफ्नो आत्मालाई नष्ट गर्दैन त्यो नै परम गति प्राप्त गर्दछ । जो व्यक्ति प्रकृतिबाट नै सबै कर्म सम्पन्न भैरहेको भन्ने देख्दछ र आत्मालाई अकर्ताको रुपमा देख्दछ त्यहि नै यथार्थ कुरा देखिरहेको हुन्छ । जुन व्यक्तिले जतिखेर प्राणिहरुमा  भिन्न भिन्न स्वरुप र भावलाई एकै तत्व परमात्म स्वरुप समाहित भएको देख्दछ, सोहि क्षण उ सचिदानन्द ब्रह्मलाइ प्राप्त गर्दछ । 

अनादित्वान्निर्गुणत्वात्परमात्मायमव्यय : ।

शरिरस्ठअपि कौन्तेय न करोति न लिप्यते ।।३१॥

 

यथा सर्वगतं सौक्ष्म्यादाकाशं नोपलिप्यते ।

सर्वत्रावस्थितो देहे तथात्मा नोपलिप्यते ।।३२॥

 

यथा प्रकाशयत्येक: कृत्स्नं लोकमिमं रवि: ।

क्षेत्रं क्षेत्री तथा कृत्स्नं प्रकाशयति भारत ।।३३॥

 

क्षेत्रक्षेत्रज्ञयोरेवमन्तरं ज्ञानचाक्षुषा ।

भुतप्रकृतिमोक्षं च ये विदुर्यान्ति ते परम् ।।३४॥

 

भावार्थ: हे अर्जुन ! अनादि भएको र निर्गुण भएको हुनाले यो अबिनाशिनि परमात्मातत्व रहेर पनि न केहि गर्छ, न त कुनै कुरामा लिप्त हुन्छ । जसरि सर्वत्र व्याप्त भएर रहेको आकाश सुक्ष्मतत्व रहेर पनि कुनै बस्तुमा लिप्त रहदैन त्यसरि नै सर्वत्र शरीरमा व्याप्त भएर रहेको आत्मा निर्गुण भएको कारणले शरीरको गुणमा लिप्त हुदैन । हे अर्जुन ! जसरि एउटै सुर्यले सम्पूर्ण ब्रमान्डलाई उज्यालो बनाउदछ । त्यसरी नै क्षेत्रज्ञरुप आत्माले सम्पूर्ण सरिरलाई न उज्यालो र प्रकाशमय बनाउदछ । जो मनुष्य ज्ञानरुप आँखाबाट क्षेत्र र क्षेत्रज्ञको अन्तरलाई प्राणिहरुको प्रकृति बन्धनबाट छुटकारा पाउने उपाएको तत्व जान्दछ । तिनीहरु परब्रह्म परमेश्वरलाइ प्राप्त गर्दछ ।

ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे क्षेत्रक्षेत्रज्ञविभागयोगो  नाम त्रयोदशो अध्याय:।।१३ ॥

 

Leave a Reply