अर्जुन उवाच
मदनुग्रहाय परमं गुह्यमध्यात्मासंज्ञितम् ।
यत्त्वयोक्तं वचस्तेन मोहोअयं विगतो मम ।।१॥
भवाप्ययौ हि भुतानां श्रुतौ विस्तरशो मया ।
तत्त्व: कमलपत्राक्ष माहात्म्यमपी चाव्यम् ।।२॥
एवमेतध्यथात्थ तवमात्मानं परमेश्वर ।
द्रष्टुमिच्छामि ते रुपमैश्वरं पुरुषोत्तम ।।३॥
मन्यसे यदि तच्छक्यं माया द्रष्टुमिति प्रभो ।
योगेश्वर ततो मे त्वं दर्शयात्मानमव्ययम् ।।४॥
श्री भगवानुवाच
पश्य मे पार्थ रुपाणी शतशोअथ सहस्रश ।
ननाविधानि दिव्यानि नानवार्णाकृतानि च ।।५॥
पश्यादित्यान्वसून् रुद्रानश्विनौ मरुतस्तथा ।
बहुन्यदृष्टपुर्वाणी पश्याश्वर्याणि भारत ।।६॥
इहैकस्थं जगतकृत्स्नं पश्याध्य सचराचरम् ।
मम देहे गुडाकेश याच्चान्यद्द्रष्टमिच्छसि ।।७॥
न तु मां शक्यसे द्रष्टमनेनैव स्वचक्षुषा ।
दिव्यं ददामि ते चक्षु: पश्य मे योगमैश्वरम् ।।८॥
संजय उवाच
एवमुक्त्वा ततो राजन्महायोगेश्वरो हरि : ।
दर्शयामास पार्थाय परमं रुपमं रुपमैश्वरम् ।।९॥
अनेकवक्त्रनयनमानेकाभ्दुत् दर्शनम् ।
अनेकदिव्याभरणं दिव्यानेकोध्यतायुधम् ।।१०॥
भावार्थ :
अर्जुनले बिन्ति गर्नुहुन्छ : मलाइ अनुग्रहगरि, करुणाभावराखी हजुरबाट परम गुह्य अध्यात्मका बारेमा जुन बचन आज्ञा गर्नु भयो । त्यसबाट मेरो अज्ञान नष्ट भै मोह भंग भयो । किनकि हे कमलपत्र रुपी नेत्र भएका भगवन, मैले हजुरबाट प्रानिजगतको उत्पत्ति र प्रलयका बारेमा र हजुरको अक्षय अबिनासिनी महिमा बिस्तारपुर्बक सुन्न पाए र सुनेको छु । हे परमेश्वर ! हजुरले आफुलाई जे जस्तो बताउनु भएको छ, त्यहि कुरा जस्ताको तस्तै ठिक दुरुस्त हो, अबस्य हजुर परम पुरुष हुनुहुन्छ । हे पुरुषोत्तम हजुरको ज्ञान, शक्ति, बल, बिर्य र तेजयुक्त ऐश्वर्य रुपलाइ मैले प्रत्यक्ष देख्न चाहन्छु । हे प्रभु, यदि मैले तपाइको त्यो परम अलौकिक विश्व स्वरुपको दर्शन पाउने ठान्नुहुन्छ भने हे योगेश्वर त्यसो भए मलाइ हजुरको आफ्नो त्यो अविनासिनी अव्यय-स्वरुपको दर्शन गराई बक्सियोस । भगवान श्री कृष्ण भन्नु हुन्छ ! हे पार्थ अर्जुन, अब तिमीले मेरा अनेक तरहका नाना बर्ण र आकृतिहरु भएका सयकडौ अनि हजार थरिका अलौकिक दिब्यरुपलाई हेर । हे भरतबंशी अर्जुन ! तिमीले ममा आदित्यहरुलाई, रुद्रहरुलाई, दुवै अश्विनी कुमारहरुलाई र वायुहरुलाई हेर र त्यसरी नै तिमीले कहिल्यै नदेखेका आश्चार्यमे स्वरुप र दृश्यहरुलाई अबलोकन गर । हे निद्राविजयी अर्जुन ! यो मेरो सरिरमा एक ठाउमा अबस्थित चर अचर सहित सम्पूर्ण जगतलाइ र अरु पनि जे हेर्न चाहन्छौ त्यो सबै विश्व ब्रमाण्ड यहि हेर । परन्तु तिमि यो पार्थिब चरम चक्शुले त् मलाइ र मेरो इश्वरीयरुपलाई देख्न सक्दैनौ, त्यसैले म तिमीलाई दिव्यदृष्टि प्रदान गर्दछु । त्यसैव्दारा तिमि मेरो इएश्वरिय दिव्य योगशाक्तिलाई अवलोकन गर । संजयले भने : हे महाराजा यस प्रकार आज्ञा भएपछि
महान योगेश्वर सर्ब पाप हरण गर्ने श्री हरि कृष्णले अर्जुनलाई परम इश्वरीय दिब्य स्वरुपको दर्शन गराउनु भयो । विश्वरूप परमेश्वरको त्यो बिराटस्वरुपमा अनेक मुख र नयनहरु भएका रुपमा अनेक अदभुत आश्चर्य अनेकौ दिव्य अलंकार र आभुसणले सिङ्गारिएको जसका हातमा अनेक शस्त्रहरु उठाइएका दिव्य माला र बस्त्र धारण गरिएको र दिव्य सुगन्ध चन्दन सर्वाङ्ग सरिरमा लेपन गरिएको यस किसिमको सबै प्रकारले आश्चर्यपूर्ण अनन्त सिमा सबै तर्फ मुख भएका बिराट स्वरुप परम देव परमेश्वरलाइ अर्जुनले देखे अर्थात दर्शन गरे ।
दिव्यमाल्याम्बरधरं दिव्यगन्ध्यानुलेपनम् ।
सर्वाश्चर्यमयं देवमनन्तं विश्वतोमुखम् ।।११॥
दिवी सूर्यसहस्त्रस्य भवेध्युगपदुत्थिता ।
यदि भा: सदृशी सा स्याभ्दासस्तस्य महात्मन:।।१२॥
तत्रैकस्थं जगत्कृतस्नं प्रविभक्त्मनेकथा ।
अपश्यद्देवदेवस्य शरिरे पान्दवस्तदा ।।१३॥
तत : स विस्मयाविष्टो हृष्टरोमा धनन्जय : ।।
प्रणम्य शिरसा देवं कृतांजलिरभाषत ।।१४॥
अर्जुन उवाच
पश्यामि देवांस्तव देव देहे सर्वांस्तथा भुतविशेषसंघान् ।
ब्रह्माणमीशं कमलासनस्थमृषीन्श्च सर्वानुरगांश्च दिव्यान् ।।१५॥
भावानुवाद: त्यो बिराट स्वरुप को आकाशमा हजार सुर्योंको एकैसाथ उत्पन्न प्रकास तेज हो, त्यस्तो तेज, प्रकाश परमात्मा विश्वरूप परमेश्वर लाइ तेजमय दर्शन पाउनु बिरलै हुन्छ । पान्डु पुत्र अर्जुनले त्यस समय अनेक प्रकारले विभाजित अलगअलग लोक सम्पूर्ण जगतको देवताहरुका पनि देवता भगवान श्री कृष्णको सरिरमै अवस्थित भएको देखे ।त्यसपछि आश्चार्य चकित भै रोमाञ्चित भएका धनंजय अर्जुनले आफ्नो शिर झुकाएर विश्वरूपधारी परमेश्वरलाई श्रध्दा भक्ति सहित दुवै हात जोडी प्रणाम गरेर बिन्ति गर्न लागे : हे देवादिदेव ! म हजुरको सरिरमा सम्पूर्ण देवताहरुलाई स्थावर जंगम रुप प्रानिजगतलाइ देखिरहेको छु । त्यसै गरि कमलको आसनमा विराजमान ब्रह्माजीलाई भगवान शंकरजी र समग्र ऋषिजन र दिब्यसर्पहरुलाई पनि देखेरहेको छु ।
अनेकबाहुदरवक्त्रनेत्रं पश्यामि त्वां सर्वतोअनन्तरुपम् ।
नान्तं न मध्यं न पुनस्तवादिंपश्यामि विश्वेश्वर विश्वरूप ।।१६॥
किरिटिनं गदिनं चक्रिणन् च तेजोराशिं सर्वतो दीप्तिमन्तम् ।
पश्यामि त्वां दुर्नीरीक्ष्यं समन्तादिप्तानलार्कध्युतिमप्रमेयम् ।।१७॥
त्वमक्षरं परमं वेदितव्यंत्वमस्य विश्वस्य परं निधानम् ।
त्वमव्यय: शाश्वतधर्मधर्मगोप्ता सनातनस्त्वं पुरुषो मतो मे ।।१८॥
अनादिमध्यान्तमनन्त विर्यमनन्तबाहु शशिसुर्य नेत्रम् ।
पश्यामि त्वां दीप्तहुताशवक्त्रं स्वतेजसा विश्वमिदं तपन्तम् ।।१९॥
ध्यावापृथिव्योरिदमन्तरं हि ब्याप्तं त्वयैकेन दिशाश्च सर्वा :।
दृष्ट्वाभ्दुतं रुपमुग्रं तवेदं लोकत्रयं प्रव्यथितं महात्मन ।।२०॥
भावार्थ : हे विश्वरूप ! म हजुरलाई अनेकौ हातहरु, पेट, मुख र आँखाले युक्त सर्बत्र अनन्तरुप फैलिएको देखिरहेको छु । हे विश्वरूप हजुरको न अन्त्य न त मध्य, न त आदि नै देख्दछु । म हजुरलाई मुकुट धारण गरेको गदा हातमा लिएको, चक्र लिएको चारै तर्फबाट प्रकाशमय तेजको पुञ्जको रुपमा देखिरहेको छु । अत हजुरको स्वरुपलाई बडो कठिनका साथ देख्न सकिने हुनाले प्रखर सुर्य समान दैदिप्यमान, प्रमेयस्वरुप देख्दछु । मे महात्मन हजुर नै जान्न योग्य परम अक्षर परमब्रह्म हुनुहुन्छ । हजुरनै यस जगतको परम आश्रय हुनुहुन्छ । हजुर नै शाश्वत सनातन धर्मको रक्षक हुनुहुन्छ । त्यसैले हजुर अब्यय सनातन परम पुरुष हुनुहुन्छ भन्ने यस्तो मेरो मत छ । म हजुरलाई आदि मध्य र अन्त्यहीन, अनन्त शक्ति सामर्थले युक्त अनन्त बाहुहरु भएका चन्द्र सुर्य रुप नेत्र भएका प्रज्वलित अग्निरूप मुख भएका, आफ्नो तेजले यो जगतलाइ नै सन्तप्त गराउने रुपमा देख्दछु । हे महात्मन यो स्वर्ग र पृथ्वीको बिच आकाश तथा सम्पूर्ण दिशाहरु पनि हजुरबाट नै परिपूर्ण छ । हजुरको यो अलौकिक र भयङ्कर रुपलाइ देखेर तिनै लोक व्यथित र भयभित भएका छन् ।
अमी हि त्वां सुरसङ्घा विशन्ति केचिभ्दिता: प्राञ्जलयो गृणन्ति ।
स्वस्तित्युक्त्वा महर्षिसिध्दसङ्घा: स्तुवन्ति त्वां स्तुतिभि: पुष्कलाभि :।।२१॥
रुद्रादित्या वसवो ये च साध्याविश्वेअश्विनौ मृतश्वोश्मपाश्च ।
गन्धर्वयक्षासुरासिध्दसंघाविक्षन्ते त्वां विस्मिताश्चैव सर्वे ।।२२॥
रुपं महत्ते बहुवक्त्रनेत्रंमहाबाहो बहुबाहुरुपादम् ।
बहुदरं बहुदंष्ट्राकरालंदृष्ट्वा लोका: प्रव्यथितास्तथाहम् ।।२३॥
नभ: सपृशं दिप्तमनेकवर्णं व्यात्तानंन दिप्तविशालनेत्रम् ।
दृष्द्वा हि त्वां प्रव्यथितान्तरात्मा धृतिं न विन्दामि शमं च विष्णों ।।२४॥
दंष्ट्राकरालानी च ते मुखानि दृष्टैवकालानलसन्नि भानि ।
दिशो न जाने न लाभे च शर्म प्रसिद देवेश जगन्निवास ।।२५॥
भावार्थ:
हे विश्वरूप ! यी सबै देवताहरु हजुरमा नै प्रवेश गरिरहेका छन् । तिनमा कोइ भयभित भै हात जोडेर हजुरकै गुनको महिमा गाइरहेका छन् , महर्षि र सिध्दा पुरुष कल्याण होस् शान्ति होस् भनि स्तोत्र वाचन गरि हजुरकै स्तुति गरिरहेका छन् । जो यी रुद्रहरु आदित्यहरु वसुहरु साध्यगुन विश्वदेवाहरु दुवै अश्बिनिहरु र वायुगणहरु छन् यसै गरि पित्रिसमुदाय गन्धर्व यक्ष सिध्द समुहहरु सबै आश्चार्यचकित भै हजुरलाई नै हेरिरहेका छन् । हे महाबाहो ! हे प्रभु अनेक मुख र आँखाहरु, अनेकौ बाहुहरु, तिघ्राहरु र खुट्टाहरु धेरै पेटहरु अनेकै दाराहरु भएका बिकराल आकृतिरुप भएका हजुरको बिराटरुप देखेर सबै प्राणीहरु र म स्वयम पनि भयभित भै ब्याकुल भएका छौ । हे बिश्नो हे प्रभु ! आकाश छुने देदिप्यमान, अनेक बर्णरुप र रंग भएका आँ गरेर मुख बाएका धपक्क बलेका जस्तै ठुला ठुला आँखा भएका हजुरलाई देखेर निशन्देह मेरो अन्त: करण ज्यादै भयले कापिरहेका छ । मैले धर्य र शान्ति पाउन सकेको छैन ।
दाराहरुले बिकराल देखिने प्रलायकालिन दन्किरहेको अग्निकै समान मुखहरुलाई देखेर मैले दिशाहरुलाई समेत जान्दिन र सुख पनि पाउदिन । त्यसैले हे जगतका आधार हे देव ! प्रसन्न हुनुहोस ।
अमी च त्वां धृतराष्ट्रस्य पुत्रा : सर्वे सहैवावनिपालसंघै :।
भिष्मो द्रोण: सुतपुत्रस्तथासौ समास्मदियैरपि योधमुख्यै ।।२६॥
वक्त्राणि ते त्वरमाणा विशन्ति दंष्ट्राकरालानि भयानकानी ।
केचिव्दालग्ना दशनान्तरेषु संदृश्यन्ते चुर्णितैरुत्तमाङ्गै ।।२७॥
यथा नदीनां बहवोअम्बुवेगा:समुन्द्रमेवाभिमुखा द्रवन्ति ।
तथा तवामी नरलोकविराविशन्ति वक्त्राण्यभिविज्वलन्ति ।।२८॥
यथा प्रदिप्तं ज्वलनं पतंगाविशन्ति नास्हाय समृध्दवेगा : ।
तथैव नाशाय विशन्ति लोकास्तवापि वक्त्राणि समृध्दवेगा ।।२९॥
लेलिह्यसे ग्रसमान: समन्ता ल्लोकान्समग्रान्वदनैर्ज्वलभ्दि :।
तेजोभिरापूर्य जगत्समग्रंभासस्तवोग्रा: प्रतपन्ति विष्णो ।।३०॥
भावार्थ : यी सबै धृतराष्ट्रका पुत्रहरू, अरु राजाहरुको समूहसहित हजुरको बिशाल मुखमा प्रवेश गरिरहेका छन् । त्यसै गरि पितामह भिष्म, गुरु द्रोनाचार्य तथा कर्ण पनि हाम्रो पक्षका महत्वपूर्ण योध्दाहरु पनि सबै दारा सहितको हजुरको डरलाग्दो भयानक मुखमा बेगले पसिराखेका छन् र कोइको टुक्रा भै हजुरको दातमा टाउको सहित तासिएका देखिएका छन् । जसरी जलप्रवाहको बेगले नदीहरु सामुन्द्र तर्फ बगेका हुन्छन त्यस्तै गरि नर्लोकका बिरहरू पनि हजुरको यो भयङ्कर प्रज्वलित मुखमा प्रवेश गरिरहेका छन् ।जसरि प्तालिहरु नाश हुनाको लागि बलेको बत्तीको ज्योतिमा बेगले पुग्दछन त्यस्तै गरि यी सब जनहरु आफ्नो बिनासकोलागी अति बेगसंग दौडदै हजुरकै मुखमा प्रवेश गरिरहेका छन् । हे बिश्नो हजुरले ति सम्पूर्ण जनहरुलाई प्रज्वलित भै बलिरहेको मुखले गाँस हालेर सबैतीरबाट स्वाद्लिदै चाटी रहनु भएको छ । आफ्नो अग्निमय ज्योतिले सारा जगतलाई पुरै ढाकेर हजुरको प्रचण्ड तेज व्दारा सबैतिर फैलाई सन्तप्त पारिरहेको छ ।
आख्याहि मे को भावानुग्ररुपो नमोस्तुनमोअस्तु ते देववर प्रसिद।
विज्ञातुमिच्छामि भवन्तमाध्यंन हि प्रजानामि तव प्रवृत्तिम् ।।३१॥
श्री भगवानुवाच
कालोअस्मी लोकक्षयकृत्पवृध्दो लोकांसमाहर्तुमिह प्रवृत्त : ।
ऋतेअपि त्त्वां न भविष्यन्ति सर्वे येअवस्तिथा: प्रत्यनीकेषु योद्धा:।।३२॥
तस्मात्त्वमुत्तिष्ठ यशो लभस्व जित्वा शत्रुन्भुङ्क्ष्वा राज्यं समृध्दम् ।
मयैवैते निहता : पुर्वमेव निमित्तमात्रं भव सव्यसाचिन् ।।३३॥
द्रोणं च भिष्मं च जयद्रथं च कर्ण तथान्यानपि योधविरान् ।
माया हतांस्त्वं जहि मा व्यथिष्ठायुध्यस्व जेतासि रणे सपत्नान् ।।३४॥
संजय उवाच
एतच्छुत्वा वचनं केशवस्य कृतान्जलिर्लेपमान: किरिटी ।
नमस्कृत्वा भूय एवाह कृष्णसगग्ददं भीतभीत : प्रणम्य ।।३५॥
अर्जुन बिन्ति गर्नुहुन्छ : उग्ररुप धारण गर्ने हजुर को हुनुहुन्छ ? मलाइ बताई बक्सियोस । हे देवताका देव हजुरलाई नमस्कार छ । तपाइँ प्रसन्न हुनुहोस । आदिपुरुष हजुरलाई बिशेषरुपमा जान्न चाहन्छु । किनकि मैले हजुरको प्रवृतिलाई जानेको छैन ।भगवान श्री कृष्णले भन्नु भयो : म लोकलाई नास गर्ने बिकराल महाकाल हुँ । अहिले म सारा लोकलाई संहार गर्न लागि रहेको छु । त्यसैले जो यो रणभूमिमा स्थित प्रतिपक्षी योध्दा छन् ति सबै तिमीबिना पनि रहने छैनन् । तिमीले युध्द नगरे पनि यिनीहरुको नाश हुनेछ । त्यसैकारण तिमि युध्दको लागि खडा होउ र यश प्राप्त गरेर सत्रुलाई क्षय गरि धन धान्यले सम्पन्न राज्यको भोग गर । यी सब सुरबीर पहिले नै म बाट मारिसकेका छन् । हे सव्यसाची तिमि अब केवल निमित्त मात्र होउ । द्रोणाचार्य, भिष्मपीतामह तथा जयद्रथ र कर्ण र अन्य बिरयोध्दाहरुलाई बध गर जो मबाट मारीइ सकेका छन् । नडराउ ब्याकुल पनि नहोउ युध्दमा निश्चय जित्ने छौ त्यसैले युध्द गर । संजयले बिन्ति गर्नुहुन्छ : केशब भगवानको यो बचन सुनिसकेपछि काँपिरहेका मुकुटधारी अर्जुनले हात जोडेर नमस्कार गरे । फेरी पनि डराई डराई झुकेर प्रणाम गरि श्रीकृष्ण समक्ष गदगद भै भगभग बोलीले अर्जुनले बिन्ति गर्नु भयो । हे अन्तरयामी भगवान सारा जगत नै हजुरको नाम गुण र प्रभावले किर्तन बाट आनन्द बिभोर भै हर्षित भैरहेका छन्, प्रेममा अनुराग प्राप्त भैरहेका छन् ।
अर्जुन उवाच
स्थाने हृषीकेश तव प्रकिर्त्या जगत्प्रहृष्यत्यनुरज्यते च ।
रक्षान्सि भीतानि दिशो द्रवन्ति सर्वे नमस्यन्ति च सिध्दसङ्घा ।।३६॥
कस्माच्च ते न नमेरन्महात्मन् गरियसे ब्रह्मणोअप्यादिकत्रे ।
अनन्त देवेश जगन्निवास त्वमक्षरं सदसात्तात्परं यत् ।।३७॥
त्वमादिदेव: पुरुष: पुराणस्त्वमस्य विश्वस्य परं निधानम् ।
वेत्तासि वेध्यं च परं च धाम त्वाया ततं विश्वमनन्तरुप ।।३८॥
वायुर्यमोअग्निर्वरुण: शशाङ्क : प्रजापतिस्त्वं प्रपितामहश्च ।
नमो नमस्तेअस्तु सहस्रकृत्व : पुनश्च भूयोअपी नमो नमस्ते ।।३९॥
फेरी पनि डराई डराई झुकेर प्रणाम गरि श्रीकृष्ण समक्ष गदगद भै भगभग बोलीले अर्जुनले बिन्ति गर्नु भयो । हे अन्तरयामी भगवान सारा जगत नै हजुरको नाम गुण र प्रभावले किर्तन बाट आनन्द बिभोर भै हर्षित भैरहेका छन्, प्रेममा अनुराग प्राप्त भैरहेका छन् । डराएका राक्षसगणहरु चारै तर्फबाट भागि रहेका छन् र सम्पूर्ण सिध्द पुरुषहरु हजुरलाई नमस्कार गरिरहेका छन् । हे महात्मन हजुर जस्तो ब्रह्माको पनि आदिश्रष्टालाइ यिन जनहरुले किन नमस्कार नगरुन । किनकि हे अनन्त हे देवाधिपति हे जगन्निबास हजुर नै सत असत, त्यो भंदा पनि परम अनश्वर अक्षर तत्व छ, त्यो पनि हजुरनै हुनुहुन्छ । हजुरनै आदिदेव श्रीष्टीकर्ता र सनातन पुरुष हुनुहुन्छ ।
हजुर नै यस संसारको परम आधार र आश्रय हुनुहुन्छ । हजुर नै जान्न योग्य, हजुर नै परम धाम हुनुहुन्छ । हे अनंतरुप भगवान यो सारा जगत हजुरबाटै परिपूर्ण र व्याप्त छ । हे बिश्वेस्वर , हजुरनै बायु, यमराज, वरुण, चन्द्रमा, प्रजापति ब्रह्मा र हजुर नै परपीतामह हजुरनै । हे परमेश्वर यस्ता हजुरलाई हजार बार नमस्कार छ । हजुरको लागि बारम्बार नमस्कार गर्दछु । हे अनन्त शक्ति सम्पन्नवाला परमेश्वर हजुरलाई अगाडी र पछाडिबाट नमस्कार छ हे सर्बेश्वर हजुरलाई सबैतिरबाट नमस्कार छ ।
नम : पुरस्तादथ पृष्ठतस्ते नमोअस्तु ते सर्वत एव सर्व ।
अनन्तविर्यामितविक्रमस्त्वंसर्वं समाप्नोषी ततोअसी सर्व: ।।४०॥
सखेति मत्वा प्रसभं यदुक्तंहे कृष्ण हे यादव हे सखेति ।
अजानता महिमानं तवेदंमया प्रमादात्प्रणयेन वापि ।।४१॥
यच्चावहासार्थमसत्कृतोअसि विहारशय्यासन भोजनेषु ।
एकोअथवाप्यच्युत तत्समक्षंतत्क्षामये त्वामहमप्रमेयम् ।।४२॥
पितासि लोकस्य चराचरस्य त्वमस्य पूज्यश्च गुरुर्गरियान् ।
न त्वत्समोस्त्यभ्यधिक: कुतोन्योलोकत्रयेअप्यप्रतिमप्रभाव ।।४३॥
तस्मात्प्रणम्य प्रणिधाय प्रसादये त्वामहमिशमिड्यम् ।
पितेव पुत्रस्य सखेव सख्यु: प्रिय प्रियायार्हसि देव सोढुम् ।।४४॥
अद्रृष्टपुर्वं हृषीतोअस्मि दृष्ट्वा भयेन च प्रव्यथितं मानो मे ।
तदेव मे दर्शय देवरुपं प्रसिद् देवेश जगन्निवास ।।४५॥
किनकि हजुर अनन्त पराक्रमशालि र समस्त जगतमा व्याप्त हुनुहुन्छ, त्यसैले हजुर नै सर्ब स्वरुप हुनुहुन्छ । हजुरको यो महिमा र प्रभाव लाइ नजानेर मैले हजुरलाई मित्र साथि मानेर प्रेमले होस् वा प्रमादले होस् हे कृष्ण हे यादव हे साथि भनेर बिनासोचे बिचारी जे जति भने त्यो क्षमा चाहन्छु । यसैगरि घुमफिर गर्दा होस् या कुनै खेलमा होस् ठट्टा जिस्किदा होस् बस्दा उठ्दा सुत्दा खादा होस् वा अगाडी पछाडी अन्यको सामुन्ने अपमानित गरेको हुन् सक्छु । मैले हजुरलाई अपमान गरेको छु भने हे अच्युत त्यसको लागि म अप्रमेयस्वरूप हजुरसँग क्षमायाचना गर्दछु । हजुर यस चराचर जगतको पिता हुनुहुन्छ । सबैभन्दा ठुलो गुरु हुनुहुन्छ र पुजनीय हुनुहुन्छ । अनुपम प्रभावशाली अतुलनीय तुलना गर्ने नमिल्ने तिनै लोकमा अर्को कोइ छैन फेरी हजुर भन्दा बढी को नै हुन् सक्छ ! त्यसैकारण हे इश्वर म आफ्नो सरिर झुकाएर साष्टांग प्रणाम गर्दै आराधाना गर्ने योग्य परमेश्वर हजुरको प्रसंन्नाताको लागि प्रार्थना गर्दछु । पिताले पुत्रको झैँ, साथिले साथीको झैँ, पतिले आफ्नी प्रिय पत्नीको गल्ति सहन गरे जस्तै हे देव प्रभु हजुरले मलाइ आफ्नो प्रिय शिष्य सम्झी अपराधलाइ सहन गरिदिनुस । पहिले कहिल्यै नदेखेको यो आश्चार्यमय रुपलाई देखेर दर्शन पाएर म प्रसन्न र हर्षित भएको छु । साथै डरले मेरो मन पनि कापिरहेको छ । त्यसैले हे प्रभु मलाइ त्यही चतुर्भुज स्वरुप नै दर्शन गराइबक्सियोस । हे जगन्नाथ हे देवताका स्वामी प्रसन्न हुनुहोस ।
किरिटिनं गदिनं चक्रहस्तमिच्छामि त्वां द्रष्टुमहं तथेव ।
तेनेव रुपेण चतुर्भुजेन सहस्रबाहो भव विश्वमुर्ते ।।४६॥
श्री भगवानुवाच
माया प्रसन्नेन तवार्जुनेदं रुपं परं दर्शितमात्मयोगात् ।
तेजमयं विश्वमनन्तमाध्यं यांमे त्वदन्येन न दृष्टपूर्वम् ।।४७॥
न वेदयज्ञाध्ययनैर्न दानैर्न च क्रियाभिर्न तपोभिरुग्रै: ।
एवंरुप: शक्य अहं नृलोके द्रष्टुं त्वदन्येन कुरुप्रवीर ।।४८॥
मा ते व्यथा मा च विमुढभावोदृष्ट्वा रुपं घोरमिदृडममेदम् ।
व्यपेतभी: प्रितमना: पुनस्त्वंतदेव मे रुपमिदं प्रपश्य ।।४९॥
संजयवाच
इत्यर्जुनं वासुदेवस्तथोक्त्वा स्वकं रुपं दर्शयामास भूय: ।
आश्वासयामास च भितमेनं भुत्वा पुन : सौम्यवपुर्महात्मा ।।५०॥
भावार्थ : शिरमा मुकुट धारण गरेको हातमा गदा तथा चक्र लिएको म त्यसै रुपमा दर्शन गर्न चाहन्छु । त्यसैले हे बिस्वस्वरुप हे हजार हात भएका भगवान हजुर उही चतुर्भुज रुपमा प्रकट होइबक्सियोस । भगवान ले भन्नुहुन्छ : हे अर्जुन मैले प्रसन्न भएर अनुग्रह पुर्बक मेरो आफ्नो परम योगशाक्तिको प्रभावले दिव्य योगशाक्तिबाट तीमिलाई देखाएको छु । जुन रुप तेजोमय छ, बिश्वब्यापक र सार्वभौम छ अनन्त असिम छ जसलाई तिमीले भन्दा अगाडी कसैले देखेको छैन । हे अर्जुन मनुष्यलोकमा तिमीबाहेक यसप्रकारको विश्वरूप न त बेद, न त् यज्ञहरुको अध्ययनले न दानले, न कर्मको अनुष्ठानले, न उग्र तपले नै यस्तो बिराट स्वरुप तिमि बाहेक अरुमा नै देखिन सक्दछु । मेरो यसप्रकारको बिकराल रुपलाई देखेर तिमीलाई भय र व्याकुलता नहोस र मुढ़भाव पनि नहोस । तिमि भय मुक्त भै प्रेम पुर्बक प्रसन्न भएर मेरो शंख चक्र गदा पद्मयुक्त चतुर्भुज रुपलाई फेरी दर्शन गर । संजयले भन्दछन : भगवान बासुदेव कृष्णले अर्जुनलाई यसप्रकार भन्दै फेरी आफ्नो त्यो चतुर्भुज रुपलाई दर्शन गराउनु भयो । पुन महान आत्मा भएका श्रीकृष्णजीले आफ्नो सौम्य सुन्दर शान्त भै कृष्णको रुप धारण गरि भयभित अर्जुनलाई सान्त्वना दिनुभयो ।
अर्जुन उवाच
दृष्ट्वेदं मानुष रुपं तव सौम्यं जनार्दन ।
इदानीमस्मी संवृत: सचेता: प्रकृतीं गत:।।५१॥
श्री भगवानुवाच
सुदुर्दर्शमिदं रुपं दृष्टवानसि यन्मम ।
देवा अप्यस्य रुपस्य नित्यं दर्शनकांक्षीण :।।५२॥
नाहं वेदैर्न तपसा न दानेन न चेज्यया ।
शाक्य एवंविधो द्रष्टुं दृष्टवानसी मां यथा ।।५३॥
भक्त्या त्वनन्यया शक्य अहमेवंविधो अर्जुन ।
ज्ञातुं द्रष्टुं च तत्वेन प्रवेष्टुं च परन्तप ।।५४॥
मत्कर्मकृन्मत्परमो मभ्दक्त: सङ्गवर्जित: ।
निर्वैर: सर्वभुतेषु य: स मामेति पाण्डव ।।५५॥
अर्जुनले भने : हे जनार्दन हजुरको सौम्य एवं शान्त मनुश्यरूपलाइ देखेर अब म स्थिर भै आफ्नो स्वभाविक स्थितिमा पुगेको छु । भगवानले भन्नुहुन्छ : जुन रुपको दर्शन पाउन अन्त्यन्त दुर्लभ छ त्यहि रुप तिमीले देखेका छौ । यो सुदर्शन हो देवता पनि यो रुप दर्शनको लागि इच्छुक भैरहेका हुन्छन । तिमीले मलाइ जस्तो रुपमा देख्यौ यस प्रकारको चतुर्भुज रुप न बेद अध्ययन व्दारा, न तपस्याले, न दानले र न यज्ञबाट देख्न सकिन्छ । हे शत्रुतापन अर्जुन अनन्य चित्तभक्तिबाट नै यस प्रकारको चतुर्भुजरुप भएको मलाइ तत्व पुर्वक जान्न, देख्न र प्रवेश गर्नको लागि एकोभावबाट प्राप्त हुन सक्छु । जो पुरुष म बासुदेवका लागि कर्म गर्दछ जसको परम गति नै म छु जो मेरो भक्ति गर्छ जो आसक्तिरहित छ, जो समग्र प्रानि जगतसंग बैरभाव गर्दैन, हे पान्डूपुत्र त्यस्ता मनुष्यले अबस्य मलाइ पाउदछ । ।
ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे विश्वरुपदर्शनयोगो नामैकादशो अध्याय:।।११॥