पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

शान्ताकारम भुजकसयम पद्मनाम सुरेसम
विश्वाधारम गगन सदृश्यम मेघ बर्णम सुभान्गम
लक्ष्मिकान्तं कमलनयनम योगिर्भिन्दा नगम्यम
बन्दे बिष्णु भवहरम सर्बलोकै नाथकम
00000

श्री भगवानुवाच

इदं    तु ते     गुह्यतमं प्रवक्क्ष्यम्यनसूयवे  |

ज्ञानं विज्ञानसहितं यज्ज्ञात्वा मोक्ष्यसेअशुभात् ||१||

 

राजबिध्या राजगुह्यं पवित्रमिदमुत्तमम् |

प्रत्यक्षावगमं धमर्यं सुसुखं कर्तुमव्ययम् ||२||

 

अश्रद्दधाना: पुरुषा धर्मस्यास्य परन्तप |

अप्राप्य मां निवर्तन्ते मृत्युसंसारवतर्मनी ||३||

 

मया ततमिदम् सर्वं जगदव्यक्तमूर्तिना |

मत्स्थानि सर्वभुतानि न चाहं तेश्ववस्थित: ||४||

 

न च मात्स्थानि भुतानि पश्य मे योगमैश्वरम् |

भुतभ्रिन्न च भुतास्ठो ममात्मा भुताभावन : ||५||

भावार्थ: इर्ष्या रहित भक्त तिमीलाई बिज्ञान सहितको गोप्य ज्ञान बताउने छु, जसलाई जानेपछि तिमि सबै अशुभबाट मुक्त  हुने छौ | यो बिज्ञानसहित ज्ञान समस्त विद्याको राजा हो र प्रत्यक्ष अनुभवबाट थाहा हुने सबै गोपनीय ज्ञानको पनि राजा हो | यो ज्ञान धर्म अनुकुल छ,अतिशुध्द, अतिश्रेष्ठ र  गर्न लायक छ | यो ज्ञान बुझ्न सजिलो, गर्न सजिलो छ र अबिनाशिनी छ | हे परन्तप अर्जुन ! जो मनुष्य यस धर्म प्रति श्रध्दा गर्दैन त्यसले मलाइ प्राप्त गर्न सक्दैन र सदा मृत्युरुप संसार चक्रमा घुमिरहन्छ | यो सम्पुर्ण जगत अब्यक्तमुर्ति म बाट व्याप्त छ | समस्त प्राणिजगत मेरो संकल्पको आधारमा  म मा अबस्थित छन् तर म तिनमा स्थित छैन | सबै प्राणीहरु म मा रहेका पनि छैनन् | मेरो इश्वरीय योगशक्तिलाई हेर जबकी प्राणिहरु उत्पन्न गर्ने र भरण पोषण गर्ने भएर पनि मेरो आत्मा तिनमा छैन र तिनमा निवास गर्दिन |

यथाकाशस्थितो नित्यं वायु: सर्वत्रगो महान |

तथा सर्वाणी भुतानी मत्स्थानीत्युपधारय ||||

सर्वभूतानी कौन्तेय प्रकृतिं यान्ति मामिकाम् |

कल्पक्षये पुनास्तानि कल्पादौ विसृजाम्यहम् ||||

प्रक्रितिं स्वामवष्टभ्य विसृजामि पिन: पुन: |

भुताग्राममिमं क्रित्स्नमवशं प्रकृतेर्वशात् ||||

न च मां तानि कर्माणी निबंधन्ति धनन्जय |

उदासिनवदासिनमसक्तम् तेषु कर्मसु ||९ ||

मयाध्यक्षेण प्रकृति: सुयाते सचराचरम् |

हेतुनानेन कौन्तेय जगव्दिपरिवर्तते ||१०||

भावार्थ: जसरि सबैतिर चल्ने महान वायु आकाशमा नित्य रहेको हुन्छ | त्यसरीनै सम्पूर्ण प्राणि ममा नै स्थित छन् भन्ने तिमीले बुझ | हे कुन्तिपुत्र ! कल्पको क्षय भएपछी सारा प्रानिजगत मेरो त्रिगुनिमय प्रकृतिमा  लिन हुन्छन र कल्पको प्रारम्भमा मैले नै फेरी तिनीहरुलाई सृष्टि गर्दछु | प्रकृतिको वशमा परेर पराधिन यो समग्र प्रानिजगतलाइ आफ्नो प्रभृति मायाशाक्तिलाई अंगालेर बारंबार रचना गर्छु | हे अर्जुन म ति कर्ममा आसक्त छैन उदासिन जस्यो मात्र देखिएको छु | र कर्महरुले म परमेश्वर लाइ बन्धनमा पार्दैनन | हे कुन्तिनान्दन ! म अध्यक्ष्य भएको त्रिगुनामायी प्रकृतिबाट चर अचर सहित समस्ताजगतको श्रीष्टि हुन्छ | यसैकारणबाट जगतको परिबर्तन भैरहंन्छ |

अवजानन्ति मां मुढा मानुषीम्  तनुमाश्रीतम् ।

परं भावमजानन्तो मम भुतमहेश्वरम् ।।११॥

मोघशा मोघकर्मणों  मोघज्ञाना विचेतस : ।

राक्षसिमासुरीं चैव प्रकृतीं  मोहनीं श्रीता: ।।१२॥

महात्मानास्तु मां पार्थ दैवीं प्रकृतिमाश्रीता :।

भजन्त्यनन्यमनसो ज्ञात्वा भुतादिमव्ययम् ।।१३॥

सततं किर्तयन्तो मां यतन्तश्च दृढव्रता: ।

नमस्यन्तश्च मां  भक्त्या नित्ययुक्ता उपासते ।।१४॥

ज्ञानायज्ञेन चाप्यान्ये यजन्तो मामुपासते ।

एकत्वेन  प्रिथक्त्वेन बधुवा बिश्वतोमुखम् ।।१५॥

 

भावार्थ:  मेरो परम दिब्यभावलाई नजान्ने मुढ (मुर्ख) मनुश्यहरुले सामान्य मनुस्यको रुपधारण गरेको भनि म सम्पूर्ण प्राणीजगतको इश्वरलाई  तुच्छ सम्झी अपहेलना गर्दछन । उनीहरु व्यर्थको आशा, व्यर्थको कर्म गर्ने, व्यर्थ र बिबेकहिन ज्ञान भएका अज्ञानीहरु मानिसलाई आकर्षित पार्ने राक्षसी र आसुरी प्रवृति धारण गर्दछन । हे पार्थ ! दैवी प्रकृतिमा आश्रित र अबलम्बन गरेका महात्माजनहरु चाहि म (बासुदेव) परमेश्वर लाइ सबै मनुष्यले सनातन र अनश्वर अक्षरस्वरूप आदिकारण  जानेर एकाग्र अनन्यभावले मलाइ नै भज्दछन । दृढ निश्चयवान भक्त सदा मेरो नाम र गुणको गुनगान भजन गर्दै मलाइ(परमेश्वर) नै प्राप्त गर्न मलाइ नै नित्य नमन गर्दै ध्यानमग्न भएर अनन्य प्रेमभावले मेरो उपासना गर्दछन । मेरा भक्तजनले ज्ञान रूप यज्ञ व्दारा ध्यान गर्दै परब्र्ह्मा परमात्मा एकत्वभावसहित मेरो उपासना गर्दछन र एकखाले मनुस्यहरु धेरै प्रकारले स्थित मेरो बिराट स्वरुप परमेश्वरलाई फरकभावले उपासना गर्दछन ।  

अहं क्रतुरहं यज्ञ: स्वधाहमहमौषधम् ।

मन्त्रोअहममेवाज्यमहमंगीरहं  हुतम् ।।१६॥

 

पिताहमस्य जगतो माता धाता पितामह :।

वेधं पवित्रमोङ्कार ऋक्साम यजुरेव च: ।।१७।।

 

गतिर्भर्ता प्रभु : साक्षी निवास: शरणम्  सुहृत् ।

प्रभाव: प्रलय: स्थानं निधानं बिजमव्ययम् ।।१८॥

 

तपाम्यहमहं बर्षं निगृह्णाम्युत्सृजामी च ।

अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन ।।१९॥

 

त्रैविद्या मां सोमपा: पूतपापायज्ञैरिष्ट्वा  स्वर्गतीं प्राथयन्ते ।

ते पुण्यमासाद्य सुरेंद्रलोक मन्श्रन्ति दिव्यान्दिवि देवभोगान् ।।२०॥

भावार्थ : म  नै कर्ता हुँ, म यज्ञ हुँ , म नै स्वधा हुँ , म औषधि हुँ , घ्रित हुँ , म  नै अग्नि हुँ र हवनरूप क्रिया पनि म नै हुँ ।समस्त जगतको उत्पन्न गर्ने पिता, जन्मदात्री माता र धारनपोषण  गर्ने धाता र म हुँ पितामह बाजे पनि म हुँ । ज्ञान पनि म हुँ , पवित्र ओमकार अक्षर र ऋग्वेद, साम्बेद, तथा यजुर्बेद पनि म नै हुँ ।  प्राप्त योग्य परम्गतिअर्थात परम धाम पनि म हुम् , भरण पोषण गर्ने भर्ता सबका स्वामी पनि म नै हुम, सबै कुरा देख्न र थाहा पाउने साक्षी र सबैले शरण लिन योग्य बासस्थान निवास पनि मा नै हुँ । सबैको हित गर्ने, जगतको उत्पत्ति प्रलय स्थितिका आधार र निधान  र अबिनासिनी कारण पनि मै नै हुम । हे अर्जुन म नै सुर्यरूपमा ताप हूँ , मैले नै पानीलाई शोषण गर्दछु र बादलबनाएर बर्षात ब्रिष्टि गराउछु ।म नै अमृत हूँ र म नै मृत्यु हुँ, मै नै सत् , असत पनि हुँ । जो व्यक्ति तिनै बेदलाई जानेर बेदोक्ति कर्म गर्दछ र सो को सोमरस पान गर्दछ । त्यस्ता कर्म योगीले यज्ञव्दारा मलाइ पुजा अर्चना गरि स्वर्गको चाहना गर्दछ । त्यो व्यक्ति आफ्नो कर्मको फल प्राप्त गरि स्वर्गमा देवताको दिब्यभोगा प्रात गर्दछ ।

तं भुक्त्वा स्वर्गलोकं विशालंक्षिणे पुण्ये मर्त्यलोकं  विशन्ति ।

एवं त्रयिधर्ममनुप्रपन्नागतागतं कामकामा लभन्ते  ।।२१॥

 

अनन्याश्चिन्तयन्तो मां  ये जना: पर्युपासते ।

तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम् ।।२२॥

 

ये अ प्यन्यदेवता भक्ता यजन्त्ये श्रध्दयान्विता: ।

ते अपि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम् ।।२३॥

 

अहं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च ।

न तु मामभिजानन्ति  तत्त्वेनातश्च्यन्ति ते ।।२४॥

 

यान्ति देवव्रता देवान्पितृन्यान्ति पितृव्रता: ।

भुतानी यान्ति भुतेज्या यान्ति मध्याजिनोअपी माम् ।।२५।।

भावार्थ: यज्ञ कर्म गर्ने  मनुष्यले आफ्नो पुन्यकर्मफल स्वरुप स्वर्गमा भोग गरि पुन्यसमाप्त भै पुन मृत्युलोकमा नै प्राप्त गर्दछन ।अत: सकाम कर्म गर्नेहरु पून्यको प्रभावले स्वर्गमा जाने र पून्यको क्षीण भएपछी पुन मृत्युलोकमा फर्किन्छन । जो मेरा अनन्य भक्त छन् तिनले निश्कामले निरन्तर  मलाइ नै भज्दछन र चिन्तन गर्दछन त्यस्ता भक्त जनको योग र क्षेम अर्थात पुन्यकर्मफलको सरक्षण जिम्मा पनि मैले नै वहन गर्दछु ।हे अर्जुन ! जो मनुष्यले यद्यपि अन्य देवतालाइ अनन्य भाव श्रध्दाले पुजा अर्चना गर्दछन, तिनीहरुले पनि अन्तत मलाइ नै पुजेका हुन्छन । किनकि सम्पूर्ण यज्ञको भोक्ता र स्वामी नै मै हुँ । तर ति भक्तजनले म परमेश्वर भनेर यथार्थ रुपले यो तत्व जान्दैनन् र ति च्युत हुन् गइ जन्ममरण  भवसागरको चक्रमा परिरहंछन । देवतालाई पुजन गर्ने भक्तले देवतालाई नै प्राप्त गर्दछन र पितृ पुजन गर्नेहरु पित्रिलाइनै प्राप्त गर्दछ । भुतलाइ पुजन गर्नेले भुतप्राणिलाइ प्राप्त गर्दछन भने मलाई पुजन गर्ने मेरा भक्तजनहरुले मलाइ नै प्राप्त गर्दछन । परमेश्वरको भक्ति नै सर्बोकृष्ट छ ।

पत्रं पुष्पं फलं  तोयं यो मे भक्त्या प्रयच्छति ।

तदहं भक्त्युपहृतमश्रामि प्रयतात्मन : ।।२६॥

 

यत्करोषी यद्न्श्रासि यज्जुहोषी ददासि यत् ।

यत्तपस्यति कौन्तये तत्कुरुष्व मदर्पणम् ।।२७॥

 

शुभाशुभाफलैरेवं  मोक्ष्यसे कर्मबन्धनै : ।

संन्यासयोगयुक्तात्मा विमुक्तो मामु पैष्यसी ।।२८॥

 

समोअहं सर्वभुतेषु न मे व्देश्योअस्ति न प्रिय: ।

ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाप्यहम् ।।२९॥

 

अपि चेत्सुदुराचारो भजते मामनन्यभाक् ।

साधुरेव स मन्तव्य: सम्यग्व्यवसितो हि स : ।।३०॥

 

क्षिप्रं भवति धर्मात्मा शाश्वच्छान्तीं निगच्छाती ।

कौन्तये प्रतिजानिही न मे भक्त: प्रणश्यती ।।३१॥

 

मा हि पार्थ व्यपाश्रित्य येअ पी सयु: पापयोनय  ।

स्त्रियो वैश्यास्तथा शुद्रास्ते अपि यान्ति परां गतिम् ।।३२॥

 

किं पुनर्ब्राह्मणा: पुण्या भक्ता राजर्षयस्ताथा ।

अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम् ।।३३॥

 

मन्मना भव मभ्दक्तो मद्याजी मां नमस्कुरु ।

मामेवैष्यति युक्त्वैवमात्त्मानं मत्परायण ।।३४॥

भावार्थ : मेरा भक्तले प्रेमपुर्बक पत्र फुल, फल र जलले अर्पण गर्दछ त्यस्ता पवित्र चित्त बुध्दि भएका भक्तले प्रेमपुर्बक अर्पण गरिएको पत्रम पुष्पम फललाई प्रेम पुर्बक ग्रहण गर्दछु । हे अर्जुन तिमीले जुन कर्म गर्दछौ । जुनसुकै कुरा भोगगर्दछौ । जे खान्छौ, जे दान  दातव्य गर्दछौ, जे जसको पुजन गर्दछौ सबै कुरा मलाइ अर्पण र समर्पण गर । यस प्रकार सबै कर्म र फल मलाइ अर्पण गर्नाले शुभ र अशुभ अर्थात पाप पुन्यका फल दिने कर्मरूप बन्धनबाट मुक्त हुने छौ । तिमीजस्तो सन्यास योग युक्त चित्त भएको पुरुषले कर्मबन्धन्बाट मुक्त भै मलाइ नै प्राप्त गर्दछौ । म सबै प्राणि समुदायमा सम छु समभाव व्यापकतामा रहेकोछु । मेरो अप्रिय कोइ छैन र प्रिय पनि कोइ छैन तर जो कोइ भक्त मलाइ प्रेमले भज्दछ, तिनीहरु म मा छन् र म पनि तिनमा छु । यदि अन्त्यन्त दुराचारी व्यक्ति पनि अनन्य भक्तिभावले मलाइ भज्दछ भने त्यसलाई साधु वा धर्मात्मा मान्नु पर्दछ किनकि त्यो व्यक्ति ले निश्चय गरि उपयुक्त काममा लागेको हो, अर्थात निश्चयगरेर नै परमेश्वरको भजन गर्न लागेको हो । त्यस्ता व्यक्ति चांडै नै धर्मात्मा बन्दछ र उसले निरन्तर रहने चिरस्थायी परम्शान्ति प्राप्त गर्दछ । हे कुन्ती नन्दन ! तिमि यस कुरामा निश्चित हौ कि मेरा भक्त कहिल्यै नाश हुने छैनन् । हे अर्जुन ! स्त्री, पुरुष, वैश्य , शुद्र तथा पापयोनिमा जन्मेका  चान्डाल जो कोइ पनि होस् जो मेरो शरणमा आउदछन ति सबै परम गतिमा प्राप्त गर्दछन । पवित्र कुलमा जन्मेका ब्राह्मण तथा राजर्षी पनि मेरै शरण लियर मात्रै परम गति प्राप्त गर्दछन । त्यसैले दुखमय र क्षण भंगुर यस मनुष्य जुनी भएर पनि निरन्तर मलाइ नै भज । मलाइ नै मनमा बसाउ, मेरो भक्त बन, मेरो पुजा अर्चना गर्ने वाला होउ, मलाइ नै साष्टांग प्रणाम गर यसप्रकारले आत्मामा मलाइ धारण गरेर मेरै भक्त बनि म मा तल्लिन भएर नै तिनीले मलाइ प्राप्त गर्न सक्दछौ ।

 

ओम  इति तत्सदिती श्रीमद्भागवत्गितासुपनिषत्सु   ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुन सम्बादे राज बिध्याराजगुह्ययोगो नाम नवमोअध्याय : ।।९॥

 

Leave a Reply