पुण्डरी अर्याल-
पुण्डरी अर्याल-

 

 

 

 

 

अर्जुन उवाच :

 

किं तदब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम |

अधिभुतं च किं प्रोक्तमधिदैवं किमुच्यते ||१||

 

अधियज्ञ : कथं कोअ त्र देहेअस्मिन्मधुसुदन |

प्रयाणकाले च कथं ग्येयोअसी नियतातमभि : ||२||

 

श्री भगवानुवाच :

 

अक्षरं ब्रह्म परमं स्वभावोअ ध्यात्ममुच्यते |

भुताभावोभ्दवकरो विसर्ग: कर्म संगयत : ||३||

 

अधिभुतं क्षरो भाव: पुरुषश्चाधिदेवतम् |

अधि यज्ञोअहमेवात्र देहे देहाभ्रीतां वर् ||४||

 

अन्ताकाले च मामेव स्मरंमुक्ता कलेवरम् |

य: प्रयाति स मभ्दावं याति नास्त्यत्र संशय: ||५||

 

भावार्थ : अर्जुनले बिन्ति गर्नु हुन्छ ! हे पुरुषोत्तम, यो वह ब्रह्म के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत कसलाई भनिएको हो ? र अदिदेव कसलाई भनिन्छ ? अधियज्ञ के हो ? यो यहा यस देहमा कसरि रहन्छ  ? र संचित चित्त भएका ज्ञानी पुरुषव्दारा अन्तकालमा कुन प्रकारले तपाईलाई जान्न र अनुभूति गर्न सकिन्छ ?

भगवान श्री कृष्ण भन्नु हुन्छ !

परम अक्षर अनश्वरतत्व  सर्बोच्च ब्रह्म हो | जिवात्मको आफ्नो स्वभावरूप आत्म रुपलाई अध्यात्म भनिन्छ | प्राणीहरुको भौतिक सरिरको भावलाई उत्पन्न गर्ने सृजशील शक्ति नै कर्म हो | नाशवान तथा परिवर्तनशील सबै पदार्थ अधिभूत हुन हिरण्यगर्भ ब्रह्मा र बिराटपुरुष हरु अधिदैव हुन् | देहाधारिमा श्रेष्ठ अर्जुन !  यो शरीर रुपी प्राणीमा अंतरयामिरुपले रहने म (बासुदेव ) नै अधियज्ञ हुम | त्यसरी नै जो पुरुष अन्तकालमा अर्थात मरणसमयमा मेरो नामले मलाइ स्मरण गरेर शरीर त्याग गर्दछ त्यो मनुष्य मेरै स्वरुपलाई प्राप्त गर्दछ यसमा कुनै संशय छैन |

यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम् |

तं तमेवैती कौन्तेय सदा ताभ्दावभावित : ||६||

 

तस्मात्सर्वेशु कालेशु मामनुस्मर युध्य च |

मय्यर्पितमनोबुध्दिर्मामे वैश्यस्यसंशयम् ||७||

 

अभ्यासयोगयुक्तेन चेतसा नान्यगामिना |

परमं पुरुषं दिव्यं याति पार्थानुचिन्तयन् ||८||

 

कविं    पुराणमनुशासितार     मनोरनियां समनुस्मरेध्य  |

सर्वस्य धातारमचिन्त्यरूपमादित्यबर्णम् टमस: परस्तात् ||९||

 

प्रयाणकाले मनसाचलेन भक्त्या युक्तो योगबलेन चैव |

भुवोर्मध्ये प्राणमावेश्य सम्यक् स तं परं पुरुषमुपैति दिव्यम् ||१०||

भावार्थ : हे कुन्तिपुत्र अर्जुन !  जुन जुन मनुष्यले अन्तकालमा जुन जुन कुराको स्मरण गर्दै सम्झन्छ र आफ्नो सरिर त्याग गर्दछ | उसको  भावानुसार परलोकमा प्राप्त गर्दछ | त्यसैले हे अर्जुन ! सबै समयमा मलाइ स्मरण गरिरहू र युध्द पनि गरि आफ्नो कर्तब्य पालन गर | म मा एकाग्र भै मन बुध्दी र समर्पण गर्ने तिमीले मलाइ नै निशन्देह प्राप्त गर्ने छौ | अभ्यास नियमानुसार योगमा संलग्न भएर एकाग्र चित्त भै मनुष्यले परमेश्वरको चिन्तन ध्यान गर्नाले त्यस्ता पुरुषले प्रकाश स्वरूप परमेश्वरलाई नै प्राप्त गर्दछ | जसले सर्बग्य कबि, पुरातन, अनुशासन, सुक्ष्म भन्दा सुक्ष्म सबैको धारण गर्न पालन पोषण गर्ने अचिंत्य स्वरूप, सुर्यकै समान चेतन प्रकाश स्वरूप र अबिध्यारूप तम भन्दा अतिपरका शुध्द सच्चिदानन्द परमेश्वरलाइ स्मरण गर्दछ उनैलाई प्राप्त गर्दछ |त्यो मनुष्य जसले अन्तकालमा योगशक्तिव्दारा नै आफ्नो प्राणलाई अखिभौ को माझमा राम्ररी स्थापित गरेर अचल मनले स्मरण गरेर ध्यान गर्दछ उसले दिब्य रुप परम पुरुष परमात्मालाई नै  प्राप्त गर्दछ |

 

यदक्षरं वेदविदो वदन्ति विशन्ति यध्यतयो वितरागा: |

यदिच्छन्तो ब्रह्मचर्य चरन्ति तत्ते पदं संग्रेण प्रवक्ष्ये ||११||

सर्वव्दाराणी संयम्य मनो हृदि निरुध्य च |

मूर्ध्न्याधायात्मन: प्राणमास्थितो योगधारणाम् ||१२||

ओमित्यकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन्  |

य: प्रयाति त्यजन्देहं स याति परमां गतिम् ||१३||

अनन्यचेता: सततं यो मां स्मरती नित्यश: |

तस्याहं सुलभ: पार्थ नित्ययुक्तस्य योगिन:||१४||

मामुपेत्य पुनर्जन्म दुखालयमाशाश्वतम् |

नाप्नुवान्ति महात्मान: संसिध्दिं परमां गाता: ||१५||

भावार्थ: बेदबेत्ता बिध्दानहरुले जसलाई सच्चिदानन्द परम पद अबिनासिनीरुप भन्दछन जसमा राग व्देश आसक्तिरहित महात्माहरु प्रवेश गर्दछन र परमपद परमात्मतत्वलाई प्राप्त गर्न चाहने ब्रह्मचारीले ब्रह्मचार्यको आचरण गर्दछन त्यस अक्षर परमानन्दतत्व परमपद म तिमीलाई संक्षेपमा बताउछु | सबै इन्द्रिय व्दारहरुलाई रोकेर मनलाई हृदयाकमलमा स्थिर गरेर शिरमा प्राण स्थापित गरि योग धारणमा स्थिर भै ओम एक अक्षर रुप ब्रह्मलाइ उच्चारण गरेर म निर्गुण ब्रह्मको स्मरण गर्दै शरीर त्याग गरेर जो जान्छ, उसले परमगति प्राप्त गर्दछ | हे अर्जुन अन्य बिषयमा ध्यान नदिई एकाग्रचित्त भै सधै मेरै वा म बासुदेबलाइ स्मरण गर्दछ त्यो नित्य निरन्तर म मा समाहित भैरहने भक्तको लागि म सदैव सजिलै प्राप्त भैरहंछु |परम सीध्दी महात्मजनहरु म लाइ प्राप्त गरेपछि फेरी दुखको घर एबम क्षण भंगुर अनित्य मानिएको पुरर्जन्म प्राप्त गर्दैनन् |

आब्रह्मभुवनाल्लोका: पुनारावर्तिनोअर्जुन |

मानुपेत्य तु कौन्तेय पुनर्जन्म न बिध्यते ||१६||

सहस्त्रयुगपर्यन्तमहर्यदब्रह्मणों विदु:|

रात्रिं युगसहस्त्रान्तां ते अहोरात्रविदो जना: ||१७||

अव्यक्तादव्यक्तय: सर्वा: प्रभावन्तेहरागमे |

रात्र्यागमे प्रलियन्ते तत्रैवाव्यक्तासंज्ञके ||१८||

भुतग्राम: स एवायं भुत्वा भुत्वा प्रलियते |

रात्र्यागमेअ वश: पार्थ प्रभावत्यहरागमे ||१९||

परास्तस्मात्तु भावो अ न्यो अ व्यक्तो अ व्यक्तात्सनातन |

य: स सर्वेशु नश्यत्सु न विनाश्यति ||२०||

भावार्थ: हे अर्जुन ब्रह्मलोक पर्यन्त सबैलोक पुनारावर्ती हुन्छन परन्तु हे कुन्तिपुत्र मलाइ प्राप्त गरेपछि भने पुनर्जन्म मा आउनु पर्दैन | ब्रह्माको जो एक रात छ त्यो मानिसको हजार चतुरयुगसम्मको अबधि मानिएको छ त्यस्तै रातलाई पनि एक हजार चतुर्युगसम्मको अवधि हुन्छ |  यस चतुर्युगको अवधिलाई जननेवाला योगिजनले काल तत्व पनि जान्दछ | ब्रह्माजिको दिन प्रारम्भ भएपछी अव्यक्त बाट सम्पूर्ण प्रानिजगत द्रिश्य जगतको श्रीष्टि हुन्छ र ब्रह्माको रात परेपछि त्यहि अव्यक्त स्वरूप सुक्ष्म सरिरमा समस्त प्राणिजगत बिलिन हुन् पुग्दछ | हे पार्थ ! पहिले जे थियो उनी भुत (प्रानिजगत)समुदाय बारम्बार उत्पन्न भै प्रकृति बश भएर ब्रह्माजिको रातसंगै लिन हुन् पुग्दछ र ब्रह्माजिको दिन प्रारम्भ भएसंगे फेरी प्रकट हुन्छ | परन्तु  त्यस अव्यक्त भन्दा परको अर्को विलक्षण सनातन अब्यक्तभाव छ त्यो नै परम दिब्य पुरुष समस्त प्राणीहरुको नाश हुदा पनि नष्ट हुदैन |

अव्यक्तो अ क्षर इत्युक्तस्तमाहू: परमां गतिम् |

यं प्राप्य न निवर्तन्ते तध्दाम परमं मम् ||२१||

पुरुष: स पर: पार्थ भक्त्या लभ्यस्त्चनन्यया |

यस्यान्त: स्थानि भुतानी येन सर्वमिदं ततम् ||२२||

यात्रा काले त्वनावृत्तिमावृत्तिं चिव योगिन 😐

प्रयाता यान्ति तं कालं वक्ष्यामि भरतर्षभ ||२३||

अग्निज्योतिरह: शुक्ल: षन्मासा उत्तरायम् |

तत्र प्रयाता गच्छति ब्रह्म ब्रह्मविदो जना ||२४||

धुमो रात्रिस्तथा कृष्ण: षन्मासा दक्षिणायनम् |

तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते ||२५||

शुक्लकृष्णे गती ह्योते जगत: शाश्वते मते |

एकया  यात्यनावृतिमन्ययावर्तते पुन: ||२६||

निते सृति पार्थ जानन्योगी मुह्यति कश्चन |

तस्मात्सर्वेशु कालेशु योगयुक्तो भवार्जुन ||२७||

वेदेशु यज्ञशु तप:सु चैव दानेशु यत्पुन्यफलं प्रदिष्टम् |

अत्येति तत्सर्वमिदं विदित्वा योगी परं स्थानमुपैति चाध्यम् ||२८||

भावार्थ : अव्यक्त अक्षर नामक अब्यक्त भावलाइ परम गति भनिन्छ | जसलाई प्राप्त गरेपछि फर्केर आउदैनन र चाहन्नन पनि किनकि त्यहि मेरो परम धाम हो | हे पार्थ त्यो अव्यक्त अनश्वर  एबम सर्ब व्यापक परम पुरुषलै त अनान्यभाक्तिभावाले मात्र पाउन सकिन्छ जसमा समस्त प्राणिभुत्जगत रहेको छ र जसबाट यप ब्रह्माण्ड ब्याप्त छ |हे भरत श्रेष्ठ अर्जुन ! जुन समय काल मा शरीरलाई त्याग गरेर गएका योगिजन फर्केर नआउने(अनाब्रिती)  गतिमा पुग्दछन | जुनकालमा शरीर त्यागेर गएका योगिजन फेरी फर्केर आउने (आबृति) गतिमा प्राप्त गर्दछन | मैले दुइ कालका बारेमा भन्दछु | जुन काल या मार्गमा अग्निदेव प्रकाश दिन शुल्क पक्ष्यका, उत्तरायणका छ महिना अभिमान देवता पर्दछन त्यस मार्गमा शरीर त्यागेर गएका ब्रह्म्बेत्ता योगिजनहरु उपयुक्त देवताद्वारा ब्रह्मलोक प्राप्त गर्दछन |

 

जुन काल समयमा मार्गमा धुवा तथा रात कृष्ण पक्ष्य छ,  छ महिना दक्षिणायन काल पर्दछ | त्यस मार्गबाट शरीर त्यागेर गएका सकाम कर्म गर्ने भक्त चंदर्मको ज्योति प्राप्त गरेर ( पुन्य फल भोगेर) फेरी फर्केर आउदछ | किनकि शुक्ल र कृष्णपक्ष्य प्रकाशमय र अन्धकारमय जगत सनातनकालदेखी नै चलिआएको हो  शुक्लपक्ष्य देवयान मार्गहो यसमार्गबाट जानेले पछी फर्केर आउनु पर्दैन र परम्गति पाउदछ | अर्को मार्ग कृष्ण पक्ष्य अन्धकारमय पित्रियान मार्गबाट जानेले फेरी फर्केर आउन पर्दछ, जन्म मरणको प्रक्रियामा आउदछ | हे अर्जुन यी दुवै मार्ग तत्व जान्ने कुनै पनि योगी आकर्षित (मोहित) हुदैन | यसकारण हे अर्जुन तिमिपनी सबै कालमा योगले परिपूर्ण होउ |  बेदाध्ययन , यज्ञनुश्थान,तपस्या दान गर्ने कर्मलाइ पुन्यफल बताइएको छ | यी तत्व रहस्यलाई जानेपछि योगी पुरुष भक्तले त्यो सबै पुन्यफललाइ अतिक्रमण गरि परमेश्वरको सर्बोच्च सनातन परमधाम प्राप्त गर्दछ |

ओं तत्सदिती श्रीमद्भागवत्गितासूपनिषत्सु ब्रह्मबिध्यां योगशास्त्रे श्रीकृष्णअर्जुनासम्बादे अक्षरब्रह्मयोगो नामाष्टमो अध्याय : //८//

 

Leave a Reply